मेरो भाइको मुटु प्राप्त गर्ने बालकको लागि

10,765 भ्यु
लेख सुन्नुहोस् 3:41

सन् २०१६ मार्चमा संयुक्त राज्य अमेरिकामा एरिक नाउँ गरेका ११ वर्षीय बालक कार दुर्घटनामा मारिएको थियो । उसको परिवार गहिरो पीडा र क्रोधमा भए पनि उनीहरूले त्यो ड्राइभरलाई माफ गर्ने निर्णय गरे, र अरू कसैको जीवन बचाउनका लागि एरिकको अङ्ग दान गर्ने निर्णय गरे । एरिकका दाजुले आफ्नो भाइको मुटु प्राप्त गरेका बालकको लागि यस्तो सन्देश लेखे ।

“एरिकले आफ्नो जीवनकालमा हामीलाई ठूलो शक्ति र प्रेम दियो । उसको जीवन लामो छैन भन्ने कुरा थाहा पाएकोले उसले आफ्नो जीवन पूर्ण रूपमा जियो । तिमीले यसअघि पीडादायी जीवन बिताइरहेका थियौ तर मेरो भाइको मुटु पाएकोले अबचाहिँ सकारात्मक र सक्रिय जीवन बिताउन अनुरोध गर्दछु । कहिलेकहिँ प्रेम गर्न गाह्रो हुन सक्छ, र कहिलेकहिँ चाहिँ भरोसा गर्ने एउटै साथी नभएकोले एकलो महसुस हुन सक्छ । एरिकले सबैलाई प्रेम गर्थ्यो र सबैले उसलाई पनि उत्तिकै प्रेम गर्थे । तिमीसँग उसको मुटु भएकोले तिमीले पनि जो कोहीलाई प्रेम गर्न सक्छौ । मेरो भाइको मुटु तिमीभित्र धड्किने गराएकोमा तिमीलाई धन्यवाद । मेरो भाइलाई तिमीभित्र जिउने गराएकोमा धेरै धन्यवाद । उसको मुटु हाम्रो हृदयमा धड्किरहेको छ ।”

दाजुले आफ्नो भाइप्रतिको प्रेम व्यक्त गरेको त्यो सन्देशमा धेरैले प्रोत्साहन र समर्थनका टिप्पणीहरू पोस्ट गरे ।

मेरो भाइको मुटु प्राप्त गर्ने बालकको लागि

3:41
0:00 3:41

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।