विश्वास र जीवन
यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।
स्वर्ण पदकभन्दा अझ मूल्यवान कुरा
ओलम्पिक खेलहरूमा सुन, चाँदी र कास्य पदकहरू मात्र हुँदैनन् । त्यहाँ एउटा यस्तो पदक पनि हुन्छ जसको खेल नतिजासँग कुनै सम्बन्ध हुँदैन । अनि यसलाई सक्रिय खेलाडी नभए पनि जित्न सकिन्छ । वास्तवमा यो नै पियरे दे कुबर्टिन पदक (Pierre de Coubertin Medal) हो जुनचाहिँ साँचो खेल भावनालाई आत्मसात गर्ने व्यक्तिलाई दिइन्छ । यो पदकको नाम आधुनिक ओलम्पिक खेलका संस्थापकको नामबाट राखिएको हो । ओलम्पिकमा धेरै जना स्वर्ण पदक विजेता भएका छन् । तर यो पदक स्थापना भएको वर्ष सन् १९६४ देखि सन् २०१६ सम्म जम्मा १७ जनाले मात्र कुबर्टिन पदक जितेका छन् । त्यसैले योचाहिँ स्वर्ण पदकभन्दा पनि अझ सम्मानजनक पुरस्कार हो जस्तो लाग्छ । १७ जनामध्येका एक क्यानाडाका लरेन्स लेमिउक्सले सन् १९८८मा, सियोल ओलम्पिक खेल प्रतियोगितामा भाग लिएका थिए ।…
राम्ररी अध्ययन गर्ने तरिका
कुनै पनि कुरामा ज्ञान हासिल गर्दा त्यो कुरा राम्ररी बुझेको छ कि छैन भनेर थाहा पाउने एउटा तरिका छ । त्यो तरिका भनेकै अरूलाई बुझाउनु हो । कुनै कुरा थाहा भए पनि, यदि त्यसलाई शब्दमा उतार्न सकिँदैन भने, त्यसलाई पूर्ण रूपमा बुझेको भनेर भन्न सकिँदैन । त्यसैले यहुदीहरूको ‘हाव्रुता’ (Havruta) सिकाई विधिले धेरैको ध्यानाकर्षण गरेको छ, यो विधिले थुप्रै प्रखर दिमागहरू (प्रतिभावान व्यक्तिहरू) जन्माएको छ । यहुदी पुस्तकालयहरूको वातावरण अन्य पुस्तकालयभन्दा निकै फरक छ, जहाँ मानिसहरू किताबको पाना पल्टाउँदासमेत आवाज नआओस् भनेर होसियार हुन्छन् । हाव्रुता सिकाईअनुसार, उनीहरूले अध्ययन गर्ने, कण्ठ गर्ने, र एक-अर्काको आमनेसामने बसेर छलफल गर्ने जस्ता कार्यहरू गर्छन्, अनि आफ्नो कुरामा सहमत गराउने प्रयास पनि गर्छन् । यस प्रक्रियामार्फत, उनीहरू आफ्ना विचार र ज्ञानलाई व्यवस्थित गर्छन् ।…
भाइलाई बचाउन
सन् २०१३ अप्रिल महिनामा कोरियाको सउलमा प्राथमिक तहमा अध्ययनरत दुई दिदी-भाइ विद्यालयबाट घर फर्किरहेका थिए । घर फर्कने क्रममा उनीहरूले खेल मैदानको नजिकै बाढी पम्प गर्ने मेसिनको प्लेट[plate of a flood pumping]माथि केही बच्चाहरू तल-माथि उफ्रिरहेका देखे । ती बच्चाहरू सबै त्यहाँबाट गएपछि भाइचाहिँ त्यो ठाउँमा गएर उफ्रिन थाल्यो । उसकी १२ वर्षिया दिदीले भाइलाई त्यहाँबाट निकालेर ल्याउन खोज्दा अचानक प्लेट पल्टिएर दुवै जना स्टेसनभित्र खस्न पुगे । ८ मिटर उचाइको स्टेसनभित्र पानीको गहिराइ १३० से.मि.(४.३ फिट) थियो । धन्न दिदीको उचाइ १५३ से.मि.(५ फिट) भएकोले तिनले पानीको सतहभन्दा माथि टाउको निकालेर सास फेर्न सकिन्, तर भाइको उचाइ १४० से.मि.(४.६ फिट) भएकोले ऊ पूरै पानीमा डुबेको थियो । यसकारण भाइले सास फेर्न सक्ने गरी दिदीले उसलाई बोकेर आफ्नो पैताला उचालिन्…
खरबूजा प्रेमी बहिनी
‘खरबूजा सौखिन’ र ‘खरबूजा प्रेमी’ यीचाहिँ मैले मेरी बहिनीलाई दिएका उपनामहरू हुन् । उनलाई खरबूजा एकदमै मन पर्छ, तर मलाई चाहिँ त्यो खाँदाखेरि बीच-बीचमा बीउहरू आइरहने भएकोले अलि झन्झटिलो लाग्छ । बहिनी कामबाट घर आएपछि आमाले काटेर फ्रिजमा राखिदिनुभएको खरबूजा लिएर आफ्नो कोठामा जान्छिन् । अनि उत्साहित हुँदै सबै खरबूजा धमाधम खान्छिन् । उनले गर्मीयाममा त्यसो गरेको प्रायः म दिनहुँ देख्दछु । मैले आमालाई खरबूजा कहिले-कहिले किनेर ल्याउने गर्नुहुन्छ भनेर सोध्दाखेरि उहाँले एक हप्तामा एक चोटि किन्ने गरेको कुरा बताउनुभयो । मेरी बहिनी एकलैले एक महिनामा लगभग ५ वटा खरबूजा खाने गर्दिरहेछिन् । खरबूजा खाँदा-खाँदा कस्तो अमन नभएको होला भनेर म छक्क पर्थें । उनले जाडोयाममा समेत “खरबूजा खान मन लाग्यो” भन्ने गर्छिन् । कस्तो अचम्म ! पक्कै पनि आमाले…
होङ जङ उन / सउल, कोरिया
चोरको मन फर्काइदिएको नोट
बेलायतको सानो रिसोर्ट सहरमा एइलिन नाउँकी एक जना नर्स बसोबास गर्थिन् । बिरामीलाई भेट्न जाँदाखेरि प्रायः उनी साइकल प्रयोग गर्ने गर्थिन् । तर कुनै एक दिन, बिरामीलाई उपचार र परामर्श दिएर बाहिर निस्कँदा उनको साइकल गायब भएछ । त्यो दिनमा भेट्न जानुपर्ने बिरामीहरू धेरै थिए, अनि त्यो साइकल उनको साथीको चिनो पनि भएकोले उनलाई धेरै रीस उठेछ । तैपनि मनलाई शान्त पार्दै उनले एउटा नोट लेखेर भित्तामा टाँसिदिइछन् । “अनुरोध गर्छु । मेरो साइकल फिर्ता गरिदिनुहोस् । माया मात्र पाउँदैआएको त्यो मेरो साइकल, मालिकविना एकदमै डराउँछ ।” भोलिपल्ट, कतै पाइहालिन्छ कि भन्ने मन लिएर साइकल हराएको ठाउँमा गएकी ती नर्सको मुहारमा खुशीको मुस्कान लहराएछ । हराएको साइकल त नयाँ ताला लगाएर बत्तीको खम्बामा बाँधेर राखिएको थियो । “माफ गर्नुहोस् ।…
छोरा-छोरीहरू किशोरावस्थामा छन् भने
बच्चाहरू आमाबाट एकछिन मात्र छुट्टिनुपऱ्यो भने आकाशै खसेझैँ गरेर डाँको छोडेर रुने गर्छन् भने आमालाई देख्यो भने तुरुन्त मुस्काउँछन् । आमाले जे भने पनि उनीहरू सजिलै विश्वास गर्छन् । तर बच्चा हुर्किएर विद्यालय जान थालेपछि उसलाई आफ्नी आमासँग भन्दा साथीहरूसँग बढी समय बिताउन मन पर्छ, अनि उसले आमासँग कुराहरू लुकाउन थाल्छ । अझ उसमा झट्टै रिसाउने स्वभाव देखा पर्छ । अनि उसले बाहिरी स्वरूपमा बढी ध्यान दिने र आफ्नो कोठाको ढोका बन्द राख्ने गर्छ । यी सबै किशोरावस्थामा पुगेपछि देखा पर्ने स्वभावहरू हुन् । किशोरावस्था भनेको कुनै पनि बच्चाले वयस्क बन्ने क्रममा भोग्ने पीडाजस्तै हो । बुबा-आमाले पनि त्यो पीडा सँगै सहनुपर्ने हुन्छ । बच्चाहरूले आफ्नो शारीरिक र मानसिक परिवर्तनप्रति अनौठो महसुस गर्छन् भने बुबा-आमाचाहिँ आफ्ना बच्चाहरूको अनियन्त्रित व्यवहारप्रति चिन्तित…
परिवारको भावनाको कदर गर्ने !
मानिसमा खुशी, नैराश्यता, रिस, अपेक्षा, डर र कृतज्ञता जस्ता धेरै भावनाहरू हुन्छ । ती भावनालाई कसरी हुन्छ अभिव्यक्त गर्ने मन पनि हुन्छ, अनि अरू कसैले त्यसको कदर गरिदियो भने स्थिरता र खुशी महसुस हुन्छ । हामीले आफ्ना भावनाहरूलाई जीवन्त रूपले अभिव्यक्त गर्दै एक-अर्काको भावनालाई बुझिदिएर स्वीकार्नुचाहिँ वार्तालापको मूलभूत आधार पनि हो । एक-अर्काको सोचाइ फरक भए तापनि पहिला अर्को व्यक्तिको भावनालाई बुझिदियौं भने एक-अर्कासँग राम्ररी वार्तालाप गर्न सकिन्छ । यहाँहरू आफ्नो परिवारको कुरा सुनिदिँदै उनीहरूको भावनाको कतिको कदर गर्दैहुनुहुन्छ ? यो महिनामा आफ्नो परिवारका फरक-फरक भावनाहरूको कदर गर्दै सक्रियतापूर्वक सहानुभूति दर्शाउन कोसिस गर्नुहोस् । परिवारका भावनाहरू पनि परिवारजत्तिकै अमूल्य हुन्छन् । सुझाव परिवारको भावना पढ्ने (“तपाईं आज खुशी देखिनुहुन्छ त ।” “थकाइ लागेको छैन ?”) कुरा राम्ररी सुनिदिएर भावना…
मस्तिष्कले नजान्ने कुरा
हाम्रो शरीर मस्तिष्कको आदेशअनुसार चल्दछ । यदि मस्तिष्कले काम गर्न छोड्यो भने शरीरका अन्य अङ्गहरूले आफ्नो भूमिका राम्ररी निभाउन सक्दैनन् । त्यसैले त शरीरको सबैभन्दा महत्वपूर्ण अङ्ग नै मस्तिष्क हो । मस्तिष्कले शरीरको इन्धन भन्न सकिने रगत धेरै मात्रामा लिँदछ अर्थात् त्यसले त्यतिसम्म महत्वपूर्ण कार्यहरू गर्दछ भन्ने कुरा हो । तर मस्तिष्कको एउटा कमजोर पक्ष छ । यदि तपाईंले केही कुरा भन्नुभयो भने त्यो कसलाई भनेको हो भन्ने कुरा मस्तिष्कलाई थाहा हुँदैन । यदि तपाईंले कसैप्रति नकारात्मक बोली बोल्नुहुन्छ भने त्यो अरूलाई भनेको हो कि, आफैलाई भनेको हो भन्ने कुरा मस्तिष्कले राम्ररी छुट्ट्याउन सक्दैन र त्यसले शरीरमा तानव पैदा गर्ने हर्मोन छोड्न आदेश दिन्छ । तर यसको ठीक विपरीत यदि तपाईंले कसैप्रति सकारात्मक बोली बोल्नुहुन्छ भने मस्तिष्कले त्यो आफूलाई नै…
भाइले बनाएको अण्डाको परिकार
मेरो भाइ सानो छँदा उसलाई अण्डाका परिकारहरू बनाउन सिक्ने इच्छा थियो । त्यसैले आमाले हामीलाई भेला गर्नुभएर “भाइले पकाएको परिकार नमीठो भयो भने पनि खाइदिनू ल” भन्नुहुन्थ्यो । पहिलो पल्टमा अण्डा अलि पाकेको थिएन । कसैले पनि त्यो खान नचाहिरहेका बेला उसले आएर सोध्यो, “कस्तो छ, ठीकै छ कि ?” “उम्, साँच्चै स्वादिष्ट छ !” आमाले भन्नुभयो । आमाले भाइको प्रशंसा गर्नुभएपछि हामीलाई आँखाले इसारा गर्दै त्यो खान भन्नुभयो । त्यसैले त्यो खानुबाहेक हामीसित अर्को विकल्प थिएन । भाइले फेरि अण्डाको परिकार बनाउन लाग्दा आमाले त्यो पाकेको छ कि छैन भनेर जाँच्न प्रेमपूर्वक सिकाइदिनुभयो । त्यो नयाँ जानकारीद्वारा उसको आत्मविश्वास बढ्यो, र उसले अण्डालाई अझ बढी पकायो । ऊ आफ्नो पकाउने शैलीप्रति सन्तुष्ट भएझैँ देखिन्थ्यो । उसले तुरुन्तै चाखेर हाम्रा…
बिआङ्का पापापिएट्रो / जर्जिया, एटलान्टा, संयुक्त राज्य अमेरिका
उस्तै दिनचर्या भए पनि
के तपाईं आफ्नो एकैनासको र पट्यारलाग्दो दैनिक जीवनदेखि दिक्क हुनुहुन्छ ? एउटा रोजगार पोर्टल साइटले गरेको सर्वेक्षणअनुसार, जागिरेहरूले सबैभन्दा बढी निराशा तब महसुस गर्छन् जब उनीहरूलाई आफ्नो दिनचर्या हरेक दिन एउटै चक्रमा दोहोरिएको भान हुन्छ । घानीको गोरू घुमेझैँ प्रत्येक दिन एउटै चक्रमा लगातार काम गरिरहँदा कहिलेकहीँ थकाइ र वाक्क लाग्न सक्छ । तर सोचाइ परिवर्तन गर्दा जीवन नै बद्लिनेछ । विगत ६० वर्षभन्दा बढी समयदेखि सुसी बनाउँदै आएका एक प्रसिद्ध सुसी मास्टर सेफले यसो भनेका छन् । “कुनै पनि काममा विज्ञ वा मास्टर बन्ने अचुक उपाय भनेको हरेक दिन एउटै कुरालाई निरन्तर दोहोर्याउनु हो ।” कुनै एउटा काममा निरन्तर लागिरह्यो भने, उक्त काममा एक विज्ञ वा सिद्धहस्त बन्न सकिनेछ । दक्षता एकै दिनमा निर्माण हुँदैन, तर यो हरेक दिनको…
तपाईंलाई थाहा नहुँदा पनि
बेलायतका एक प्रख्यात कवि रोबर्ट ब्राउनिङद्वारा लिखित नाटकीय कविता ‘Pippa Passes’ की मुख्य पात्र पिपाचाहिँ भेनिसको एउटा रेसम कारखानामा काम गर्ने एक गरिब बालिका हुन् । वर्षभरि पाउने एक मात्र विशेष बिदाको दिन, पिपाले गाउँकै सबैभन्दा सुखी र खुसी जीवन जिइरहेका चार जना मानिसहरूको घर अगाडिबाट जाँदै हर्षोल्लासका साथ गीत गाउँछिन् । वास्तवमा, अरू कसैलाई थाहा नभएको पीडादायी समय बिताइरहेका उनीहरू, पिपाको गीत सुनेपछि आजसम्म कहिल्यै महसुस नगरेको शान्ति र स्वतन्त्रता महसुस गर्छन् । आफूले कति महान् काम गरें भन्ने कुराको पत्तो नपाई, पिपा आफ्नो बिदा त्यसै खेर गयो भन्ने कुरामा पछुतो मान्दै सुत्न जान्छिन् । हाम्रो आँखाले देख्ने कुरा नै सबथोक होइन । अदृश्य संसारमा के भइरहेको छ भन्ने कुरा हामीलाई थाहा नहुने भएकाले, आँखाले देख्ने कुरा मात्रै सबथोक…
सबैभन्दा महत्त्वपूर्ण कुरा
रिक रेस्कोर्ला अमेरिकी सेनाका एक अधिकारी थिए, र उनले आफ्नो अवकाशपछि न्यूयोर्कको एउटा लगानी बैंकमा सुरक्षा अधिकारीको रूपमा काम गरे । भवनको भुइँ तल्लामा भएको विष्फोटनपछि उनले कर्मचारीहरूलाई त्रैमासिक रूपमा सुरक्षित रूपमा कसरी बाहिर निस्कने भन्नेबारे कडा तालिम दिए । त्यो तालिम एकदमै कडा भएकोले मानिसहरूले काममा अवरोध भयो भन्दै गुनासो गरे । “कामभन्दा जीवन धेरै महत्त्वपूर्ण छ । आपत्कालीन अवस्थाको लागि तालिम अपरिहार्य छ ।” तालिमको आवश्यकतामा सधैँ जोड दिने रेस्कोर्लाको सन् २००१ सेप्टेम्बर ११ मा काम गर्दा गर्दै मृत्यु भयो । वर्ड ट्रेड सेन्टरको पहिलो भवनमा आतंकवादी हमला हुँदा, दोस्रो भवनमा भने आफ्नो स्थान नछोड्नका लागि निर्देशन दिइयो । त्यो निर्णय गलत भएको कुरा महसुस गर्दै, रिकले आफ्ना कर्मचारीहरूलाई तुरुन्तै भवन छोडेर बाहिर निस्कन निर्देशन दिए । आफूले…
छोरीको रुवाइको आवाजमा
नवजात शिशुले आफ्नो भावना व्यक्त गर्ने एक मात्र तरिका भनेको रुनु हो । त्यसैले आमा आफ्नो बच्चाको रोदनप्रति संवेदनशील हुन्छिन्, र रातको समयमा सुतिरहेको बेला बच्चा रोयो भने पनि उनी स्वतः बिउँझिन्छिन् । तर संसारमा एउटी यस्ती आमा पनि छिन्, जो सामान्य निद्राबाट मात्र होइन, आफ्नो बच्चा रोएको आवाज सुनेर कोमा (अचेत अवस्था) बाट समेत ब्युँझिएकी थिइन् । अमेरिकाको नर्थ क्यारोलिनामा बसोबास गर्ने सेली एन काउलीले दुई वर्षअघि बच्चा जन्माउने क्रममा मस्तिष्कमा अक्सिजनको कमी भएका कारण आफ्नो होस गुमाइन् । छोरीको जन्म भए तापनि आफ्नी श्रीमतीलाई गुमाउनुपर्ने हो कि भन्ने डरले सेलीका श्रीमान् अत्यन्तै चिन्तित हुँदै सेली ब्युँझिने प्रतिक्षामा बसिरहे । तर एक हप्तासम्म पनि उनमा ब्युँझिने कुनै लक्षण देखिएन । आशाको मधुरो किरण पनि हराउँदै गर्दा, एक नर्सको सल्लाहमा…
सङ्कष्ट नै अवसर हो
संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित योसेमाइट राष्ट्रिय निकुञ्जमा ८० मिटर अग्लो र ५ मिटर व्यास भएका विशाल रूखहरू छन् । यो एउटा विशाल रूख (सिक्वोया) हो, जसलाई ‘प्रेसिडेन्ट ट्री’ भनिन्छ । विशाल सिक्वोयाहरूमध्ये केही त ३,००० वर्षभन्दा पुराना छन् । चाखलाग्दो कुरा के छ भने, यी रूखहरूको फेदमा डढेका खतहरू देखिन्छन् । वास्तवमा यी रूखहरूचाहिँ ८० भन्दा बढी पटक डढेलोको सामना गरी ७ दिनसम्म लगातार लागेको डढेलोलाई सहेर जीवित रहेका रूखहरू हुन् । सुख्खा मौसममा रूखहरू बीचको घर्षण वा चट्याङका कारण नियमित रूपमा आगो लाग्ने जङ्गलमा, यी विशाल रूखहरू लामो समयसम्म बाँच्नुको रहस्यचाहिँ तिनीहरूमा भएको ३ फिट (१ मिटर) बाक्लो नरम बोक्रा हो । तिनीहरूको बोक्रामा प्रशस्त पानी हुने भएकोले सजिलै जल्दैनन् । आगलागी हुँदा तिनीहरूको बाक्लो बोक्राले आगोलाई प्रतिरोध गर्छ…
त्यो म होइन !
“अरू सबै जना मूर्ख बने तापनि, मलाई कसैले मूर्ख बनाउन सकेको छैन !” भनेर कम्तीमा एक चोटि भए पनि आफूलाई यसरी विश्वास दिलाउनुभएको छ होला । यहाँहरूले टेलिभिजन हेर्नुहुँदा वा इन्टरनेट चलाउनुहुँदा पनि यस्तो सोचाइ आएको हुन सक्छ । कहिलेकहीँ अश्लील वा हिंसात्मक दृश्यजस्ता हानिकारक विषयवस्तुहरू समावेश भएका कुराहरू हेर्दाखेरि ती कुराहरूले अरू मानिसहरूमा नराम्रो प्रभाव पारे तापनि आफूलाई चाहिँ त्यसले केही प्रभाव पार्दैन भनेर सोच्न पुगिएका अवस्थाहरू धेरै हुन सक्छ । यो अवस्थालाई ‘तेस्रो व्यक्ति प्रभाव’ भनिन्छ । सामाजिक सञ्जालका सन्देशहरूबाट सजिलै प्रभावित हुने अन्य व्यक्तिहरूको धारणाभन्दा आफ्नो धारणा उत्तम हो भन्ने आत्म-गौरवबाट यस्ता सोचाइहरू उत्पन्न हुने गर्छ । तर यसको ठीक विपरीत, सञ्चार माध्यममा सकारात्मक र सही सन्देशहरू समावेश भएको जनसेवा विज्ञापनहरूले अरूहरूमा भन्दा आफूमा अझ ठूलो प्रभाव…
के पति-पत्नीको झगडा चाँडै समाधान हुन्छ ?
बहस भएपछि तुरुन्त मिलाप गरिहाल्नु राम्रो त हो, तर त्योभन्दा उत्तम उपाय भनेको बहसलाई झगडाको रूप लिन नदिनु हो । पति-पत्नीबीच शत्रुझैँ झगडा हुन सक्छ, तर तिनीहरू खासै केही नभएझैँ गरी एकछिनमै मिलिहाल्छन् । त्यसैले भनिन्छ नि, ‘लोग्ने-स्वास्नीको झगडा, परालको आगो ।’ तर हिजोआज यो एउटा पुरानो भनाइमा मात्र सीमित छ जस्तो लाग्छ । अहिले सम्बन्धविच्छेद दर वर्षैपिच्छे वृद्धि भइरहेको छ, अनि पति-पत्नीबीच झगडा भएर रिसको झोँकमा पूरै घरै आगो लगाइदिने जस्ता विभिन्न दुर्घटना तथा अपराधहरू भइरहेको छ । भनिन्छ, हुरी चलेपछि बल्ल शान्ति छाउँछ, तर यदि हुरीले सीमा नाघ्यो भने त्यसलाई नियन्त्रण गर्न निकै गाह्रो पर्नेछ । माटोको भाँडा थोरै मात्र चर्केको छ भने त्यो आखिरमा फुटेरै छाड्छ । त्योजस्तै पति-पत्नीबीचको झगडा पनि जतिसुकै सानै भए पनि यदि लगातार…
जुम्ल्याहाको सन्देश
“नमस्कार ! हामी जुम्ल्याहा दाजुभाइ आज पहिलो पटक उडान भर्दैछौं । हामीहरू भर्खर १४ हप्ताका भयौं । हामीहरू ज्ञानी हुनलाई सक्दो कोसिस गर्नेछौं, तर कान दुखेर अथवा डर लागेर यदि शान्त हुन सकेनौं भने हामी यहाँहरूसित पहिल्यै माफी माग्न चाहन्छौं । हाम्रा बुबा-आमासँग कानलाई ट्याप्प बन्द गर्ने सामग्री छ, आवश्यक परेमा सम्पर्क गर्नुहोला । हामी दाजुभाइ २०E र २०F नम्बरको सिटमा बसिरहेका छौं । ल, यहाँहरू सबैलाई शुभ यात्रा !” संयुक्त राज्य अमेरिकाको अनलाइन सामाजिक सञ्जालमा, चकलेटको सानो प्याकेटमा टाँसिएको यो सन्देशसहित तस्वीर पनि अपलोड गरिएको थियो । जुम्ल्याहा दाजुभाइको त्यो सन्देशचाहिँ वास्तवमा उनीहरूका बुबा-आमाले लेखेका थिए । विमानमा पहिलो पटक चढेका छोराहरूको हल्लाप्रति बुबा-आमाले यात्रुहरूसँग अग्रीम क्षमायाचनास्वरूप ती चकलेटहरू बाँडेका थिए । तस्वीर अपलोड गरेका यात्रुले “मिजासिला र विचारशील…
फाल्नुपर्ने कुराको सूची
गर्नुपर्ने काम अथवा गर्न चाहेको काम छ भने एउटा सूची बनाएर त्यसलाई प्राथमिकताअनुसार क्रमबद्ध रूपमा मिलाएर राख्नुभयो भने यसले तपाईंलाई कुनै पनि काम ध्यानपूर्वक गर्न मद्दत पुऱ्याउँछ । तर यदि ती कुराहरूप्रति बढी नै सोच्न थाल्नुभयो भने तपाईंहरूको ध्यान भड्किन सक्छ, र आफ्नो लक्ष्य पूरा गर्न असफल बन्न पुग्नुहुनेछ । यस्तो अवस्थामा सबैभन्दा आवश्यक पर्ने कुरा नै ‘फाल्नुपर्ने कुराको सूची’ हो । संयुक्त राज्य अमेरिकाकी एक जना प्रभावशाली पत्रकार आरियाना हफिङटनले तिनको ४०औँ जन्मदिनमा, आफूले राम्ररी गर्न नसक्ने कार्य, आफूलाई मन नपर्ने कुरा, कुनै दिन गरूँला भनेर सोचेको तर खासमा गर्ने कुनै सम्भावना नदेखिएका कार्यहरू सबै लेखेर एउटा सूची बनाइन् । उदाहरणको लागि तिनको सूचीमा भएको एउटा कुरा नै स्की(बोर्डमा टेकेर हिउँमा चिप्लिने खेल) थियो । तिनलाई स्की खेल्न आउँदैनथ्यो,…
आमा र स्ट्रबेरी
म सानो छँदा हाम्रो परिवार एकदम गरीब थियो । एउटा कोठामा परिवारका ६ जना सदस्यहरू पल्टिँदा त यताउता हलचल गर्ने ठाउँ पनि हुँदैनथ्यो । बुबा-आमाले ४ जना सन्तानहरूलाई हुर्काउन अरूको खेत ठेक्कामा लिएर खेतीपाती गर्नुहुन्थ्यो । एक दिन म साह्रै बिरामी परेकीले विद्यालयबाट छुट्टी लिन चाहन्छु भनेर आमालाई भनें । घरमा एकलै रहँदा मेरो हेरचाह गर्न कोही नहुने भएकोले आमाले विद्यालय जानू भन्नुभयो । २ घण्टा हिँडेर विद्यालय आइपुग्दा मलाई यति गाह्रो भएको थियो, कि म डेस्कमा घोप्टो परेर बसें । मेरो अवस्था देखेर शिक्षिकाले मलाई घर पठाउन खोज्नुभयो । २ घण्टाको बाटो हिँड्नुपर्ने कुरा सोचेर मैले केहीबेर त्यहीँ आराम गर्छु भनें । तर अवस्था झन् गम्भीर भएर विद्यालय छुट्टी हुँदासम्म त ममा उठ्ने शक्तिसमेत थिएन । त्यो समयमा अप्रत्याशित…
बाग उन जा / गुमी, कोरिया
जोखिममा परेका सहकर्मीको निम्ति
एउटा मानिस बिजुलीको खम्बाको माथिल्लो भागमा सुरक्षा पेटीले बाँधिएकै अवस्थामा बेहोस भएर उल्टो झुण्डिरहेका थिए । अर्को खम्बामा चाहिँ अर्को एक जना मानिस जोखिमपूर्ण ढङ्गले झुण्डिएर, ती बेहोस भएका व्यक्तिलाई कृत्रिम श्वासप्रश्वास दिइरहेका थिए । आखिर यो के भएको होला ? सन् १९६७ जुलाईमा, अमेरिकाको फ्लोरिडास्थित ज्याक्सनभिल सहरमा अत्यधिक गर्मीका कारण बिजुलीको खपत बढ्दा सहरभरि बत्ती गयो । यसलाई मर्मत गर्न खटिएका इलेक्ट्रिसियन र्यान्डल च्याम्पियन खम्बामा चढेर काम गरिरहेको बेला अचानक करेन्ट लागेर बेहोस भए । यो देखेर उनका सहकर्मी थम्पसन हतारिँदै उनीकहाँ पुगेर कृत्रिम श्वासप्रश्वास दिन थाले । त्यही समयमा नजिकै रिपोर्टिङका लागि आएका फोटो पत्रकार रोको मोराबिटोले संयोगवश यो दृश्य देखे र त्यो संवेदनशील क्षणलाई तुरुन्तै आफ्नो क्यामेरामा कैद गरे । घटनास्थलमै मर्न सक्ने च्याम्पियन, थम्पसनको छिटो प्रतिक्रियाका…