WATV.org is provided in English. Would you like to change to English?

सन् २०१९ Arise & Shine विश्वविद्यालय विद्यार्थी अन्तर्राष्ट्रिय बाइबल गोष्ठी

आफ्नो विशेष ज्ञानद्वारा परमेश्वरको अस्तित्व थाहा दिएर बाइबलको शिक्षाप्रति जागृत गराएका ८ देशका विश्वविद्यालय विद्यार्थीहरू

दक्षिण कोरिया

July 12, 2019 9,540 भ्यु

मध्य ग्रीष्ममा तातिएको जुलाई १२ तारिख, त्योभन्दा अझ तातो जोशद्वारा सत्यता अध्ययन गर्ने विदेशका विश्वविद्यालय विद्यार्थीहरू लगायत कोरियाको राजधानी क्षेत्रका युवाहरूसहित २,२०० जनाभन्दा बढीले ‘सन् २०१९ Arise & Shine विश्वविद्यालय विद्यार्थी अन्तर्राष्ट्रिय बाइबल गोष्ठी’मा सहभागिता जनाए । कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा आयोजित उक्त गोष्ठीमा न्यूजिल्यान्ड, यूक्रेन, संयुक्त राज्य अमेरिका, फिनल्यान्ड, मेक्सिको, मोजाम्बिक, भारत र चिलीबाट आएका ९ जना विश्वविद्यालय विद्यार्थीहरूले प्रस्तुति दिए ।

महासचिव पास्टर गिम जु छलले उद्घाटन समारोहमार्फत “एक कदमअगि देख्न नसकिने अनिश्चित आज र भोलिको दिन जिइरहेका ७ अरब मानव-जातिमाझ, एलोहिम परमेश्वरको शिक्षा पहिला ग्रहण गरेर आत्माको विगत, वर्तमान र भविष्यको बारेमा निश्चित उत्तर पाएका हामीहरू उठेर(Arise) सत्यताको ज्योति चम्काऔं(Shine)” भनेर जोड दिनुभयो (यशै ६०:१) ।

प्रस्तोताहरूले गणित, लेखा, सामाजिक विज्ञान जस्ता प्रमुख विषयहरूको आधारमा ‘सबैभन्दा नयाँ नाउँ,’ ‘दर्शक र पहिलो पेङ्ग्वीन,’ ‘मधुकोषमा रहेको परमेश्वरको प्रबन्ध,’ ‘भीडको पक्ष कि सत्यताको पक्ष’ इत्यादि शीर्षकमा प्रस्तुति दिँदै बाइबलभित्रको एलोहिम परमेश्वरको अस्तित्वलाई स्पष्टसँग वर्णन गरे । अनि परीक्षण, तथ्याङ्क, भिडियो र ऐतिहासिक उदाहरण लगायत विभिन्न तरिकाहरू प्रयोग गरेर उनीहरूले बाइबलका शिक्षाहरूबारे वर्णन गर्दै एक बुद्धिजीवी र ख्रीष्टियानको रूपमा नैतिक चेतना र जिम्मेवारीको भाव लिन प्रेरित गराए ।

“मानिस होस् या त कम्पनी, प्रत्येकको नाउँमा ठूलो प्रभाव रहेको हुन्छ । हाम्रो आत्माको जीवनसँग सम्बन्धित मुक्तिदाताको नाउँ अझ महत्त्वपूर्ण छ, अनि त्यो नाउँ केवल बाइबलले जानकारी दिन सक्छ । बाइबलमार्फत पहिला मुक्तिदातालाई ग्रहण गरेका हामीहरूले मुक्तिदाताको नाउँ सारा संसारमा सुनाउने मिसन पाएका छौं ।” इलोना एलिसा इन्केरी स्वोमिनेन, सामाजिक विज्ञान सङ्कायकी विद्यार्थी / हेल्सिङ्की विश्वविद्यालय, फिनल्यान्ड

“ठूलो ऋण र ब्याज भएको ऋणीलाई मुक्त गराउने ‘ऋण रद्दीकरण प्रणाली’ बाइबलमा पनि देखा परेको छ । त्यो नै पापले गर्दा अनन्त मृत्युको जोखिममा परेका आत्मिक पापीहरूलाई बचाउन परमेश्वरले आफ्नो जीवन नै बलिदान गर्नुभएर स्थापना गर्नुभएको नयाँ करारको व्यवस्था हो । प्रेम हुनुभएका परमेश्वरले हामीलाई विनादाम मुक्ति दिनुभएजस्तै, हामी पनि ७ अरब मानव-जातिलाई पाप-क्षमाको बाटोमा डोऱ्याऔं ।” एलियास आमेरिको मासिकाम, लेखा सङ्कायका विद्यार्थी / यूनिभर्सिडेड पोलिटेक्निका, मोजाम्बिक

प्रस्तोताहरूले सही तर्क र विश्वस्त सोरमा प्रस्तुति समाप्त गर्दैपिच्छे दर्शकहरूको ताली र प्रोत्साहनको आवाज गुञ्जियो । बिदाको दौरान गोष्ठीमा सहभागी भएका ब्रदर मुन सङ मिन(अङ्ग्रेजी शिक्षा सङ्कायका विद्यार्थी / होङइग विश्वविद्यालय, कोरिया)ले “बाइबलले परमेश्वरको अस्तित्व मात्र जानकारी दिने होइन, तर जीवनको लागि आवश्यक पर्ने पाठ पनि सिकाउँछ । मेरो एउटा सपनाचाहिँ शिक्षक बन्नु हो । विद्यार्थीहरूले किशोरावस्थालाई सुरक्षितसाथ पार गर्न सक्ने गरी उनीहरूलाई जीवनको सही दिशामा मार्गनिर्देश गर्ने शिक्षक बन्न चाहन्छु” भने ।