बिहानको प्रार्थना

मर्कूस १:३५-३९

18,336 भ्यु

बिहान सबेरै उठेर येशूज्यू एकान्त ठाउँमा जानुभयो । सिमोन र तिनीसँग हुनेहरूले उहाँलाई प्रार्थना गरिरहेको भेट्टाए ।

“सबैले तपाईंलाई खोजिरहेका छन् ।”

येशूज्यूले तिनीहरूलाई भन्नुभयो ।

“आओ, हामीहरू नजिकका अरू सहरहरूमा जाऔं, र त्यहाँ पनि म प्रचार गर्न पाऊँ, किनकि यसैको निम्ति म आएको हुँ ।”

उहाँले सारा गालीलमा र सभाघरहरूमा प्रचार गर्नुभयो ।

अघिल्लो रात सबै प्रकारका बिरामीहरूलाई निको पार्दै र भूतहरू धपाउँदै व्यस्त रहनुभएका येशूज्यूले आफ्नो शारीरिक थकानका बाबजुद बिहान सबेरै उठ्नुभएर प्रार्थना गर्नुभई दिनको सुरुवात गर्नुभयो । सुसमाचारको मिसन पूरा गर्नको निम्ति येशूज्यूले चुपचाप आफ्नो पाइला अगाडि बढाउनुभयो ।

“सतर्क भएर धन्यवादसहित स्थिर भई प्रार्थनामा लागिरहो । हाम्रा निम्ति पनि प्रार्थना गर, ताकि ख्रीष्टको त्यो रहस्य प्रचार गर्नलाई परमेश्वरले हामीलाई वचनको निम्ति एउटा ढोका खोलिदेऊन्, …” कलस्सी ४:२-३

हामीलाई ७.८ अरब मानिसहरूलाई प्रचार गर्ने मिसन सुम्पनुभएकोले हामीले कस्तो प्रकारको प्रार्थना गर्नुपर्छ भन्ने कुरा स्पष्ट छ । सुसमाचार प्रचार गर्नुअघि परमेश्वरको अनुग्रहको लागि प्रार्थना गरौं, र निडरताका साथ सबै ठाउँमा प्रचार गरौं । हामी जहाँ गए पनि मुक्तिको कार्य पूरा हुनेछ, किनकि हामीलाई यही गर्न बोलाइएको हो ।