डिसेम्बर १० तारिखचाहिँ यूएनद्वारा निर्धारित मानव अधिकार दिवस हो । सन् १९४८मा यूएनको पाँचौँ महासभा समितिद्वारा ‘मानव अधिकार विश्वव्यापी घोषणा’लाई स्वीकृति दिने हेतुले सो तारिख तोकिएको थियो । यूएनका सदस्य राष्ट्रहरूले यो दिनको सम्झना गर्दै मानव अधिकारलाई सुधार्न सक्दो प्रयास गर्ने गर्छन् ।
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZ(आसेज)ले मानव अधिकार दिवसको ७०औँ वार्षिकोत्सवको उपलक्ष्यमा डिसेम्बर ६ तारिखदेखि १३ तारिखसम्म कोरिया लगायत संयुक्त राज्य अमेरिका, गणतन्त्र दक्षिण अफ्रिका, यूक्रेन इत्यादि गरी १४ देशका १४६ वटा विश्वविद्यालयहरूमा मानव अधिकार दिवस प्रवर्द्धन क्याम्पेनको आयोजना गऱ्यो । त्यो नै मर्यादा, स्वतन्त्रता र समानता जस्ता आधारभूत मानव अधिकार सबैले उपभोग गर्न सक्ने गरी जनचेतना जगाउन र ख्रीष्टले उदाहरण देखाउनुभएको मानव-जातिप्रतिको प्रेमलाई कार्यान्वयन गर्नको निम्ति हो ।
ASEZ सदस्यहरूले आफू आबद्ध क्याम्पसमा प्रवर्द्धन बुथ र प्यानलहरू राखे । उनीहरूले विद्यार्थी वर्ग, शिक्षक वर्ग, कर्मचारीहरू लगायत सर्वसाधारणहरूलाई पनि मानव अधिकारको महत्त्व र अवधारणा लगायत विश्वव्यापी मानव अधिकार घोषणाको मुख्य पक्षबारे जानकारी दिए ।
सदस्यहरूले मानव अधिकारका आधारभूत सिद्धान्तहरू, नागरिक र राजनीतिक अधिकार, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरूको अभ्यास तथा यी सबै अधिकारहरूको लाभ उठाउनको निम्ति पूरा गर्नुपर्ने कर्तव्य इत्यादिबारे विस्तृत रूपले वर्णन गरिदिए । प्यानल व्याख्यान सुनेपछि इ जि उन(कोरियाको दोङआ विश्वविद्यालयकी विद्यार्थी)ले “हामीले स्वभावतः लाभ उठाइरहेको मानव अधिकार कति धेरै प्रयत्नद्वारा प्राप्त भएको रहेछ भन्नेबारे गहिरिएर जान्न सक्ने अर्थपूर्ण समय भयो” भनिन् ।
विश्वविद्यालयहरूले पनि यसलाई सकारात्मक रूपमा लिए । विश्वविद्यालयमा क्याम्पेनको आयोजना गर्ने ASEZप्रति आभार व्यक्त गर्दै समर्थन जनाएका यूक्रेन किवको राष्ट्रिय पेडागोजिकल ड्रगोमानोभ विश्वविद्यालयका उपसभापति ग्रेगोर टोर्बिनले “विद्यार्थीहरू, प्राध्यापकहरू र सहकर्मीहरू सबैको मानव अधिकार प्रत्याभूति हुने गरी म सक्दो प्रयत्न गर्नेछु” भन्दै समर्थन जनाए । रेछेल लिन स्टोछ(कोरियाको गाछन विश्वविद्यालय अन्तर्राष्ट्रिय भाषा केन्द्रका प्रोफेसर)ले “अझै पनि असङ्ख्य मानिसहरूको मानव अधिकार हनन भइरहेको अवस्था छ । यदि विश्वविद्यालय विद्यार्थीहरू आ-आफ्नो ठाउँबाट मानव अधिकार जनचेतनाको निम्ति उठे भने संसारमा सकारात्मक परिवर्तन आउनेछ” भन्दै ASEZका निम्ति ताली बजाए ।
मानव अधिकार प्रवर्द्धनका निम्ति ASEZको प्रयास, क्याम्पेन आयोजनामै सीमित छैन । ‘कसैलाई पनि नछुटाऔं(Leave no one behind)’ भन्ने विचारधाराका साथ यूएनले बनाएको SDGs(दिगो विकास लक्ष्यहरू) लागू गर्ने हेतुले ASEZले गोष्ठी, फोरम, स्वयंसेवा इत्यादि गतिविधिहरू गरिरहेको छ । यसको साथै नोभेम्बर १६ तारिखमा ASEZका १०० जनाभन्दा बढी सदस्यहरूले यूएनको मुख्यालयमा आयोजित ‘अन्तर्राष्ट्रिय सहिष्णुता दिवस’मा सहभागी भएर मानव अधिकार, कल्याण र वातावरणमा भेदभावरहित संसार बनाउनको निम्ति सबैलाई आग्रह गरे । हालसालै विश्वव्यापी सुरक्षा र खुशीको निम्ति अपराध न्यूनीकरण गर्न ASEZले विश्वव्यापी प्रोजेक्ट ‘Reduce Crime Together(एकसाथ अपराध न्यूनीकरण)’ सुरु गरेको छ । यसअन्तर्गत ASEZ, Mother’s Streets(मदर्स स्ट्रीट्स)मा वातावरण सरसफाइ तथा सार्वजनिक नियम क्याम्पेनको आयोजना गर्दै अपराध रोकथाम प्रणाली स्थापना गर्न विश्वव्यापी सम्झौतामा प्रवेश गरेको छ ।
विश्वव्यापी मानव अधिकार घोषणा भएको अहिले ७० वर्ष बितिसक्यो, तर अझैसम्म पनि विश्वव्यापी समाजमा भेदभाव, विवाद र झैँझगडा कायम नै छ । ‘माताको प्रेम’द्वारा मानव अधिकार संरक्षण एवम् मानव कल्याण गर्नतर्फ ASEZका पाइलाहरू सन् २०१९मा पनि निरन्तर अगि बढ्नेछ ।