विश्वास र जीवन
यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।
तपाईंलाई थाहा नहुँदा पनि
बेलायतका एक प्रख्यात कवि रोबर्ट ब्राउनिङद्वारा लिखित नाटकीय कविता ‘Pippa Passes’ की मुख्य पात्र पिपाचाहिँ भेनिसको एउटा रेसम कारखानामा काम गर्ने एक गरिब बालिका हुन् । वर्षभरि पाउने एक मात्र विशेष बिदाको दिन, पिपाले गाउँकै सबैभन्दा सुखी र खुसी जीवन जिइरहेका चार जना मानिसहरूको घर अगाडिबाट जाँदै हर्षोल्लासका साथ गीत गाउँछिन् । वास्तवमा, अरू कसैलाई थाहा नभएको पीडादायी समय बिताइरहेका उनीहरू, पिपाको गीत सुनेपछि आजसम्म कहिल्यै महसुस नगरेको शान्ति र स्वतन्त्रता महसुस गर्छन् । आफूले कति महान् काम गरें भन्ने कुराको पत्तो नपाई, पिपा आफ्नो बिदा त्यसै खेर गयो भन्ने कुरामा पछुतो मान्दै सुत्न जान्छिन् । हाम्रो आँखाले देख्ने कुरा नै सबथोक होइन । अदृश्य संसारमा के भइरहेको छ भन्ने कुरा हामीलाई थाहा नहुने भएकाले, आँखाले देख्ने कुरा मात्रै सबथोक…
सबैभन्दा महत्त्वपूर्ण कुरा
रिक रेस्कोर्ला अमेरिकी सेनाका एक अधिकारी थिए, र उनले आफ्नो अवकाशपछि न्यूयोर्कको एउटा लगानी बैंकमा सुरक्षा अधिकारीको रूपमा काम गरे । भवनको भुइँ तल्लामा भएको विष्फोटनपछि उनले कर्मचारीहरूलाई त्रैमासिक रूपमा सुरक्षित रूपमा कसरी बाहिर निस्कने भन्नेबारे कडा तालिम दिए । त्यो तालिम एकदमै कडा भएकोले मानिसहरूले काममा अवरोध भयो भन्दै गुनासो गरे । “कामभन्दा जीवन धेरै महत्त्वपूर्ण छ । आपत्कालीन अवस्थाको लागि तालिम अपरिहार्य छ ।” तालिमको आवश्यकतामा सधैँ जोड दिने रेस्कोर्लाको सन् २००१ सेप्टेम्बर ११ मा काम गर्दा गर्दै मृत्यु भयो । वर्ड ट्रेड सेन्टरको पहिलो भवनमा आतंकवादी हमला हुँदा, दोस्रो भवनमा भने आफ्नो स्थान नछोड्नका लागि निर्देशन दिइयो । त्यो निर्णय गलत भएको कुरा महसुस गर्दै, रिकले आफ्ना कर्मचारीहरूलाई तुरुन्तै भवन छोडेर बाहिर निस्कन निर्देशन दिए । आफूले…
छोरीको रुवाइको आवाजमा
नवजात शिशुले आफ्नो भावना व्यक्त गर्ने एक मात्र तरिका भनेको रुनु हो । त्यसैले आमा आफ्नो बच्चाको रोदनप्रति संवेदनशील हुन्छिन्, र रातको समयमा सुतिरहेको बेला बच्चा रोयो भने पनि उनी स्वतः बिउँझिन्छिन् । तर संसारमा एउटी यस्ती आमा पनि छिन्, जो सामान्य निद्राबाट मात्र होइन, आफ्नो बच्चा रोएको आवाज सुनेर कोमा (अचेत अवस्था) बाट समेत ब्युँझिएकी थिइन् । अमेरिकाको नर्थ क्यारोलिनामा बसोबास गर्ने सेली एन काउलीले दुई वर्षअघि बच्चा जन्माउने क्रममा मस्तिष्कमा अक्सिजनको कमी भएका कारण आफ्नो होस गुमाइन् । छोरीको जन्म भए तापनि आफ्नी श्रीमतीलाई गुमाउनुपर्ने हो कि भन्ने डरले सेलीका श्रीमान् अत्यन्तै चिन्तित हुँदै सेली ब्युँझिने प्रतिक्षामा बसिरहे । तर एक हप्तासम्म पनि उनमा ब्युँझिने कुनै लक्षण देखिएन । आशाको मधुरो किरण पनि हराउँदै गर्दा, एक नर्सको सल्लाहमा…
सङ्कष्ट नै अवसर हो
संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित योसेमाइट राष्ट्रिय निकुञ्जमा ८० मिटर अग्लो र ५ मिटर व्यास भएका विशाल रूखहरू छन् । यो एउटा विशाल रूख (सिक्वोया) हो, जसलाई ‘प्रेसिडेन्ट ट्री’ भनिन्छ । विशाल सिक्वोयाहरूमध्ये केही त ३,००० वर्षभन्दा पुराना छन् । चाखलाग्दो कुरा के छ भने, यी रूखहरूको फेदमा डढेका खतहरू देखिन्छन् । वास्तवमा यी रूखहरूचाहिँ ८० भन्दा बढी पटक डढेलोको सामना गरी ७ दिनसम्म लगातार लागेको डढेलोलाई सहेर जीवित रहेका रूखहरू हुन् । सुख्खा मौसममा रूखहरू बीचको घर्षण वा चट्याङका कारण नियमित रूपमा आगो लाग्ने जङ्गलमा, यी विशाल रूखहरू लामो समयसम्म बाँच्नुको रहस्यचाहिँ तिनीहरूमा भएको ३ फिट (१ मिटर) बाक्लो नरम बोक्रा हो । तिनीहरूको बोक्रामा प्रशस्त पानी हुने भएकोले सजिलै जल्दैनन् । आगलागी हुँदा तिनीहरूको बाक्लो बोक्राले आगोलाई प्रतिरोध गर्छ…
त्यो म होइन !
“अरू सबै जना मूर्ख बने तापनि, मलाई कसैले मूर्ख बनाउन सकेको छैन !” भनेर कम्तीमा एक चोटि भए पनि आफूलाई यसरी विश्वास दिलाउनुभएको छ होला । यहाँहरूले टेलिभिजन हेर्नुहुँदा वा इन्टरनेट चलाउनुहुँदा पनि यस्तो सोचाइ आएको हुन सक्छ । कहिलेकहीँ अश्लील वा हिंसात्मक दृश्यजस्ता हानिकारक विषयवस्तुहरू समावेश भएका कुराहरू हेर्दाखेरि ती कुराहरूले अरू मानिसहरूमा नराम्रो प्रभाव पारे तापनि आफूलाई चाहिँ त्यसले केही प्रभाव पार्दैन भनेर सोच्न पुगिएका अवस्थाहरू धेरै हुन सक्छ । यो अवस्थालाई ‘तेस्रो व्यक्ति प्रभाव’ भनिन्छ । सामाजिक सञ्जालका सन्देशहरूबाट सजिलै प्रभावित हुने अन्य व्यक्तिहरूको धारणाभन्दा आफ्नो धारणा उत्तम हो भन्ने आत्म-गौरवबाट यस्ता सोचाइहरू उत्पन्न हुने गर्छ । तर यसको ठीक विपरीत, सञ्चार माध्यममा सकारात्मक र सही सन्देशहरू समावेश भएको जनसेवा विज्ञापनहरूले अरूहरूमा भन्दा आफूमा अझ ठूलो प्रभाव…
के पति-पत्नीको झगडा चाँडै समाधान हुन्छ ?
बहस भएपछि तुरुन्त मिलाप गरिहाल्नु राम्रो त हो, तर त्योभन्दा उत्तम उपाय भनेको बहसलाई झगडाको रूप लिन नदिनु हो । पति-पत्नीबीच शत्रुझैँ झगडा हुन सक्छ, तर तिनीहरू खासै केही नभएझैँ गरी एकछिनमै मिलिहाल्छन् । त्यसैले भनिन्छ नि, ‘लोग्ने-स्वास्नीको झगडा, परालको आगो ।’ तर हिजोआज यो एउटा पुरानो भनाइमा मात्र सीमित छ जस्तो लाग्छ । अहिले सम्बन्धविच्छेद दर वर्षैपिच्छे वृद्धि भइरहेको छ, अनि पति-पत्नीबीच झगडा भएर रिसको झोँकमा पूरै घरै आगो लगाइदिने जस्ता विभिन्न दुर्घटना तथा अपराधहरू भइरहेको छ । भनिन्छ, हुरी चलेपछि बल्ल शान्ति छाउँछ, तर यदि हुरीले सीमा नाघ्यो भने त्यसलाई नियन्त्रण गर्न निकै गाह्रो पर्नेछ । माटोको भाँडा थोरै मात्र चर्केको छ भने त्यो आखिरमा फुटेरै छाड्छ । त्योजस्तै पति-पत्नीबीचको झगडा पनि जतिसुकै सानै भए पनि यदि लगातार…
जुम्ल्याहाको सन्देश
“नमस्कार ! हामी जुम्ल्याहा दाजुभाइ आज पहिलो पटक उडान भर्दैछौं । हामीहरू भर्खर १४ हप्ताका भयौं । हामीहरू ज्ञानी हुनलाई सक्दो कोसिस गर्नेछौं, तर कान दुखेर अथवा डर लागेर यदि शान्त हुन सकेनौं भने हामी यहाँहरूसित पहिल्यै माफी माग्न चाहन्छौं । हाम्रा बुबा-आमासँग कानलाई ट्याप्प बन्द गर्ने सामग्री छ, आवश्यक परेमा सम्पर्क गर्नुहोला । हामी दाजुभाइ २०E र २०F नम्बरको सिटमा बसिरहेका छौं । ल, यहाँहरू सबैलाई शुभ यात्रा !” संयुक्त राज्य अमेरिकाको अनलाइन सामाजिक सञ्जालमा, चकलेटको सानो प्याकेटमा टाँसिएको यो सन्देशसहित तस्वीर पनि अपलोड गरिएको थियो । जुम्ल्याहा दाजुभाइको त्यो सन्देशचाहिँ वास्तवमा उनीहरूका बुबा-आमाले लेखेका थिए । विमानमा पहिलो पटक चढेका छोराहरूको हल्लाप्रति बुबा-आमाले यात्रुहरूसँग अग्रीम क्षमायाचनास्वरूप ती चकलेटहरू बाँडेका थिए । तस्वीर अपलोड गरेका यात्रुले “मिजासिला र विचारशील…
फाल्नुपर्ने कुराको सूची
गर्नुपर्ने काम अथवा गर्न चाहेको काम छ भने एउटा सूची बनाएर त्यसलाई प्राथमिकताअनुसार क्रमबद्ध रूपमा मिलाएर राख्नुभयो भने यसले तपाईंलाई कुनै पनि काम ध्यानपूर्वक गर्न मद्दत पुऱ्याउँछ । तर यदि ती कुराहरूप्रति बढी नै सोच्न थाल्नुभयो भने तपाईंहरूको ध्यान भड्किन सक्छ, र आफ्नो लक्ष्य पूरा गर्न असफल बन्न पुग्नुहुनेछ । यस्तो अवस्थामा सबैभन्दा आवश्यक पर्ने कुरा नै ‘फाल्नुपर्ने कुराको सूची’ हो । संयुक्त राज्य अमेरिकाकी एक जना प्रभावशाली पत्रकार आरियाना हफिङटनले तिनको ४०औँ जन्मदिनमा, आफूले राम्ररी गर्न नसक्ने कार्य, आफूलाई मन नपर्ने कुरा, कुनै दिन गरूँला भनेर सोचेको तर खासमा गर्ने कुनै सम्भावना नदेखिएका कार्यहरू सबै लेखेर एउटा सूची बनाइन् । उदाहरणको लागि तिनको सूचीमा भएको एउटा कुरा नै स्की(बोर्डमा टेकेर हिउँमा चिप्लिने खेल) थियो । तिनलाई स्की खेल्न आउँदैनथ्यो,…
आमा र स्ट्रबेरी
म सानो छँदा हाम्रो परिवार एकदम गरीब थियो । एउटा कोठामा परिवारका ६ जना सदस्यहरू पल्टिँदा त यताउता हलचल गर्ने ठाउँ पनि हुँदैनथ्यो । बुबा-आमाले ४ जना सन्तानहरूलाई हुर्काउन अरूको खेत ठेक्कामा लिएर खेतीपाती गर्नुहुन्थ्यो । एक दिन म साह्रै बिरामी परेकीले विद्यालयबाट छुट्टी लिन चाहन्छु भनेर आमालाई भनें । घरमा एकलै रहँदा मेरो हेरचाह गर्न कोही नहुने भएकोले आमाले विद्यालय जानू भन्नुभयो । २ घण्टा हिँडेर विद्यालय आइपुग्दा मलाई यति गाह्रो भएको थियो, कि म डेस्कमा घोप्टो परेर बसें । मेरो अवस्था देखेर शिक्षिकाले मलाई घर पठाउन खोज्नुभयो । २ घण्टाको बाटो हिँड्नुपर्ने कुरा सोचेर मैले केहीबेर त्यहीँ आराम गर्छु भनें । तर अवस्था झन् गम्भीर भएर विद्यालय छुट्टी हुँदासम्म त ममा उठ्ने शक्तिसमेत थिएन । त्यो समयमा अप्रत्याशित…
बाग उन जा / गुमी, कोरिया
जोखिममा परेका सहकर्मीको निम्ति
एउटा मानिस बिजुलीको खम्बाको माथिल्लो भागमा सुरक्षा पेटीले बाँधिएकै अवस्थामा बेहोस भएर उल्टो झुण्डिरहेका थिए । अर्को खम्बामा चाहिँ अर्को एक जना मानिस जोखिमपूर्ण ढङ्गले झुण्डिएर, ती बेहोस भएका व्यक्तिलाई कृत्रिम श्वासप्रश्वास दिइरहेका थिए । आखिर यो के भएको होला ? सन् १९६७ जुलाईमा, अमेरिकाको फ्लोरिडास्थित ज्याक्सनभिल सहरमा अत्यधिक गर्मीका कारण बिजुलीको खपत बढ्दा सहरभरि बत्ती गयो । यसलाई मर्मत गर्न खटिएका इलेक्ट्रिसियन र्यान्डल च्याम्पियन खम्बामा चढेर काम गरिरहेको बेला अचानक करेन्ट लागेर बेहोस भए । यो देखेर उनका सहकर्मी थम्पसन हतारिँदै उनीकहाँ पुगेर कृत्रिम श्वासप्रश्वास दिन थाले । त्यही समयमा नजिकै रिपोर्टिङका लागि आएका फोटो पत्रकार रोको मोराबिटोले संयोगवश यो दृश्य देखे र त्यो संवेदनशील क्षणलाई तुरुन्तै आफ्नो क्यामेरामा कैद गरे । घटनास्थलमै मर्न सक्ने च्याम्पियन, थम्पसनको छिटो प्रतिक्रियाका…
उग्र बतासमा पनि नढल्ने बलियो घर बनाउने
प्रेम र भरोसाद्वारा एकताबद्ध भएको परिवार, एउटै डोरीमा बाँधिएर निर्माण भएको घर । यस्तो घर जस्तोसुकै उग्र बतास चले पनि नडगमगिने बलियो घर हो । मनग्गे धन र सम्मानका साथ जिए तापनि यदि मायालु परिवार नै छैन भने त्यो धनको के अर्थ ? समाजमा जतिसुकै सफलता हासिल गरेको मानिस नै भए पनि यदि उसले आफ्नो परिवारको राम्रो हेरचाह गर्दैन अथवा परिवारमा मान्यता प्राप्त गरेको छैन भने उसले साँचो खुशी महसुस गर्न सक्नेछैन । तर ठीक विपरीत, संसारका मानिसहरू सबैबाट आलोचना पाए तापनि यदि उसलाई विश्वास गर्ने र प्रोत्साहन दिने उसको परिवार छ भने ऊ एक दिन निश्चित आफ्नो खुट्टामा उभिन सक्नेछ, किनभने उसको परिवारले उसलाई अति महत्त्वपूर्ण व्यक्तिको रूपमा समर्थन गर्छ । “परिवार खुशी भएमा सबै कुरा राम्रो हुन्छ” भन्ने…
चक्लेट मिल्क
मेरा पतिले कामबाट घर फर्कंदा बनाना मिल्क किनेर ल्याउनुभयो । पहिले उहाँले त्यसो कहिल्यै गर्नुभएको थिएन । परिवारसँग मनोहर समय बिताउन चाहेर मैले सबै जना सँगै खाना खान बाहिर जाऔं भन्दाखेरि पनि उहाँले सीधै “तिमीहरू ३ जना जाओ” भन्नुहुन्थ्यो । त्यसैले म कहिलेकहीँ निराश हुन्थें । तर हिजोआज उहाँले प्रायः खाजाहरू, आइसक्रिम र हाम्रा बच्चाहरूलाई मन पर्ने कुराहरू ल्याउनुहुन्छ । वास्तवमा हाम्रा छोराहरूले बनाना मिल्क मन पराउँदैनन्, र उहाँले उनीहरूका लागि भनेर किनेर ल्याउनुभएकोले मैले साँचो कुरा उहाँलाई बताउन सकेकी थिइनँ । त्यसैले मैले “विभिन्न खानेकुरा किनेर ल्याउनु राम्रो छ । हाम्रा छोराहरूलाई चक्लेट मिल्क र स्ट्रबेरी मिल्क मन पर्छ” भनेर उहाँलाई सङ्केत दिएँ । तर त्यसपछि पनि उहाँले बनाना मिल्क नै किनेर ल्याइरहनुभयो । त्यसैले मैले नचाहँदा-नचाहँदै ती सबै…
होङ सन ओग / सउल, कोरिया
शुभ प्रभात भनेर अभिवादन गर्ने !
विगतका दिनहरूमा, कोरियामा हरेक बिहान छोरा-छोरीले आफ्ना बुबा-आमालाई अभिवादन गर्नु शिष्टाचार थियो । उनीहरूले हातमुख धोएर सफा लुगा लगाएपछि बुबा-आमाकहाँ गएर अभिवादन गर्थे । त्यसपछि उहाँहरूको ओछ्यान मिलाइदिने अथवा हातमुख धुनलाई पानी लगिदिने गर्थे । अहिलेको व्यस्त आधुनिक समाजमा यस्तो चलन हराएको त धेरै भइसक्यो, तर अभिवादनको महत्त्व भने बद्लिएको छैन । किनकि यो नै एक-अर्कासित स्वास्थ्य लाभको कामना गर्दै प्रेम र परवाह अभिव्यक्त गर्ने तरिका हो । यो महिनाचाहिँ बिहान उठेपछि आफ्ना परिवारलाई खुशीसाथ अभिवादन गर्दा कसो होला ? “राम्ररी सुत्नुभयो ?,” “राम्ररी सुत्यौ ?,” “शुभ प्रभात !” यसरी मुस्काउँदै बिहानीपख अभिवादन गर्दा खुशीसाथ एक दिनको शुभारम्भ गर्न सकिन्छ । शुभ बिहानीको अभिवादनसँगै हर्षपूर्ण एक दिनको निम्ति तयारी गरौं ! सुझाव बिहान आफ्नो परिवारलाई अभिवादन गर्न अलि चाँडो उठ्ने…
महान् लिडर, सफल फलोअर
कुनै पनि संस्था वा समूहका सदस्यहरूलाई नेतृत्व गर्ने वा अगाडि बढाउने व्यक्तिलाई लिडर ‘Leader’ भनिन्छ । Lead(leiden) भन्ने शब्दचाहिँ (lipana) भनिने जर्मन शब्दबाट व्युत्पन्न भएको हो जसको अर्थ हो, सहनु, धैर्य गर्नु वा कष्ट भोग्नु । तसर्थ योद्वारा लिडरको भूमिका सहज हुँदैन भन्ने कुरा बुझ्न सकिन्छ । लिडरको निर्देशन मान्दै उनलाई राम्ररी समूह चलाउनका लागि सहयोग गर्ने र कसैले नभनीकन पनि संस्थाको लक्ष्यअनुरूप आफै अगि सरेर काम गर्ने व्यक्तिलाई ‘फलोअर’ (अनुयायी) भनिन्छ । Follower (fultum) शब्दचाहिँ (follaziohan) भनिने जर्मन शब्दबाट व्युत्पन्न भएको हो, जसको अर्थ हो, सहयोग गर्नु, मद्दत गर्नु वा योगदान गर्नु । तसर्थ followerचाहिँ लिडरको कठिनाइलाई राम्ररी बुझेर पर्दा पछाडि रही पूर्ण रूपमा साथ दिने व्यक्ति हो । राम्रा फलोअरहरू जति धेरै हुन्छन्, त्यति नै राम्ररी एउटा समूह…
संसारकै सबैभन्दा उत्कृष्ट खाना, आमाले बनाउनुभएको खाना
आमाहरूको एउटा समूह आफ्ना हुर्किएका छोरा-छोरीहरूलाई भेट्न १० घण्टाभन्दा बढीको उडान भरेर टाढाको देशमा पुगे । आमाहरूले आफ्ना छोरा-छोरीले सानो छँदा घरमा प्रयोग गर्ने गरेका चम्चा, कप र कचौराहरू पनि साथमै लिएर गए । ती आमाहरूले छोरा-छोरी बस्ने गरेको त्यस विदेशी भूमिमा गोप्य रूपमा खाद्यान्न किनमेल गरे र उनीहरूको मनपर्ने परिकारहरू पकाए । के भइरहेको छ भन्ने कुराबाट अनविज्ञ, ती छोरा-छोरीहरू टेलिभिजन निर्माताहरूको निर्देशनमा आफ्ना आमाहरूले बनाएका परिकारहरू अगाडि राखेर टेबिलमा बसे । केही छोरा-छोरीले ती परिचित खानेकुराहरूको तस्विर खिचे र स्वाद लिँदै बिस्तारै खाए । त्यसपछि, अचानक एप्रन लगाएर खाना पस्कँदै गरेका आमाहरू देख्दा उनीहरू धुरुधुरु रोए । यो ‘संसारकै सबैभन्दा उत्कृष्ट खाना, आमाले बनाउनुभएको खाना’ शीर्षकको एउटा विज्ञापन भिडियो हो, जसले साधारण मानिसहरूको साँचो कहानीलाई प्रस्तुत गरेको छ…
डामहरू
“गो” (Go) खेलाडीहरूले सबैभन्दा बढी रुचाउने बोर्ड जाइफलको रूख बाट बनेको हुन्छ । जाइफलको रूखबाट बनेको बोर्डको रङ्ग र सुगन्ध राम्रो हुनुका साथै लचिलो पनि हुन्छ जसले गर्दा बोर्डमा ढुङ्गाका डामहरू बसे पनि त्यो आफै मेटिएर जान्छ र पहिलाको जस्तै हुन्छ । जाइफलको रूखबाट बनेका बोर्डहरूमध्ये सतहमा मसिना रेखा वा डाम भएका बोर्डलाई सबैभन्दा उत्कृष्ट मानिन्छ, तर यस्ता डामहरू अजानमै बन्ने गर्छन् । बोर्ड बनाउँदै गर्दा काठ चर्कियो भने त्यसलाई फ्याँकिदैन, तर कपडामा बेरेर छुट्टै ठाउँमा सुरक्षित राखिन्छ । केही वर्षपछि, तीमध्ये कतिपय काठहरू खुम्चिन र फुल्न थाल्छन्, तर त्यसका दरारहरू पछि आफै भरिएर पुरानै अवस्थामा फर्किन्छन् । यसरी तयार पारिएको गो बोर्डलाई उच्च श्रेणीको उत्पादनको रूपमा वर्गीकृत गरिन्छ । सतहमा डामहरू भए पनि यसलाई उत्कृष्ट गुणस्तरको मानिनुको कारणचाहिँ, चर्किएको…
बुबालाई पत्र
आलास्कामा बस्ने ९ वर्षको केटो, म्याकले सन् २००९मा अफगानिस्तानमा मारिनुभएका आफ्ना बुबाको हरेक जन्मदिनमा आमासँगै केक बनाएर भोज गर्ने गर्थ्यो । तर यो वर्षचाहिँ उसले एउटा विशेष पत्र लेख्यो । “बुबा, बाकसभित्र बस्नुहुँदा कस्तो लागिरा’छ ? तपाईं अहिले कति वर्षको हुनुभयो ? बित्नुहुँदा कति वर्षको हुनुहुन्थ्यो ? तपाईंलाई मनपर्ने खानेकुरा के हो ? मनपर्ने जनावर कुन हो ? तपाईंको रुचिचाहिँ नि त ? तपाईंलाई के गर्न एकदमै मन पर्छ ? स्वर्गको जीवनयापन कस्तो छ ? मैले गरेका कामहरू माथिबाट सबै देखिरहनुभएको छ नि, होइन ?” केवल ५ वर्षको छँदा बुबालाई गुमाएको म्याकको मनमा थुप्रै जिज्ञासाहरू थिए । म्याकचाहिँ आफूले बुबालाई कहिल्यै नभुलेको र अझैसम्म माया गरिरहेको कुरा देखाउन चाहन्थ्यो । म्याकले बुबालाई लेखेको पत्र, उसकी आमाले फेसबुकमा राखिदिइन्, अनि त्यो…
बुबाले सबैभन्दा चिन्ता गर्नुहुने सन्तान
मचाहिँ ४ छोरीहरूमध्येकी साहिँली हुँ । कोरियामा ‘साहिँलीलाई लैजान त अनुहार हेर्नै पर्दैन’ भन्ने एउटा पुरानो ठट्यौली छ । यद्यपि मचाहिँ बुबाले सबैभन्दा चिन्ता गर्नुहुने सन्तान थिएँ । सानो छँदा मलाई पोलियोको कारण उच्च ज्वरो आएको थियो । जसोतसो म मृत्युको मुखबाट उम्कें, तर मेरो कम्मरदेखि मुनिको भाग पक्षाघात हुने खतरामा थियो । मलाई जसरी भए पनि निको पार्नको लागि खेतबारीसमेत बेच्नुभएका मेरो बुबा-आमा हुनुभएकोले म लङ्गडी भए पनि हिँड्न भने सक्ने भएँ । मप्रति क्षमाप्रार्थी हुनुभएका बुबाले मलाई एक चोटि पनि गाली नगरी मायाले हुर्काउनुभयो । तर किशोरावस्थाबाट गुज्रने क्रममा निराश भएकी मैले, मेरो निम्ति कुनै कसर बाँकी नराख्नुभएका बुबा-आमालाई दोष दिँदै पढाइ छोड्ने निर्णय सुनाएँ । बुबाले मेरो भविष्यको खातिर कम्तीमा विद्यालयबाट उत्तीर्ण गर्नुपर्छ भन्नुहुँदै सम्झाउन खोज्नुहुँदा मलाई…
हा जङ ओ / जिन्जु, कोरिया
लिबेरोको मिशन
भलिबल टोलीमा भएका ६ जना खेलाडीहरूमध्ये एक जना खेलाडीको पोशाक अरूको भन्दा बेग्लै हुन्छ । उसलाई ‘लिबेरो’ भनिन्छ, जसको विशेषता नै प्रतिरक्षा क्षमता हो । उसलाई कुनै पनि खेलाडीको सट्टामा राख्न सकिने भएकोले उसलाई ‘लिबेरो’ अर्थात् ‘स्वतन्त्र’ खेलाडी पनि भनिन्छ । तर वास्तवमा उसलाई धेरै कुराहरूमा प्रतिबन्ध लगाइएको हुन्छ । बल नेटको उचाइभन्दा माथिबाट आउँदा उसले बललाई हान्न र रोक्न पाउँदैन तर विपक्षी टिमले हानेको बललाई उठाउने र जोडले आएको बललाई समात्ने गर्नुपर्छ । यसरी उसले अन्तिम रेखाको रक्षा गर्दै आफ्नो टोलीका सबै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ । यस्ता विशेषताहरूका कारण लिबेरोले बल हान्ने, छेक्ने कार्यमा वा जित निर्धारण गर्ने अङ्कमा केन्द्रित रहने दर्शकवृन्दको त्यति ध्यान खिँच्न सक्दैन । तर लिबेरोचाहिँ टिममा नभई नहुने एकदमै महत्वपूर्ण खेलाडी हो, किनभने मजबूत…
साँच्चै राम्रो गऱ्यौ !
एक जना आमा स्ट्रोलरमा सानो बालकलाई राखेर गुडाउँदै लिफ्टभित्र आउनुभयो । स्ट्रोलरमा रहेको बालकको कपाल एकदमै चम्किलो र आकर्षक थियो । त्यो बालकको नाडीमा मैले केही कुराको छाप देखें । त्योचाहिँ ‘Well Done, राम्रो गऱ्यौ’ भनेर लेखिएको छापजस्तै लाग्यो । “हेलो ! सानो बाबुको हातमा यो के हो नि ?” मैले त्यसरी सोध्दा उसकी आमाले नै जवाफ दिनुभयो । “यो त दिवा बाल-स्याहार केन्द्रकी शिक्षिकाले लगाइदिनुभएको छाप हो । उसलाई नुहाइदिँदाखेरि मेटाउन खोजेकी थिएँ, तर उसले रोएर मेटाउन नदिएकोले मैले त्यो मेटाइनँ । यसकारण त्यो छाप जस्ताको तस्तै छ ।” आमाले नुहाइदिँदा प्रशंसाको छाप मेटिने हो कि भनेर चिन्तित बनेको बालकको स्वरूपलाई सोच्दै म भित्रभित्रै मुस्काएँ । तब मलाई ‘प्रशंसाले ह्वेल माछालाई पनि नचाइदिन्छ’ भन्ने वाक्यांश याद आयो । जनावरहरू…
छोइ सग हुइ / सङनाम, कोरिया