परिवार

11,248 भ्यु
लेख सुन्नुहोस् 4:52

केही वर्षअघि कोरियास्थित बुछनको उच्च माध्यमिक विद्यालयमा एक जना होम रुम टिचरले कक्षाका बालबालिकाहरूका लागि नास्ता बनाएको कुरा मण्डलीमा आएको थियो । सउलको उच्च माध्यमिक विद्यालयमा शैक्षिक सत्रको सुरुवातदेखि अनुपस्थित भएका विद्यार्थीहरू ‘सँगै नास्ता गरौं’ भन्ने शिक्षकको सुझावअनुसार विद्यालयमा उपस्थित भए जसका कारण विद्यार्थीहरूको अनुपस्थित दर उल्लेखनीय रूपमा कम भयो । त्यो भोजनमा शिक्षकको गहिरो प्रेम समाविष्ट थियो जसले गर्दा शिक्षक र विद्यार्थीबीचको सम्बन्ध अझ प्रगाढ भयो र यो कार्य नै कुराकानी गर्ने एउटा राम्रो माध्यम बन्यो । यसरी विद्यार्थीहरूले शिक्षकहरूसँगै बसेर खाजा खाँदा आफ्नो पीडा बाँड्ने अनि उहाँहरूबाट सान्त्वना र सल्लाह पाउने मौका पाए जसका कारण उनीहरूले विद्यालयमा स्वस्थ र रमाइलो जीवन जिउन सके ।

मानव सम्बन्धलाई थुप्रै परिस्थितिहरूद्वारा नजिक बनाउन सकिन्छ, तर ती मध्येको एउटा नै सँगै भोजन गर्नु हो । कोरियामा परिवारका सदस्य लगायत सँगै खाना खाने मानिसहरूलाई परिवारका सदस्यहरू (सिगु) भनिन्छ । परिवारको सदस्य भएपछि स्वत एक-अर्काको हेरविचार गर्न पुगिन्छ ।

हाम्रो आत्माको शिक्षक हुनुभएका परमेश्वरले प्रत्येक दिन तयार पार्नुभएको जीवनको भोजन खाएर हामीहरू सियोनका परिवार भएका छौं । तसर्थ हामी एक-अर्कालाई प्रेम गर्छौं । परमेश्वरको प्रेमले भरिएको भोजनद्वारा हामीहरू स्वास्थ र खुसी हुन सकेका हौं । सन्तानहरू धेरै भएमा हामी सबैले एकसाथ आशिष् पाउन सक्छौं । त्यसोभए हामीले मात्र यस्तो आशिष्‌को अनुभव गर्दा हुन्छ र ? परमेश्वरले दिनुभएको प्रेमलाई अब अरूमाझ फैलाऔं । अनि अरू आत्मालाई पनि परिवारको रूपमा हेरचाह गर्नका लागि परमेश्वरले दिनुभएको भोजन खुवाऔं ।

परिवार

4:52
0:00 4:52

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।