WATV.org is provided in English. Would you like to change to English?

विश्वास र जीवन

यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।

बोल्नुअघि सोच्नुहोस्

“अरूको मुखबाट निस्कने बोलीभन्दा आफ्नै मुखबाट निस्कने बोलीमा बढी ध्यान दिनुहोस्” भन्ने एउटा भनाइ छ । यसरी भाषालाई सञ्चारको माध्यम बनाउने हरेक देशमा बोलीको महत्त्वबारे थुप्रै भनाइहरू छन् । विचार र जानकारी साटासाट गर्ने सबैभन्दा उत्कृष्ट माध्यम नै बोली हो । तर अर्कोतर्फ, यसले अरूको मनमा चोट पुऱ्याउने, असमझदारी बढाएर कलह उत्पन्न गर्ने जस्ता कार्यहरू पनि गर्न सक्छ । भाषा फरक भए पनि मानिसले लामो समयको आफ्नो अनुभव र भोगाइबाट यो पाठ राम्ररी सिकिसकेका छन् । कुराकानी भनेको अन्तरक्रियात्मक सञ्चार हो, जहाँ बोल्ने र सुन्ने व्यक्ति दुवै हुन्छन् । जब हामी एक-अर्कातर्फ बल फ्याँक्छौं, तब त्यो बल कहिलेकहीँ सोचेभन्दा बिलकुलै फरक दिशामा जान सक्छ । बोलीको सन्दर्भमा पनि उस्तै हो । हरेक व्यक्तिको परिस्थिति, सोच्ने तरिका र मूल्यमान्यता फरक हुने…

ज्योतिका सन्तानको रूपमा

अन्धकार जति गहिरो हुन्छ, चन्द्रमाको ज्योति त्यति नै उज्यालो देखिन्छ । रातको समयमा आकाशमा चम्किलो गरी चम्किने चन्द्रमाले सडकलाई उज्यालो बनाउँछ र मार्गदर्शकको रूपमा काम गर्छ । चन्द्रमा आफैले ज्योति उत्सर्जन गर्न सक्दैन । तर यसले ज्योति उत्सर्जन गरेजस्तो देखिनुको कारणचाहिँ सूर्यको ज्योति चन्द्रमाको सतहमा परावर्तन हुने भएकोले हो । चन्द्रमाको सानो भागमा सूर्यको ज्योति पर्दा अर्धचन्द्राकार हुन्छ, आधा भागमा पर्दा आधा चन्द्रमा हुन्छ र पूरा चन्द्रमामा पर्दाचाहिँ पूर्णिमा बन्छ । “किनकि एक पल्ट तिमीहरू अन्धकारमा थियौ, तर अब प्रभुमा तिमीहरू उज्यालो भयौ । ज्योतिका सन्तानझैँ हिँड्‌डुल गर, ...” एफि ५:८ परमेश्वर ज्योति हुनुहुन्छ । उहाँले हाम्रो अन्धकार हृदयमा आफ्नो ज्योति चम्काउनुहुन्छ र हाम्रो हृदयमा भएको ज्योतिद्वारा अन्धकार संसारलाई उज्यालो बनाउन भन्नुहुन्छ । जसरी चन्द्रमाले सूर्यको प्रकाश कति ग्रहण गर्छ…

आमाले पकाउनुभएको खाना

“आज बेलुका के खाने होला ?” अफिसबाट निस्केदेखि भान्छा कोठामा नछिर्दासम्म मेरो दिमागमा यही एउटा कुरा खेलिरहन्छ । नयाँ जागिर सुरु गरेर एक्लै बस्न थालेदेखि पहिला कहिल्यै वास्ता नगरेका कुराहरूमा पनि समय दिनुपर्छ । अब त आफ्नो लागि खाना पनि पकाउनुपर्छ । एक साँझ, निकै अबेरसम्म मैले केही पकाएको थिइनँ । मलाई न त धेरै तामझाम गरेर पकाउन मन थियो, न त अघिल्लो दिनको बासी तरकारी नै खान मन थियो । केही खानेकुरा छ कि भनेर दराजमा हेर्दा एउटा ‘किम्छी’को बट्टा भेटे । दिमागमा झट्ट एउटा सजिलो र छिटोछरितो परिकार फुर्‍यो । ‘किम्छी फ्राईड राइस’ । अलि स्वादिलो बनाएर खान मन लागेकोले इन्टरनेटमा यसलाई बनाउने तरिका खोज्न थालें । चाहिने सामानहरू घरमै भएका र पकाउने तरिका पनि सजिलो देखिएकाले म…

गिम जङ हा, आनयाङ, कोरिया

बेसबल म्यानेजरले आफ्नो टिमको जर्सी लगाउने कारण के होला ?

फुटबल, बास्केटबल, भलिबल र ह्यान्डबलका प्रशिक्षकहरू सामान्यतया आफ्ना टोलीहरू खेल मैदानमा हुँदा सुट लगाउँछन् । तर बेसबलका म्यानेजर र प्रशिक्षकहरूले भने आफ्नै टोलीको जर्सी लगाउने गर्छन् । उनीहरूले जर्सी लगाउने यो परम्परा बेसबलको प्रारम्भिक दिनहरूदेखि नै सुरु भएको हो । अहिले म्यानेजरहरूले सम्हाल्ने यो पद पहिले सामान्यतया टोलीका कप्तानले सम्हाल्ने गर्थे । त्यसोभए उनीहरू अहिले पनि किन जर्सी नै लगाउँछन् होला ? अन्य धेरै खेलहरूको विपरीत बेसबलका म्यानेजर र प्रशिक्षकहरू पिचर परिवर्तन गर्न, ब्याट्सम्यानलाई निर्देशन दिन, वा कहिलेकहीँ रेफ्रिसँग अपिल गर्न बिना हिचकिचाहट मैदनभित्र पस्ने गर्छन् । खेलको समयमा उनीहरू लगातार मैदानभित्र पस्छन् । तर नियमअनुसार जर्सी नलगाई मैदानभित्र प्रवेश गर्न सकिँदैन । त्यसैले उनीहरू खेलाडीहरू जस्तै समान जर्सी लागउँछन् । बेसबल म्यानेजरचाहिँ खेलाडीलाई सीप र रणनीति सिकाउने गुरु मात्र…

तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर

परमेश्वरको वचनअनुसार जिउने मानिसले परमेश्वरको शिक्षालाई व्यवहारमा लागू गर्न प्रयास गर्छ । तर यो कुरा सोचेजस्तो सजिलो छैन । परमेश्वरले एक-अर्कालाई प्रेम गर भन्नुभएकोले प्रायः मानिसहरूले जति अरूलाई प्रेम दियो त्योभन्दा बढी प्रेम पाउन चाहन्छन् । केही प्राप्त नगरी अरूलाई दिनु भनेको गुमाउनु हो भन्ने मनस्थिति मनिसहरूमा हुने भएकोले प्रेम गर्न गाह्रो छ । तर हामीले एकदमै ध्यान दिनुपर्ने एउटा कुरा छ । परमेश्वरले “तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर” भन्नुभयो । परमेश्वरले हामीलाई आफ्नो जीवन बलिदान गर्नेसम्मको प्रेम गर्नुभयो, तर के उहाँले त्यसको सट्टामा केही पाउन चाहनुभयो ? जसरी परमेश्वरले हामीलाई निःस्वार्थ प्रेम गर्नुभयो, त्यसरी नै हामीले पनि दाजुभाइ-दिदीबहिनीलाई प्रेम गर्नुपर्छ । त्यसो गरेमा “प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो(रोम १३:१०)” भन्ने…

दुःखाईलाई जितेपछिको फल

फ्रान्सेली प्रभाववादी चित्रकार रेनोइरले हातका औंलाहरू दुख्दासमेत आफ्नो ब्रस कहिल्यै छोडेनन् । सुनिएको हातले चित्र कोर्न संघर्ष गरिरहेका रेनोइरलाई देखेर उनका साथीले सोधे । “यति धेरै दुखाइ सहेर पनि पेन्टिङ गरिरहनुको खास कारण के हो ?” रेनोइरले मुस्कुराउँदै जवाफ दिए । “दुखाई त हराएर जान्छ तर सुन्दरता सधैँ रहिरहन्छ ।”

राम्रो सम्बन्धका लागि वार्ता गर्ने तरिका

“प्रायः सबै कुराहरूमा वार्ता गर्न सकिन्छ ।” योचाहिँ अमेरिकी वार्ता विशेषज्ञ हर्ब कोहेन(Herb Cohen)को भनाइ हो । ‘वार्ता’ भन्नेबित्तिकै धेरै मानिसहरूले अन्तर्राष्ट्रिय वार्ता वा तलबसम्बन्धी वार्ता जस्ता महत्त्वपूर्ण विषयमा हुने तनावपूर्ण छलफलको कल्पना गर्ने गर्छन् । तर वार्ता गर्नु केवल कूटनीतिज्ञ वा व्यवसायीहरूको मात्र विशेष काम होइन । बजारमा सामानको मूल्य घटाउनु, सहकर्मीसँग दिउँसोको खाजाको मेनु तय गर्नु, परिवारका सदस्यहरूसँग घरायसी काम बाँडफाँड गर्नु, वा छोरा-छोरीको पाकेट खर्च तोक्नु जस्ता विचारको भिन्नतालाई कम गर्ने कार्यहरू पनि एक प्रकारको वार्ता नै हो । औपचारिक रूपमा टेबिलमा आमनेसामने बसेर कुरा नगरे पनि, हर्ब कोहेनले भनेझैँ हाम्रो दैनिक जीवन वार्ताहरूको निरन्तर शृङ्खला हो । यदि सबै मानिसहरूले आफ्ना आवश्यकताहरू आफैँ पूरा गर्न सक्ने भए वा दुई पक्षका चाहनाहरू सधैँ मिल्ने भए, यो संसारमा…

जीवन बचाउनका लागि दिएको समय

जर्मनीमा बस्ने एक जना पुरुषको तीन वर्षीय छोरालाई ल्युकेमिया भएको थियो । उक्त बुबा आफ्नो छोराको उपचारको लागि लगातार अस्पताल धाइरहनुपर्थ्यो, तर उपचारको ठूलो खर्च जुटाउनुपर्ने भएकोले उनले जागीर छोड्न सक्दैनथे । केही समय त उनले कम्पनीबाट बिदा लिएर अस्पतालमा बिताए, तर आफूले पाउने सबै बिदा सकिएपछि बेतलबी बिदाको लागि आवेदन गर्दा कतै जागिरै गुम्ने पो हो कि भन्ने कुराले उनी चिन्तित भए । त्यो कठिन घडीमा उनको कम्पनीका अधिकारी र सहकर्मीहरूले उनलाई सहयोग गर्नका लागि आफ्नो हात बढाए । कर्मचारीहरूले स्वेच्छाले आफ्नो सहकर्मीको तर्फबाट ओभरटाइम काम गरिदिए । दुई हप्तासम्म ७०० भन्दा बढी कर्मचारीहरूले ओभरटाइम काम गरे, जसको कुल समयचाहिँ ३,२६४ घण्टा, ३० मिनेट थियो । आफ्नो सहकर्मीको अनुपस्थितिलाई पूर्ति गर्न प्रत्येक व्यक्तिले करिब ५ घण्टा बढी काम गरे,…

हार कहिले मान्ने ?

कुनै एक मानिसले प्रसिद्ध विक्रेतालाई सोधेछन् । “के तपाईंजस्तो व्यक्तिलाई पनि ग्रहाकले अस्वीकार गर्छन् ?” “अवश्य, मैले काम सुरु गरेदेखि अस्वीकृत नभएको कुनै दिन नै छैन ।” “त्यसोभए ग्रहाकले कति पल्टसम्म अस्वीकार गर्दा तपाईं हार मान्नुहुन्छ ?” विक्रेताले जवाफ दिएछन्, “अर्को व्यक्तिले हार नमानीकन म कहिल्यै हार मान्दिनँ ।”

प्रेमलाई व्यक्त गरेमा त्यसलाई प्रेम भन्न सकिन्छ

प्रेमचाहिँ हाम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण हिस्सा हो । प्रेम नै जीवनको सार हो भन्दा अतिशयोक्ति हुँदैन । तर प्रेमलाई देख्न, सुँघ्न वा छुन सकिँदैन । त्यसैले आफ्नो मनभित्रको प्रेमलाई भौतिक रूपमा बाहिर निकालेर देखाउन वा सुन्दर उपहारको बट्टामा प्याक गरेर दिन सकिँदैन । त्यसो भए हामीले कहिले प्रेम महसुस गर्छौं, र त्यसलाई कसरी व्यक्त गर्न सक्छौं होला ? वास्तवमा, प्रेमको सूत्र नै ‘मन × अभिव्यक्ति’ हो । जब प्रेम व्यक्त गरिन्छ, तब मात्र त्यो बाहिर प्रकट हुन्छ र संसार बदल्ने एउटा अद्भुत औषधी बन्छ । मनमा प्रेम सत प्रतिशत नै किन नहोस्, तर यदि त्यसको अभिव्यक्ति शून्य छ भने, त्यसको कुनै अर्थ हुँदैन । तपाईं, कसैको जतिसुकै नजिक भए पनि, उनीहरू तपाईं नभएकाले तपाईंको मनमा के छ भनेर उनीहरूले पूर्ण…

विश्वासको खेल

अधिकांश खेलकुद प्रतियोगिताहरूमा, अन्तिम सीटी नबजुञ्जेल जित वा हारको निर्धारण गर्न गाह्रो हुन्छ । सुरुमा राम्रो खेल खेले तापनि दृढताको कमीले अन्तमा हार्ने अवस्था हुन सक्छ । तर यसको ठीक विपरीत, प्रबल इच्छाशक्ति र एकग्रताका साथ खेल खेल्दा हार्ने सम्भावना भएको टोलीले समेत जित्न सक्छ । सामान्यतया खेल प्रेमीहरूले सम्झिरहने प्रभावकारी क्षणहरू प्रायः खेलको अन्त्यमै प्रकट गरिन्छ । बाइबलको अगमवाणी पूरा हुने संघारमा खेलिने विश्वासको खेल पनि उस्तै नै हो । अहिलेसम्म राम्रो गरे तापनि थोरै मात्र ध्यान भड्कियो भने जित हातबाट फुत्किन सक्छ । तर यसको विपरीत, अन्त्यसम्म प्रयत्न गर्दा उत्कृष्ट नतिजा हात पार्न सकिन्छ । अहिलेसम्म जस्तोसुकै गरेको भए पनि महत्त्वपूर्ण कुराचाहिँ अब के गरिन्छ भन्ने नै हो । खेलाडिले कोचको निर्देशनलाई पछ्याएर खेल खेल्दा अन्त्यलाई रोचक बनाउँदै…

व्यक्तित्व फरक छ ? कुनै समस्या छैन !

“यसले कसको स्वभाव पाएकी हो ?” “म आफ्नो सहकर्मीलाई बुझ्नै सक्दिनँ ।” “ऊ त अर्कै ग्रहबाट आएको मानिस हो ।” “हाम्रो व्यक्तित्व अत्यन्त फरक भएकाले हामीले छुट्टिने निर्णय गऱ्यौं ।” … मानिसहरूबीचको सम्बन्ध बिगार्ने सबैभन्दा सामान्य र प्रमुख कारण व्यक्तित्वको भिन्नता हो । केही विद्यार्थीहरूलाई विद्यालयमा अरू विद्यार्थीहरूसँग सम्बन्ध गाँस्न गाह्रो हुन्छ । केही मानिसहरू आफ्नो कामका कारण होइन, सँगै काम गर्ने मानिसहरूका कारण जागिर छोड्ने विचार गर्छन् । केही मानिसहरू पारिवारिक कलहबाट पीडित हुन्छन् । यस्ता धेरै मानिसहरूले यसको दोष आफ्नै वा अरूको व्यक्तित्वलाई दिने गर्छन् । मानिसले अरूसँगको सम्बन्धबाटै सुख-दुःख, हाँसो रोदन जस्ता भावहरूको अनुभव गर्छ । यहाँसम्म कि आफू आबद्ध रहेको समूह कत्तिको राम्रो छ भन्ने कुरा पनि त्यहाँका मानिसहरूको बानीव्यहोरा हेरेरै थाहा हुन्छ । हामी कोही…

व्यवस्थापकीय क्षमता

हाम्रो वरिपरि थुप्रै वस्तु र जानकारीहरू छन् । तर के हामीलाई ती सबै कुराको आवश्यक छ र ? यो कुरालाई गहिरिएर मनन गर्ने हो भने हामीलाई ती कुराहरू सबै आवश्यक छैन भन्ने कुरा सजिलै महसुस गर्न सकिन्छ । प्रख्यात व्यवस्थापन परामर्शदाता लिज डेभनपोर्टका अनुसार, जागिरेहरूले वर्षमा झण्डै १५० घण्टा केवल आवश्यक सूचना वा सामानहरू खोज्नमा बिताउँछन् । वास्तवमा हामीले घरमा पनि सामान खोज्ने बहानामा धेरै समय बर्बाद गरिरहेका हुन्छौं । विज्ञहरूका अनुसार, सामान खोज्ने समय मात्र बचत गर्न सकियो भने, त्यो समयलाई फाइदाजनक काममा प्रयोग गर्न सकिन्छ । तसर्थ विज्ञहरूले समय व्यवस्थापन गर्ने तरिका सुझाएका छन् । संक्षेपमा भन्नुपर्दा, गर्नुपर्ने कामहरूलाई प्राथमिकता दिने, धेरै प्रयोग हुने सामान वा फाइलहरूलाई सधैँ सजिलै भेटिने ठाउँहरूमा राख्ने, र काम नलाग्ने चीजहरूलाई थुपारेर राख्नुको…

१००

धेरैजसो परीक्षाहरूमा पूर्णाङ्क १०० हुन्छ । पूर्ण सन्तुष्ट भएको अवस्थालाई व्यक्त गर्नका लागि १०० अङ्कलाई प्रतिशतको रूपमा प्रयोग गरिन्छ । पानी ९९ डिग्री सेल्सियससम्म पनि शान्त नै रहन्छ, तर जब १०० डिग्री सेल्सियस पुग्छ, तब त्यो उम्लन थाल्छ । त्यसैले १०० नम्बर भनेको एउटा यस्तो अन्तिम लक्ष्य हो जसलाई उछिन्न सकिँदैन, यो एउटा खोटरहित उच्चतम बिन्दु हो । आत्मा बचाउने कार्यमा अगि बढिरहेका हामीहरूको पनि अन्तिम लक्ष्य छ । बाइबलको सम्पूर्ण अगमवाणीहरू पूरा नहोउञ्जेल हामीले १००% विश्वास र १००% जोस लिएर सुसमाचारको कार्य गर्नुपर्छ । अनि १००% सुन्दर चरित्रमा परिवर्तन हुँदै परमेश्वरले सुम्पनुभएको सुसमाचारको मिसन पूरा गर्नुपर्छ । योजना बनाउने र पूरा गर्ने प्रक्रियामा अवरोध आउँदा विश्वासको उद्देश्य पूरा गर्न गाह्रो हुन्छ । परमेश्वरसामु १०० अङ्क लिएर नउभिउञ्जेल विश्वासको दिशा…

स-साना र सामान्य कुराहरूले जीवनमा पुतली प्रभाव ल्याउन सक्छन् !

“एउटा सानो किलाको कमीले नाल गुम्यो, नाल नहुँदा घोडा गुम्यो, घोडा नहुँदा योद्धा गुम्यो, योद्धा नहुँदा युद्ध हाऱ्यो । अनि युद्ध हारेकै कारण सिङ्गो राज्य गुम्यो, र यो सबै विनाश त्यो एउटै साङ्गो किलाको अभावले भयो ।” माथिको अङ्ग्रेजी लोकगीतले एउटा सानो किलाका कारण पूरै राज्य कसरी गुम्यो भन्ने कुरा देखाएको छ । सामान्यजस्तो देखिने एउटा किलाले कसरी एउटा विशाल राज्यलाई बर्बाद पार्न सक्छ र ? यो उदाहरण केही हदसम्म अतिरञ्जित लागे पनि, यसले स-साना र मामुली कुराहरूले कसरी शृङ्खलाबद्ध रूपमा पछि गएर विशाल रूप लिन सक्छ भन्ने कुरा प्रष्ट पारेको छ । मानिसहरू सामान्यतया स-साना र सामान्य कुराहरूलाई हलुका रूपमा लिने गर्छन् । ठूलो नाफा वा नोक्सान हुने कुरा वा जीवनमा ठूलो परिवर्तन ल्याउने विषयलाई मानिसहरूले गम्भीरतापूर्वक लिन्छन्, तर…

काम गरेअनुसार

यो संसारमा कसैले पनि केही नगरी त्यसै दिन बिताउँदैन । मानिसचाहिँ जन्मिएदेखि मृत्युको अन्तिम घडीसम्म काममै अल्झिरहेको हुन्छ । बाहिरबाट हेर्दा केही नगरेजस्तो देखिने मानिसहरूले पनि खाने, सुत्ने र सोच्नेजस्ता कामहरू गरिरहेकै हुन्छन् । सबै मानिसहरूले साना वा ठूला कामहरू गरिनै रहेका हुन्छन् । कतिपयले त कसैले पनि गर्न नसक्ने महान् कामहरू गरिरहेका हुन्छन् । हरेक दिन उही काम गरेर जीवन बिताउनका लागि मानव जीवन एकदमै छोटो र अमूल्य छ भनेर महसुस गर्ने मानिसहरू यिनीहरू नै हुन् । उनीहरूले जीवनमा स्पष्ट उद्देश्य लिएका हुन्छन् । परिणामस्वरूप उनीहरूले एक दिन पनि बर्बाद गर्दैनन् । दैनिक जीवनमा गरिने कार्यप्रति विचारशील हुँदै, उनीहरूले सामान्य काम, अनिवार्य गर्नुपर्ने काम, गर्नमा असल देखिने काम, अनावश्यक काम र हानि पुऱ्याउने कामको वर्गीकरण गर्छन् र अर्थपूर्ण रूपमा…

उचित दूरीले राम्रो सम्बन्ध कायम राख्न मद्दत गर्छ

चिसो हावा चलिरहेको हिउँदको दिनमा, दुम्सीहरूको एउटा समूह न्यानो हुनका लागि एकसाथ गुटमुटियो । तर जब तिनीहरू नजिक आए, तब तिनीहरूका तीखा काँडाहरूले एक-अर्कालाई घोच्दै पीडा दिन थाले । त्यो पीडा सहन नसकेपछि तिनीहरू एक कदम पछाडि हट्न बाध्य भए । यो कथाबाट आएको ‘दुम्सीको दुविधा’ले अरूसँग घनिष्ठ हुन चाहने, तर सँगसँगै निश्चित दूरी पनि खोज्ने मानवीय मनोविज्ञानलाई बुझाउँछ । मानिस घरमा बुबा-आमाको हेरचाहमा हुर्किन्छ, विद्यालयमा साथीहरू बनाउँछ र कार्यक्षेत्रमा सहकर्मीहरूसँग काम गर्छ । अर्को शब्दमा भन्नुपर्दा, हामी जीवनभर बुबा-आमा, जीवनसाथी, आफन्त, साथी, सहकर्मी र छिमेकीहरूसँग निरन्तर सम्बन्धहरू निर्माण गर्दै जिउँछौं । यसरी कुराकानी गर्ने, भावना साटासाट गर्ने र अनुभवहरू बाँड्ने क्रममा हामी कहिले खुसी हुन्छौं, त कहिले दुःखी हुन्छौं । अमेरिकाको हार्वर्ड मेडिकल स्कुलद्वारा गरिएको एउटा व्यापक सर्वेक्षणअनुसार, खुसी…

दाजुभाइ-दिदीबहिनीबीचको प्रेम नै बुबा-आमाका लागि सर्वोकृष्ट सन्तानोचित कर्तव्य हो

इ सङ ग्येले कोरियामा जोसन राजवंश स्थापना गरे र राजा थेजोको रूपमा त्यहाँको पहिलो राजा बने । तिनका पाँचौँ छोरा, इ बाङ वन अत्यन्त महत्त्वाकाङ्क्षी थिए । जब तिनका एक सौतेनी भाइलाई युवराज घोषणा गरियो, तब इ बाङ वन अत्यन्तै क्रोधित भए र तिनले ती युवराज र अर्को एक जना सौतेनी भाइको पनि हत्या गरे । त्यसपछि राजा थेजोका दोस्रो छोरा सिंहासनमा बसे । तर यस पटक एउटै आमाबाट जन्मेका दाजुभाइ, इ बाङ वन र चौथो छोरा इ बाङ गानबीच विवाद भयो । पहिलो घटनालाई ‘राजकुमारहरूको पहिलो कलह’ र दोस्रो घटनालाई ‘राजकुमारहरूको दोस्रो कलह’ भन्ने गरिन्छ । जोसन राजवंशको सुरुवातमा भएको पारिवारिक कलहको त्यो दुःखद इतिहास आजको आधुनिक युगमा पनि उत्तिकै दोहोरिने गरेको देखिन्छ । सम्पत्तिको आधारमा शीर्ष ४० वटा…

ठूलो छाललाई पर्खिरहेको एउटा डुङ्गा

स्टिलका बादशाह कार्नेगीको कार्यालयमा एउटा पुरानो पेन्टिङ झुण्डाइएको थियो । उनले जतन गरी राखेको त्यो पेन्टिङ न कुनै प्रसिद्ध कलाकारले कोरेको उत्कृष्ट कृति थियो न त कुनै मूल्यवान् पेन्टिङ नै थियो । त्यो त केवल एउटा समद्र तटमा रहेको डुङ्गाको सामान्य चित्र मात्र थियो । आफ्नो प्रारम्भिक दिनहरूमा बिक्रेताको रूपमा काम गर्दा, उनले एक वृद्ध व्यक्तिको घरमा यो चित्र देखे र विनम्रतापूर्वक उक्त चित्र मागे । त्यो चित्रको मुनिपट्टि सानो अक्षरमा यस्तो लेखिएको थियो । “ एक दिन ठूलो छाल अवश्य आउनेछ ।” बेवारिसे जस्तो देखिने त्यो डुङ्गा वास्तवमा पानीको ठूलो छालको पर्खाइमा थियो । जसरी छाल आएपछि डुङ्गा फेरि समुद्रमा तैरिन थाल्छ, त्यसरी नै कार्नेगीलाई पनि विश्वास थियो कि उनको जीवनमा पनि एक दिन सफलताको ठूलो छाल आउनेछ र…

नयाँ करारको मूल्य

कुनै कुराको मूल्य थाहा नहुँदा मनिसहरूले गलत कुरा छान्न पुग्छन् । कसै-कसैले त भविष्यमा बेस्सरी पछुताउने कुरा छान्न पुग्छन् । मुक्तिको चिन्ह, पाप-क्षमाको अनुग्रह, अनन्त जीवनको प्रतिज्ञा ... नयाँ करारमा चाहिँ हामीले मापन गर्नै नसकिने अथाह आशिष्‌हरू छन् । तत्कालै नदेखिने यसको मूल्यलाई नबुझ्नु भनेको आफ्नो जेष्ठाधिकार एक बटुको सुरुवामा बेचेर रोईकराई गर्ने एसावजस्तै हुनु हो । कुनै पनि कुरासँग दाँज्न नसकिने नयाँ करारको मूल्यलाई महसुस गरेर त्यसलाई बलजफतीसँग पक्रनुपर्छ । यो नै स्वर्गदूतहरू पनि लालाहित हुने आशिष् हो ।

नयाँ करारको मूल्य

1:45
0:00 1:45

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।