WATV.org is provided in English. Would you like to change to English?

१६औँ विदेशी भाषा बाइबल प्रस्तुति प्रतियोगिता

‘सबै जातिलाई चेला बनाओ’ भन्ने अगमवाणी पूरा गर्ने नायक भएर

दक्षिण कोरिया

May 26, 2019 8,003 भ्यु

७ अरब मानव-जातिलाई प्रचार गर्नको निम्ति पाइला चाल्दै, विदेश प्रचारको तयारी गरिरहेका सन्तहरूका निम्ति एउटा कार्यक्रमको आयोजना गरियो । त्यो नै मे २६ तारिखमा कोरियाको ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठानमा आयोजना गरिएको १६औँ विदेशी भाषा बाइबल प्रस्तुति प्रतियोगिता थियो । यो दिन विश्व सुसमाचारको ठूलो इच्छा राखेका पादरी कर्मचारीहरू, प्रचारकहरू गरेर ६,००० जना कोरियाली सन्तहरू र ७४औँ विदेश भ्रमण टोली सन्तहरू कोरियाको ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठानमा भेला भए ।

कार्यक्रमको पहिलो चरणमा गरिएको आराधनामा माताले “विश्वास लिएर अगमवाणीसँगै पाइला चाल्नेहरू परमेश्वरलाई प्रसन्न तुल्याउने नयाँ करारका कामदारहरू हुन्” भन्नुभयो । माताले, सन्तानहरू सबैले संसारलाई नै चकित पार्ने ठूलो विश्वासद्वारा परमेश्वरको महिमा प्रकट गर्न सकून् भनी प्रार्थना गरिदिनुभयो । अनि “बाइबलमा लेखिएको अगमवाणीलाई पढ्ने र सुन्ने मात्र होइनकि पालन गर्नेहरू नै आशिषितहरू हुन्” भनी बोध गराइदिनुभयो । उहाँले “बाइबलमा लेखिएअनुसार सारा जातिलाई प्रचार गर्नको निम्ति विश्वासको साथै भाषा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । अगमवाणीलाई विश्वास गरेर विदेशी भाषा तयारी गर्नुभएकोले सुरुको मण्डलीको समयमा जस्तै पवित्र आत्माको शक्ति धारण गरेर सारा संसारमा सुसमाचार फैलाउनमा अग्रसर हुनुहोस्” भन्नुहुँदै सहभागीहरूलाई प्रोत्साहन दिनुभयो (प्रका १:३; मर्क १६:१५-१६; मत्ती २८:१८-२०; मत्ती २४:१३-१४; व्य २८:१-६, १३) ।

महासचिव पास्टर गिम जु छलले सन्तहरूको स्थिर रुचि र सहभागितासँगै विदेशी भाषामा बाइबल प्रस्तुति प्रतियोगिता १६औँ पल्टसम्म आयोजना गर्ने गराइदिनुभएका परमेश्वरलाई धन्यवाद चढाउनुभयो । उहाँले सबै सहभागीहरूले, परमेश्वरले दिनुभएको भाषाको दक्षतालाई पत्रुसको जस्तै विश्वास र पावलको जस्तै जोश लिएर आत्मा बचाउने एकदमै बहुमूल्य कार्यमा प्रयोग गर्न सकून् भन्ने इच्छा व्यक्त गर्नुभयो ।

माताले गर्नुभएको उद्घाटनसँगै कार्यक्रमको दोस्रो चरण आरम्भ भयो । त्यहाँको माहोल एकदमै जोशले भरिएको थियो । सेतो कपाल फुलेका पुरुषदेखि लिएर विद्यार्थी, सबै जना फरक-फरक उमेर समूहका भए पनि प्रस्तुतिप्रति सबै एकदमै उत्साहित बनेका थिए । सहभागीहरूलाई २४९ वटा समूहमा विभाजन गरिएको थियो । उनीहरूले स्पेनी, पुर्तगाली, रुसी, हिन्दी, मङ्गोलियाली गरेर २६ वटा भाषाहरूमा जोशका साथ सत्यता प्रस्तुति गरे । यस पटक बङ्गाली, क्यान्टोनिज, खमेर(क्याम्बोडियाली) जस्तो बुझ्न गाह्रो हुने भाषामा सहभागी हुने सन्तहरूको सङ्ख्या पनि बढेको थियो, जसले प्रत्येक सहर र महादेशमा जीवनको आशिषित खबर सुनाउने उनीहरूको उत्कण्ठित इच्छालाई दर्शाएको थियो ।

विदेशका सन्तहरूले आफ्नो मातृभाषाको समूहमा सहभागी भएर उदाहरणीय प्रस्तुति दिँदै कोरियाली सहभागीहरूको सत्यता प्रस्तुति पनि सुने । हङ्गेरीको बुडापेस्टबाट आएका ब्रदर गर्जलीले भने “हङ्गेरियाली भाषाचाहिँ कठिन उच्चारण र व्याकरणको कारणले सिक्न त्यति सजिलो नभए तापनि हङ्गेरिवासीझैँ गरेर प्रस्तुति तयार गरेका कोरियाली सन्तहरूलाई देखेर म एकदमै प्रभावित भएँ ।” मेक्सिकोको क्वेरेटरोकी सिस्टर इजेलले “२६ वटा भाषाहरूमा प्रतिस्पर्धा हुनु आफैमा ठूलो कुरा हो । म आफ्नो देशमा फर्केर गएँ भने कोरियाली सन्तहरूले जस्तै सारा शक्ति लगाएर सुसमाचार प्रचार गर्नेछु” भन्दै आफ्नो दृढ इच्छा जाहेर गरिन् ।

मुख्य हलमा प्रतिस्पर्धा जोडका साथ अगि बढिरहँदा, महासचिव पास्टर गिम जु छलले भाषा प्रशिक्षणमा सहभागी भएका सन्तहरूको निम्ति विशेष वक्तव्य दिनुभयो । उहाँले “सबै कुरा सोचाइको परिणाम हो । यदि सुसमाचारको निश्चित उद्देश्य लिएर प्रयास गरिरहनुभयो भने पवित्र आत्माको शक्ति धारण गरी त्यो उद्देश्य हासिल गर्न सक्नुहुनेछ” भन्नुभएर सहभागीहरूको मनमा आत्मविश्वास रोपिदिनुभयो ।

यस पटकको प्रतिस्पर्धामा ६० जना सहभागीहरू पुरस्कृत भए । पुरस्कृतहरूलाई माताले प्रमाण-पत्र दिनुभएर हात मिलाउनुभई बधाई दिनुभयो । फिलिपिन्समा सुसमाचार प्रचार गर्दा आफ्नो भाषा दक्षताको कमजोरी महसुस गरेर हरेक दिन आँसुद्वारा प्रार्थना गरेका ब्रदर यु जङ सु(छुन्छन, अङ्ग्रेजी भाषाका विजेता)ले भने, “मैले आफूमा भन्दा पनि पिता-मातामा भरोसा गर्दा शक्ति पाएको महसुस भयो । अब म घमण्डी नभई, सधैँ परमेश्वरको शक्तिको निम्ति बिन्ती गर्नेछु, र मलाई दिइएको यो सुसमाचारको मिसन पूरा गर्नेछु ।” विश्वविद्यालयमा जापानी भाषामा मेजर गरेकी सिस्टर सोङ जि ए(बुछन, जापानी भाषाकी विजेता)ले “सत्यतालाई विकृत नगर्नको निम्ति मैले व्याकरण एकदमै ध्यान दिएर सिकें । मलाई अझ प्रोत्साहन दिनको निम्ति परमेश्वरले यो पुरस्कार प्रदान गर्नुभएको हो भनी विश्वास गर्दछु । यसकारण राम्ररी तयारी गरेर, धेरै विपत्ति झर्ने जापानमा पनि विपत्तिबाट पार गराउने निस्तार-चाडको मार्ग निश्चय नै सुनाउनेछु ।”

प्रतिस्पर्धाको अन्तमा माताले “पिताको सुसमाचारको जीवनलाई पछ्याउने मनद्वारा परिश्रमसाथ तयारी गरिदिनुभएकोमा धन्यवाद । पिताले ‘मेरा भेडाहरूले मेरो सोर सुन्छन्’ भन्नुभएकोले भेटेजति सबैलाई आत्मविश्वाससाथ सत्यता सुनाउनुहोस्” भन्नुभएर समर्थन गरिदिनुभयो । सुसमाचारको भिजनलाई निश्चित गरेर साहस बटुलेका सहभागीहरूको आँखामा ७ अरब मानव-जातिलाई चाँडै नै मुक्तिको सन्देश सुनाउने सङ्कल्प चम्किरहेको थियो ।