विश्वास र जीवन

यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।

स-साना र सामान्य कुराहरूले जीवनमा पुतली प्रभाव ल्याउन सक्छन् !

“एउटा सानो किलाको कमीले नाल गुम्यो, नाल नहुँदा घोडा गुम्यो, घोडा नहुँदा योद्धा गुम्यो, योद्धा नहुँदा युद्ध हाऱ्यो । अनि युद्ध हारेकै कारण सिङ्गो राज्य गुम्यो, र यो सबै विनाश त्यो एउटै साङ्गो किलाको अभावले भयो ।” माथिको अङ्ग्रेजी लोकगीतले एउटा सानो किलाका कारण पूरै राज्य कसरी गुम्यो भन्ने कुरा देखाएको छ । सामान्यजस्तो देखिने एउटा किलाले कसरी एउटा विशाल राज्यलाई बर्बाद पार्न सक्छ र ? यो उदाहरण केही हदसम्म अतिरञ्जित लागे पनि, यसले स-साना र मामुली कुराहरूले कसरी शृङ्खलाबद्ध रूपमा पछि गएर विशाल रूप लिन सक्छ भन्ने कुरा प्रष्ट पारेको छ । मानिसहरू सामान्यतया स-साना र सामान्य कुराहरूलाई हलुका रूपमा लिने गर्छन् । ठूलो नाफा वा नोक्सान हुने कुरा वा जीवनमा ठूलो परिवर्तन ल्याउने विषयलाई मानिसहरूले गम्भीरतापूर्वक लिन्छन्, तर…

काम गरेअनुसार

यो संसारमा कसैले पनि केही नगरी त्यसै दिन बिताउँदैन । मानिसचाहिँ जन्मिएदेखि मृत्युको अन्तिम घडीसम्म काममै अल्झिरहेको हुन्छ । बाहिरबाट हेर्दा केही नगरेजस्तो देखिने मानिसहरूले पनि खाने, सुत्ने र सोच्नेजस्ता कामहरू गरिरहेकै हुन्छन् । सबै मानिसहरूले साना वा ठूला कामहरू गरिनै रहेका हुन्छन् । कतिपयले त कसैले पनि गर्न नसक्ने महान् कामहरू गरिरहेका हुन्छन् । हरेक दिन उही काम गरेर जीवन बिताउनका लागि मानव जीवन एकदमै छोटो र अमूल्य छ भनेर महसुस गर्ने मानिसहरू यिनीहरू नै हुन् । उनीहरूले जीवनमा स्पष्ट उद्देश्य लिएका हुन्छन् । परिणामस्वरूप उनीहरूले एक दिन पनि बर्बाद गर्दैनन् । दैनिक जीवनमा गरिने कार्यप्रति विचारशील हुँदै, उनीहरूले सामान्य काम, अनिवार्य गर्नुपर्ने काम, गर्नमा असल देखिने काम, अनावश्यक काम र हानि पुऱ्याउने कामको वर्गीकरण गर्छन् र अर्थपूर्ण रूपमा…

उचित दूरीले राम्रो सम्बन्ध कायम राख्न मद्दत गर्छ

चिसो हावा चलिरहेको हिउँदको दिनमा, दुम्सीहरूको एउटा समूह न्यानो हुनका लागि एकसाथ गुटमुटियो । तर जब तिनीहरू नजिक आए, तब तिनीहरूका तीखा काँडाहरूले एक-अर्कालाई घोच्दै पीडा दिन थाले । त्यो पीडा सहन नसकेपछि तिनीहरू एक कदम पछाडि हट्न बाध्य भए । यो कथाबाट आएको ‘दुम्सीको दुविधा’ले अरूसँग घनिष्ठ हुन चाहने, तर सँगसँगै निश्चित दूरी पनि खोज्ने मानवीय मनोविज्ञानलाई बुझाउँछ । मानिस घरमा बुबा-आमाको हेरचाहमा हुर्किन्छ, विद्यालयमा साथीहरू बनाउँछ र कार्यक्षेत्रमा सहकर्मीहरूसँग काम गर्छ । अर्को शब्दमा भन्नुपर्दा, हामी जीवनभर बुबा-आमा, जीवनसाथी, आफन्त, साथी, सहकर्मी र छिमेकीहरूसँग निरन्तर सम्बन्धहरू निर्माण गर्दै जिउँछौं । यसरी कुराकानी गर्ने, भावना साटासाट गर्ने र अनुभवहरू बाँड्ने क्रममा हामी कहिले खुसी हुन्छौं, त कहिले दुःखी हुन्छौं । अमेरिकाको हार्वर्ड मेडिकल स्कुलद्वारा गरिएको एउटा व्यापक सर्वेक्षणअनुसार, खुसी…

दाजुभाइ-दिदीबहिनीबीचको प्रेम नै बुबा-आमाका लागि सर्वोकृष्ट सन्तानोचित कर्तव्य हो

इ सङ ग्येले कोरियामा जोसन राजवंश स्थापना गरे र राजा थेजोको रूपमा त्यहाँको पहिलो राजा बने । तिनका पाँचौँ छोरा, इ बाङ वन अत्यन्त महत्त्वाकाङ्क्षी थिए । जब तिनका एक सौतेनी भाइलाई युवराज घोषणा गरियो, तब इ बाङ वन अत्यन्तै क्रोधित भए र तिनले ती युवराज र अर्को एक जना सौतेनी भाइको पनि हत्या गरे । त्यसपछि राजा थेजोका दोस्रो छोरा सिंहासनमा बसे । तर यस पटक एउटै आमाबाट जन्मेका दाजुभाइ, इ बाङ वन र चौथो छोरा इ बाङ गानबीच विवाद भयो । पहिलो घटनालाई ‘राजकुमारहरूको पहिलो कलह’ र दोस्रो घटनालाई ‘राजकुमारहरूको दोस्रो कलह’ भन्ने गरिन्छ । जोसन राजवंशको सुरुवातमा भएको पारिवारिक कलहको त्यो दुःखद इतिहास आजको आधुनिक युगमा पनि उत्तिकै दोहोरिने गरेको देखिन्छ । सम्पत्तिको आधारमा शीर्ष ४० वटा…

ठूलो छाललाई पर्खिरहेको एउटा डुङ्गा

स्टिलका बादशाह कार्नेगीको कार्यालयमा एउटा पुरानो पेन्टिङ झुण्डाइएको थियो । उनले जतन गरी राखेको त्यो पेन्टिङ न कुनै प्रसिद्ध कलाकारले कोरेको उत्कृष्ट कृति थियो न त कुनै मूल्यवान् पेन्टिङ नै थियो । त्यो त केवल एउटा समद्र तटमा रहेको डुङ्गाको सामान्य चित्र मात्र थियो । आफ्नो प्रारम्भिक दिनहरूमा बिक्रेताको रूपमा काम गर्दा, उनले एक वृद्ध व्यक्तिको घरमा यो चित्र देखे र विनम्रतापूर्वक उक्त चित्र मागे । त्यो चित्रको मुनिपट्टि सानो अक्षरमा यस्तो लेखिएको थियो । “ एक दिन ठूलो छाल अवश्य आउनेछ ।” बेवारिसे जस्तो देखिने त्यो डुङ्गा वास्तवमा पानीको ठूलो छालको पर्खाइमा थियो । जसरी छाल आएपछि डुङ्गा फेरि समुद्रमा तैरिन थाल्छ, त्यसरी नै कार्नेगीलाई पनि विश्वास थियो कि उनको जीवनमा पनि एक दिन सफलताको ठूलो छाल आउनेछ र…

नयाँ करारको मूल्य

कुनै कुराको मूल्य थाहा नहुँदा मनिसहरूले गलत कुरा छान्न पुग्छन् । कसै-कसैले त भविष्यमा बेस्सरी पछुताउने कुरा छान्न पुग्छन् । मुक्तिको चिन्ह, पाप-क्षमाको अनुग्रह, अनन्त जीवनको प्रतिज्ञा ... नयाँ करारमा चाहिँ हामीले मापन गर्नै नसकिने अथाह आशिष्‌हरू छन् । तत्कालै नदेखिने यसको मूल्यलाई नबुझ्नु भनेको आफ्नो जेष्ठाधिकार एक बटुको सुरुवामा बेचेर रोईकराई गर्ने एसावजस्तै हुनु हो । कुनै पनि कुरासँग दाँज्न नसकिने नयाँ करारको मूल्यलाई महसुस गरेर त्यसलाई बलजफतीसँग पक्रनुपर्छ । यो नै स्वर्गदूतहरू पनि लालाहित हुने आशिष् हो ।

माकुराद्वारा सिकेको पाठ

कुनै एउटा देशका सेनाहरू युद्धमा पराजित भएर झण्डै नष्ट भएका थिए । गुफामा लुकेर जसोतसो आफ्नो जीवन बचाउन सफल भएका सेनापतिले लाजका कारण आत्महत्या गर्ने निर्णय गरे, र तरबार निकाले । ठीक त्यहीँ समयमा, उनले एउटा माकुरा गुफाको प्रवेशद्वारको जालोमा घुमिरहेको देखे । हावाको कारण त्यो माकुरा लगातार आफ्नो जालो बनाउन असफल भयो । तर त्यसले हार नमानिकन अन्त्यसम्मै प्रयास गऱ्यो र अन्ततः सातौँ पटकको प्रयासमा त्यो सफल भयो । त्यो दृश्य हेरिरहेका सेनापतिले तरबार म्यानमा राखेर जुरुक्क उठे । उनले सोचे “म त एक चोटी मात्र असफल भएको छु ।” त्यसपछि अरू सेनाहरूलाई लिएर उनी फेरि युद्ध मैदानमा फर्किए, र ठूलो सफलता हासिल गरे ।

ताजभन्दा पनि सुन्दर मन

सन् २०१५मा १७ वर्षीय किशोरी मिन्ट खानिता फासाङले थाइल्याण्डमा भएको सौन्दर्य प्रतियोगिता जितिन् । प्रतियोगिता सकिएलगत्तै उनी आमाकहाँ दौडेर गइन् र घुडा टेकेर आमालाई दण्डवत् गरिन् । फोहोर उठाएर गुजारा चलाउने आमाले सडकमा ठूलो फोहोरको अगाडि घोप्टो परेर आफूलाई दण्डवत् गरिरहेकी छोरीलाई पिठ्युँमा थपथपाइन् । कुनै एक प्रतक्षदर्शीले यो दृश्य सामाजिक सञ्जालमा पोस्ट गरेपछि धेरै मानिसहरूले खानिताको सन्तानोचित प्रेमको प्रशंसा गरे । गरिब परिवारमा जन्मिएकी खानिताले कलेज जानको लागि फोहोर सङ्कलन कार्यमा आफ्नी आमालाई सघाउने गर्थिन् । साथीको सहयोगमा उनले सौन्दर्य प्रतियोगितामा भाग लिएकी थिइन् । राम्रो जिउडाल, सुन्दर मन र सुन्दर स्वरूप भएकी खानिताको प्रवेशिका फारम उनकी साथीले भरिदिएकी थिइन् । प्रतियोगिता जितेपछि खानिताले भनिन्, “मैले आज यो सौन्दर्य प्रतियोगिता जित्न सकेकोचाहिँ मेरी आमाको प्रेरणाले गर्दा हो । जिउनका…

मिसन

ओप्रा विन्फ्रेचाहिँ संयुक्त राज्य अमेरिकाकी सबैभन्दा प्रभावशाली प्रसारकहरूमध्ये एक हुन् । अन्धकारमय बाल्यकाल र किशोरावस्थालाई पार गरेपछि, उनले आफ्नो जीवनकालमा महसुस गरेका ४ वटा जीवन मिसनलाई आफ्नो आत्मकथामा उल्लेख गरिन् । पहिलो, यदि तपाईंसँग अरूभन्दा बढी छ भने त्यो आशिष् होइन, मिसन हो । दोस्रो, यदि तपाईंसँग अरूभन्दा बढी पीडा छ भने त्यो दुःख होइन, मिसन हो । तेस्रो, यदि तपाईंसँग अरूभन्दा बढी उत्साह, उमङ्ग छ भने त्यो भ्रम होइन, मिसन हो । चौथो, यदि तपाईंसँग अरूभन्दा बढी जिम्मेवारी छ भने त्यो बोझ होइन, मिसन हो । चाहे आफ्नो इच्छा होस् या नहोस्, उनले आफूसँग भएका सम्पूर्ण कुराहरूलाई आफ्नो जीवनको महान् मिसन हो भनेर सोचिन् र सेवा भावका साथ अथाह परिश्रम गरिन् । मिसनप्रतिको त्यो भावले नै उनलाई आज यस…

रुख र घाँस

जङ्गलको एउटा ठुलो रुखले भुइँमा पलाएको घाँसलाई सोधेछ । “ओहो, यति सानो र कमजोर शरीर लिएर, तिमी कसरी बाँचिरहेका छौ ।” घाँसले नम्र हुँदै जवाफ दिएछ । “म त बस आफ्नो ठाउँमा अडिग रहन्छु ।” घाँसको मुखबाट शब्द निस्किन नपाउँदै अचानक तीव्र हावाहुरी चल्न थाल्यो । हावाहुरीको वेगसँगै घाँस हल्लिन थाल्यो, तर त्यसले त्यो सङ्कटलाई जित्नका लागि धैर्यपूर्वक पर्खियो । अनि त्यो रुखचाहिँ घाँसको खिल्ली उडाउँदै उभिरह्यो । हावाहुरीको बेग झन् झन् बढ्दैगयो । त्यो भयङ्कर आँधीलाई थेग्न नसकेर अन्ततः त्यो रुख घर्लम्मै ढल्यो ।

एक टुक्रा रोटीले बचाएको जीवन

पहिलो विश्वयुद्धको समयमा, दुश्मन सैनिकहरूलाई बन्दी बनाउने जिम्मा पाएका एक जना जर्मन सैनिकले, दुश्मनको बङ्करमा आक्रमण गरे । ठीक त्यही समयमा एक जना दुश्मन सैनिक उनको नियन्त्रणमा परे । खाना खाइरहेको बेला पक्राउमा परेका ती दुश्मन सैनिकले, हडबडीमा आफूले हातमा लिइरहेको एक टुक्रा रोटी, ती जर्मन सैनिकलाई दिए । भोकले तिरमिऱ्याइरहेका ती जर्मन सैनिकले त्यो एक टुक्रा रोटी लिएर मुख मिठ्याउँदै खाएछन् । तब रोटी खाएर आभारी भएका जर्मन सैनिकले बदलामा ती दुश्मन सैनिकलाई छोडिदिएछन् । सानो एक टुक्रा रोटीले ती दुश्मन सैनिकको जीवन जोगियो ।

अरूको दुःखमा मिल्ने खुसी

विपक्षी टिमले कुनै खेलमा गल्ती गर्दा, रिस उठ्दो हाकिमले ऊभन्दा माथिल्लो ओहोदाको व्यक्तिबाट गाली खाँदा, समान अङ्क ल्याउने साथीले परीक्षामा गलत लेख्दा, लोकप्रिय राजनीतिज्ञको भ्रष्टाचार पर्दाफास हुँदा, प्रतिस्पर्धी कुनै विवादमा फस्दा, जस्ता विभिन्न नकारात्मक कुरा हुँदा अधिकांश मानिसहरू संवेदनशील हुनुको सट्टा खुसी हुने गर्छन् । योचाहिँ प्रत्येक मानिसले अनुभव गर्ने कुरा हो । अमेरिकी मनोविज्ञानका प्रोफेसर डा. रिचर्ड एच स्मिथले अरूको दुःख वा असफलतामा खुसी मनाउने भावनालाई ‘स्काडेनफ्रेड’(Schadenfreude) भनी परिभाषित गरेका छन् । उनी भन्छन्, अरूको दिन बिग्रिँदा मानिसले आफूलाई बढी भाग्यमानी र अगाडि ठान्ने कुराचाहिँ मानवीय प्रवृत्ति हो । त्यसैले यस्तो भावनाबाट टाढै रहनका लागि उनले हामीलाई सल्लाह दिएका छन् । यदि यस्तो किसिमको भावना मनमा लिइरहने हो भने स्वतः अरूको अहित र दुर्भाग्यको कामना गर्न पुगिन्छ र उनीहरूलाई…

धेरै कुरा मन पराउने मानिस

“एक मिनेटमा आफूलाई मन पर्ने कुराहरू स्वतन्त्र रूपमा लेख्नुहोस् ।” “एक मिनेटमा आफूलाई मन नपर्ने कुराहरू स्वतन्त्र रूपमा लेख्नुहोस् ।” यी दुई प्रश्नहरूले मानिस खुसी छ वा छैन भन्ने कुरा बताउन सक्छ । कोरियाको सउल राष्ट्रिय विश्वविद्यालयको खुसी अध्ययन केन्द्रले माथिका प्रश्नहरूको उत्तरको आधारमा सहभागीहरूको खुसीलाई छुट्टै तरिकाले मापन गरेको थियो । परिणामस्वरूप, धेरै खुसी हुने व्यक्तिहरूले विभिन्न विधाहरूमा तिनीहरूलाई मन पर्ने विशिष्ट कुराहरूको विषयमा लेखे तर तिनीहरूलाई मन नपर्ने कुराको विषयमा भने लेख्न गाह्रो भयो । अर्कोतर्फ, कम खुसी हुनेहरूलाई चाहिँ आफूलाई मन पर्ने कुराको विषयमा लेख्न गाह्रो भयो तर मन नपर्ने कुराहरूचाहिँ स्पष्ट थाहा भएकोले धेरै लेखे । यस अध्ययनले खुसी मानिसहरूको मस्तिष्क, मन पर्ने कुराहरूले भरिएको र निराश मानिसहरूको मस्तिष्कचाहिँ मन नपर्ने कुराहरूले भरिएको तथ्य देखाउँछ ।…

मध्यरातमा काममा जाँदा

बिहान सबेरै गस्तीमा रहेको प्रहरीले एकान्त सडकमा हिँडिरहेको एक जना युवकलाई भेट्टाए । उक्त प्रहरीले त्यस युवककहाँ गएर रातको समयमा कहाँ जान लागेको भनी सोधे । ती युवकले यस्तो जवाफ दिए । “म अहिले काममा जाँदैछु ।” संयुक्त राज्य अमेरिकाको अलाबामामा बस्ने ती युवकको नाउँ वाल्टर कार थियो । नाउँ चलेको कम्पनीमा नयाँ जागिर पाएका उनी त्यस दिन बिहान ८ बजेसम्म ग्राहकको घरमा पुग्नुपर्ने थियो, तर उनको गाडी ठीक त्यही समयमा बिग्रियो । उनको गन्तव्यस्थल घरदेखि ३२ कि.मि. टाढा थियो । पैदल हिँडेर कम्तीमा पनि ७-८ घण्टा लाग्थ्यो । कामको पहिलो दिनमा ढिला हुन नचाहेका ती युवक मध्य रातमै घर छोडेर स्मार्टफोनको नक्सामा भर पर्दै अँध्यारो सडकमा हिँडिरहेका थिए । सम्पूर्ण वृतान्त सुनेपछि प्रहरी अधिकारीले उनलाई बर्गर किनिदिए, अनि सुरक्षित…

नजिकका मानिसहरूलाई प्रसन्न तुल्याओ

​करीब २,५०० वर्षअघि चीनको सानो मुलुकमा एक जना राजा थिए । उनलाई एउटा चिन्ताले पिरोलेको थियो । तिनका प्रजाहरू प्रायःजसो सिमाना पार गरी छिमेकी देशहरूमा जाने भएकाले तिनको देशको जनसङ्ख्या र कर राजस्व घटेको थियो । कन्फुसियस आफ्ना चेलाहरूसँगै ती राजालाई भेट गर्न आए । तब राजाले कन्फुसियसलाई आफ्ना समस्याहरू बताउँदै सोधे, “गुरुज्यू, मेरा प्रजाहरू दिनदिनै भागिरहेका छन् । उनीहरूलाई रोक्नको निम्ति के म विशाल पर्खाल निर्माण गरौं ?” तब कन्फुसियसले यस्तो जवाफ दिए, “आफ्नो नजिकका मानिसहरूलाई प्रसन्न तुल्यायौ भने टाढाका मानिसहरू पनि नजिक आउनेछन् ।” यदि राजाले आफ्ना प्रजाहरूलाई राम्ररी शासन गरी प्रसन्न तुल्याए भने त्यो खबर छिमेकी देशहरूमा पनि फैलनेछ, अनि टाढाका मानिसहरू पनि उक्त मुलुकमा ओइरिएर आउनेछन् भनेर कन्फुसियसले भन्न खोजेका थिए । बुबा-आमा, छोरा-छोरी, दाजुभाइ-दिदीबहिनी, पति-पत्नी,…

सहानुभूतिपूर्ण अस्वीकृति पत्र

अहिलेको यो प्रतिस्पर्धात्मक समयमा जागिर खोज्नेहरूले जागिर पाउनका लागि कडा प्रतिस्पर्धा गर्नुपर्छ । जागिरको परीक्षामा पटक-पटक फेल हुँदा वा अन्तर्वार्तामा लगातार अस्वीकृत हुँदा मानिस निराश हुन्छ र उसको आत्मविश्वास र जोश पनि घट्दैजान्छ । त्यसमाथि धेरैजसो कम्पनीहरूले फेल भएकाहरूलाई खबरै गर्दैनन्, जसले गर्दा समय र मिहिनेत खर्च गरेर परीक्षा दिएका उम्मेदवारहरूलाई निकै अन्योल र छटपटी महसुस हुन्छ । त्यस्तो निराशाजनक अवस्थाका बीच, एउटा कम्पनीले पठाएको सहानुभूतिपूर्ण अस्वीकृति पत्र अहिले चर्चाको विषय बनेको छ । कतिपय कम्पनीहरूले “तपाईंमा क्षमता नभएर होइन, बरु धेरै मानिसलाई लिन नसक्नु कम्पनीको कमजोरी हो” भन्दै सान्त्वना दिने गर्छन् । कतिपयले त “म आफैँ पनि जागिर खोज्दा धेरै पटक असफल भएको थिएँ” भन्दै आफ्नो अनुभव बाँडेर उम्मेदवारको भविष्यका लागि शुभकामना दिँदै लामो चिठी समेत लेख्ने गर्छन् ।…

दुई दाजुभाइको सुन्दर यात्रा

संयुक्त राज्य अमेरिकाको मिचिगानमा हन्टर गान्डे नाउँ गरेका एक जना युवा बस्थे, जसका भाइलाई सेलेब्रल पल्सी(मानसिक पक्षघात) भएको थियो । आफ्नो सात वर्षीया भाइ आफैँ हिँड्न नसक्ने भएकोले हन्टरले उसलाई मद्दत गर्ने तरिका सोच्न थाले । भाइलाई बाहिर घुम्न र रमाइलो गर्न मनपर्छ भन्ने कुरा थाहा पाएका हन्टरले उसलाई आफ्नो पिठ्युँमा बोकेर टाढाको यात्रामा लैजाने निर्णय गरे । त्यसरी सोचेर सुरु गरेको यात्रा ६४ किलोमिटरको लामो पैदल यात्रामा बद्लियो । २० केजी तौल भएको भाइलाई पिठ्युँमा बोकेर लामो दूरी तय गर्नु सजिलो थिएन, तर यो अनुभवले उनीहरू दुवैमा आत्मविश्वास र शक्ति जगाएको कुरा हन्टरले बताए । त्यो लगत्तै सन् २०१५को गर्मीमा उनले अझ ठूलो चुनौती लिए । उनले तीन दिनको अवधिमा भाइलाई पिँठ्युमा बोकेर ९१ किलोमिटरको यात्रा गरे । हन्टरले…

कटनीमा भिन्नता

दुई जना किसानहरू पाकेको पहेंलो जौ काट्न खेतमा गए । एक जनाले बिहान सबेरैदेखि जौ काट्न थाल्यो, भने अर्कोले चाहिँ बेला-बेलामा विश्राम गर्दै जौ काट्न थाल्यो । खाजा खाइसकेपछि, तिनीहरूले बिहान काम गरेजस्तै गरी फेरि काम गर्न थाले । साँझको समयमा जौ काट्ने काम सिद्धियो । दिनभरि विना विश्राम परिश्रम गरेको किसानले आफ्नो निधारको पसिना पुछ्दै आफूले काटेको जौलाई हेरेर छक्क पऱ्यो । किनभने बेला-बेलामा विश्राम गरिरहने किसानको जौका बिटाहरू तुलनात्मक रूपमा झन् धेरै थिए । “होइन, यो कसरी हुन सक्छ ? मैले विना विश्राम जौ काटें, तर पनि मेरा जौका बिटाभन्दा तिम्रा जौका बिटा बढी छन् ।” “मैले जौ काट्ने क्रममा समय-समयमा आफ्नो हँसिया धरिलो पारिरहेको थिएँ ।”

अवसर

१९औँ शताब्दीको सुरुतिर युरोपमा ठूलो सफलता पाएपछि रोथस्चाइल्ड बैंकले अमेरिकामा नयाँ शाखा विस्तार गर्ने योजना बनायो । एक दिन, बैंकका अध्यक्षले एक जना सक्षम कर्मचारीलाई बोलाएर सोधे, “हामीले अमेरिकामा नयाँ शाखा विस्तार गर्ने योगना बनाएका छौं, र मेरो विचारमा यो नै उपयुक्त समय हो । त्यहाँ जानको लागि तपाईंलाई कति समय लाग्ला ?” अकमकाउँदै ती कर्मचारीले १० दिन लाग्ने कुरा बताए । अध्यक्षले ती कर्मचारीलाई बाहिर पठाएर अर्को कर्मचारीलाई बोलाए, अनि उही प्रश्न सोधे । उनले आफू ३ दिनमा जान सक्ने कुरा बताए । अध्यक्षले फेरि अर्को कर्मचारीलाई बोलाएर त्यही प्रश्न सोधे । ती कर्मचारीले भने, “म अहिले नै जान सक्छु ।” “ठीक छ, त्यसोभए आजैदेखि तपाईं सान फ्रान्सिस्कोमा प्रबन्धकको रूपमा काम गर्नुहोस् ।” वास्तवमा ती कर्मचारी नै जुलियस मे…

जति भए पनि

एक धनाढ्य आइरिस अमेरिकी नागरिकका रूपमा परिचित चार्ल्स एफ. फिनीले आफ्नो सम्पूर्ण सम्पत्ति समाजलाई फिर्ता गर्ने वाचा पूरा गर्दै आफ्नो पूर्व शैक्षिक संस्था, कर्नेल विश्वविद्यालयलाई ७० लाख अमेरिकी डलर बराबरको रकम दान गरे । विगत ३५ वर्षदेखि उनले लगभग ८ अरब बराबरको रकम योगदान गरे । ‘पैसाको मात्रै ख्याल राख्ने कठोर मन भएको मानिस’ भन्दै मिडियामा उनको कडा आलोचना भए पनि उनले लामो समयदेखि एक परोपकारी फाउन्डेसन स्थापना गरेर निरन्तर राम्रो काम गरिरहे, तर उनले यो कुरा कहिल्यै जाहेर गरेनन् । यदि उनको व्यवसाय विवादमा नफसेको वा त्यसको लेखाजोखा बाहिर नआएको भए उनको विशाल दान गतिविधिहरू गोप्य नै रहनेथियो । अहिले उनी आफ्नी श्रीमतीसँग भाडाको अपार्टमेन्टमा बसेर कम खर्चिलो जीवनशैली बिताइरहेका छन् । ठूलो रकम दान गर्ने विषयमा उनले यसो…

जति भए पनि

2:41
0:00 2:41

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।