तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर

19,500 भ्यु
लेख सुन्नुहोस् 3:31

परमेश्वरको वचनअनुसार जिउने मानिसले परमेश्वरको शिक्षालाई व्यवहारमा लागू गर्न प्रयास गर्छ । तर यो कुरा सोचेजस्तो सजिलो छैन । परमेश्वरले एक-अर्कालाई प्रेम गर भन्नुभएकोले प्रायः मानिसहरूले जति अरूलाई प्रेम दियो त्योभन्दा बढी प्रेम पाउन चाहन्छन् । केही प्राप्त नगरी अरूलाई दिनु भनेको गुमाउनु हो भन्ने मनस्थिति मनिसहरूमा हुने भएकोले प्रेम गर्न गाह्रो छ ।

तर हामीले एकदमै ध्यान दिनुपर्ने एउटा कुरा छ । परमेश्वरले “तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर” भन्नुभयो । परमेश्वरले हामीलाई आफ्नो जीवन बलिदान गर्नेसम्मको प्रेम गर्नुभयो, तर के उहाँले त्यसको सट्टामा केही पाउन चाहनुभयो ?

जसरी परमेश्वरले हामीलाई निःस्वार्थ प्रेम गर्नुभयो, त्यसरी नै हामीले पनि दाजुभाइ-दिदीबहिनीलाई प्रेम गर्नुपर्छ । त्यसो गरेमा “प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो(रोम १३:१०)” भन्ने वचन पूरा गरेर परमेश्वरको व्यवस्था पूरा गर्ने अगमवाणीका नायक/नायिका बन्न सकिन्छ ।

“एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु: तिमीहरू एक-अर्कालाई प्रेम गर । तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर ।” यूहन्ना १३:३४

तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर

3:31
0:00 3:31

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।