WATV.org is provided in English. Would you like to change to English?

मानिसलाई विभेद गर्ने क्याफे

14,927 भ्यु

फ्रान्सको दक्षिणी क्षेत्रमा रहेको रिसोर्ट सहर, नाइस(Nice)को कुनै एउटा क्याफेको मेन्यूमा कफीको मूल्य यसरी तोकिएको थियो :

“कफी” मात्र भन्यो भने १० डलर, “कफी ल्याइदिनुहुन्छ कि ?” भन्यो भने ६ डलर, अनि “कृपया, एक कप कफी ल्याइदिनुहुन्छ कि ?” भनेर भन्यो भनेचाहिँ मात्र २ डलर ।

उही कफी भए पनि मगाएको बोलीअनुसार त्यसको मूल्य ५ गुणा महँगो पनि हुन जान्छ भने ५ गुणा सस्तो पनि । बोलेको बोलीअनुसार मानिसलाई विभेद गर्ने यो क्याफेको नियम साँच्चै रमाइलो थियो । त्यो क्याफेको साहुजीले “खाजा समयमा ग्राहकहरू प्रायः तनावग्रस्त भएर आएका अवस्थाहरू धेरै हुन्छ । त्यसैले कफी मगाउँदा पनि मेरा कर्मचारीहरूसँग रुखो व्यवहार गर्ने भएकाले हामीले यस्तो मेन्यू बनाएका हौं” भने । यसरी मेन्यू परिवर्तन गरेपछि केही ग्राहकहरूले चाहिँ अति नै नम्र व्यवहार देखाएर सबैलाई हँसाएका पनि थिए अरे ।

कफी कम मूल्यमा खरीद गर्नको निम्ति मात्र नभएर यदि हामीले सधैँ नम्र हुन र राम्ररी बोल्न आफैलाई तालीम दियौं भने अझ उत्तम लाभहरू उठाउनेछौं नि, होइन र ?