विश्वास र जीवन

मिसनको कहानी

मुक्तिको खबर सुनाउने प्रत्येक आशिषित पाइलाले मीठो सुगन्ध छर्दछ ।

पूर्ण विश्वास र माताको प्रेमद्वारा

उहिलेदेखि परमेश्वरको सन्तान हुने इच्छा भएकोले म रोमन क्याथोलिक, प्रोटेस्टेन्ट लगायतका विभिन्न ख्रीष्टियान सम्प्रदायहरूमा गएँ । तर ती सत्य मण्डली हुन् जस्तो नलागेर म मण्डली जान हिचकिचाएँ । केही वर्षअघि म जागिरको लागि संयुक्त राज्य अमेरिकाको वासिङटन डि.सी.मा बसेकी थिएँ । एक दिन किनमेल गर्ने क्रममा एक जना साथीले मलाई फोन गरिन् । “के तिमी पनि, माता परमेश्वर वास गर्नुहुने मण्डलीमा मसँगै जाने हो ?” म एकदम छक्क परें । साथीले माता परमेश्वर वास गर्नुहुने मण्डलीमा अनन्त जीवन पाउन सकिन्छ भनिन् । कस्तो मण्डली रहेछ भन्ने सोच्दै म उत्सुक भएँ । मण्डली गएर बाइबल अध्ययन गरेपछि त्यहाँ सत्यता छ भन्ने कुरामा म विश्वस्त भएँ । त्यसको भोलिपल्ट शबाथ-दिनमा म फेरि मण्डली गएँ, र मैले नयाँ जीवनको प्रतिज्ञा प्राप्त गरें ।…

सुरीमन जिन्डाप्रापापर्न / बैङ्कक, थाइल्यान्ड

सुसमाचारको असिस्ट

ब्राजिलको आलागोवस राज्यको एउटा सानो सहर हो, पेनेदु । ७० हजारभन्दा कम जनसङ्ख्या भएको पेनेदुमा जागिर पाउन मुश्किल हुने भएकोले यहाँका धेरै मानिसहरू घरमै समय बिताउने गर्छन् । हामीले परमेश्वरको वचन सुनाउँदैछौं भन्यौं भने सायद फुर्सद भएर होला, उनीहरू स्वेच्छाले सुन्न त सन्छन्, तर सजिलै स्वीकार गर्दैनन् । सत्यता होस् या नहोस्, उनीहरू लामो समयदेखि धाउँदैगरेको आफ्नो मण्डली परिवर्तन गर्ने कुरालाई बोझको रूपमा लिन्छन् । केही महिनासम्म एक आत्मा पनि सियोनमा नडोरिएकोले हामी थकित हुनैलाग्दा, नयाँ यरूशलेम प्रचार उत्सवको बारेमा हामीले सुन्यौं । हुन त म र पति मात्र थियौं, तैपनि हामीले उत्सवको आनन्द उपभोग गर्ने निर्णय गर्दै नयाँ सङ्कल्पसाथ प्रचार सुरु गऱ्यौं । एक दिन हामीले मण्डली नै मन नपराउने एक जना व्यक्तिलाई भेट्यौं । उहाँले आफूमा भएका सबै…

इ ह्ये जिन / पेनेदु, ब्राजिल

अगमवाणी पूरा भएको भूमि, बेटन रूजमा

अहिले हामीहरू रहेको ठाउँचाहिँ संयुक्त राज्य अमेरिकाको लुइजियाना क्षेत्रको बेटन रूज हो । हामीहरू यो ठाउँमा आएको पनि १ वर्ष भइसक्यो । सुसमाचार खासै प्रचार नभएको, आत्मिक रूपमा सुख्खा र उजाड यो भूमिमा आउन डर लागेको थिएन भन्नुचाहिँ झूट बोल्नुसरह हो । तर सदाजस्तै यो ठाउँमा पनि परमेश्वर हाम्रो साथमा हुनुहुन्थ्यो । छोटो समयमै जीवनको पानीले पुनर्जीवित हुनुभएका सन्तहरूलाई देखेर मैले फेरि पनि परमेश्वरको शक्ति महसुस गर्न सकें । हामी यहाँ आउनुअघि एक जना कोरियाली सिस्टरले ५ वर्षको लामो समयदेखि एकलै सुसमाचार प्रचार गर्दैहुनुहुन्थ्यो । ग्याँस स्टेशन व्यवस्थापनमा व्यस्त हुनुभए तापनि उहाँले आफ्नो कार्यक्षेत्रलाई सुसमाचारको मैदान ठान्दै ग्राहकहरूलाई लगनशीलताका साथ वचन प्रचार गर्नुहुन्थ्यो । सत्यताका वचन मन नपराएर फेरि फर्केर नआउने ग्राहकहरू पनि हुन्थे, तापनि ‘मरिरहेका आत्माहरूलाई बचाउनैपर्छ’ भन्ने व्यग्रताले…

जङ मिन ग्यङ / ह्युस्टन, टेक्सस, संयुक्त राज्य अमेरिका

सिक्ने र भर्ने समय

युवा समूहमा पुगेपछि मैले, अग्रज सिस्टरहरूको प्रेमभित्र रहेर भेलामा सहभागी हुँदै सियोनको न्यानोपना जान्न सकें । एक दिन, हामीले भिडियो हेरेर सन्तहरूसँग सियोनको सुगन्ध बाँड्यौं । तब एक जना सिस्टरले हाम्रो निम्ति बलिदान गर्नुहुने माताप्रति अत्यन्तै धन्यवादी र क्षमाप्रार्थी हुँदै आँसु बगाउनुभयो । किन त्यसो भयो भन्ने थाहा नभए तापनि म, साँचो पश्चात्ताप गर्नुहुने सिस्टरको स्वरूपबाट एकदम प्रभावित भएँ, तर आराधनापिच्छे परमेश्वरको अमूल्य वचनमा ध्यान नदिएकोमा म आफैप्रति लज्जित पनि भएँ । त्यसपछि मैले परिवर्तन भएर नयाँ गरी जन्मन प्रयत्न गरें । कसैसँग पनि कुरा नगरीकन आराधना सकिनेबित्तिकै घरतिर लाग्ने विद्यार्थी छँदाका समयहरूभन्दा ठीक विपरीत म लगनशीलताका साथ भेलामा सहभागी भएर वचन अध्ययन गर्दै आशिष् पाउने कार्यमा अग्रसर भएँ । तब मलाई विदेश मिसनप्रति रुचि लाग्न थाल्यो । सुरुमा मैले…

सिन नु रि / बुछन, कोरिया

शुद्ध सुनभन्दा अझ अमूल्य आत्मा खोज्न

परमेश्वरको अनुग्रहद्वारा हाम्रो कोता किनाबालु सियोनलाई सन् २०१७को पहिलो अल्पकालीन मिसनको आशिष् मिल्यो । पहिलो यात्रा फेब्रुअरीमा पापारान्डमा र दोस्रो यात्रा मार्चमा टुवारानमा थियो । पापारान्डचाहिँ साबामा रहेको एउटा जिल्ला हो । पापारान्ड मेरो गृहनगर पनि भएकोले केही वर्षअघि सत्यता प्राप्त गरेको समयदेखि नै त्यो ठाउँमा प्रचार गर्न जाने मेरो ठूलो धोको थियो । “राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्ति प्रचार गरिनेछ” (मत्ती २४:१४) भनिएको बाइबलको अगमवाणी पूरा भइरहेको यस वर्तमान समयमा, अल्पकालीन मिसनमा आफू छनोटमा परेको यो कुरा नै मेरो निम्ति सबैभन्दा ठूलो प्रेरणा थियो । “यहाँहरू जाने ठाँवैपिच्छे सियोन स्थापना हुनेछ ।” स्वर्गीय माताको वचनद्वारा हामीले ठूलो जोश प्राप्त गऱ्यौं, अनि हामीहरू पवित्र आत्माको शक्तिले भरियौं । सन्तानहरूले माताको वचनलाई मनमा खोपेर एकतामा रही…

स्टेफी एक्वीलाइन एडल्बर्ट / कोता किनाबालु, मलेसिया