जेरोम सि. ग्लेनसँगको ASEZ बैठक

‘दिगो भविष्यको निम्ति विश्वविद्यालय विद्यार्थीहरूको भूमिकाको खोजी’

दक्षिण कोरिया

June 30, 2019 7,768 भ्यु

भविष्यले भविष्यलाई भेट्छ । जून २६ तारिखमा, कोरियाको भ्रमण गरेका यूएन मिलेनियम प्रोजेक्टका अध्यक्ष जेरोम सि. ग्लेनले नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा आयोजित आसेज(ASEZ) बैठकमा सहभागी भएर, मानव-जातिको भविष्यलाई प्रबल बनाउने विश्वविद्यालय विद्यार्थीहरूसँग कुराकानी गर्ने समय लिए । ‘दिगो भविष्यको निम्ति विश्वविद्यालय विद्यार्थीहरूको भूमिकाको खोजी’ भन्ने शीर्षकअन्तर्गत आयोजित यस पटकको बैठकमा, परमेश्वरको मण्डली विश्वविद्यालय स्वयंसेवा सङ्गठन आसेजका ५३० जना सदस्यहरू सहभागी भए ।

माताले, व्यस्त तालिकाको बाबजुद विश्वविद्यालय विद्यार्थीहरूका निम्ति समय निकालेर बैठकमा सहभागी भएका अध्यक्ष ग्लेनलाई न्यानो गरी स्वागत गर्नुभयो । साँझ ५ बजे आरम्भ भएको बैठक, वातावरणसम्बन्धी गीत ‘An Island’ र ‘Right Now, Right Here’को प्रस्तुतिसँगै सुरु भयो । वातावरण समस्याप्रति जनचेतना जगाउँदै तुरुन्तै कार्यान्वयन गर्न आग्रह गर्ने विश्वविद्यालय विद्यार्थी गायन टोलीको अनुरोध सम्मिलित भिडियोले दर्शक वृन्दलाई प्रभावित तुल्यायो । विश्वविद्यालय विद्यार्थीहरूले प्यानल र प्रस्तुतिमार्फत अङ्ग्रेजीमा आसेज गतिविधिको विस्तृत रूपमा परिचय दिए । विश्वविद्यालय विद्यार्थीहरूले भविष्यवक्ताको सल्लाह सुन्दै सक्रियतापूर्वक प्रश्नहरू राखे ।

सामूहिक समझलाई स्वीकारेर उपयोग गर्ने तरिका, प्रत्येक सहरसँग सहकार्य गर्दै परिवर्तन गर्ने तरिका इत्यादि विभिन्न विषयका प्रश्नहरूको जवाफ दिएका अध्यक्ष ग्लेनले, आसेज सदस्यहरूको उत्साहजनक गतिविधिबाट निकै प्रभावित हुँदै आसेज समर्थन हस्ताक्षर-पत्रमा हस्ताक्षर गरे । अध्यक्ष ग्लेनले विश्वभरि थुप्रै विश्वविद्यालय विद्यार्थीहरूले अहिलेदेखि नै कार्य गरिरहेकाले आसेज गतिविधिको ठूलो कदर गरे, अनि अझ सुन्दर भविष्य बनाउनको निम्ति यस्ता गतिविधिहरूलाई आगामी दिनहरूमा पनि निरन्तरता दिन अनुरोध गरे । आसेजको ‘एकसाथ अपराध न्यूनीकरण’ परियोजनामा विशेष रुचि देखाउँदै तिनले अर्को अवसरमा त्यस विषयमा अझ छलफल गर्ने आशा गरे ।

अनलाइनमार्फत आसेज सदस्यहरूको गतिविधिको जानकारी दिने र प्रतिक्रियासँगै समर्थन जनाउने कुरा अध्यक्ष ग्लेनले बताउँदा विश्वविद्यालय विद्यार्थीहरूले जोडदार ताली बजाए । विश्वविद्यालय विद्यार्थीहरूले “हालसालै, आसेजले कार्यान्वयन गरिरहेको वातावरण परियोजना, दिगो विकास लक्ष्यहरू(SDGs) कार्यान्वयन परियोजना इत्यादि गतिविधिहरू मानव-जातिको भविष्यको निम्ति कति महत्त्वपूर्ण कार्य रहेछ भन्ने कुरालाई महसुस गऱ्यौं,” “भविष्यको निम्ति हामीले गर्नुपर्ने कार्यचाहिँ सानो कुरादेखि नै कार्यान्वयन गर्नु रहेछ” भन्दै लगातार दिगो भविष्यको निम्ति आफ्नो प्रतिबद्धता जाहेर गरे ।

बैठक सकाएर फर्कने क्रममा, अध्यक्ष ग्लेनले माताको मनद्वारा स्वयंसेवा गर्ने आसेजका सबै गतिविधिहरूलाई सफलतापूर्वक अगि बढाइरहेका विश्वविद्यालय विद्यार्थीहरूलाई यसो भन्दै प्रशंसा गरे, “एउटा परिवर्तनले भविष्यमा ठूलो परिवर्तन ल्याउन सक्छ । यहाँहरूले विश्वभरिबाट सहकार्य गर्दै सक्रियतापूर्वक परिवर्तन ल्याउने कार्यको नेतृत्व गर्दैहुनुहुन्छ । यस्तो गतिविधिले मानव-जातिको भविष्यलाई परिवर्तन गर्न सक्छ जस्तो लाग्छ ।”