बुद्धिमानीपूर्वक बोलेको बोलीले हजारौँ ऋणसमेत चुक्ता गर्छ भने, विचारै नगरी मुखबाट निकालेको काँडाजस्तो बोलीले मानिसको हृदयमा दाग छोड्छ । त्यसोभए बोल्नुभन्दा अगाडि हामीले कुन-कुन कुराको ख्याल गर्नुपर्छ होला ? ‘सोच्नु(THINK)’ भन्ने अङ्ग्रेजी शब्दको हिज्जेमै त्यसको उत्तर रहेको छ ।
के यो सही[True] छ ?
के यो उपयोगी[Helpful] छ ?
के यो प्रेरणादायक[Inspiring] छ ?
के यो आवश्यक[Necessary] छ ?
के यो दयालु[Kind] छ ?
यसरी, बोल्नुभन्दा अगाडि आफूले भन्न लागेको कुरा सही छ कि छैन, सुन्ने व्यक्तिको लागि उपयोगी छ कि छैन भनेर जाँच्नुपर्छ । अनि त्यसले सकारात्मक प्रभाव पार्छ कि पार्दैन भनेर हेर्नुपर्छ । यदि त्यो आवश्यक छैन भने आफूलाई रोकेर नम्र तरिकाले बोल्नुपर्छ । यी पाँच कुराहरूलाई दिमागमा राख्नुभयो भने जो कोहीसँग पनि राम्ररी कुराकानी गर्न सक्नुहुनेछ ।