विश्वास र जीवन

यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।

चलचित्रमा खेलाउनुको कारण

कुनै एक समयमा हलिउड अभिनेत्री एन्जेलिना जोलीकी पाँच वर्षीया छोरीले एउटा चलचित्रमा अभिनय गरेर सबैको मन जितिन् । सायद आफ्नो आमा-बुबाबाट अभिनयको गुण विरासतमा पाएर होला, उनले सानै उमेरमा भए पनि आफ्नो भूमिका राम्ररी निभाइन् । 
 तर उनलाई चलचित्रमा खेलाउनुको कारण रोचक छ । सुरुमा जोलीकी छोरीलाई खेलाउने योजना थिएन । तर जोलीलाई बोक्सीको डरलाग्दो पहिरनमा देखेर सानी राजकुमारीको भूमिका निर्वाह गर्ने सबै बाल कलाकारहरू डराएर रुन थाले । कालो बोक्सीको पोशाक, लामो नङ र टाउकोमा भएको डरलाग्दो सिङ देखेर चार, पाँच वर्षका बालिकाहरू डराए । सबै बाल कलाकारहरू डरले भागे तर आमाको डरलाग्दो पहिरन देखेर नडराएकी छोरीले अन्ततः त्यो भूमिका निर्वाह गरिन् । आमा जतिसुकै फरक देखिए पनि सन्तानको आँखामा आमाको वास्तविक स्वरूप नै झल्किन्छ । आमाको असीमित…

४९/५१को नियम

नाफा बाँड्दा यदि तपाईंले ४९ लिएर अर्को व्यक्तिलाई ५१ दिनुभयो भने त्यो व्यक्तिले दोब्बर पाएको महसुस गर्नेछ । अरूलाई थोरै मात्र दिँदा पनि त्यो व्यक्तिले सोचेभन्दा बढी सन्तुष्टि पाउन सक्छ ।

समान पक्ष

सँगै प्रतिस्पर्धामा उत्रिएका प्रतिस्पर्धीहरूसँग नजिकिने तरिका के होला ? बेलायतको ल्यानक्यास्टर विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यसको उत्तर पत्ता लगाए । अनुसन्धानकर्ताहरूले दुईवटा कट्टर प्रतिस्पर्धी फुटबल क्लबका प्रशंसकहरूलाई आ-आफ्नो टोलीको जर्सी लगाउन लगाए, र उक्त टोलीको नाम लेख्न लगाए । त्यसलगत्तै प्रशंसकहरूलाई अर्को ठाउँमा सारियो र उनीहरू हिँडिरहेकै बेला अगाडि दुवै टोलीको जर्सी लगाएका मानिसहरू लड्ने परिस्थिति सिर्जना गरियो । अचम्मको कुरा, आफ्नो टोलीको जर्सी लगाएकाहरू लड्दाचाहिँ प्रशंसकहरूले हतार-हतार मद्दत गरे तर विपक्षी टोलीको जर्सी लगाएकाहरूलाई चाहिँ मद्दत गरेनन् । निष्कर्षमा भन्नुपर्दा मानिसहरू आफूसँग रुचि नमिल्ने व्यक्तिहरूलाई भन्दा आफूसँग रुचि मिल्ने व्यक्तिहरूलाई मद्दत गर्न बढी तम्सिन्छन् । त्यसपछि अनुसन्धानकर्ताहरूले अन्य प्रशंसकहरूलाई बोलाएर दोस्रो चरणको अनुसन्धान सुरु गरे । यस पटक भने उनीहरूले प्रशंसकहरूलाई समग्रमा फुटबल खेलको प्रशंसक हुनुको कारण लेख्न लगाए । त्यसपछि…

जोश

अङ्ग्रेजी शब्द passion(प्यासन)को अर्थचाहिँ कुनै कुरा पूरा गर्ने व्यग्र मन हो । passionचाहिँ ल्याटिन शब्द patiबाट उत्पन्न भएको शब्द हो, जसको अर्थ कष्ट वा कठिनाई हो । उद्देश्य प्राप्त गर्ने क्रममा कठिनाइ र समस्याहरूको सामना गर्दा पछाडि नहटिकन डटेर प्रतिकार गर्नु नै passionको वास्तविक अर्थ हो । प्यासनजस्तै अर्को शब्द उत्साहको पनि गहन अर्थ छ । अमेरिकाको प्रसिद्ध तथा सफल लेखक जिग जिग्लरले आफ्नो किताबमा उत्साह(Enthusiasm)चाहिँ en(in) र theos(God) भन्ने ग्रीक शब्दबाट उत्पन्न भएको हो भन्ने कुरा बताएका थिए । हामीमा हुनुभएका परमेश्वरमा भरोसा गऱ्यो भने कुनै कुरामा डर मान्न आवश्यक छैन, हामीले सबै कुरा पूरा गर्न सक्छौं । सुसमाचारको जोश भएका मानिसहरू कठिनाइदेखि डराउँदैनन् । बरु उल्टै निरुत्साहित नभईकन त्यो कठिनाइको सामना निडरताका साथ बलपूर्वक गर्छन् । उनीहरूले आफ्नो…

बदमास बच्चालाई सुधार्ने तरिका

प्यारी ◯◯, जिम्मेवार ◯◯, बुद्धिमान् ◯◯… । आफ्नो कक्षाका विद्यार्थीहरूलाई यसरी विशेष उपनाम दिएर बोलाउने एउटी प्राथमिक विद्यालयकी शिक्षिका थिइन् । ती शिक्षिकाले कक्षाकै सबैभन्दा बदमास भनेर चिनिएको केटालाई समेत सधैँ ‘असल विद्यार्थी’ भनेर सम्बोधन गर्थिन् । त्यो विद्यार्थीले न त गृहकार्य गर्थ्यो, न कक्षामा चाहिने सामग्रीहरू नै बोकेर आउँथ्यो । उसले कक्षाभरि जहिले पनि बदमासी मात्र गरिरहन्थ्यो । तर पनि ती शिक्षिकाले उसलाई ‘असल विद्यार्थी’ भन्न कहिल्यै छोडिनन् । एक वर्ष पछि, त्यो विद्यार्थी पूर्ण रूपमा परिवर्तन भयो । ऊ साँच्चै नै एक उदाहरणीय र असल विद्यार्थी बन्यो, र कक्षाको मोनिटरको रूपमा नियुक्त भयो ।

गर्न सकिने कार्यबाट

कुनै एक ठूलो कम्पनीमा कार्यकारीको रूपमा कार्यरत जोन वुड आफ्नो बिदा मनाउन नेपालको एक दुर्गम हिमाली क्षेत्रमा गए । त्यहाँ उनले विद्यार्थीहरू भूइँमै बसेर पढिरहेको देखे । त्यो दृश्यले उनलाई स्तब्ध बनायो र उनले विकासोन्मुख देशका बालबालिकाहरूका शिक्षाको लागि सहयोगको हात बढाउने दृढ सङ्कल्प गरे । पुस्तक र लागत कसरी व्यवस्थापन गर्ने, अनुदान सामानलाई प्रशान्त महासागरको पारी कसरी पठाउने भन्नेबारे अनभिज्ञ भएका जोनले पहिले चिनेजानेकाहरूलाई इमेल पठाए र पुस्तकहरू अनुदान गर्न आग्रह गरे । उनले अनुदानबाट सङ्कलन भएका पुस्तकहरू पानीजहाजको माध्यमद्वारा नेपाल पठाए । त्यसपछि उनले एउटा परोपकारी संस्था स्थापना गरेर विभिन्न परियोजनाहरू सञ्चालन गरे, र बिस्तारै आफूले गर्न सक्ने कामहरू गर्दैगए । हालसम्म जोन वुडले नेपाल, भारत र भियतनाम लगायतका देशहरूमा लगभग १,८०० विद्यालय र १६,००० पुस्तकालयहरू स्थापना गरी…

असल लिडरको गुण

मंगोल साम्राज्यको स्थापना गर्ने गेङ्गिज खानले उनलाई मनपर्ने एक जना योद्धाको बारेमा अफसोस व्यक्त गर्दै एउटा कुरा भने । युसुन बेइ एक महान् योद्धा थिए । जति लडाइ गरे पनि उनी थाक्दैनथे । तसर्थ उनी सबै सैनिकहरूको शक्ति समान छ भनी सोच्दथे । अरूले राम्रो गर्न नसक्दा उनी रिसले चुर हुन्थे । यस्तो मानिस उत्कृष्ट लिडर हुन सक्दैन । [स्रोत] http://mengnews.joins.com आफूले मात्र राम्रो गर्नुचाहिँ असल लिडरको गुण होइन तर आफ्नो समूहमा भएको कठिनाइहरूलाई बुझेर त्यसमा सहभागी हुनुचाहिँ असल लिडरको गुण हो ।

परमेश्वरबाट मान्यता प्राप्त गर्नु

यदि तपाईंसँग गर्व गर्न लायक कुनै कुरा छ भने, स्वाभाभिक रूपमा त्यसलाई देखाउने इच्छा हुन्छ । अरू व्यक्तिबाट मान्यता प्राप्त गर्न चाहने भावनाचाहिँ मानिसको सबैभन्दा आधारभूत आवश्यकता हो । आठौँ दिनमा मेरो खतना भएको हो । म इस्राएल जातिको, बेन्यामीन कुलको हुँ, हिब्रूको पनि हिब्रू, व्यवस्थाको विषयमा हो भने एक फरिसी, जोशको विषयमा हो भने मण्डलीलाई सताउने, धार्मिकताको विषयमा हो भने व्यवस्थामा भएको धार्मिकताबमोजिम निष्खोट ठहरिएको हुँ । तर जति कुरा मेरो निम्ति लाभदायक थिए, ती त मैले ख्रीष्टको खातिर हानि नै ठानें । साँच्चै भन्ने हो भने ख्रीष्ट येशू मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु । ख्रीष्टलाई प्राप्त गर्न सकूँ भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु, अनि ती सबैलाई…

अन्त्यसम्म जित्नुपर्छ

कुनै पनि सामान जतिसुकै राम्रो भए पनि यदि त्यसको फिनिसिङ राम्रो छैन भने, त्यसको मूल्य घट्छ । स्तम्भको रूपमा प्रयोग गरिने काठ पनि उस्तै हो । भवनको सम्पूर्ण भारलाई थाम्नका लागि बलियो, सीधा र ठूलो काठको आवश्यकता पर्दछ । तर काठ जतिसुकै राम्रो जातको भए पनि, सीधा बढेको काठको टुप्पो नै बाङ्गो वा भाँच्चिएको छ भने त्यसलाई स्तम्भको रूपमा प्रयोग गर्न सकिँदैन । “जसले जित्छ, त्यसलाई म मेरा परमेश्वरका मन्दिरको एउटा स्तम्भ बनाउनेछु, ...” प्रकाश ३:१२ स्वर्गीय मन्दिरको स्तम्भ बन्नका लागि, हामीले अन्त्यसम्मै जित्नुपर्छ । अहिलेसम्म ईमानदार भएर विश्वासको जीवनमा अघि बढेको भए पनि अन्त्यसम्म स्थीर रहन सकेन भने त्यो विश्वास व्यर्थ हुन्छ । त्यसैले परमेश्वरले हामीलाई कसैले पनि खोस्न नसक्ने गरी त्यो मुकुट पक्रन भन्नुभयो । स्वर्गीय मन्दिरको स्तम्भ…

सबैभन्दा गाह्रो लागेको पक्ष

एक जना पत्रकारले म्याराथन पूरा गर्ने खेलाडीलाई सोधेछन् । “दौडमा सबैभन्दा गाह्रो लागेको पक्ष के थियो ?” त्यो पत्रकारले सोच्दै नसोचेको जवाफ पाएछन् । “सास फेर्न गाह्रो हुनु र तिर्खा लाग्नुभन्दा पनि जुत्ताभित्र पसेको खस्रो बालुवाको कणले मलाई गाह्रो बनाएको थियो ।” कहिलेकहीँ हामीले वास्तै नगरेका कुराहरूले पनि हाम्रो शरीर पूरै थकाइदिन्छ ।

रत्नभन्दा पनि अझ मूल्यवान् चीज

कुनै एउटा कपडा पसलमा एक जना स्त्रीले एउटा कोट किनिछन् । घर फर्किएर फेरि त्यो कोट लगाउने क्रममा तिनले त्यसको खल्तीमा एउटा रत्न फेला पारिछन् । त्यो रत्न देखेर ती स्त्री छक्क परिन् । “यो कोट मैले किनेकोले, यो रत्न म आफैले राख्दा ठीक होला ।” “होइन, यो रत्न मेरो नभएकोले मैले यसलाई फिर्ता गर्नुपर्छ ।” ती स्त्रीको मनमा यी दुइ किसिमका विचारहरूको द्वन्द चल्न थाल्यो । दोधारमा परेकी ती स्त्री आफ्नो गाउँको एक बुद्धिमान् मानिसकहाँ गइन् । स्त्रीको सबै वृतान्त सुनेपछि बुद्धिमान् मानिसले यसो भनेछन् : “तिमीले त्यो रत्न किनेकी होइनौ, त्यसैले त्यो साहुजीलाई फिर्ता गर्दा उपयुक्त हुन्छ । तर पसलमा जाँदा आफ्ना बच्चाहरूलाई पनि लिएर जाऊ, त्यसो गर्दा तिमीले आफ्ना बच्चाहरूलाई रत्नभन्दा पनि अझ अमूल्य चीज दिन सक्नेछौ…

परमेश्वरलाई धन्यवाद देओ

शताब्दीकै महान् आविष्कारक थमस एडिसनको निधनको सम्झनामा संयुक्त राज्य अमेरिकाभरि मानिसहरूले एक मिनेटका लागि बत्ती निभाए । योचाहिँ उनले आविष्कार गरेको बिजुलीप्रति कृतज्ञता व्यक्त गर्नको निम्ति गरिएको थियो । त्यसोभए के हामीले कहिल्यै स्वर्ग र पृथ्वी सृष्टि गर्नुभएका परमेश्वरलाई धन्यवाद चढाएका छौं त ? एक व्यावसायिक वृत्तचित्र च्यानलले तयार पारेको काल्पनिक परिदृश्यका अनुसार, यदि प्रति घण्टा १,६०० किलोमिटरको गतिमा आफ्नो अक्षमा घुमिरहेको पृथ्वी पूर्ण रूपमा रोकियो भने, दिन पनि ६ महिना र रात पनि ६ महिना हुनेछ । दिनको समयमा सूर्यको प्रचण्ड राप सिधै पृथ्वीको सतहमा पर्दा तापक्रम ५५ डिग्रीसम्म पुग्छ र रातको समयमा ह्वात्तै घटेर माइनस ५५ डिग्रीसम्म पुग्छ । यो त एउटा सानो उदाहरण मात्र हो, यदि पृथ्वीको गति एक पलका लागि मात्र पनि रोकियो भने, त्यसले सामान्य…

उत्कृष्ट लेखनको रहस्य

पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा कलेज पढ्दा, आफ्नो कलेजबाट प्रकाशित हुने शैक्षिक जर्नलको मुख्य सम्पादक थिए । सम्पादन गर्ने क्रममा, उनी नकारात्मक वाक्यहरूलाई सकेसम्म सकारात्मक वाक्यमा परिमार्जन गर्न खोज्थे । उदाहरणको लागि, “यदि तिमीले आफूलाई बदलेनौ भने, तिमी ठूलो समस्यामा पर्नेछौ” भन्ने अभिव्यक्तिलाई “अगि बढ्नका लागि परिवर्तन आवश्यक छ” भनी व्यक्त गर्थे । राष्ट्रपति बनेपछि पनि ओबामाले आफ्नो भाषण आफै सम्पादन गर्थे । उनले धेरै पटक त्यो सम्पादन प्रक्रियालाई दोहोऱ्याउँथे । उनले प्रयोग गर्ने शब्दहरू सामान्य र तर्कसंगत सुनिन्छन्, जसले गर्दा एउटै शब्द प्रयोग गर्दा पनि कसैलाई डर वा धम्की महसुस हुँदैन । यही कारणले गर्दा, अवकाशपछि पनि सञ्चारमाध्यमहरूमा उनका अनगिन्ती सकारात्मक भनाइहरूको चर्चा भइरहने हुनाले उनलाई एक आदरणीय राष्ट्रपतिका रूपमा स्मरण गरिन्छ ।

प्रभावकारी अनुशासन

जोसन राजवंशका प्रसिद्ध प्रधानमन्त्री ह्वाङ हुईका तीन छोराहरू थिए । तीमध्ये एउटा छोराचाहिँ ठूलो समस्या थियो । ऊ घरबाट बाहिर जाँदैपिच्छे मधिरा सेवन गरेर मात्तिने र अबेर रात फर्कने गर्थ्यो । छोराको बारेमा चिन्तित ह्वाङ हुईले आफ्नो आधिकारिक पोशाक लगाएर मुख्य ढोकामा आई विनम्रतापूर्वक छोरालाई स्वागत गरे । “वाह, आउनुभयो !” छक्क पर्दै छोराले बुबालाई रोक्न खोज्यो । “बुबा, किन यस्तो गर्दैहुनुहुन्छ ?” ह्वाङ हुईले भने । “प्राचीन समयदेखि चल्दैआएको एउटा चलन छ, यदि कुनै छोराले आफ्नो बुबाको कुरा सुन्दैन भने, उसलाई परिवारको सदस्य मान्न सकिँदैन । त्यो केवल एउटा पाहुना मात्र हो, छोरा होइन । त्यसैले अहिले म मेरो घरमा आएको पाहुनालाई आदरपूर्वक स्वागत गरिरहेछु ।” बुबाको कुरा सुनेपछि, छोराले आफ्ना गल्तीहरूको लागि गहिरो पश्चात्ताप गऱ्यो र फेरि कहिल्यै…

फरक दृष्टिकोणबाट हेर्दा

कुनै एक जना आर्ट टिचरले विद्यार्थीहरूलाई पिकासोको चित्र जस्ताको तस्तै बनाउन भने । त्यो चित्रमा दुई-तीन जना मानिसका अनुहारहरू एकै ठाउँमा मिसिएको देखेर विद्यार्थीहरू अलमल्ल परे । कहाँबाट सुरु गर्ने भन्नेबारे अनभिज्ञ भएका विद्यार्थीहरूलाई शिक्षकले त्यो चित्र उल्टो बनाएर हेर्न सुझाव दिए । अचम्मको कुरा, चित्र उल्टो पारेपछि बल्ल विद्यार्थीहरूले बिना कुनै कठिनाइ तस्वीर बनाउन सके । तस्वीरलाई उल्टाउँदा विद्यार्थीहरूले तस्वीरप्रतिको पहिलाको धारणालाई चटक्कै बिर्सिएर केवल धर्को र आकारमा मात्र ध्यान दिन सके । हाम्रो जीवन पनि उस्तै हो, जब हामी एक कदम पछि हटेर अर्को दृष्टिकोणबाट समस्यालाई हेर्छौं, तब छुटेका कुराहरू देखिन थाल्छन् ।

परिपक्व विश्वास

साना केटा-केटीहरू आफूले चाहेजस्तो नहुँदा प्रायः रिसाउने गर्छन् । उनीहरू स्वार्थी स्वभावका हुने भएकोले आफ्ना आमा-बुबाको समस्यालाई समेत वास्ता गर्दैनन् । तर वयस्क मानिसहरू भने फरक हुन्छन् । उनीहरूले असहज महसुस गरे पनि अरूको अवस्था बुझिदिएर विचारशील भई त्यो परिस्थितिलाई सहन्छन् । परिपक्वको अर्थ शारीरिक रूपमा ठूलो हुनु वा उमेर ढल्किँदै जानु मात्र होइन । जब मानिसको शरीर उसको दिमाग जतिकै परिपक्व हुन्छ, र समझदारीका साथ सही र गलत छुट्याउन सक्छ, तब ऊ वास्तवमै परिपक्व हुन्छ । छोटकरीमा भन्नुपर्दा, मानिस उमेरले होइन तर बुद्धि र विवेकले परिपक्व भएपछि मात्र सच्चा वयस्क हुन्छ । आफ्ना छोरा-छोरीहरूले लापरवाही नगरिकन परिपक्वताका साथ सोचविचार गरी बोल्दा बुबा-आमा खुसी हुन्छन् । अपरिपक्व सन्तानहरूले परिपक्व विश्वास लिएर आत्मिक कुरा महसुस गर्दा झन् स्वर्गीय पिता-माता कति खुसी…

अर्केष्ट्राद्वारा सद्भाव सिक्दै

सन् १९७५मा भेनेजुयलाको एउटा बस्तीमा विशेष बैठक आयोजना गरियो । ‘एल सिस्टेमा’चाहिँ अर्केष्ट्रा सञ्चालक तथा अर्थशास्त्री जोसे एन्टोनियो अब्रेउले ११ जना गरिब बलबालिकाद्वारा निर्माण गरेको अर्केष्ट्रा हो । विभिन्न आपराधिक गतिविधिमा परेका सडक बालबालिकाले संगीतको माध्यमद्वारा सान्त्वना र एकताको भाव पाऊन् भन्ने हेतुले यो अर्केष्ट्रा निर्माण गरिएको थियो । स्थापनाको चालिस वर्षपछि, ‘एल सिस्टेमा’ एउटा निःशुल्क सङ्गीत प्रशिक्षण कार्यक्रमको रूपमा स्थापित भएको छ, जसमा हाल तीसवटा फरक-फरक देशका ३ लाखभन्दा बढी बालबालिकाहरू सहभागी भइरहेका छन् । एल सिस्टेमाचाहिँ बालबालिकाहरूद्वारा निर्मित एउटा अर्केष्ट्रा हो जसले सँगै वाद्ययन्त्र बजाएर आपसी सद्भाव र भातृत्व सिक्छन् । अहिले ती बालबालिकाहरू सडकमा भौंतारिरहेका छैनन्, तर भविष्यको सपना बोकेर हुर्किरहेका छन् ।

खुसीको ‘प्राइमिङ पानी’ खन्याउनुहोस् !

‘प्राइमिङ पानी’ भनेको हाते पम्प चलाउँदा जमिनको गहिराइबाट ठूलो मात्रामा पानी तान्नका लागि सुरुमा पम्पको माथिल्लो भागमा थोरै मात्रामा खन्याइने पानी हो । यसलाई प्रायः ठूलो परिणाम ल्याउनका लागि गरिने सानो सुरुवातलाई बुझाउन एउटा प्रतीकको रूपमा प्रयोग गरिन्छ । परिवारमा खुसी प्रवाह गरिरहनका लागि पनि यस्तै सुरुवातको आवश्यकता पर्छ, किनकि खुसी आफै उत्पन्न हुँदैन । परिवारका सदस्यप्रति देखाइने सानो सद्भाव, पहिला अगि बढाइने सहयोगी हात, वा एउटा न्यानो बोली पम्पमा हालिने पानीजस्तै बन्न सक्छ, जसले घरभरि खुसीको मूल फुटाउँछ । यो महिना, खुसीको प्राइमिङ पानी खन्याउने प्रयास गरिहेर्नुहोस् । अनि त्यो खुसीको प्रवाह कहिल्यै नरोकिने गरी पम्प चलाइराख्न पनि नबिर्सनुहोस् ! व्यवहारमा लागू गर्ने तरिका उत्साहजनक अभिवादन : परिवारका सदस्यहरूलाई उज्यालो र उत्साहजनक आवाजमा अभिवादन गर्ने । प्रेमको अभिव्यक्ति :…

अवसरको रूपमा परिवर्तन भएको कमजोरी

विश्व प्रसिद्ध सञ्चालक टोस्कानिनी पहिला एक प्रतिभाशाली चेलो वादकको रूपमा चिनिन्थे । आँखाको ज्योति कमजोर भएकोले उनले सङ्गीतको नोट पढ्न सक्दैनथे । त्यसैले चेलो बजाउनका लागि उनले सम्पूर्ण सङ्गीतको धुन नै कण्ठ गर्नुपर्थ्यो । एक दिन एउटा महत्त्वपूर्ण कन्सर्टअघि उनका सञ्चालक बिरामी परेर अस्पतालमा भर्ना भए । आर्केस्ट्रा सदस्यहरूमध्ये, टोस्कानिनी मात्र एक यस्ता व्यक्ति थिए जसलाई सबै स्कोर कण्ठ थियो । त्यसैले त्यस दिन उनले नै सञ्चालकको भूमिका निभाए । त्यही एउटा कन्सर्टले उनको जीवनमा ठूलो मोड ल्यायो र उनी एक प्रसिद्ध सञ्चालकको रूपमा चम्किन सफल भए । यदि टोस्कनिनीको आँखा पनि अर्केस्ट्राका अन्य सदस्यहरूको जस्तै राम्रो भएको भए, के उनी एक प्रसिद्ध सञ्चालकका रूपमा चिनिन सक्थे होला ?

जित्ने रहस्य

सन् १९८४ मा टोकियो अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगितामा, यामादा मोटोचि नामका एक अपरिचित जापानी खेलाडीले आश्चर्यजनक रूपमा शक्तिशाली मानिएका प्रतिस्पर्धीहरूलाई पछि पार्दै स्वर्ण पदक जितेका थिए । मानिसहरूले उनको भाग्य राम्रो भएकोले जितेका हुन् भने, तर दुई वर्षपछि इटालेली अन्तर्राष्ट्रिय म्याराथनमा यामडाले फेरि प्रतियोगिता जिते । लामो समयपछि उनले आफ्नो जितको रहस्य खुलाए । “प्रत्येक दौडअघि म म्याराथनको महत्त्वपूर्ण विषयवस्तुहरूमा ध्यान दिने गर्छु । वरिपरिको बैङ्क, भवन, रूख जस्ता कुराहरूलाई पहिलो बिन्दु, दोस्रो बिन्दु र तेस्रो बिन्दुमा विभाजन गरेर नोटबुकमा लेख्छु र म्याराथनमा दौडनका लागि विभिन्न उद्देश्यहरू बनाउँछु । अनि दौड सुरु भएपछि पहिलो उद्देश्य अर्थात् बैङ्कमा पुग्नका लागि जोड दिन्छु र बैङ्कमा पुगेपछि दोस्रो उद्देश्य रूखमा पुग्नको लागि बल गर्छु ।” अन्तिम उद्देश्य पूरा गर्नुअघि यामादाले विभिन्न अल्पकालीन उद्देश्य बनाएकाले…

जित्ने रहस्य

2:55
0:00 2:55

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।