१००

धेरैजसो परीक्षाहरूमा पूर्णाङ्क १०० हुन्छ । पूर्ण सन्तुष्ट भएको अवस्थालाई व्यक्त गर्नका लागि १०० अङ्कलाई प्रतिशतको रूपमा प्रयोग गरिन्छ । पानी ९९ डिग्री सेल्सियससम्म पनि शान्त नै रहन्छ, तर जब १०० डिग्री सेल्सियस पुग्छ, तब त्यो उम्लन थाल्छ । त्यसैले १०० नम्बर भनेको एउटा यस्तो अन्तिम लक्ष्य हो जसलाई उछिन्न सकिँदैन, यो एउटा खोटरहित उच्चतम बिन्दु हो ।
आत्मा बचाउने कार्यमा अगि बढिरहेका हामीहरूको पनि अन्तिम लक्ष्य छ । बाइबलको सम्पूर्ण अगमवाणीहरू पूरा नहोउञ्जेल हामीले १००% विश्वास र १००% जोस लिएर सुसमाचारको कार्य गर्नुपर्छ । अनि १००% सुन्दर चरित्रमा परिवर्तन हुँदै परमेश्वरले सुम्पनुभएको सुसमाचारको मिसन पूरा गर्नुपर्छ ।
योजना बनाउने र पूरा गर्ने प्रक्रियामा अवरोध आउँदा विश्वासको उद्देश्य पूरा गर्न गाह्रो हुन्छ । परमेश्वरसामु १०० अङ्क लिएर नउभिउञ्जेल विश्वासको दिशा नगुमाइकन हामीमा भएका सबै अशुद्ध कुराहरू हटाऔं र लगनशील भएर विश्वासको मार्गमा हिँडौं ।
यसकारण प्रिय हो, तिमीहरू यी कुराको प्रतीक्षा गर्नेहरू भएका हुनाले, उहाँको दृष्टिमा तिमीहरू दाग वा खोट नभएकाहरू र शान्तिमा बस्नेहरू हुन प्रयत्न गर । २ पत्रुस ३:१४