मिसन
सबै मानव-जातिले मुक्ति पाएको परमेश्वर चाहनुहुन्छ ।
‘Save the World !’
सारा संसारमा गएर(Go) सबै मानव-जातिलाई नयाँ करारको सत्यता र प्रेम सुनाउनु अनि सबै मानिसहरूलाई पवित्र
आत्मा र दुलहीकहाँ आउने(Come) गराएर जीवनको पानी दिलाउनुको साथै अनन्त मुक्तिको खुशी प्राप्त गर्न सक्ने गरी
डोऱ्याउनु नै परमेश्वरको मण्डलीको मिसन हो । परमेश्वरले सुम्पनुभएको पवित्र मिसन हामी निश्चय नै पूरा गर्नेछौं ।
“यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ,
मत्ती २८:१८-२०
पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ,
मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ ।”
पवित्र आत्मा र दुलही भन्नुहुन्छ,
प्रकाश २२:१७
“आउनुहोस् ।” ... त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।
- सुरुको मण्डलीको सत्यता पुनर्स्थापन गरेर साँचो धार्मिक सुधार कार्य पूरा गर्ने
- येशूज्यूले स्थापना गर्नुभएको जीवनको सत्यता नयाँ करार पालन गर्ने र सुनाउने
- ख्रीष्टले आज्ञा गर्नुभएको सुसमाचार सबै जातिहरूलाई सुनाउने
- पवित्र आत्मा र दुलहीको जीवनको पानीद्वारा सारा मानव-जातिलाई मुक्तिमा डोऱ्याउने
- परमेश्वरको प्रेम र सेवाको उदाहरणलाई पछ्याउँदै सबै जना खुशी हुन सक्ने संसार बनाउने
- परमेश्वरले सृष्टि गर्नुभएको पृथ्वीलाई संरक्षण गर्ने
- कलह र विवाद समाधान गर्दै सारा मानव-जातिबीच मिलाप कायम गर्नुको साथै परिवार, छिमेकी, समुदाय तथा विश्वव्यापी गाउँमा शान्तिको प्रत्याभूति दिने
परमेश्वरसँगै बाइबल-केन्द्रित सुसमाचार सुनाउने परमेश्वरको मण्डली
परमेश्वरलाई अन्धाधुन्ध विश्वास गर्ने होइनकि मानव-जातिलाई मुक्ति दिनुहुने परमेश्वरलाई सही तरिकाले चिनेर उहाँको इच्छालाई महसुस गरी पालन गरेमा स्वर्गको आशिष् प्राप्त गर्न सकिन्छ ।
“मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् । स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ ।”
मत्ती ७:२१
परमेश्वरको मण्डलीका सन्तहरू परमेश्वरको इच्छालाई पछ्याउँदै स्वर्गीय नागरिकको रूपमा एलोहिम परमेश्वरसँगै खुशीसाथ हिँडिरहेका छन् ।
उनीहरू सत्यताको वचन सुन्न चाहनेहरूलाई नम्र मनद्वारा बाइबलका शिक्षाहरू सुनाउँछन् । जो कोहीले पनि सत्यता स्पष्टसँग बुझेर परमेश्वरलाई विश्वास गर्न सक्ने गरी उनीहरू मुक्तिमा पुऱ्याउने ज्ञान समाविष्ट बाइबलद्वारा परमेश्वरको इच्छा सुनाउने र सही विश्वास लिनतर्फ मार्गनिर्देशन गर्छन् ।
मानिसहरूले परमेश्वरको वचन पर्याप्त गरी सुनेर पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गरेपछि सन्तहरूले उनीहरूलाई बप्तिस्मा लिन सक्ने गरी डोऱ्याउँदै येशूज्यूको शिक्षाअनुसार पिता र पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा दिलाउँछन् ।
परमेश्वरको सन्तानको रूपमा नयाँ गरी जन्मिएकाहरू सत्यताभित्र पूर्ण विश्वासको बाटोमा हिँड्न सक्ने गरी उनीहरू स्वर्गीय परिवारको प्रेम बाँड्छन् ।
भक्तिपूर्ण बोली र कार्यद्वारा परमेश्वरको प्रेम सुनाउने
उनीहरू नम्रता, सेवा र बलिदानको उदाहरण देखाइदिनुभएका परमेश्वरलाई पछ्याउँदै जसलाई पनि उज्यालो मुहारले अभिवादन गर्ने, मुस्कुराउँदै, बलिदान गर्दै, विचारशील हुँदै नम्र बोलीलाई व्यवहारमा लागू गरेर परमेश्वरको प्रेम फैलाउँछन् ।
“यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून् ।”
मत्ती ५:१६