WATV.org is provided in English. Would you like to change to English?

सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी (२)

आफ्नो ज्ञानद्वारा सृष्टिकर्ताको शक्ति जानकारी दिएका ५ देशका स्त्री पादरी कर्मचारीहरू

दक्षिण कोरिया

April 29, 2019 7,338 भ्यु

“हामीहरू जीवनमा धेरै डरको सामना गर्छौं । कीरा, कुकुर, सियो … मानिसहरूका सामु उभिँदा पनि डर लाग्छ, जस्तो अहिले मलाई भइरहेको छ ।”

प्रस्तोताको कुराले दर्शक वृन्दमाझ हाँसो र उत्साह ल्याइदियो । डिकनिस ग्रेसिया मेन्डोजा सिस्नेरोस(ला भिक्टोरिया, पेरु)ले मृत्युको डर मेटाउन सक्नुहुने एलोहिम परमेश्वरको अस्तित्वको विषयमा आत्मविश्वाससाथ गवाही दिइन् ।

‘खुशी मण्डली’ अन्तर्राष्ट्रिय सम्मेलनपछिको अर्को दिन अप्रिल २९ तारिख दिउँसोमा, कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा ‘सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी’को आयोजना गरियो । पहिला पुरुष पादरी कर्मचारीहरूले प्रस्तुति दिएका बाइबल गोष्ठीपछि दोस्रो पटक आयोजित यो बाइबल गोष्ठीमा संयुक्त राज्य अमेरिका, इक्वेडर, भारत र गणतन्त्र दक्षिण अफ्रिकाबाट आएका ८ जना स्त्री पादरी कर्मचारीहरूले मञ्चमा प्रस्तुति दिए । उक्त गोष्ठीमा विश्वभरिका स्त्री पादरी कर्मचारीहरू एवम् सउलको दक्षिणी क्षेत्रका पद तथा जिम्मेवारी प्राप्त व्यक्तिहरू गरी २,७०० जनाको उपस्थिति रह्यो ।

प्रस्तोताहरूले बाइबलको साथसाथै चिकित्सा, कानून, मनोविज्ञान, जीव विज्ञान, खगोलशास्त्र लगायतका विभिन्न पक्षहरूबाट माता परमेश्वरको अस्तित्व र परमेश्वरको मुक्तिको सिद्धान्तको विषयमा प्रकाश पारे । ‘जीवित प्राणीहरू जिइरहेको एकमात्र ग्रह, पृथ्वीद्वारा देखिने सृष्टिकर्ताको शक्ति’ शीर्षकमा प्रस्तुति दिएकी डिकनिस अर्भेनिया कोरेआ(माइएमी, फ्लोरिया, संयुक्त राज्य अमेरिका)ले “जीवनको विषयलाई मध्यनजर गर्दा, यो ग्रह पृथ्वीमा संयोगवश जीवन कायम हुन सकेको कदापि होइन, सबै जीवित प्राणीहरूको घर रहेको यो पृथ्वी परमेश्वरको प्रेमले भरिएको छ भन्ने कुरा जानकारी दिन चाहन्छु,” भन्दै ७ अरब मानव-जातिले परमेश्वरबाट प्रेम र आशिष् पाऊन् भन्ने चाहना व्यक्त गरिन् ।

गोष्ठीका सहभागीहरूले ‘आत्मिक क्यान्सरको उपचार,’ ‘परमेश्वरको कृति बाइबल,’ ‘यावत् थोक सृजनुभएका महान् लेखक,’ ‘लचिलोपना र आमा’ लगायतका सामाजिक एवम् वैज्ञानिक विषयहरूमार्फत दैनिक जीवनमा प्रायः बेवास्ता गर्न पुगिने परमेश्वरको शक्ति र जीवनको सत्यताको विषयमा पुष्टि गरे ।

गोष्ठी समाप्त भएपछि माताले, प्रेम र गहिरो ज्ञानद्वारा सन्तहरूको हेरचाह गर्दै सुसमाचार प्रचारमा परिश्रम गर्ने स्त्री पादरी कर्मचारीहरूको प्रशंसा गर्नुभयो । गोष्ठीका प्रस्तुतिहरू सुनेपछि डिकनेस पाब्लो चाबेजले “परमेश्वर हुनुहुन्छ भन्ने कुरा बाइबलको वचनद्वारा मात्र नभएर मानव शरीर, ब्रह्माण्ड र यो संसारका यावत् थोकहरूद्वारा महसुस गर्न सकिन्छ, गणतन्त्र डोमिनिकनमा ढीलो गरी सुसमाचार सुरु भए तापनि यहाँका एक करोड मानिसहरूले परमेश्वरको आशिष् पाउन सक्ने गरी हामी परिश्रमसाथ सुसमाचार सुनाउनेछौं” भनिन् ।