खुशी परिवार आराधना

‘खुशी परिवार’चाहिँ परमेश्वरको सेवा गर्ने परिवार हो ।
परमेश्वरको अनुग्रहभित्र हामी दिनहुँ हर्षले चम्किने परिवार बनाउँदछौं ।

968 हेरेको संख्या

शबाथको तयारी गर्ने ‘खुशी परिवार’ आराधना निर्देशिका

‘खुशी परिवार आराधना’चाहिँ शबाथ-दिनको तयारीस्वरूप हरेक शुक्रबार परिवारसँगै गरिने आराधना हो । हामीहरू एक हप्ताभरि गरेका कार्यहरू एक-आपसमा बाँड्दै परमेश्वरलाई धन्यवाद चढाउने र पारिवारिक एकता एवम् शान्तिको निम्ति प्रार्थना गर्दै पारिवारिक प्रेम बढाउने समय लिन्छौं ।

“मेरा शबाथहरू पवित्र राख, र ती मेरो र तिमीहरूका बीचमा चिन्ह होऊन् । तब तिमीहरूले म नै तिमीहरूका परमेश्वर हुँ भनी जान्नेछौ ।” इजकिएल २०:२०

समय
शबाथको तयारीको दिन शुक्रबार साँझ आराधना गर्ने । समयचाहिँ परिवारको अवस्थाअनुसार मिलाउने ।
क्रम
१. तयारी भजन
पारिवारिक आराधनाको तयारी गर्ने क्रममा नयाँ भजनद्वारा परमेश्वरलाई महिमा चढाउने । (अवस्थाअनुसार यो क्रम छोड्न पनि सकिन्छ ।)
२. प्रतिनिधि प्रार्थना
परिवारका सदस्यहरूले पालो तोकेर प्रार्थना गर्दा, प्रार्थनालाई जीवनको हिस्सा बनाउनमा धेरै सहयोग मिल्नेछ ।
३. वचन अध्ययन
परमेश्वरको वचन अध्ययन गरेर जीवनको सत्यतालाई हृदयमा पुनः खोप्ने । एक-एक शब्दलाई हृदयमा खोपेर, जीवनको खबर सुनाउन चाहनुहुने परमेश्वरको महान् प्रेम महसुस गर्ने समय लिने ।
४. परमेश्वरलाई धन्यवाद चढाउने
धन्यवाद चढाउनु नै परमेश्वरको बलिदान र प्रेमलाई महसुस गरेको प्रमाण हो । दिनको सुरुदेखि अन्त्यसम्म परमेश्वरलाई धन्यवाद चढाउन कोसिस गर्नुहोस् । हरसमय हर्ष, खुशी र प्रेमले ओतप्रोत हुन मद्दत पुऱ्याउने धन्यवादमा रहेको आश्चर्यजनक शक्ति महसुस गर्दै तपाईंको परिवार अझ खुशीले भरियोस् भन्ने चाहन्छौं ।
५. हाम्रो इच्छाको प्रार्थना
६. मौन प्रार्थना
७. पारिवारिक प्रेम बाँड्ने
परिवारसँगको कुराकानीद्वारा एक-अर्काको मन र सोचाइ बाँड्ने समय लिने ।