खुशी परिवार आराधना
‘खुशी परिवार’चाहिँ परमेश्वरको सेवा गर्ने परिवार हो ।
परमेश्वरको अनुग्रहभित्र हामी दिनहुँ हर्षले चम्किने परिवार बनाउँदछौं ।
32,670 भ्यु
शबाथको तयारी गर्ने ‘खुशी परिवार’ आराधना निर्देशिका
‘खुशी परिवार आराधना’चाहिँ शबाथ-दिनको तयारीस्वरूप हरेक शुक्रबार परिवारसँगै गरिने आराधना हो । हामीहरू एक हप्ताभरि गरेका कार्यहरू एक-आपसमा बाँड्दै परमेश्वरलाई धन्यवाद चढाउने र पारिवारिक एकता एवम् शान्तिको निम्ति प्रार्थना गर्दै पारिवारिक प्रेम बढाउने समय लिन्छौं ।
“मेरा शबाथहरू पवित्र राख, र ती मेरो र तिमीहरूका बीचमा चिन्ह होऊन् । तब तिमीहरूले म नै तिमीहरूका परमेश्वर हुँ भनी जान्नेछौ ।” इजकिएल २०:२०
समय
- शबाथको तयारीको दिन शुक्रबार साँझ आराधना गर्ने । समयचाहिँ परिवारको अवस्थाअनुसार मिलाउने ।
क्रम
- १. तयारी भजन
- पारिवारिक आराधनाको तयारी गर्ने क्रममा नयाँ भजनद्वारा परमेश्वरलाई महिमा चढाउने । (अवस्थाअनुसार यो क्रम छोड्न पनि सकिन्छ ।)
- २. प्रतिनिधि प्रार्थना
- परिवारका सदस्यहरूले पालो तोकेर प्रार्थना गर्दा, प्रार्थनालाई जीवनको हिस्सा बनाउनमा धेरै सहयोग मिल्नेछ ।
- ३. वचन अध्ययन
- परमेश्वरको वचन अध्ययन गरेर जीवनको सत्यतालाई हृदयमा पुनः खोप्ने । एक-एक शब्दलाई हृदयमा खोपेर, जीवनको खबर सुनाउन चाहनुहुने परमेश्वरको महान् प्रेम महसुस गर्ने समय लिने ।
- ४. परमेश्वरलाई धन्यवाद चढाउने
- धन्यवाद चढाउनु नै परमेश्वरको बलिदान र प्रेमलाई महसुस गरेको प्रमाण हो । दिनको सुरुदेखि अन्त्यसम्म परमेश्वरलाई धन्यवाद चढाउन कोसिस गर्नुहोस् । हरसमय हर्ष, खुशी र प्रेमले ओतप्रोत हुन मद्दत पुऱ्याउने धन्यवादमा रहेको आश्चर्यजनक शक्ति महसुस गर्दै तपाईंको परिवार अझ खुशीले भरियोस् भन्ने चाहन्छौं ।
- ५. हाम्रो इच्छाको प्रार्थना
- ६. मौन प्रार्थना
- ७. पारिवारिक प्रेम बाँड्ने
- परिवारसँगको कुराकानीद्वारा एक-अर्काको मन र सोचाइ बाँड्ने समय लिने ।