प्रत्येक वर्षको अन्ततिर विभिन्न अवार्ड समारोहको आयोजना गरिन्छ । उक्त समारोहमा, आ-आफ्नो क्षेत्रबाट उल्लेखनीय कार्य गरेका र त्यति जस नपाए तापनि आ-आफ्नो ठाउँबाट अदृश्य रूपमा निरन्तर परिश्रम गरेका मानिसहरूलाई पुरस्कार तथा बधाई ज्ञापन गरिन्छ । जुनसुकै कार्यमा होस्, असल परिणामचाहिँ कुनै एक जना व्यक्तिद्वारा मात्र हासिल भएको हुँदैन । सबै जनाले एक-अर्कालाई सहयोग गर्दै आ-आफ्नो ठाउँबाट सक्दो गरेकाले त्यो सम्भव भएको हुन्छ ।
परिवारको सन्दर्भमा पनि उस्तै हो । परिवारमा एक वर्षभरि खुशी पोखिनुचाहिँ कुनै एक जना सदस्यको प्रयत्नद्वारा मात्र सम्भव हुने कार्य होइन । त्योचाहिँ प्रत्येक सदस्यले आ-आफ्नो कर्तव्य राम्ररी निभाउँदै बलिदान, प्रेम र विचारशीलतालाई व्यवहारमा लागू गरेको परिणाम हुन सक्छ । त्यो उपलब्धि प्रशंसा गरिन लायकको हुन्छ ।
यो महिनामा पारिवारिक अर्वाड समारोह राखेर, सदस्यहरूले एक वर्षभरि परिवारको निम्ति गरेको कडा परिश्रमको कदर गर्दा कसो होला ?
- सुझाव
- सदस्यलाई दिन चाहेको अवार्डको नाउँ राख्ने
(उदाहरणको लागि, ‘परिवारको स्वास्थ्य हेरचाह’ अवार्ड, ‘मुस्कान’ अवार्ड, ‘सरसफाइ’ अवार्ड इत्यादि ।) - उचित शब्दहरू राखेर प्रमाण-पत्र वा प्रमाण-पत्र पाटी तयार गर्ने
- साना उपहारहरू तयार गर्ने
- महिनाको अन्तमा सबैले मिलेर ‘पारिवारिक अवार्ड समारोह’ राख्ने
- अवार्ड पाउँदा वा दिँदाको व्यक्तिगत अनुभव बाँड्ने
- समारोहपछि एकसाथ सामान्य जलपान उत्सव मनाउने