प्रतिभाशाली बन्ने रहस्य

6,456 भ्यु

प्रसिद्ध फ्रान्सेली भायोलिन वादक पाब्लो दे सरसते १० वर्षको छँदादेखि नै यति प्रतिभाशाली थिए, कि उनले महारानीको सामु भायोलिन बजाउने अवसर प्राप्त गरे । उनले परिष्कृत भाइब्रेटो र अद्वितीय लयबद्ध भायोलिन वादनको निम्ति प्रशंसा बटुले । त्यसको साथै क्यामिल सेन्ट-सेन्स, एडवर्ड लालो, म्याक्स ब्रुच जस्ता समकालीन सङ्गीत रचनाकारहरूले उनको समर्पणमा केही सङ्गीतहरू रचे । उनी फ्रान्स, संयुक्त अधिराज्य जस्ता युरोपेली मुलुकहरूको साथै अमेरिकामा पनि अनवरत कन्सर्ट भ्रमणका लागि गएर आफ्ना दर्शकहरूको मन जित्न सफल भए ।

सङ्गीत रचनामा पनि उत्कृष्ट रहेका सरसतेले जिग्वेनरवेइजिन, कार्मन फ्यान्टसी र स्पेनी नृत्य सङ्गीत बजाएर प्रसिद्धि कमाए । विशेषत: जिग्वेनरवेइजिन सङ्गीत बजाउन समकालीन भायोलिन वादकहरूलाई समेत गाह्रो पर्थ्यो, तर सरसतेले स्वच्छन्द तवरले त्यो बजाएर विश्वलाई नै चकित पारे । मानिसहरूले उनलाई जन्मिएदेखिका प्रतिभाशाली भनेर बोलाउने कुराप्रति उनले यसो भने,

“मैले ३७ वर्षसम्म प्रत्येक दिन १४ घण्टा भायोलिन बजाउन अभ्यास गरें, अहिले मानिसहरू मलाई प्रतिभाशाली भन्छन् ।”