घमण्ड नगरौं

पर्वतारोहण गर्न मन पराउने जो कोहीले पनि आफ्नो जीवनमा कम्तीमा एक पटक देख्ने सपना हो, पर्वतारोहण । तर पर्वतारोहण गर्नु सजिलो काम भने पक्कै होइन । पर्वतहरू निकै अग्लो हुने भएकोले पदयात्रा गर्न एकदमै कठिन हुन्छ, जसले पर्वतारोहीहरूलाई हतोत्साहित बनाउँछ र यसले निरन्तर दुर्घटनाहरू निम्त्याउँछ ।
यस्ता पर्वतहरूमा हुने १० प्रतिशत दुर्घटनाहरू लड्नाले हुन्छन्, र आश्चर्यको कुरा मानिसहरू हिमालको चुचुरोमा पुगेपछि झन् धेरै लड्ने गर्छन् । त्यसैले भन्ने गरिन्छ, कि हिमालले घमण्डलाई कहिल्यै स्वीकार गर्दैन ।
कठिन यात्रा पार गरेर हिमालको चुचुरोमा पुगेपछि मानिसहरूले राहत महसुस गर्छन् र आफ्नो तनावलाई भुल्छन् । उनीहरूले गौरवशाली महसुस गर्न सक्छन् । तर हिमालको चुचुरोमा पुगेर गरिने घमण्डले भयानक दुर्घटना निम्त्याउन सक्छ । त्यसैले चुचुरोमा पुगे पनि अब अगाडि के र कसरी गर्ने भन्ने कुरा कहिल्यै बिर्सनु हुँदैन ।
यसकारण जसले खडा छु भनी सोचेको छ, त्यो होशियार रहोस्, नत्रता त्यो लड्नेछ । १ कोर १०:१२
योजस्तै हामीले अहिलेसम्म विश्वासको दौड राम्रोसँग दौडिएको भए पनि यो दौड अझै सकिएको छैन । मुक्ति प्राप्त नगरेसम्म हामी सधैँ जागा रहनुपर्छ । जुनसुकै स्थानमा भए पनि, अब के गर्ने भन्ने कुरा नै सबैभन्दा महत्त्वपूर्ण हो ।