चलचित्रमा खेलाउनुको कारण

7,089 भ्यु
लेख सुन्नुहोस् 2:34

कुनै एक समयमा हलिउड अभिनेत्री एन्जेलिना जोलीकी पाँच वर्षीया छोरीले एउटा चलचित्रमा अभिनय गरेर सबैको मन जितिन् । सायद आफ्नो आमा-बुबाबाट अभिनयको गुण विरासतमा पाएर होला, उनले सानै उमेरमा भए पनि आफ्नो भूमिका राम्ररी निभाइन् । 


तर उनलाई चलचित्रमा खेलाउनुको कारण रोचक छ । सुरुमा जोलीकी छोरीलाई खेलाउने योजना थिएन । तर जोलीलाई बोक्सीको डरलाग्दो पहिरनमा देखेर सानी राजकुमारीको भूमिका निर्वाह गर्ने सबै बाल कलाकारहरू डराएर रुन थाले । कालो बोक्सीको पोशाक, लामो नङ र टाउकोमा भएको डरलाग्दो सिङ देखेर चार, पाँच वर्षका बालिकाहरू डराए । सबै बाल कलाकारहरू डरले भागे तर आमाको डरलाग्दो पहिरन देखेर नडराएकी छोरीले अन्ततः त्यो भूमिका निर्वाह गरिन् ।

आमा जतिसुकै फरक देखिए पनि सन्तानको आँखामा आमाको वास्तविक स्वरूप नै झल्किन्छ । आमाको असीमित प्रेमलाई कुनै कुराले पनि ढाक्न सक्दैन ।

चलचित्रमा खेलाउनुको कारण

2:34
0:00 2:34

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।