WATV.org is provided in English. Would you like to change to English?
खुशी मण्डली बनाउनको निम्ति स्त्री पादरी कर्मचारीहरूको भूमिका के होला ?
स्त्री पादरी कर्मचारी प्रशिक्षणको एक हिस्साको रूपमा अप्रिल २८ तारिखमा कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरको गोष्ठी कक्षमा खुशी मण्डली अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरियो । त्योचाहिँ सन्तहरूसँगै खुशी मण्डली बनाउनका लागि स्त्री पादरी कर्मचारीहरूको भूमिका र मनस्थितिबारे छलफल गर्ने मञ्च थियो । संयुक्त राज्य अमेरिका, नेपाल र जिम्बाब्वे गरेर ६ वटा देशका ७ जना प्रस्तोताहरू र प्यानलहरूले बुद्धि विकासको निम्ति विश्वभरिका स्त्री पादरी कर्मचारीहरूसँग विचार आदनप्रदान गरे ।
कार्यक्रम सुरु हुनुअघि माताले “यहाँहरूको भूमिकाचाहिँ पादरी कर्मचारीसँग एकताबद्ध भएर प्रेमपूर्वक दाजुभाइ तथा दिदीबहिनीहरूको हेरचाह गर्नु हो” भनी बोध गराउनुहुँदै परमेश्वरबाट पाएको प्रेम मण्डलीका सन्तहरू र छिमेकीहरूमाझ परिश्रमसाथ बाँड्नको निम्ति अनुरोध गर्नुभयो ।
विगत १० वर्षदेखि विदेश मिसनमा सेवारत सिनियर डिकनिस बाग ह्यन ओग(पुणे, भारत)ले आफ्नो सुसमाचार प्रस्तुतिमार्फत भनिन्, “विदेशको वातावरण, नयाँ जीवनशैलीमा घुलमिल हुन सजिलो त थिएन, तर माताको उदाहरणलाई पछ्याएर मुस्कुराउँदै सन्तहरूसँग व्यवहार गर्दा संस्कृति र भाषाको तगारोलाई मैले जित्न सकें ।” त्यसपछि प्यानल छलफलमा ‘आमा’ र ‘सञ्चार’ भन्ने किवर्डहरू प्रायः प्रयोग गरियो । स्त्री पादरी कर्मचारीको भूमिकाको विषयमा सोधेका सञ्चालकको प्रश्नमा सिनियर डिकनिस स्टेफानी जेपियन(एल पासो, टेक्सस, संयुक्त राज्य अमेरिका)ले, त्योचाहिँ एउटा परिवारमा आमाको भूमिका निभाएजस्तै हो भनेर जवाफ दिइन्, अर्थात् बच्चा नहुर्किंदासम्म एकलै हेरचाह गर्नुहुने आमाले जस्तै स्त्री पादरी कर्मचारीहरूले पनि कठिनाइबीच गुज्रिरहेका सन्तहरूका समस्याहरूतिर कान लगाउँदै उनीहरूलाई प्रेमपूर्वक प्रोत्साहन दिनुपर्छ भन्ने कुरा हो । एक जना स्त्री पादरी कर्मचारी, डिकनिस सिलिन्डेल मखान्या(हरारे, जिम्बाब्वे)ले यसो भन्दै सञ्चारको महत्त्वमाथि प्रकाश पारिन्, “मैले स्थानीय सन्तहरूबाट परम्परागत परिकारहरू बनाउन सिकें । मैले उहाँहरूसँगै खाना पकाउँदाखेरि उहाँहरूले आत्मियता र जिम्मेवारीको भाव महसुस गर्नुभयो, अनि मैले पनि उहाँहरूको भावनालाई बुझ्न सकें ।”
त्यसको भोलिपल्ट साँझमा, विश्वभरिका स्त्री पादरी कर्मचारीहरूको निम्ति खुशी मण्डली वर्कशप आयोजना गरियो । महादेश र क्षेत्रअनुसार भेला भएर उनीहरूले सन्तहरूसँगको व्यक्तिगत अनुभवको आधारमा खुशी मण्डलीको निम्ति विभिन्न योजनाहरू बनाए । यो समयमा, बालक तथा छात्र-छात्राहरूको शिक्षासम्बन्धी विभिन्न उपायहरूको ओइरो लाग्यो । स्त्री पादरी कर्मचारीहरूको वर्कशप सञ्चालन गरेकी, कोरियाको ग्यङगी बुग्स मण्डली सङ्गठनकी सिनियर डिकनिस यु ह्यो सुन(गोयाङ, कोरिया)ले “एक-अर्काभन्दा फरक जीवनशैली र व्यक्तित्व लिएका सन्तहरूलाई सधैँ खुशी मिल्न सक्ने गरी माताको जस्तै प्रेम बाँड्न चाहन्छु” भन्दै आफ्नो इच्छा जाहेर गरिन् ।