दुःखाईलाई जितेपछिको फल
लेख सुन्नुहोस्
1:05

फ्रान्सेली प्रभाववादी चित्रकार रेनोइरले हातका औंलाहरू दुख्दासमेत आफ्नो ब्रस कहिल्यै छोडेनन् । सुनिएको हातले चित्र कोर्न संघर्ष गरिरहेका रेनोइरलाई देखेर उनका साथीले सोधे ।
“यति धेरै दुखाइ सहेर पनि पेन्टिङ गरिरहनुको खास कारण के हो ?”
रेनोइरले मुस्कुराउँदै जवाफ दिए ।
“दुखाई त हराएर जान्छ तर सुन्दरता सधैँ रहिरहन्छ ।”