विश्वास र जीवन

यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।

उग्र बतासमा पनि नढल्ने बलियो घर बनाउने

प्रेम र भरोसाद्वारा एकताबद्ध भएको परिवार, एउटै डोरीमा बाँधिएर निर्माण भएको घर । यस्तो घर जस्तोसुकै उग्र बतास चले पनि नडगमगिने बलियो घर हो । मनग्गे धन र सम्मानका साथ जिए तापनि यदि मायालु परिवार नै छैन भने त्यो धनको के अर्थ ? समाजमा जतिसुकै सफलता हासिल गरेको मानिस नै भए पनि यदि उसले आफ्नो परिवारको राम्रो हेरचाह गर्दैन अथवा परिवारमा मान्यता प्राप्त गरेको छैन भने उसले साँचो खुशी महसुस गर्न सक्नेछैन । तर ठीक विपरीत, संसारका मानिसहरू सबैबाट आलोचना पाए तापनि यदि उसलाई विश्वास गर्ने र प्रोत्साहन दिने उसको परिवार छ भने ऊ एक दिन निश्चित आफ्नो खुट्टामा उभिन सक्नेछ, किनभने उसको परिवारले उसलाई अति महत्त्वपूर्ण व्यक्तिको रूपमा समर्थन गर्छ । “परिवार खुशी भएमा सबै कुरा राम्रो हुन्छ” भन्ने…

चक्लेट मिल्क

मेरा पतिले कामबाट घर फर्कंदा बनाना मिल्क किनेर ल्याउनुभयो । पहिले उहाँले त्यसो कहिल्यै गर्नुभएको थिएन । परिवारसँग मनोहर समय बिताउन चाहेर मैले सबै जना सँगै खाना खान बाहिर जाऔं भन्दाखेरि पनि उहाँले सीधै “तिमीहरू ३ जना जाओ” भन्नुहुन्थ्यो । त्यसैले म कहिलेकहीँ निराश हुन्थें । तर हिजोआज उहाँले प्रायः खाजाहरू, आइसक्रिम र हाम्रा बच्चाहरूलाई मन पर्ने कुराहरू ल्याउनुहुन्छ । वास्तवमा हाम्रा छोराहरूले बनाना मिल्क मन पराउँदैनन्, र उहाँले उनीहरूका लागि भनेर किनेर ल्याउनुभएकोले मैले साँचो कुरा उहाँलाई बताउन सकेकी थिइनँ । त्यसैले मैले “विभिन्न खानेकुरा किनेर ल्याउनु राम्रो छ । हाम्रा छोराहरूलाई चक्लेट मिल्क र स्ट्रबेरी मिल्क मन पर्छ” भनेर उहाँलाई सङ्केत दिएँ । तर त्यसपछि पनि उहाँले बनाना मिल्क नै किनेर ल्याइरहनुभयो । त्यसैले मैले नचाहँदा-नचाहँदै ती सबै…

होङ सन ओग / सउल, कोरिया

शुभ प्रभात भनेर अभिवादन गर्ने !

विगतका दिनहरूमा, कोरियामा हरेक बिहान छोरा-छोरीले आफ्ना बुबा-आमालाई अभिवादन गर्नु शिष्टाचार थियो । उनीहरूले हातमुख धोएर सफा लुगा लगाएपछि बुबा-आमाकहाँ गएर अभिवादन गर्थे । त्यसपछि उहाँहरूको ओछ्यान मिलाइदिने अथवा हातमुख धुनलाई पानी लगिदिने गर्थे । अहिलेको व्यस्त आधुनिक समाजमा यस्तो चलन हराएको त धेरै भइसक्यो, तर अभिवादनको महत्त्व भने बद्‌लिएको छैन । किनकि यो नै एक-अर्कासित स्वास्थ्य लाभको कामना गर्दै प्रेम र परवाह अभिव्यक्त गर्ने तरिका हो । यो महिनाचाहिँ बिहान उठेपछि आफ्ना परिवारलाई खुशीसाथ अभिवादन गर्दा कसो होला ? “राम्ररी सुत्नुभयो ?,” “राम्ररी सुत्यौ ?,” “शुभ प्रभात !” यसरी मुस्काउँदै बिहानीपख अभिवादन गर्दा खुशीसाथ एक दिनको शुभारम्भ गर्न सकिन्छ । शुभ बिहानीको अभिवादनसँगै हर्षपूर्ण एक दिनको निम्ति तयारी गरौं ! सुझाव बिहान आफ्नो परिवारलाई अभिवादन गर्न अलि चाँडो उठ्ने…

महान् लिडर, सफल फलोअर

कुनै पनि संस्था वा समूहका सदस्यहरूलाई नेतृत्व गर्ने वा अगाडि बढाउने व्यक्तिलाई लिडर ‘Leader’ भनिन्छ । Lead(leiden) भन्ने शब्दचाहिँ (lipana) भनिने जर्मन शब्दबाट व्युत्पन्न भएको हो जसको अर्थ हो, सहनु, धैर्य गर्नु वा कष्ट भोग्नु । तसर्थ योद्वारा लिडरको भूमिका सहज हुँदैन भन्ने कुरा बुझ्न सकिन्छ । लिडरको निर्देशन मान्दै उनलाई राम्ररी समूह चलाउनका लागि सहयोग गर्ने र कसैले नभनीकन पनि संस्थाको लक्ष्यअनुरूप आफै अगि सरेर काम गर्ने व्यक्तिलाई ‘फलोअर’ (अनुयायी) भनिन्छ । Follower (fultum) शब्दचाहिँ (follaziohan) भनिने जर्मन शब्दबाट व्युत्पन्न भएको हो, जसको अर्थ हो, सहयोग गर्नु, मद्दत गर्नु वा योगदान गर्नु । तसर्थ followerचाहिँ लिडरको कठिनाइलाई राम्ररी बुझेर पर्दा पछाडि रही पूर्ण रूपमा साथ दिने व्यक्ति हो । राम्रा फलोअरहरू जति धेरै हुन्छन्, त्यति नै राम्ररी एउटा समूह…

संसारकै सबैभन्दा उत्कृष्ट खाना, आमाले बनाउनुभएको खाना

आमाहरूको एउटा समूह आफ्ना हुर्किएका छोरा-छोरीहरूलाई भेट्न १० घण्टाभन्दा बढीको उडान भरेर टाढाको देशमा पुगे । आमाहरूले आफ्ना छोरा-छोरीले सानो छँदा घरमा प्रयोग गर्ने गरेका चम्चा, कप र कचौराहरू पनि साथमै लिएर गए । ती आमाहरूले छोरा-छोरी बस्ने गरेको त्यस विदेशी भूमिमा गोप्य रूपमा खाद्यान्न किनमेल गरे र उनीहरूको मनपर्ने परिकारहरू पकाए । के भइरहेको छ भन्ने कुराबाट अनविज्ञ, ती छोरा-छोरीहरू टेलिभिजन निर्माताहरूको निर्देशनमा आफ्ना आमाहरूले बनाएका परिकारहरू अगाडि राखेर टेबिलमा बसे । केही छोरा-छोरीले ती परिचित खानेकुराहरूको तस्विर खिचे र स्वाद लिँदै बिस्तारै खाए । त्यसपछि, अचानक एप्रन लगाएर खाना पस्कँदै गरेका आमाहरू देख्दा उनीहरू धुरुधुरु रोए । यो ‘संसारकै सबैभन्दा उत्कृष्ट खाना, आमाले बनाउनुभएको खाना’ शीर्षकको एउटा विज्ञापन भिडियो हो, जसले साधारण मानिसहरूको साँचो कहानीलाई प्रस्तुत गरेको छ…

डामहरू

“गो” (Go) खेलाडीहरूले सबैभन्दा बढी रुचाउने बोर्ड जाइफलको रूख बाट बनेको हुन्छ । जाइफलको रूखबाट बनेको बोर्डको रङ्ग र सुगन्ध राम्रो हुनुका साथै लचिलो पनि हुन्छ जसले गर्दा बोर्डमा ढुङ्गाका डामहरू बसे पनि त्यो आफै मेटिएर जान्छ र पहिलाको जस्तै हुन्छ । जाइफलको रूखबाट बनेका बोर्डहरूमध्ये सतहमा मसिना रेखा वा डाम भएका बोर्डलाई सबैभन्दा उत्कृष्ट मानिन्छ, तर यस्ता डामहरू अजानमै बन्ने गर्छन् । बोर्ड बनाउँदै गर्दा काठ चर्कियो भने त्यसलाई फ्याँकिदैन, तर कपडामा बेरेर छुट्टै ठाउँमा सुरक्षित राखिन्छ । केही वर्षपछि, तीमध्ये कतिपय काठहरू खुम्चिन र फुल्न थाल्छन्, तर त्यसका दरारहरू पछि आफै भरिएर पुरानै अवस्थामा फर्किन्छन् । यसरी तयार पारिएको गो बोर्डलाई उच्च श्रेणीको उत्पादनको रूपमा वर्गीकृत गरिन्छ । सतहमा डामहरू भए पनि यसलाई उत्कृष्ट गुणस्तरको मानिनुको कारणचाहिँ, चर्किएको…

बुबालाई पत्र

आलास्कामा बस्ने ९ वर्षको केटो, म्याकले सन् २००९मा अफगानिस्तानमा मारिनुभएका आफ्ना बुबाको हरेक जन्मदिनमा आमासँगै केक बनाएर भोज गर्ने गर्थ्यो । तर यो वर्षचाहिँ उसले एउटा विशेष पत्र लेख्यो । “बुबा, बाकसभित्र बस्नुहुँदा कस्तो लागिरा’छ ? तपाईं अहिले कति वर्षको हुनुभयो ? बित्नुहुँदा कति वर्षको हुनुहुन्थ्यो ? तपाईंलाई मनपर्ने खानेकुरा के हो ? मनपर्ने जनावर कुन हो ? तपाईंको रुचिचाहिँ नि त ? तपाईंलाई के गर्न एकदमै मन पर्छ ? स्वर्गको जीवनयापन कस्तो छ ? मैले गरेका कामहरू माथिबाट सबै देखिरहनुभएको छ नि, होइन ?” केवल ५ वर्षको छँदा बुबालाई गुमाएको म्याकको मनमा थुप्रै जिज्ञासाहरू थिए । म्याकचाहिँ आफूले बुबालाई कहिल्यै नभुलेको र अझैसम्म माया गरिरहेको कुरा देखाउन चाहन्थ्यो । म्याकले बुबालाई लेखेको पत्र, उसकी आमाले फेसबुकमा राखिदिइन्, अनि त्यो…

बुबाले सबैभन्दा चिन्ता गर्नुहुने सन्तान

मचाहिँ ४ छोरीहरूमध्येकी साहिँली हुँ । कोरियामा ‘साहिँलीलाई लैजान त अनुहार हेर्नै पर्दैन’ भन्ने एउटा पुरानो ठट्यौली छ । यद्यपि मचाहिँ बुबाले सबैभन्दा चिन्ता गर्नुहुने सन्तान थिएँ । सानो छँदा मलाई पोलियोको कारण उच्च ज्वरो आएको थियो । जसोतसो म मृत्युको मुखबाट उम्कें, तर मेरो कम्मरदेखि मुनिको भाग पक्षाघात हुने खतरामा थियो । मलाई जसरी भए पनि निको पार्नको लागि खेतबारीसमेत बेच्नुभएका मेरो बुबा-आमा हुनुभएकोले म लङ्गडी भए पनि हिँड्न भने सक्ने भएँ । मप्रति क्षमाप्रार्थी हुनुभएका बुबाले मलाई एक चोटि पनि गाली नगरी मायाले हुर्काउनुभयो । तर किशोरावस्थाबाट गुज्रने क्रममा निराश भएकी मैले, मेरो निम्ति कुनै कसर बाँकी नराख्नुभएका बुबा-आमालाई दोष दिँदै पढाइ छोड्ने निर्णय सुनाएँ । बुबाले मेरो भविष्यको खातिर कम्तीमा विद्यालयबाट उत्तीर्ण गर्नुपर्छ भन्नुहुँदै सम्झाउन खोज्नुहुँदा मलाई…

हा जङ ओ / जिन्जु, कोरिया

लिबेरोको मिशन

भलिबल टोलीमा भएका ६ जना खेलाडीहरूमध्ये एक जना खेलाडीको पोशाक अरूको भन्दा बेग्लै हुन्छ । उसलाई ‘लिबेरो’ भनिन्छ, जसको विशेषता नै प्रतिरक्षा क्षमता हो । उसलाई कुनै पनि खेलाडीको सट्टामा राख्न सकिने भएकोले उसलाई ‘लिबेरो’ अर्थात् ‘स्वतन्त्र’ खेलाडी पनि भनिन्छ । तर वास्तवमा उसलाई धेरै कुराहरूमा प्रतिबन्ध लगाइएको हुन्छ । बल नेटको उचाइभन्दा माथिबाट आउँदा उसले बललाई हान्न र रोक्न पाउँदैन तर विपक्षी टिमले हानेको बललाई उठाउने र जोडले आएको बललाई समात्ने गर्नुपर्छ । यसरी उसले अन्तिम रेखाको रक्षा गर्दै आफ्नो टोलीका सबै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ । यस्ता विशेषताहरूका कारण लिबेरोले बल हान्ने, छेक्ने कार्यमा वा जित निर्धारण गर्ने अङ्कमा केन्द्रित रहने दर्शकवृन्दको त्यति ध्यान खिँच्न सक्दैन । तर लिबेरोचाहिँ टिममा नभई नहुने एकदमै महत्वपूर्ण खेलाडी हो, किनभने मजबूत…

साँच्चै राम्रो गऱ्यौ !

एक जना आमा स्ट्रोलरमा सानो बालकलाई राखेर गुडाउँदै लिफ्टभित्र आउनुभयो । स्ट्रोलरमा रहेको बालकको कपाल एकदमै चम्किलो र आकर्षक थियो । त्यो बालकको नाडीमा मैले केही कुराको छाप देखें । त्योचाहिँ ‘Well Done, राम्रो गऱ्यौ’ भनेर लेखिएको छापजस्तै लाग्यो । “हेलो ! सानो बाबुको हातमा यो के हो नि ?” मैले त्यसरी सोध्दा उसकी आमाले नै जवाफ दिनुभयो । “यो त दिवा बाल-स्याहार केन्द्रकी शिक्षिकाले लगाइदिनुभएको छाप हो । उसलाई नुहाइदिँदाखेरि मेटाउन खोजेकी थिएँ, तर उसले रोएर मेटाउन नदिएकोले मैले त्यो मेटाइनँ । यसकारण त्यो छाप जस्ताको तस्तै छ ।” आमाले नुहाइदिँदा प्रशंसाको छाप मेटिने हो कि भनेर चिन्तित बनेको बालकको स्वरूपलाई सोच्दै म भित्रभित्रै मुस्काएँ । तब मलाई ‘प्रशंसाले ह्वेल माछालाई पनि नचाइदिन्छ’ भन्ने वाक्यांश याद आयो । जनावरहरू…

छोइ सग हुइ / सङनाम, कोरिया

जीवन बचाउने आविष्कार

ज्याक एन्ड्राकाले, किशोरावस्थामा एक प्यान्क्रियाटिक क्यान्सर पत्ता लगाउने क्रान्तिकारी उपकरणको आविष्कार गरे । आफ्नो परिवारको सदस्यजस्तै मानिने बुबाको साथीको प्यान्क्रियाटिक क्यान्सरका कारण अचानक मृत्यु भएपछि, उनी गहिरो शोकमा डुबे । त्यसपछि उनले प्यान्क्रियाटिक क्यान्सरको बारेमा अनुसन्धान गर्न सुरु गरे । सुरुवाती चरणमा पहिचान गर्न गाह्रो हुने भएकोले क्यान्सरमध्ये सबैभन्दा कम बाँच्ने दर देखिएको प्यान्क्रियाटिक क्यान्सरको परीक्षण विधि पुरानो हुनुका साथै यसको शुद्धता कम र लागत महँगो हुने समस्या थियो । ३ महिना लगाएर ८,००० भन्दा बढी प्रोटिनहरूको अध्ययन गरेपछि, एन्ड्राकाले अन्ततः प्यान्क्रियाटिक क्यान्सरसँग प्रतिक्रिया देखाउने ‘मेसोथेलिन’ (mesothelin) नामक प्रोटिन पत्ता लगाए । उनले यसमा एन्टिबडी र कार्बन न्यानोट्युबहरूलाई मिलाएर एउटा परीक्षण किट (diagnosis kit) तयार गरे । उनले बनाएको परीक्षण किटले ५ मिनेटभन्दा कम समयको परीक्षणबाट प्यान्क्रियाटिक क्यान्सर मात्र नभई…

परीक्षाहरू

शुद्ध सुनबाट बनेका गर-गहनाहरू सुन्दर मात्र देखिँदैनन् तर समयसँगै अपरिवर्तित रहने वा खिया नलाग्ने विशेषताका पनि हुन्छन् । प्राचीन कालदेखि नै शुद्ध सुनको मूल्य अपरिवर्तनीय रूपमा कायम रहँदैआएको छ । शुद्ध सुनले, सुन खानीबाट शुद्ध गरिएको अथवा अन्य धातुसँग नमिसिएको सुनलाई बुझाउँछ । आगोमा खारिने प्रक्रियामार्फत सबै अशुद्धताहरू हटेपछि, बल्ल त्यो सुन शुद्ध बन्छ । परमेश्वरले हामीलाई पूर्ण परमेश्वरको मानिस बनाउने प्रक्रिया पनि शुद्ध सुन बनाउने प्रक्रियाजस्तै हो । आगोको भट्टीमा हाल्दा सुनबाट सबै प्रकारका अशुद्धताहरू हटेजस्तै परमेश्वरले हामीलाई विश्वासको मार्गमा विभिन्न परीक्षामार्फत एक-एक गर्दै आत्मिक अशुद्धताहरू हटाउन लगाउनुहुन्छ र स्वर्गीय राजकीय पूजाहारीहरूको गुणहरूले सुसज्जित पार्नुहुन्छ । हामी कुनै पनि दाग वा खोटविनाको सुन्दर स्वरूपमा नयाँ गरी जन्मिएर, सधैँभरि चम्किरहने स्वर्गीय महिमामा सहभागी हुने भएकोले दुःख र कष्ट पनि हाम्रो…

हेल्पर्स हाइ(सेवाभावको सन्तुष्टि)

कुनै सर्तविना अरूलाई मद्दत गर्दा शरीरमा इन्डोफिर्न (endorphins)को मात्रा बढ्छ र यसले मानिसलाई आनन्दित महसुस गराउनुका साथै शरीरमा सकारात्मक परिवर्तनहरू ल्याउन मद्दत गर्दछ । यसलाई मनोचिकित्सकको भाषामा ‘हेल्परस हाई’ भनिन्छ । शाब्दिक रूपमा भन्नुपर्दा, यसको अर्थ मद्दत गर्ने व्यक्तिले महसुस गर्ने उत्कृष्ट मनोवैज्ञानिक सन्तुष्टि हो । एउटा अनुसन्धानले देखाएको छ, कि हप्तामा ८ घण्टाभन्दा बढी अरूलाई मद्दत गर्ने ३,००० स्वयंसेवकहरूमध्ये ९५% ले ‘हेल्पर्स हाई’ (helper’s high) को अनुभव गर्छन् । जबरजस्ती गरिने सेवा पनि उस्तै नै हो । मुख्यतया अपराधीहरूसँग व्यवहार गर्ने एक कानुनी व्यवसायी भन्छन् कि, प्रोबेशन (परिक्षण काल) र सामुदायिक सेवाको आदेशसहित निलम्बित सजाय पाएका विचाराधीन कैदीहरूले सुरुमा दबाबमा परेर सेवा गरे तापनि बिस्तारै उनीहरूले साँचो मनले सेवा गर्न थाल्छन् । सेवा भनेको अरूलाई मद्दत गर्नु त हो…

घरमा ‘हाँसो उपकरण’ राख्ने !

उज्यालो मुस्कानले भरिएको अनुहारले आफूमा खुशीको बहार ल्याउनुको साथै हेर्ने व्यक्तिलाई समेत यसले खुशी दिलाउँछ । यसको साथै नजिकको व्यक्तिलाई प्रेम अभिव्यक्त गर्दै समर्थन र हौसला प्रदान गर्ने यो सबैभन्दा उत्तम तरिका पनि हो । अझ धेरै हाँस्नको निम्ति ‘हाँसो उपकरण’लाई आफ्नो घरको ठाउँ-ठाउँमा राखिहेरौं । ठूलो सोरले १० सेकेण्डभन्दा बढी हाँस्यो भने हाँसोको प्रभाव झन्-झन् बढ्दैजान्छ । विभिन्न हाँसो उपकरणहरू राखेर आफ्नो परिवारसँगै सक्दो हाँस्ने गरौं । नैराश्यता विलीन भएर घरमा खुशी मात्र पोखिनेछ ! सुझाव हाँसो क्षेत्र : यो ठाउँमा पुग्नासाथ हाँसिहाल्ने (‘यो हाँसो क्षेत्र हो,’ ‘यहाँ आयो भने हाँसो प्रस्फुटन हुन्छ’ इत्यादि लेखेर टाँस्ने) हाँसो रेखा : यो रेखा पार गर्दैपिच्छे हाँस्ने (‘यो ठाउँ पार गर्दा हाँस्नुहोस्’ लेखेर टाँस्ने) हाँसो समय : कुनै समय तोकेर सँगै हाँस्ने…

वुडपिकर चराको ब्रुड प्याच [brood patch]

प्वाँखहरू एकदमै हलुका हुन्छ, तर त्यसमा उत्तम ताप स्थिरता हुन्छ । यसकारण जाडो याममा फेदरबाट बनेका ज्याकेटहरू मानिसहरूमाझ लोकप्रिय बन्ने गर्छ । तर वुडपिकर चराले चाहिँ शरीर ढाक्ने प्वाँखहरू आफैले उखेलेर त्यसलाई न्यानो पार्ने गर्छ । कारण एक वाक्यमा भन्ने हो भने, आफ्नो बचेराको निम्ति ! वुडपिकरले ओथारो बस्दाखेरि अण्डामाथि पर्ने आफ्नो पेटवरिपरिका प्वाँखहरूलाई जानी-जानी उखेल्ने गर्छ । नाङ्गो भागमा रगत जम्मा हुनुको साथै त्यहाँको ताप उच्च हुन्छ । ओथारो बस्दाखेरि रगत जम्मा भएको नाङ्गो भागबाट अण्डामा अझ ताप प्रवाह गर्न सकिन्छ । यसरी वुडपिकरले अण्डामा न्यानोपन प्रवाह गर्नको निम्ति शरीरमा बनाउने प्वाँखरहित नाङ्गो भागलाई नै ‘ब्रुड प्याच’ भनिन्छ । प्रायः सबै चराहरूमा मुनिपट्टि ब्रुड प्याच स्वतः बनिरहेको हुन्छ, तर वुडपिकरले चाहिँ आफ्नो शरीरबाट आफैले प्वाँख उखेल्ने गर्छ । अझ…

बुद्धिमान् चराको कुञ्जी

काग, एयाजुर विंग्ड-म्यागपाइस(नीलपंख काग), नाइटिङगेल(बुलबुल), म्यागपाइस(लामपुच्छ्रे काग) लगायत कागको परिवारमा पर्ने चराहरू अन्य प्रजातिका चराहरूको तुलनामा सबैभन्दा चलाख हुन्छन् । वास्तवमा भन्ने हो भने, केही म्यागपाइस वा कागहरूले आयतनको धारणाका साथै समयको बहावसमेत बुझ्न सक्छन्, अनि ऐनामा प्रतिबिम्बित चित्रद्वारा आफैलाई चिन्न सक्छन् । भनिन्छ, तिनीहरूले बिताउने फुर्सदको समय, आफ्नै संस्कृति र तिनीहरूको आफ्नै भाषा पनि हुन्छ । विशेष गरी, न्यू क्यालेडोनियन कागहरूले तारलाई बङ्ग्याएर त्यसको प्रयोगद्वारा बोतलबाट खानेकुरासमेत निकाल्न सक्छन् । वन्यजन्तुहरूमध्ये सबैभन्दा चतुर मानिने चिम्पान्जीले पनि तिनीहरूले बनाएजस्तै अङ्कुसे बनाउन सक्दैनन् । जर्मनीको म्याक्स प्ल्याङ्क संस्थाले कागको परिवारका १२७ वटा प्रजातिका चराहरूको तथ्याङ्कद्वारा बचेराहरूको पालनपोषणको अवधि र संज्ञानात्मक क्षमताबीचको सम्बन्धलाई विश्लेषण गरेको थियो । उनीहरूले बचेराको पालनपोषणको अवधिले चराको संज्ञानात्मक क्षमतामा ठूलो प्रभाव पार्ने कुरा पत्ता लगाए । कागको…

सहकार्यको शक्ति

हिग्स बोसोन भनेको ब्रह्माण्डलाई रचना गर्ने एक तात्त्विक कण हो, यसले आधुनिक भौतिक विज्ञानमार्फत ब्रह्माण्डबारे वर्णन गर्न एक महत्त्वपूर्ण भूमिका खेल्छ । यद्यपि भौतिकशास्त्रीहरू हिग्स बोसोनको अस्तित्वबारे पहिल्यै अवगत भइसकेका भए तापनि करीब ५० वर्षसम्म यसको अस्तित्वलाई प्रमाणित गर्न तिनीहरू असफल भए । हिग्स बोसोनको अस्तित्व प्रमाणित भएको ठाउँ नै CERN(युरोपेली आणविक अनुसन्धान सङ्गठन) थियो । विश्वभरिका १०,००० भौतिकशास्त्रीहरूसँगको सहकार्यमा CERNले २५ वर्षमा २७ कि.मि. लामो शक्तिशाली कण त्वरक LHC(Large Hadrom Collider) सफलतापूर्वक विकास गरी निर्माण गऱ्यो । हजारौँ भौतिकशास्त्रीहरूको वर्षौँको कडा परिश्रमपछि अन्ततः सन् २०१२मा हिग्स बोसोनको अस्तित्व प्रमाणित भयो । यस्तो सहकार्यको प्रणाली CERNको सफलताको मुख्य कारकको रूपमा देखियो । CERNका पूर्व उपनिर्देशक सेर्जियो बेर्तोलुचीले सयौँ देशहरूबाटका वैज्ञानिकहरू, आफ्नो जन्मथलो, भाषा, संस्कृति, जीवनशैली र सोच्ने तरिकामा भिन्न भए…

मभन्दा फरक भए पनि

एउटा छावा(हात्तीको बच्चा) पुतलीलाई पछ्याउने क्रममा गल्तीले बच्चा जिराफहरू खेलिरहेको ठाउँमा पुग्यो । छावालाई पहिलो पटक देखेका बच्चा जिराफहरूले उसको विषयमा टिप्पणी गर्न थाले । “ए साथी हो, त्यहाँ हेर त ।” “ओहो ! कति लामो नाक ।” “हा हा, कस्तो अनौठो देखिएको ।” त्यसरी गिल्ला पाएको छावा रुँदै घर फर्कियो । छक्क पर्दै माउ हात्तीले के भयो भनेर सोधिन् । छावाले सबै कुरा बताएपछि माउ हात्तीले यसो भनिन्, “जिराफहरूले तिम्रो खिल्ली उडाए पनि केही परिवर्तन हुँदैन । समस्याचाहिँ तिमी होइनौं, तर उनीहरूको गिज्याउने व्यवहार हो ।” अर्को दिन, छावाको गिल्ला गरेको एउटा बच्चा जिराफ बाटो बिराएर हात्तीको बथान भएको ठाउँमा आइपुग्यो । जिराफलाई पहिलो पटक देखेका सबै छावाहरूले उसको विषयमा टिप्पणी गर्न थाले । “कस्तो हाँसउठ्दो !” “उसको घाँटी…

​खुशी परिवारको अत्यावश्यक सद्गुण, ‘धन्यवाद’

नेल्सन मन्डेला, जातिवादको विरुद्धमा लडेकाले सजायस्वरूप २७ वर्षको कारावास जीवन बिताएर सन् १९९०मा मुक्त भए । मानिसहरूले ७० वर्षका मन्डेला कुप्रो बूढोको स्वरूपमा बाहिर निस्कन्छन् भन्ठानेका थिए, तर तिनी एकदम स्वस्थ र तन्दुरुस्त स्वरूपमा बाहिर निस्केका देखेर मानिसहरू छक्क परे । एक जना पत्रकारले त्यसको राज सोध्दाखेरि नेल्सन मन्डेलाले यस्तो जवाफ दिए : “मैले जेलमा सधैँ परमेश्वरलाई धन्यवाद चढाएँ । आकाशतिर हेर्दा पनि धन्यवाद चढाएँ, जमिनमा हेर्दा पनि धन्यवाद चढाएँ, पानी पिउँदा पनि, खाना खाँदा पनि, श्रम शिविरमा काम गर्दा पनि धन्यवाद चढाएँ । मैले सधैँ धन्यवाद चढाएकोले यसरी स्वस्थ रहन सकेको हुँ ।” क्याम्पसमा अध्ययनरत एक जना विद्यार्थीको गाडी दुर्घटनामा परेर पूरै शरीर तेस्रो डिग्रीसम्म जल्यो । सुन्दर र फुर्तिला तिनको स्वरूप अब भने रहेन । पूरै शरीरमा पट्टी…

प्रेमको शक्तिद्वारा सन्तानलाई जित्नुहुने आमा

मैले भाँडा माझिरहेको बेला मोबाइलमा घण्टी बज्यो । ‘आमा’ हेरेर मात्र पनि मैले यसो अनुमान लगाएँ । आमाले घरमा बनेका केही परिकारहरू लिन बोलाउन फोन गर्नुभएको हो जस्तो लाग्यो । ‘मैले पहिला फोन गर्नुपर्ने’ भनेर म क्षमाप्रार्थी भएँ । मेरा चार दिदीहरू र एक जना भाइ छन् । मेरो उमेर ४० कटिसकेको भए पनि आमाको नजरमा म अझै पनि उहाँलाई पिरोलिरहने कान्छी छोरीजस्तै छु । वास्तवमा सबैभन्दा कान्छोचाहिँ मेरो भाइ हो, तर ऊ अलि परिपक्व भएकोले होला आमाले मलाई कान्छोलाई झैँ व्यवहार गर्नुहुन्छ । मैले बच्चाले जस्तै “आमा” भन्दै फोन उठाएँ । मेरो अनुमान सही रहेछ । अघिल्लो दिनमा भेटघाटको लागि आउनुभएका मेरा काका-काकीले आमालाई फलफूल, मासु इत्यादि भोजनहरू टन्नै दिएर जानुभएको रहेछ, आमाले मलाई आएर केही लैजानको लागि बोलाउनुभयो…

इ सु जा / गुमी, कोरिया

प्रेमको शक्तिद्वारा सन्तानलाई जित्नुहुने आमा

11:39
0:00 11:39

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।