निस्तार-चाड र परमेश्वरको छाप

अहिले संसारमा चारैतिर असंख्य विपत्तिहरू झरिरहेका छन् : राष्ट्र-राष्ट्रबीचको युद्ध, जातीय युद्ध, आतङ्क, अनिकाल, भूकम्प र मौसम परिवर्तनले ल्याएको खतरनाक ठण्डी, गर्मी अनि बाढी । जब यस्ता विपत्तिहरू आइलाग्छन्, तब कसलाई पुकार्ने अथवा कसो गर्ने भन्ने कुरा थाहा नपाएर मानिसहरू डरले थरथर काँप्न थाल्छन् । भविष्यमा झर्ने विपत्ति अनि विपत्ति झर्दा मानिसहरूले अपनाउने उपायको विषयमा बाइबलमा पहिल्यै अगमवाणी गरिएको थियो । “तिनीहरूले चिहानको गहिराइमा खनेर गए तापनि मेरो हातले तिनीहरूलाई त्यहाँबाट तानेर ल्याउनेछ । तिनीहरू माथि स्वर्गमा उक्ले तापनि, ... तिनीहरू कर्मेलको टाकुरामा लुके तापनि, ... तिनीहरू मदेखि समुद्रको पीधमा लुके तापनि ...” आमो ९:२-९ माथिको अगमवाणीमा उल्लेख गरिएजस्तै, मानव-जातिले सहनै नसक्ने यस्ता भयानक विपत्तिहरू पृथ्वीमा झर्ने भएकोले तिनीहरूले लुक्नको निम्ति ठाउँ खोजिरहेका छन् । माथिको अगमवाणीचाहिँ २,८०० वर्षअघिका आमोस…

स्वर्गको ढोकालाई उघार्ने निस्तार-चाड

हिजोआज परमेश्वरलाई विश्वास गर्छौं भन्ने मण्डलीहरू संसारमा असंख्य छन् । तर मुक्तिको प्रतिज्ञा समाविष्ट परमेश्वरको चाड, नयाँ करार निस्तार-चाड मान्ने मण्डलीचाहिँ परमेश्वरको मण्डली मात्र हो । “मेरा प्रजा ज्ञानको कमीले गर्दा नष्ट भएका छन्” (होशे ४:६) भन्ने वचनजस्तै, अधिकांश मानिसहरूले बाइबललाई सही तरिकाले बुझेका छैनन् । तिनीहरू “निस्तार-चाड नमाने पनि हुन्छ । परमेश्वरलाई विश्वास मात्र गऱ्यो भने अवश्य स्वर्ग-राज्य प्रवेश गर्न सकिन्छ” भन्ने गलत सोचाइमा फसेका छन् । त्यसैले आज बाइबलको वचनद्वारा, हामीले मान्ने गरेको निस्तार-चाडको अर्थलाई पुन: स्मरण गर्दै सत्य र झूटलाई छुट्‌ट्याउने समय लिऔं । स्वर्ग-राज्यको ढोका बन्द गर्नेहरू २,००० वर्षअघि येशूज्यू यो पृथ्वीमा आउनुहुँदा, त्यो समयका धार्मिक नेताहरूले परमेश्वरको शिक्षालाई पछ्याउनुको सट्टा उल्टै धेरै मानिसहरूलाई गलत बाटोतर्फ डोऱ्याइरहेका थिए । “धिक्कार, तिमीहरूलाई शास्त्री र फरिसी हो, ढोंगीहरू…

विपत्ति र निस्तार-चाड

हामीहरू दैनिक जसो विपत्ति र दुर्घटनाका खबरहरू सुनिरहेका हुन्छौं । विभिन्न किसिमका विपत्तिहरूमध्ये सबैभन्दा ठूलो विपत्ति के होला ? हामीलाई कुनै भयानक विपत्तिबाट बचाउन परमेश्वरले निस्तार-चाड भन्ने औषधी बनाउनुभयो । त्यसोभए त्यो भयानक विपत्ति के होला ? मानिस मरेपछि, उसलाई यो संसारको कुनै पनि विपत्तिले केही असर गर्न सक्दैन । तर बाइबलमा हेर्ने हो भने सदासर्वदा भोगिने त्यस्तो विपत्ति पनि छ । त्यस्तो विपत्तिको चरम पीडाबाट छुटकारा पाउन अथवा मर्न खोजे तापनि त्यो असम्भव छ । हामीलाई यस्तो भयानक विपत्तिबाट बचाउन चाहनुभएर नै परमेश्वरले हामीलाई नयाँ करार निस्तार-चाड दिनुभएको हो । सदासर्वदा भोगिने विपत्ति अप्रत्याशित दुर्घटना र प्राकृतिक प्रकोपले ग्रस्त मानिसहरू संसारमा धेरै छन् । अनि रोग र आर्थिक सङ्कटको मारमा परेका मानिसहरू पनि धेरै छन् । यो संसारमा विपत्तिले…

निस्तार-चाड र मुक्तिको सत्यता

वर्तमान समयमा मानिसहरूले परमेश्वरको वचनलाई त्यागिरहेका छन् । परिणामस्वरूप संसारमा जताततै विपत्ति झरिरहेको छ, अनि संसार आत्मिक तिर्खाले छटपटाइरहेको छ (आमो ८:११; यर ४४:२३) । तापनि तिनीहरू “निस्तार-चाड हाम्रो मुक्तिसँग सम्बन्धित छैन, हामीले यो मान्न आवश्यक छैन” भन्दै निस्तार-चाडको सत्यतालाई इन्कार गर्ने गर्छन् । २,००० वर्षअघि येशूज्यूले शास्त्री र फरिसीहरूलाई तिनीहरूको ढोंगप्रति हप्काउनुभयो, र स्वर्ग-राज्यको रहस्यको ज्ञान तिनीहरूलाई चाहिँ दिइएको छैन भन्नुभयो । वर्तमान समयमा पनि परमेश्वरलाई विश्वास गर्छु चाहिँ भन्ने तर परमेश्वरको इच्छालाई सही तरिकाले नबुझ्ने मानिसहरू छन् । मानिसहरू ज्ञानको कमीले गर्दा नष्ट भएका छन् भनेर बाइबलमा भनिएजस्तै, तिनीहरूले परमेश्वरको वचन नजानेसम्म र ती पालन नगरेसम्म विनाशको बाटोमा जानुबाहेक तिनीहरूसँग अर्को विकल्प छैन (होशे ४:६; यशै ९:१६; मत्ती अध्याय २३) । विपत्तिको युगमा अझ चम्किलो गरी चम्कने मुक्तिको…

निस्तार-चाड र प्रतिज्ञाको चिन्ह

पृथ्वीका हरेक ठाउँहरूमा झरिरहेको विपत्तिका कारण अहिले सारा संसार चिन्तित अवस्थामा छ । युद्ध र द्वन्द्व मात्र होइनकि भूकम्प, सुनामी, ज्वालामुखी विस्फोटन र असामान्य मौसम परिवर्तन जस्ता विपत्तिहरू निरन्तर झर्नेछन् भनेर बाइबलमा हजारौँ वर्षअघिदेखि नै चेताउनी दिइएको थियो । हामी जिइरहेको यस पवित्र आत्माको युगमा यी सम्पूर्ण विपत्तिहरू एकै चोटि झरिरहेका छन् । परमेश्वरले आफ्ना प्रजाहरूलाई हरेक किसिमको विपत्तिबाट बचाउन यस युगमा निस्तार-चाड पुनर्स्थापना गरिदिनुभएको छ । ३,५०० वर्षअघि प्रस्थानको समयमा, विशेष गरी मिश्रमा भयानक विपत्ति झर्न लागेकोले परमेश्वरले निस्तार-चाड स्थापना गरिदिनुभएको थियो । कुनै पनि विपत्ति झार्नुअघि परमेश्वरले आफ्ना प्रजाहरूलाई परमेश्वरको सुरक्षा चिन्ह, निस्तार-चाड मान्न सक्ने गरेर पहिल्यै तयारी गराउनुहुन्छ । मुक्तिको प्रतिज्ञा, निस्तार-चाड यहोशूले यरीहो सहरलाई कब्जा गर्नुअघि सहरमा जासूसहरू पठाएका थिए । दुई जासूसहरू राहाब नाउँ भएकी…

विपत्ति पार हुने कारण, निस्तार-चाड

परमेश्वरले दियाबलसको शक्तिलाई नष्ट गर्न र आफ्ना सन्तानहरूलाई अनन्त जीवन दिन निस्तार-चाड स्थापना गर्नुभयो । हुन त हाम्रा सियोनका परिवारहरूलाई निस्तार-चाडको महत्त्व राम्ररी थाहा छ, तापनि निस्तार-चाडद्वारा विपत्ति पार हुने कारण के हो भन्नेबारे हामीले अझ ध्यानपूर्वक अध्ययन गर्न आवश्यक छ । निस्तार-चाडको साँचो अर्थ के होला ? हामीबाट विपत्ति पार गराउने निस्तार-चाडको शक्तिको स्रोत के होला ? परमेश्वरको सामु विनम्र भएर यसबारे बाइबलद्वारा विस्तृत रूपमा अध्ययन गरौं । निस्तार-चाडको थुमाको रगतद्वारा विपत्ति पार निस्तार-चाडचाहिँ करीब ३,५०० वर्षअघि स्थापना गरिएको परमेश्वरको चाड हो । इस्राएलीहरू मिश्रमा दासत्वको जीवन जिइरहेका बेला परमेश्वरले तिनीहरूलाई छुटकारा दिन फारोलाई आज्ञा गर्नुभयो । तर फारोले मानेन र परिणामस्वरूप परमेश्वरले मिश्रमाथि दश विपत्तिहरू झारिदिनुभयो । पवित्र पात्रोअनुसार पहिलो महिनाको चोधौँ दिनको साँझमा परमेश्वरले मिश्रमाथि, पहिले जन्मेकाहरू…