विश्वास र जीवन
यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।
जीवन बचाउनका लागि दिएको समय
जर्मनीमा बस्ने एक जना पुरुषको तीन वर्षीय छोरालाई ल्युकेमिया भएको थियो । उक्त बुबा आफ्नो छोराको उपचारको लागि लगातार अस्पताल धाइरहनुपर्थ्यो, तर उपचारको ठूलो खर्च जुटाउनुपर्ने भएकोले उनले जागीर छोड्न सक्दैनथे । केही समय त उनले कम्पनीबाट बिदा लिएर अस्पतालमा बिताए, तर आफूले पाउने सबै बिदा सकिएपछि बेतलबी बिदाको लागि आवेदन गर्दा कतै जागिरै गुम्ने पो हो कि भन्ने कुराले उनी चिन्तित भए । त्यो कठिन घडीमा उनको कम्पनीका अधिकारी र सहकर्मीहरूले उनलाई सहयोग गर्नका लागि आफ्नो हात बढाए । कर्मचारीहरूले स्वेच्छाले आफ्नो सहकर्मीको तर्फबाट ओभरटाइम काम गरिदिए । दुई हप्तासम्म ७०० भन्दा बढी कर्मचारीहरूले ओभरटाइम काम गरे, जसको कुल समयचाहिँ ३,२६४ घण्टा, ३० मिनेट थियो । आफ्नो सहकर्मीको अनुपस्थितिलाई पूर्ति गर्न प्रत्येक व्यक्तिले करिब ५ घण्टा बढी काम गरे,…
हार कहिले मान्ने ?
कुनै एक मानिसले प्रसिद्ध विक्रेतालाई सोधेछन् । “के तपाईंजस्तो व्यक्तिलाई पनि ग्रहाकले अस्वीकार गर्छन् ?” “अवश्य, मैले काम सुरु गरेदेखि अस्वीकृत नभएको कुनै दिन नै छैन ।” “त्यसोभए ग्रहाकले कति पल्टसम्म अस्वीकार गर्दा तपाईं हार मान्नुहुन्छ ?” विक्रेताले जवाफ दिएछन्, “अर्को व्यक्तिले हार नमानीकन म कहिल्यै हार मान्दिनँ ।”
प्रेमलाई व्यक्त गरेमा त्यसलाई प्रेम भन्न सकिन्छ
प्रेमचाहिँ हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण हिस्सा हो । प्रेम नै जीवनको सार हो भन्दा अतिशयोक्ति हुँदैन । तर प्रेमलाई देख्न, सुँघ्न वा छुन सकिँदैन । त्यसैले आफ्नो मनभित्रको प्रेमलाई भौतिक रूपमा बाहिर निकालेर देखाउन वा सुन्दर उपहारको बट्टामा प्याक गरेर दिन सकिँदैन । त्यसो भए हामीले कहिले प्रेम महसुस गर्छौं, र त्यसलाई कसरी व्यक्त गर्न सक्छौं होला ? वास्तवमा, प्रेमको सूत्र नै ‘मन × अभिव्यक्ति’ हो । जब प्रेम व्यक्त गरिन्छ, तब मात्र त्यो बाहिर प्रकट हुन्छ र संसार बदल्ने एउटा अद्भुत औषधी बन्छ । मनमा प्रेम सत प्रतिशत नै किन नहोस्, तर यदि त्यसको अभिव्यक्ति शून्य छ भने, त्यसको कुनै अर्थ हुँदैन । तपाईं, कसैको जतिसुकै नजिक भए पनि, उनीहरू तपाईं नभएकाले तपाईंको मनमा के छ भनेर उनीहरूले पूर्ण…
विश्वासको खेल
अधिकांश खेलकुद प्रतियोगिताहरूमा, अन्तिम सीटी नबजुञ्जेल जित वा हारको निर्धारण गर्न गाह्रो हुन्छ । सुरुमा राम्रो खेल खेले तापनि दृढताको कमीले अन्तमा हार्ने अवस्था हुन सक्छ । तर यसको ठीक विपरीत, प्रबल इच्छाशक्ति र एकग्रताका साथ खेल खेल्दा हार्ने सम्भावना भएको टोलीले समेत जित्न सक्छ । सामान्यतया खेल प्रेमीहरूले सम्झिरहने प्रभावकारी क्षणहरू प्रायः खेलको अन्त्यमै प्रकट गरिन्छ । बाइबलको अगमवाणी पूरा हुने संघारमा खेलिने विश्वासको खेल पनि उस्तै नै हो । अहिलेसम्म राम्रो गरे तापनि थोरै मात्र ध्यान भड्कियो भने जित हातबाट फुत्किन सक्छ । तर यसको विपरीत, अन्त्यसम्म प्रयत्न गर्दा उत्कृष्ट नतिजा हात पार्न सकिन्छ । अहिलेसम्म जस्तोसुकै गरेको भए पनि महत्त्वपूर्ण कुराचाहिँ अब के गरिन्छ भन्ने नै हो । खेलाडिले कोचको निर्देशनलाई पछ्याएर खेल खेल्दा अन्त्यलाई रोचक बनाउँदै…
व्यक्तित्व फरक छ ? कुनै समस्या छैन !
“यसले कसको स्वभाव पाएकी हो ?” “म आफ्नो सहकर्मीलाई बुझ्नै सक्दिनँ ।” “ऊ त अर्कै ग्रहबाट आएको मानिस हो ।” “हाम्रो व्यक्तित्व अत्यन्त फरक भएकाले हामीले छुट्टिने निर्णय गऱ्यौं ।” … मानिसहरूबीचको सम्बन्ध बिगार्ने सबैभन्दा सामान्य र प्रमुख कारण व्यक्तित्वको भिन्नता हो । केही विद्यार्थीहरूलाई विद्यालयमा अरू विद्यार्थीहरूसँग सम्बन्ध गाँस्न गाह्रो हुन्छ । केही मानिसहरू आफ्नो कामका कारण होइन, सँगै काम गर्ने मानिसहरूका कारण जागिर छोड्ने विचार गर्छन् । केही मानिसहरू पारिवारिक कलहबाट पीडित हुन्छन् । यस्ता धेरै मानिसहरूले यसको दोष आफ्नै वा अरूको व्यक्तित्वलाई दिने गर्छन् । मानिसले अरूसँगको सम्बन्धबाटै सुख-दुःख, हाँसो रोदन जस्ता भावहरूको अनुभव गर्छ । यहाँसम्म कि आफू आबद्ध रहेको समूह कत्तिको राम्रो छ भन्ने कुरा पनि त्यहाँका मानिसहरूको बानीव्यहोरा हेरेरै थाहा हुन्छ । हामी कोही…
व्यवस्थापकीय क्षमता
हाम्रो वरिपरि थुप्रै वस्तु र जानकारीहरू छन् । तर के हामीलाई ती सबै कुराको आवश्यक छ र ? यो कुरालाई गहिरिएर मनन गर्ने हो भने हामीलाई ती कुराहरू सबै आवश्यक छैन भन्ने कुरा सजिलै महसुस गर्न सकिन्छ । प्रख्यात व्यवस्थापन परामर्शदाता लिज डेभनपोर्टका अनुसार, जागिरेहरूले वर्षमा झण्डै १५० घण्टा केवल आवश्यक सूचना वा सामानहरू खोज्नमा बिताउँछन् । वास्तवमा हामीले घरमा पनि सामान खोज्ने बहानामा धेरै समय बर्बाद गरिरहेका हुन्छौं । विज्ञहरूका अनुसार, सामान खोज्ने समय मात्र बचत गर्न सकियो भने, त्यो समयलाई फाइदाजनक काममा प्रयोग गर्न सकिन्छ । तसर्थ विज्ञहरूले समय व्यवस्थापन गर्ने तरिका सुझाएका छन् । संक्षेपमा भन्नुपर्दा, गर्नुपर्ने कामहरूलाई प्राथमिकता दिने, धेरै प्रयोग हुने सामान वा फाइलहरूलाई सधैँ सजिलै भेटिने ठाउँहरूमा राख्ने, र काम नलाग्ने चीजहरूलाई थुपारेर राख्नुको…
१००
धेरैजसो परीक्षाहरूमा पूर्णाङ्क १०० हुन्छ । पूर्ण सन्तुष्ट भएको अवस्थालाई व्यक्त गर्नका लागि १०० अङ्कलाई प्रतिशतको रूपमा प्रयोग गरिन्छ । पानी ९९ डिग्री सेल्सियससम्म पनि शान्त नै रहन्छ, तर जब १०० डिग्री सेल्सियस पुग्छ, तब त्यो उम्लन थाल्छ । त्यसैले १०० नम्बर भनेको एउटा यस्तो अन्तिम लक्ष्य हो जसलाई उछिन्न सकिँदैन, यो एउटा खोटरहित उच्चतम बिन्दु हो । आत्मा बचाउने कार्यमा अगि बढिरहेका हामीहरूको पनि अन्तिम लक्ष्य छ । बाइबलको सम्पूर्ण अगमवाणीहरू पूरा नहोउञ्जेल हामीले १००% विश्वास र १००% जोस लिएर सुसमाचारको कार्य गर्नुपर्छ । अनि १००% सुन्दर चरित्रमा परिवर्तन हुँदै परमेश्वरले सुम्पनुभएको सुसमाचारको मिसन पूरा गर्नुपर्छ । योजना बनाउने र पूरा गर्ने प्रक्रियामा अवरोध आउँदा विश्वासको उद्देश्य पूरा गर्न गाह्रो हुन्छ । परमेश्वरसामु १०० अङ्क लिएर नउभिउञ्जेल विश्वासको दिशा…
स-साना र सामान्य कुराहरूले जीवनमा पुतली प्रभाव ल्याउन सक्छन् !
“एउटा सानो किलाको कमीले नाल गुम्यो, नाल नहुँदा घोडा गुम्यो, घोडा नहुँदा योद्धा गुम्यो, योद्धा नहुँदा युद्ध हाऱ्यो । अनि युद्ध हारेकै कारण सिङ्गो राज्य गुम्यो, र यो सबै विनाश त्यो एउटै साङ्गो किलाको अभावले भयो ।” माथिको अङ्ग्रेजी लोकगीतले एउटा सानो किलाका कारण पूरै राज्य कसरी गुम्यो भन्ने कुरा देखाएको छ । सामान्यजस्तो देखिने एउटा किलाले कसरी एउटा विशाल राज्यलाई बर्बाद पार्न सक्छ र ? यो उदाहरण केही हदसम्म अतिरञ्जित लागे पनि, यसले स-साना र मामुली कुराहरूले कसरी शृङ्खलाबद्ध रूपमा पछि गएर विशाल रूप लिन सक्छ भन्ने कुरा प्रष्ट पारेको छ । मानिसहरू सामान्यतया स-साना र सामान्य कुराहरूलाई हलुका रूपमा लिने गर्छन् । ठूलो नाफा वा नोक्सान हुने कुरा वा जीवनमा ठूलो परिवर्तन ल्याउने विषयलाई मानिसहरूले गम्भीरतापूर्वक लिन्छन्, तर…
काम गरेअनुसार
यो संसारमा कसैले पनि केही नगरी त्यसै दिन बिताउँदैन । मानिसचाहिँ जन्मिएदेखि मृत्युको अन्तिम घडीसम्म काममै अल्झिरहेको हुन्छ । बाहिरबाट हेर्दा केही नगरेजस्तो देखिने मानिसहरूले पनि खाने, सुत्ने र सोच्नेजस्ता कामहरू गरिरहेकै हुन्छन् । सबै मानिसहरूले साना वा ठूला कामहरू गरिनै रहेका हुन्छन् । कतिपयले त कसैले पनि गर्न नसक्ने महान् कामहरू गरिरहेका हुन्छन् । हरेक दिन उही काम गरेर जीवन बिताउनका लागि मानव जीवन एकदमै छोटो र अमूल्य छ भनेर महसुस गर्ने मानिसहरू यिनीहरू नै हुन् । उनीहरूले जीवनमा स्पष्ट उद्देश्य लिएका हुन्छन् । परिणामस्वरूप उनीहरूले एक दिन पनि बर्बाद गर्दैनन् । दैनिक जीवनमा गरिने कार्यप्रति विचारशील हुँदै, उनीहरूले सामान्य काम, अनिवार्य गर्नुपर्ने काम, गर्नमा असल देखिने काम, अनावश्यक काम र हानि पुऱ्याउने कामको वर्गीकरण गर्छन् र अर्थपूर्ण रूपमा…
उचित दूरीले राम्रो सम्बन्ध कायम राख्न मद्दत गर्छ
चिसो हावा चलिरहेको हिउँदको दिनमा, दुम्सीहरूको एउटा समूह न्यानो हुनका लागि एकसाथ गुटमुटियो । तर जब तिनीहरू नजिक आए, तब तिनीहरूका तीखा काँडाहरूले एक-अर्कालाई घोच्दै पीडा दिन थाले । त्यो पीडा सहन नसकेपछि तिनीहरू एक कदम पछाडि हट्न बाध्य भए । यो कथाबाट आएको ‘दुम्सीको दुविधा’ले अरूसँग घनिष्ठ हुन चाहने, तर सँगसँगै निश्चित दूरी पनि खोज्ने मानवीय मनोविज्ञानलाई बुझाउँछ । मानिस घरमा बुबा-आमाको हेरचाहमा हुर्किन्छ, विद्यालयमा साथीहरू बनाउँछ र कार्यक्षेत्रमा सहकर्मीहरूसँग काम गर्छ । अर्को शब्दमा भन्नुपर्दा, हामी जीवनभर बुबा-आमा, जीवनसाथी, आफन्त, साथी, सहकर्मी र छिमेकीहरूसँग निरन्तर सम्बन्धहरू निर्माण गर्दै जिउँछौं । यसरी कुराकानी गर्ने, भावना साटासाट गर्ने र अनुभवहरू बाँड्ने क्रममा हामी कहिले खुसी हुन्छौं, त कहिले दुःखी हुन्छौं । अमेरिकाको हार्वर्ड मेडिकल स्कुलद्वारा गरिएको एउटा व्यापक सर्वेक्षणअनुसार, खुसी…
दाजुभाइ-दिदीबहिनीबीचको प्रेम नै बुबा-आमाका लागि सर्वोकृष्ट सन्तानोचित कर्तव्य हो
इ सङ ग्येले कोरियामा जोसन राजवंश स्थापना गरे र राजा थेजोको रूपमा त्यहाँको पहिलो राजा बने । तिनका पाँचौँ छोरा, इ बाङ वन अत्यन्त महत्त्वाकाङ्क्षी थिए । जब तिनका एक सौतेनी भाइलाई युवराज घोषणा गरियो, तब इ बाङ वन अत्यन्तै क्रोधित भए र तिनले ती युवराज र अर्को एक जना सौतेनी भाइको पनि हत्या गरे । त्यसपछि राजा थेजोका दोस्रो छोरा सिंहासनमा बसे । तर यस पटक एउटै आमाबाट जन्मेका दाजुभाइ, इ बाङ वन र चौथो छोरा इ बाङ गानबीच विवाद भयो । पहिलो घटनालाई ‘राजकुमारहरूको पहिलो कलह’ र दोस्रो घटनालाई ‘राजकुमारहरूको दोस्रो कलह’ भन्ने गरिन्छ । जोसन राजवंशको सुरुवातमा भएको पारिवारिक कलहको त्यो दुःखद इतिहास आजको आधुनिक युगमा पनि उत्तिकै दोहोरिने गरेको देखिन्छ । सम्पत्तिको आधारमा शीर्ष ४० वटा…
ठूलो छाललाई पर्खिरहेको एउटा डुङ्गा
स्टिलका बादशाह कार्नेगीको कार्यालयमा एउटा पुरानो पेन्टिङ झुण्डाइएको थियो । उनले जतन गरी राखेको त्यो पेन्टिङ न कुनै प्रसिद्ध कलाकारले कोरेको उत्कृष्ट कृति थियो न त कुनै मूल्यवान् पेन्टिङ नै थियो । त्यो त केवल एउटा समद्र तटमा रहेको डुङ्गाको सामान्य चित्र मात्र थियो । आफ्नो प्रारम्भिक दिनहरूमा बिक्रेताको रूपमा काम गर्दा, उनले एक वृद्ध व्यक्तिको घरमा यो चित्र देखे र विनम्रतापूर्वक उक्त चित्र मागे । त्यो चित्रको मुनिपट्टि सानो अक्षरमा यस्तो लेखिएको थियो । “ एक दिन ठूलो छाल अवश्य आउनेछ ।” बेवारिसे जस्तो देखिने त्यो डुङ्गा वास्तवमा पानीको ठूलो छालको पर्खाइमा थियो । जसरी छाल आएपछि डुङ्गा फेरि समुद्रमा तैरिन थाल्छ, त्यसरी नै कार्नेगीलाई पनि विश्वास थियो कि उनको जीवनमा पनि एक दिन सफलताको ठूलो छाल आउनेछ र…
नयाँ करारको मूल्य
कुनै कुराको मूल्य थाहा नहुँदा मनिसहरूले गलत कुरा छान्न पुग्छन् । कसै-कसैले त भविष्यमा बेस्सरी पछुताउने कुरा छान्न पुग्छन् । मुक्तिको चिन्ह, पाप-क्षमाको अनुग्रह, अनन्त जीवनको प्रतिज्ञा ... नयाँ करारमा चाहिँ हामीले मापन गर्नै नसकिने अथाह आशिष्हरू छन् । तत्कालै नदेखिने यसको मूल्यलाई नबुझ्नु भनेको आफ्नो जेष्ठाधिकार एक बटुको सुरुवामा बेचेर रोईकराई गर्ने एसावजस्तै हुनु हो । कुनै पनि कुरासँग दाँज्न नसकिने नयाँ करारको मूल्यलाई महसुस गरेर त्यसलाई बलजफतीसँग पक्रनुपर्छ । यो नै स्वर्गदूतहरू पनि लालाहित हुने आशिष् हो ।
माकुराद्वारा सिकेको पाठ
कुनै एउटा देशका सेनाहरू युद्धमा पराजित भएर झण्डै नष्ट भएका थिए । गुफामा लुकेर जसोतसो आफ्नो जीवन बचाउन सफल भएका सेनापतिले लाजका कारण आत्महत्या गर्ने निर्णय गरे, र तरबार निकाले । ठीक त्यहीँ समयमा, उनले एउटा माकुरा गुफाको प्रवेशद्वारको जालोमा घुमिरहेको देखे । हावाको कारण त्यो माकुरा लगातार आफ्नो जालो बनाउन असफल भयो । तर त्यसले हार नमानिकन अन्त्यसम्मै प्रयास गऱ्यो र अन्ततः सातौँ पटकको प्रयासमा त्यो सफल भयो । त्यो दृश्य हेरिरहेका सेनापतिले तरबार म्यानमा राखेर जुरुक्क उठे । उनले सोचे “म त एक चोटी मात्र असफल भएको छु ।” त्यसपछि अरू सेनाहरूलाई लिएर उनी फेरि युद्ध मैदानमा फर्किए, र ठूलो सफलता हासिल गरे ।
ताजभन्दा पनि सुन्दर मन
सन् २०१५मा १७ वर्षीय किशोरी मिन्ट खानिता फासाङले थाइल्याण्डमा भएको सौन्दर्य प्रतियोगिता जितिन् । प्रतियोगिता सकिएलगत्तै उनी आमाकहाँ दौडेर गइन् र घुडा टेकेर आमालाई दण्डवत् गरिन् । फोहोर उठाएर गुजारा चलाउने आमाले सडकमा ठूलो फोहोरको अगाडि घोप्टो परेर आफूलाई दण्डवत् गरिरहेकी छोरीलाई पिठ्युँमा थपथपाइन् । कुनै एक प्रतक्षदर्शीले यो दृश्य सामाजिक सञ्जालमा पोस्ट गरेपछि धेरै मानिसहरूले खानिताको सन्तानोचित प्रेमको प्रशंसा गरे । गरिब परिवारमा जन्मिएकी खानिताले कलेज जानको लागि फोहोर सङ्कलन कार्यमा आफ्नी आमालाई सघाउने गर्थिन् । साथीको सहयोगमा उनले सौन्दर्य प्रतियोगितामा भाग लिएकी थिइन् । राम्रो जिउडाल, सुन्दर मन र सुन्दर स्वरूप भएकी खानिताको प्रवेशिका फारम उनकी साथीले भरिदिएकी थिइन् । प्रतियोगिता जितेपछि खानिताले भनिन्, “मैले आज यो सौन्दर्य प्रतियोगिता जित्न सकेकोचाहिँ मेरी आमाको प्रेरणाले गर्दा हो । जिउनका…
मिसन
ओप्रा विन्फ्रेचाहिँ संयुक्त राज्य अमेरिकाकी सबैभन्दा प्रभावशाली प्रसारकहरूमध्ये एक हुन् । अन्धकारमय बाल्यकाल र किशोरावस्थालाई पार गरेपछि, उनले आफ्नो जीवनकालमा महसुस गरेका ४ वटा जीवन मिसनलाई आफ्नो आत्मकथामा उल्लेख गरिन् । पहिलो, यदि तपाईंसँग अरूभन्दा बढी छ भने त्यो आशिष् होइन, मिसन हो । दोस्रो, यदि तपाईंसँग अरूभन्दा बढी पीडा छ भने त्यो दुःख होइन, मिसन हो । तेस्रो, यदि तपाईंसँग अरूभन्दा बढी उत्साह, उमङ्ग छ भने त्यो भ्रम होइन, मिसन हो । चौथो, यदि तपाईंसँग अरूभन्दा बढी जिम्मेवारी छ भने त्यो बोझ होइन, मिसन हो । चाहे आफ्नो इच्छा होस् या नहोस्, उनले आफूसँग भएका सम्पूर्ण कुराहरूलाई आफ्नो जीवनको महान् मिसन हो भनेर सोचिन् र सेवा भावका साथ अथाह परिश्रम गरिन् । मिसनप्रतिको त्यो भावले नै उनलाई आज यस…
रुख र घाँस
जङ्गलको एउटा ठुलो रुखले भुइँमा पलाएको घाँसलाई सोधेछ । “ओहो, यति सानो र कमजोर शरीर लिएर, तिमी कसरी बाँचिरहेका छौ ।” घाँसले नम्र हुँदै जवाफ दिएछ । “म त बस आफ्नो ठाउँमा अडिग रहन्छु ।” घाँसको मुखबाट शब्द निस्किन नपाउँदै अचानक तीव्र हावाहुरी चल्न थाल्यो । हावाहुरीको वेगसँगै घाँस हल्लिन थाल्यो, तर त्यसले त्यो सङ्कटलाई जित्नका लागि धैर्यपूर्वक पर्खियो । अनि त्यो रुखचाहिँ घाँसको खिल्ली उडाउँदै उभिरह्यो । हावाहुरीको बेग झन् झन् बढ्दैगयो । त्यो भयङ्कर आँधीलाई थेग्न नसकेर अन्ततः त्यो रुख घर्लम्मै ढल्यो ।
एक टुक्रा रोटीले बचाएको जीवन
पहिलो विश्वयुद्धको समयमा, दुश्मन सैनिकहरूलाई बन्दी बनाउने जिम्मा पाएका एक जना जर्मन सैनिकले, दुश्मनको बङ्करमा आक्रमण गरे । ठीक त्यही समयमा एक जना दुश्मन सैनिक उनको नियन्त्रणमा परे । खाना खाइरहेको बेला पक्राउमा परेका ती दुश्मन सैनिकले, हडबडीमा आफूले हातमा लिइरहेको एक टुक्रा रोटी, ती जर्मन सैनिकलाई दिए । भोकले तिरमिऱ्याइरहेका ती जर्मन सैनिकले त्यो एक टुक्रा रोटी लिएर मुख मिठ्याउँदै खाएछन् । तब रोटी खाएर आभारी भएका जर्मन सैनिकले बदलामा ती दुश्मन सैनिकलाई छोडिदिएछन् । सानो एक टुक्रा रोटीले ती दुश्मन सैनिकको जीवन जोगियो ।
अरूको दुःखमा मिल्ने खुसी
विपक्षी टिमले कुनै खेलमा गल्ती गर्दा, रिस उठ्दो हाकिमले ऊभन्दा माथिल्लो ओहोदाको व्यक्तिबाट गाली खाँदा, समान अङ्क ल्याउने साथीले परीक्षामा गलत लेख्दा, लोकप्रिय राजनीतिज्ञको भ्रष्टाचार पर्दाफास हुँदा, प्रतिस्पर्धी कुनै विवादमा फस्दा, जस्ता विभिन्न नकारात्मक कुरा हुँदा अधिकांश मानिसहरू संवेदनशील हुनुको सट्टा खुसी हुने गर्छन् । योचाहिँ प्रत्येक मानिसले अनुभव गर्ने कुरा हो । अमेरिकी मनोविज्ञानका प्रोफेसर डा. रिचर्ड एच स्मिथले अरूको दुःख वा असफलतामा खुसी मनाउने भावनालाई ‘स्काडेनफ्रेड’(Schadenfreude) भनी परिभाषित गरेका छन् । उनी भन्छन्, अरूको दिन बिग्रिँदा मानिसले आफूलाई बढी भाग्यमानी र अगाडि ठान्ने कुराचाहिँ मानवीय प्रवृत्ति हो । त्यसैले यस्तो भावनाबाट टाढै रहनका लागि उनले हामीलाई सल्लाह दिएका छन् । यदि यस्तो किसिमको भावना मनमा लिइरहने हो भने स्वतः अरूको अहित र दुर्भाग्यको कामना गर्न पुगिन्छ र उनीहरूलाई…
धेरै कुरा मन पराउने मानिस
“एक मिनेटमा आफूलाई मन पर्ने कुराहरू स्वतन्त्र रूपमा लेख्नुहोस् ।” “एक मिनेटमा आफूलाई मन नपर्ने कुराहरू स्वतन्त्र रूपमा लेख्नुहोस् ।” यी दुई प्रश्नहरूले मानिस खुसी छ वा छैन भन्ने कुरा बताउन सक्छ । कोरियाको सउल राष्ट्रिय विश्वविद्यालयको खुसी अध्ययन केन्द्रले माथिका प्रश्नहरूको उत्तरको आधारमा सहभागीहरूको खुसीलाई छुट्टै तरिकाले मापन गरेको थियो । परिणामस्वरूप, धेरै खुसी हुने व्यक्तिहरूले विभिन्न विधाहरूमा तिनीहरूलाई मन पर्ने विशिष्ट कुराहरूको विषयमा लेखे तर तिनीहरूलाई मन नपर्ने कुराको विषयमा भने लेख्न गाह्रो भयो । अर्कोतर्फ, कम खुसी हुनेहरूलाई चाहिँ आफूलाई मन पर्ने कुराको विषयमा लेख्न गाह्रो भयो तर मन नपर्ने कुराहरूचाहिँ स्पष्ट थाहा भएकोले धेरै लेखे । यस अध्ययनले खुसी मानिसहरूको मस्तिष्क, मन पर्ने कुराहरूले भरिएको र निराश मानिसहरूको मस्तिष्कचाहिँ मन नपर्ने कुराहरूले भरिएको तथ्य देखाउँछ ।…