विश्वास र जीवन

यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।

साँचो विचारशीलता

एक दिन, गान्धी व्यावसायिक यात्राका लागि निस्किए । रेल स्टेशनमा आइपुग्दा, उनी गुड्न लागेको रेलमा हतारिँदै चढे । ठीक त्यही समयमा, उनको एउटा जुत्ता रेलवे स्टेशनकै प्लाटफर्ममा खस्यो । रेल गुँड्न थालेकोले गान्धीले जुत्ता टिप्न सकेनन् । केही बेर सोचेपछि गान्धीले आफूसँग भएको अर्को जुत्ता खोलेर खसेको जुत्तातिर फुत्त फ्याँकिदिए । रेलमा सँगै चढेका अरू मानिसहरू छक्क परे । “गुरुज्यू, तपाईंले किन अर्को जुत्ता पनि फ्याँक्नुभएको ?” गान्धीले मुस्कुराउँदै जवाफ दिए, “जोडिविहिन जुत्ता अर्थहीन हुन्छ । तर जुत्ताको जोडि भएमा उठाउने व्यक्तिले त्यो लगाउन सक्छ नि, होइन र ?”

मनको ऋण तिरौं

ऋण भनेको अर्को व्यक्तिलाई तिर्नुपर्ने कुरा हो । ऋण जति छिटो तिऱ्यो, उति नै मन ढुक्क हुन्छ । ऋण तिरेमा लामो समयसम्म सुमधुर सम्बन्ध कायम राख्न सकिन्छ । मनको ऋणको सवलमा पनि उस्तै होइन र ? वास्तवमा हामीहरू सधैँ परिवारसँग मनको ऋण लिँदै जिउँछौं भन्दा अतिशयोक्ति नहोला । हामीले कुनै शर्तविना प्रेम पाउँछौं, अनि अजानमा परिवारको मनमा चोट पुऱ्याउनुको साथै परिवारलाई चिन्तित तुल्याएका हुन्छौं । तैपनि ‘आ, परिवार त हो’ भन्ने सोच्दै स्वाभाविक ठानेर त्यसलाई त्यतिकै बेवास्ता गर्ने गर्छौं । यो वर्षान्तमा, वर्षभरि परिवारसँग लिएको मनको ऋण सबै तिर्दा कसो होला ? एक-अर्काप्रति धन्यवाद व्यक्त गर्दै, पीडालाई कम गर्दै न्यानो र शान्तिपूर्ण तवरले यो एक वर्षलाई बिदाइ गरौं । सुझाव परिवारलाई चोट दिएको छ भने माफी माग्ने परिवारलाई धन्यवाद व्यक्त…

सुसमाचारको असिस्ट

ब्राजिलको आलागोवस राज्यको एउटा सानो सहर हो, पेनेदु । ७० हजारभन्दा कम जनसङ्ख्या भएको पेनेदुमा जागिर पाउन मुश्किल हुने भएकोले यहाँका धेरै मानिसहरू घरमै समय बिताउने गर्छन् । हामीले परमेश्वरको वचन सुनाउँदैछौं भन्यौं भने सायद फुर्सद भएर होला, उनीहरू स्वेच्छाले सुन्न त सन्छन्, तर सजिलै स्वीकार गर्दैनन् । सत्यता होस् या नहोस्, उनीहरू लामो समयदेखि धाउँदैगरेको आफ्नो मण्डली परिवर्तन गर्ने कुरालाई बोझको रूपमा लिन्छन् । केही महिनासम्म एक आत्मा पनि सियोनमा नडोरिएकोले हामी थकित हुनैलाग्दा, नयाँ यरूशलेम प्रचार उत्सवको बारेमा हामीले सुन्यौं । हुन त म र पति मात्र थियौं, तैपनि हामीले उत्सवको आनन्द उपभोग गर्ने निर्णय गर्दै नयाँ सङ्कल्पसाथ प्रचार सुरु गऱ्यौं । एक दिन हामीले मण्डली नै मन नपराउने एक जना व्यक्तिलाई भेट्यौं । उहाँले आफूमा भएका सबै…

इ ह्ये जिन / पेनेदु, ब्राजिल

शानदार चुनौती

हिउँदे ओलम्पिक खेल भनिने बोबस्लेय[Bobsleigh] एउटा यस्तो खेल हो, जसमा २ वा ४ जना खेलाडीहरूले जमेको साँघुरो, घुमाउरो र ओरालो बाटोमा गुरुत्वाकर्षण-सञ्चालित[gravity-powered] स्लेड तीव्र गतिमा चलाउँछन् । स्लेड मात्र बनाउन पनि धेरै खर्च लाग्ने भएकोले बोबस्लेयलाई सुरु-सुरुमा धनीमानीको खेल भन्ने गरिन्थ्यो । छोटकरीमा भन्नुपर्दा, योचाहिँ चिसो मौसममा मनग्गे पैसा खर्च गरेर खेलिने खेल हो । तर सन् १९८८मा क्याल्गरी हिउँदे ओलम्पिक चलिरहँदा बोबस्लेय रङ्गशालामा एउटा अचम्मको कुरा भयो । त्यहाँ जमैकाका खेलाडीहरू देखा परे । जमैकाचाहिँ क्यारेबियन समुद्रको उत्तरी भागमा अवस्थित टापू हो, जहाँ उष्णकटिबन्धीय समुद्री जलवायुका कारण वर्षैभरि प्रचण्ड गर्मी हुने गर्छ । हिउँ नपर्ने वा बोबस्लेयको निम्ति बिलकुल अनुपयोगी रहेको देशका खेलाडीहरू मैदानमा उत्रिएका कुरा आफैमा एउटा चर्चाको विषय बन्यो । खेल सुरु भयो । अति कठिन वातावरणमा…

हामीले हेर्ने र सुन्नेबारे

कुनै एक जना आमाले आफ्नो बच्चाले शवयात्र बोकेर विलाप गरिरहेको व्यक्तिको नक्कल गरिरहेको देखिन् । उक्त दृश्य देखेर ती आमा डराइन् र चिहान नजिकैको घरबाट बजारतिर सरिन् । तर त्यो बच्चाले व्यापारीको नक्कल गर्न थाल्यो । आमाले फेरि आफ्नो सामान प्याक गरिन् र स्कूल नजिकै सरिन् । त्यसपछि त्यो बच्चाले किताब पढेको नक्कल गर्न थाल्यो, जुन कुरा देखेर आमा खुशी भइन् । यसरी “मिन्सियसकी आमाको तीन वटा चाल” भन्ने चिनियाँ उखानको उत्पत्ति भयो । यो उखानले मिन्सियसकी आमा आफ्नो छोराको शिक्षाको लागि तीन पटक सरेको कुरा बताउँछ र मानिसहरू आफूले देखेका र सुनेका कुराबाट धेरै प्रभावित हुन्छन् भन्ने कुरा पनि देखाउँछ । पहिला डरलाग्दो चलचित्र हेर्न र चर्को संगीत सुन्न मन पराउने महिलाहरूले आफू गर्भवती भएपछि चाहिँ हृदयस्पर्शी र भावनात्मक…

म आमाजस्तै बन्न चाहन्छु

हरेक मानिसको जीवनमा एक आदर्श व्यक्ति हुन्छ, र ऊ त्यो आदर्श व्यक्तिजस्तै बन्न चाहन्छ । मेरो जीवनको आदर्श व्यक्तिचाहिँ मेरी आमा हुनुहुन्छ, र म उहाँजस्तै बन्न चाहन्छु । परिवारमा उहाँ नै सबैभन्दा मायालु र विचारशील व्यक्ति हुनुहुन्छ । त्यसैले म उहाँले गर्नुभएको सबै कुरा सिक्न चाहन्छु । बाह्र वर्षको उमेरदेखि मैले घरका सबै काम सिकें, र आमालाई भान्सामा सहयोग गर्न थालें । तर पछि पढाइको कारणले गर्दा म उहाँबाट टाढा बस्नुपर्ने भयो । आमाबाट टाढा बस्न थालेपछि, आमाजस्तै बन्नको लागि कति बलिदान गर्नुपर्ने रहेछ भन्ने कुरा महसुस भयो । परिवारका सबै सदस्यहरूको हेरचाह गर्दै उनीहरूको इच्छा पूरा गर्न उहाँको लागि सजिलो थिएन, तर पनि उहाँले अझै कडा परिश्रम गर्दैहुनुहुन्छ । एक दिन, बिदाको समयमा घर फर्किंदा मैले घरको सबै काम…

बिनी एलेक्जेन्ड्रा चेतियार, भारत

आलु खन्ने

मे २५ तारिख आइतबार, आलु उखेल्ने समय भएकोले जनशक्ति सहयोग गर्न हामीहरू आलु बारीतिर लाग्यौं । कोरियाभरिको साझा समस्या– व्यस्त मौसममा किसानलाई कामदारको अभाव । त्यसकारण हामीले यो स्वर्ण अवसर गुमाउन चाहेनौं । स्त्रीहरू लगायत आइतबार बिदाको दिन समय निकालेका पुरुष लगायत विद्यार्थीहरूसमेत गरेर करीब ३० जना बिहानै सियोनमा भेला भयौं । त्यसपछि हामीहरू दोसान-म्यनको बब्सोङ-रीमा भएको एउटा आलु बारीतिर लाग्यौं । मौसम धुम्मिएको थियो, तर हामी भने वनभोज जान लागेजत्तिकै ज्यादै उत्साहित थियौं । आलु बारी पहाडको फेदमा थियो । हामीले समाचारमा दिउँसोतिर पानी पर्ने खबर सुनेकाले काम सक्दो चाँडो समाप्त गर्ने निर्णय गऱ्यौं, र गाडीबाट ओर्लनासाथ बारीतिर लम्कियौं । उकालो लाग्दा मेरो सास बढ्यो, र काम सुरु गर्नुअघि नै सन्तहरू थकित हुनुहुने पो हो कि भनेर चिन्ता लाग्यो…

गिम दोङ हो / थोङयङ, कोरिया

जिउनुपर्ने कारण

संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने ५० वर्षीय जोन सेइन, शिकारमा जाने आफ्नो उहिलेदेखिको सोख पूरा गर्न एकलै घना जङ्गलभित्र पसे । त्यहाँ तिनले बडेमानको बाह्रसिङे मृग देखे । त्यसलाई निशाना बनाएर त्यसको पछिपछि दौडिने क्रममा दुर्भाग्यवश तिनको दाहिने खुट्टा भाँचियो । तिनी हलचलै गर्न सकेनन् । तीमाथि मोबाइल नेटवर्क पनि नदेखाएको हुनाले तिनले उद्धार टोलीलाई गुहार्न पनि सम्भव भएन । पीडा झन्-झन् बढ्दैगएर जिउने आशा पटक्कै नहुँदा तिनले आफ्नी प्रिय पत्नी र दुई सन्तानलाई बिदाइको पत्र लेख्न थाले । यसरी जीवनप्रति हरेस खानैलाग्दा एउटा कुराले तिनलाई धैर्य गर्न उत्प्रेरित गरायो । त्यो नै, ‘म मेरो परिवारलाई कहिल्यै त्याग्न सक्दिनँ । जतिसुकै पीडा भए तापनि म जीवितै मेरो परिवारलाई भेट्नेछु’ भन्ने तिनको सोच थियो । तिनले आफ्नो लुगा च्याते, अनि हाँगाहरूलाई…

हाँसोलाई आशिष्‌ले पछ्याउँछ !

​हाँसोचाहिँ सञ्चारको अर्को नाउँ हो । सञ्चार भनेको एक-अर्काको मन र इच्छा बाँड्नु हो, त्यसैले आफ्नो मन र इच्छालाई बाँडेन भने हाँसो पनि आउन सक्दैन । हाँसोले केही नभने तापनि एक-अर्कालाई बुझ्ने गराउँछ, यसकारण हाँसोचाहिँ सञ्चारको उत्तम माध्यम हो भन्न सकिन्छ । वार्तालाप सुरु गर्नुअघि मुस्कायो भने सुन्ने मानिसले पहिल्यै मन खोल्ने तयारी गरिसकेको हुनेछ । अन्य ठाउँभन्दा धेरै हाँसो पोखिनुपर्ने ठाउँचाहिँ घर हो । अनि अरू कसैलाई भन्दा धेरै हँसाउन प्रयत्न गर्नुपर्ने व्यक्ति नै परिवारका सदस्यहरू हुन् । परिवारमा खोज्न नसकेको हाँसो बाहिर कसरी खोज्न सकिन्छ र ? आफ्नै परिवारका सदस्यहरूलाई खुशी पार्न सकेको छैन भने अरूलाई कसरी खुशी पार्न सकिन्छ र ? हामीले परिवारसँग हाँसो बाँड्यौं भने त्यो जति सानो भए पनि कठिनाइसँग जुध्नको निम्ति त्यसले ठूलो शक्ति…

पानी पर्ने दिनमा

मलाई वर्षायाम खासै मन पर्दैन । उदास मौसमले निराश महसुस गराउनुका साथै लुगा र जुत्ता पनि भिजाइदिन्छ । स्नायु रोगबाट पीडित भएकोले मौसम केन्द्रले भन्दा पनि पहिला मेरो जोर्नीहरूले वर्षायाम आएको कुरा थाहा पाउँछ । त्यसैले योचाहिँ मलाई वर्षायाम मन नपर्नुको दोस्रो कारण हो । तर कहिलेकहीँ म पानीमा हिँड्दा मुस्कुराउने गर्छु । प्राथमिक विद्यालयको पहिलो दुई वर्ष मैले एउटा सानो सहरको विद्यालयमा अध्ययन गरें । मेरो घर सहरको केन्द्रमा थियो । नजिकै घर भएकोले विद्यालयको खेल मैदानबाट आमाले छतमा कपडा सुकाएको दृश्य स्पष्ट देखिन्थ्यो । त्यो समयमा विद्यार्थीहरूका लागि घरदेखि विद्यालयसम्म ३० मिनेट वा एक घण्टाभन्दा बढी बाटो हिँड्नु सामान्य कुरा थियो । तर उनीहरूको तुलनामा मेरो अवस्था एकदमै राम्रो थियो । एक दिन, विद्यालयको खेल मैदान हुँदै घरतिर…

छोइ जे जङ / दक्षिण कोरिया, गुनफो

बहुमुखी आमा

“आमा, म ठूली भएपछि आमा बन्नेछु ।” “किन ?” “किनभने आमाले एउटा हातले ट्वालेट पेपर र अर्को हातले मेरो हात समाउन सक्नुहुन्छ ।” मलाई यो कुरा याद त छैन, तर म ४ वर्षकी हुँदा मैले यसो भनेकी थिएँ भनेर आमाले बताउनुहुन्छ । बजारबाट घर फर्कंदा, मेरी आमाले एउटा हातमा ट्वाइलेट पेपरको प्याकेट र अर्को हातमा मेरो हात समाउनुहुन्थ्यो । सोचिहेर्दा, त्यसबेला आमाको त्यो स्वरूप मेरो लागि प्रभावशाली थियो । त्यो समयमा मेरो उचाइ ट्वाइलेट पेपरको ब्यागजत्रै भएकोले त्यो कुरा अर्थपूर्ण लाग्छ । अहिले म आमाभन्दा अग्ली भइसकें । तर अझै पनि मलाई मेरी आमा उत्कृष्ट लाग्छ । किनभने मैले वयस्क भएर पनि गर्न नसक्ने कामहरू आमाले सजिलै गर्नुहुन्छ । उहाँले गर्न नसक्ने काम केही छैन । वालपेपर टाँस्ने, फर्निचर सार्ने,…

इ जङ यन / बुछन, दक्षिण कोरिया

बिबिम्बाब

म विद्यालयबाट घर फर्किंदाखेरि मेरी आमाले कलिलो मूलाको किम्ची, उसिनेको जौ, एक चम्चा रातो खुर्सानीको पेस्ट र सिलामको तेल मिसाएर बिबिम्बाब बनाइदिने गर्नुहुन्थ्यो । यो मलाई सबैभन्दा मन पर्ने परिकार हो । तर विगत १० वर्षदेखि मैले मूलाको बिबिम्बाब खाएकी छैनँ । त्यसलाई हेर्दा मात्र पनि गला अवरुद्ध भएर मेरो गह भरिन्छ, र त्यो म खानै सक्दिनँ । १० वर्षअघिको कुरा हो । मेरो भाइले आमाको आयु अब १ हप्ता मात्र रहेको कुरा बतायो । आमा क्यान्सर रोगले ग्रस्त हुनुभएको भए पनि उहाँलाई जिउन कुनै समस्या परेको थिएन । उहाँसँग फोनमा कुरा गर्दैपिच्छे उहाँको आवाज, ममा उहाँले आफ्नो रोगलाई सजिलै जित्न सक्नुहुन्छ भन्ने सोचाइ आउनेसम्म सकारात्मक सुनिन्थ्यो । यसकारण भाइले भनेको कुरा मैले पत्याउनै सकिनँ । भित्रभित्रै मैले यसरी सोचें,…

स ह्यन जु / इन्छन, कोरिया

पान आकार बनाएर इसारा गर्ने

तपाईं खुशी हुँदा मुस्काउनुहुन्छ, कृतज्ञ हुँदा धन्यवाद भन्नुहुन्छ, अनि क्षमाप्रार्थी हुँदा माफी माग्नुहुन्छ । आफ्नो मनका भावनाहरू प्रकट गरेमा त्यो अरू व्यक्तिमा प्रसार हुन्छ । पारिवारिक प्रेम पनि उस्तै हो । कहिलेकहीँ आफूले व्यक्त नगरे पनि उनीहरूलाई आफ्नो अवस्था थाहा छ होला भनेर सोच्न पुगिन्छ अथवा प्रेमजस्तो सकारात्मक भावना पनि नकारात्मक अभिव्यक्तिद्वारा व्यक्त गर्न पुगिन्छ । परिवारका सदस्यहरूले स्वभावत: एक-अर्कालाई प्रेम गर्छन्, तर सीधै प्रकट गर्दा अझ सार्थक हुन्छ नि, होइन र ? कृपया यो महिना आफ्नो परिवारलाई हातले पान आकार बनाएर प्रेम व्यक्त गर्नुहोस् । तपाईंलाई अलि लाज लागे तापनि आफ्नो प्रेम प्रकट गर्दा खुशी महसुस भएर नयाँ शक्ति प्राप्त हुनेछ । सुझाव १. पान आकार यसरी बनाउने दुई हात उठाएर टाउकोमाथि ठूलो पान आकार बनाउने दुवै बूढी औँला…

भ्रममा परेको इन्द्रिय

ⓒ Edward H.Adelson / http://web.mit.edu/persci/people/adelson/checkershadow_illusion.html / Copyrighted free use “चित्रमा खण्ड A र खण्ड B कुन रङको देखिन्छ ?” “खण्ड A खैरो र खण्ड B सेतो रङको देखिन्छ ।” प्रायः सबैले यसै गरी उत्तर दिन्छन् । तर के यो उत्तर वास्तवमै सही छ ? यसको सही उत्तरचाहिँ “खण्ड A र खण्ड B उस्तै रङका छन् ।” विश्वास गर्न गाह्रो भएमा वरपरका कुराहरूलाई छोपेर ती दुई वटा खण्डलाई मात्र हेर्नुहोस् । मानव शरीरका इन्द्रियहरूमध्ये मानव-सूचना सबैभन्दा धेरै प्राप्त गर्ने इन्द्रिय भनेको दृष्टि हो । तर दृष्टिको इन्द्रिय समेत कहिलेकहीँ भ्रममा पर्न सक्छ, जसलाई दृष्टि-भ्रम भनिन्छ । दृष्टिभ्रम गराउने एउटा कारणचाहिँ मस्तिष्कले संज्ञानात्मक प्रक्रियाभित्र रेटिनामा प्रवाह भएको सूचनालाई जस्ताको तस्तै स्वीकार नगरी वरपरको स्थिति वा पहिलाको ज्ञानद्वारा अनुमान लगाउन खोजेकोले गर्दा हो…

साधारण हिरोहरू

केही महिनाअघि कुनै चौबाटोमा घटेको घटना हो । अबेर रातमा, शपिङ मल अगाडिको ओरालो सडकमा पार्क गरिएको एउटा मालवाहक ट्रक एक्कासि गुड्न थाल्यो । चालकले पार्किङ ब्रेक राम्ररी लगाएका रहेनछन् । बिस्तारै तलतिर गुड्न थालेको त्यो ट्रकको गति बढ्दैगएर एक जना ४० वर्षीया अधबैंसे महिलालाई ठक्कर हानेर पसलमा पुगेपछि बल्ल त्यो ट्रक रोकियो । छोरासँगै किम्बाब(कोरियाली परिकार) किन्न आएकी ती महिला भाग्नै नपाईकन एक्कासि ट्रकमुनि परिन् । त्यो दुर्घटनाका प्रत्यक्षदर्शीहरू गाडी भएनेर हतारका साथ दौडेर गए । अनि तिनीहरूले भएभरको बल लगाएर ट्रकलाई उठाई ती महिलाको उद्धार गरे । त्यसरी उद्धार गर्न जम्मा ५५ सेकेण्ड लाग्यो । उद्धार गर्नमा सहभागी भएका ती २० जना नागरिकहरू, घाइते महिलालाई एम्बुलेन्समा पठाएपछि, बदलामा केहीको पनि अपेक्षा नगरी आ-आफ्नो बाटो लागे । ट्रक उचालेका…

अगमवाणी पूरा भएको भूमि, बेटन रूजमा

अहिले हामीहरू रहेको ठाउँचाहिँ संयुक्त राज्य अमेरिकाको लुइजियाना क्षेत्रको बेटन रूज हो । हामीहरू यो ठाउँमा आएको पनि १ वर्ष भइसक्यो । सुसमाचार खासै प्रचार नभएको, आत्मिक रूपमा सुख्खा र उजाड यो भूमिमा आउन डर लागेको थिएन भन्नुचाहिँ झूट बोल्नुसरह हो । तर सदाजस्तै यो ठाउँमा पनि परमेश्वर हाम्रो साथमा हुनुहुन्थ्यो । छोटो समयमै जीवनको पानीले पुनर्जीवित हुनुभएका सन्तहरूलाई देखेर मैले फेरि पनि परमेश्वरको शक्ति महसुस गर्न सकें । हामी यहाँ आउनुअघि एक जना कोरियाली सिस्टरले ५ वर्षको लामो समयदेखि एकलै सुसमाचार प्रचार गर्दैहुनुहुन्थ्यो । ग्याँस स्टेशन व्यवस्थापनमा व्यस्त हुनुभए तापनि उहाँले आफ्नो कार्यक्षेत्रलाई सुसमाचारको मैदान ठान्दै ग्राहकहरूलाई लगनशीलताका साथ वचन प्रचार गर्नुहुन्थ्यो । सत्यताका वचन मन नपराएर फेरि फर्केर नआउने ग्राहकहरू पनि हुन्थे, तापनि ‘मरिरहेका आत्माहरूलाई बचाउनैपर्छ’ भन्ने व्यग्रताले…

जङ मिन ग्यङ / ह्युस्टन, टेक्सस, संयुक्त राज्य अमेरिका

सबैभन्दा मूल्यवान् कार्य, सबैभन्दा विशेष आशिष्

अधिकांश कोरियाली बुबाहरूको जस्तै मेरो जीवनयापन पनि, झिसमिसे प्रभातमा ताराहरूलाई हेर्दै काममा जाने र अबेर रातमा त्यही ताराहरूलाई फेरि हेर्दै घर फर्किने दिनहरूको श्रृङ्खला थियो । त्यस बेला, टाढाका ती ताराहरूको संसार कस्तो होला, ती ताराहरू कसको निम्ति चम्किरहेका होलान् भन्ने कुरा मलाई थाहै थिएन । मेरो एकमात्र लक्ष्य भनेकै परिवारको प्रमुख भएअनुरूप कसैसँग सहयोगको हात नफैलाई आफ्नो परिवारलाई आरामले पाल्नु थियो । यस्तो लक्ष्य लिएर मैले एक दिन पनि बिदा नलिईकन वर्षैभरि परिश्रमसाथ काम गरें । पत्नीबाट सत्यताको वचन सुनेपछि मेरो मनमा, सायद यो जीवन नै सबै थोक होइन होला भन्ने सोचाइ आयो । म ३० वर्षभन्दा लामो समयसम्म क्याथोलिक मण्डली धाएको भए पनि त्यहाँ मेरो विश्वास त्यति दह्रो थिएन । त्यसमाथि आफूले अघि कहिल्यै नसुनेको कुरा भएर होला…

छ्‌वे सु ह्यन / अस्टिन टाउन, भारत

आमाको तस्वीर हेर्दा मात्र पनि

संयुक्त राज्य अमेरिकाको विस्कन्सिन म्याडिसन विश्वविद्यालयले ७~१२ वर्षका बच्चाहरूमा एउटा परीक्षण गऱ्यो । उनीहरूलाई अपरिचित मानिसहरूका अगाडि गणितीय हिसाबहरू हल गर्न लगाइँदा उनीहरूले अत्तालिएर राम्ररी हल गर्न सकेनन् । त्यसपछि बच्चाहरूलाई ३ समूहमा विभाजन गरियो । पहिलो समूहलाई आफ्नी आमासँग फोनमा कुराकानी गर्न दिइयो, दोस्रो समूहलाई आफ्नी आमाको तस्वीर हेर्न दिइयो र तेस्रो समूहलाई चाहिँ आफ्नी आमासँगै बस्न दिइयो । त्यसपछि गणितीय हिसाबहरू हल गर्न दिइँदा तीनै वटा समूहका बच्चाहरूमा अक्सिटोसिनको मात्रा ह्वात्तै वृद्धि भएको पाइयो । अक्सिटोसिनचाहिँ घनिष्ठता, स्थिरता र खुशीको भाव जगाउन मद्दत गर्ने एक किसिमको हर्मोन हो । आमाको तस्वीर हेर्दा मात्र पनि बच्चाहरूले आफ्नी आमासँगै भएजस्तो महसुस गरी हिसाबलाई सजिलै हल गर्न सके । तर बच्चाहरूले मात्र आफ्नी आमालाई विशेष व्यक्ति ठान्नेचाहिँ होइन । क्यानाडाको टोरन्टो…

प्रेमद्वारा एक गिलास पानी दिने

पानीको प्रभाव स्वास्थ्यमा यति धेरै हुन्छ, कि मानिसहरू “यदि तिमीले पर्याप्त पानी पियौ भने स्वस्थ र दीर्घायु हुनेछौ” समेत भन्ने गर्छन् । पानीले शरीरबाट विषाक्त पदार्थ निकाल्ने, रक्त सञ्चारमा सहयोग गर्ने र चयापचय(metabolism, मेटाबलिजम, जीवन कायम राख्नको निम्ति जीवित प्राणीभित्र हुने रासायनिक प्रक्रिया) पनि बढाउने गर्छ । त्यसमाथि पानीले रोग प्रतिरोधक क्षमता बढाउने र छालाको अवस्था सुधार्ने जस्ता विभिन्न भूमिकाहरू निर्वाह गर्दछ । अमेरिकाको क्यान्सर अनुसन्धान संस्थाका अनुसार प्रत्येक दिन चार गिलासभन्दा बढी पानी पिउने मानिसलाई दुई गिलासभन्दा कम पानी पिउनेलाई भन्दा कोलोरेक्टल क्यान्सर(colorectal cancer) र सिस्टाइसस्(cystitis, पिसाब पोल्ने रोग) लाग्ने सम्भावना ५०% वा सोभन्दा कम हुन्छ । यदि पर्याप्त मात्रामा पानी पिएन भने कोषिकाहरूमा फोहोर सञ्चय हुन्छ, अनि शरीर चाँडै थाक्ने गर्छ । यो महिनामा सहृदयले आफ्नो परिवारलाई एक…

लुटेराको मन परिवर्तन गरिदिएको उदारता

संयुक्त राज्य अमेरिकाको न्यू योर्कमा घटेको घटना हो । एक जना जवान समाजसेवी कामपछि घर फर्कंदैथिए । तब कुनै सुनसान ठाउँमा पुगेपछि तिनी एक्कासि लुटेराको फेला परे । हातमा चक्कु लिएको त्यो लुटेराचाहिँ १०-२० वर्षजतिको ठिटो थियो । तिनी एकछिन त अलमल्ल परे, र तुरुन्त आफ्नो गोजीबाट पर्स झिकेर त्यस लुटेरालाई थम्याइदिए । पर्स खोसेर त्यो लुटेरा छिटो-छिटो भाग्न थाल्यो । तब भागिरहेको लुटेराको पछि-पछि दौडिँदै ती समाजसेवीले यसो भन्दै कराए, “ए भाइ, एकैछिन पर्ख त ! तिम्रो केही छुटेको छ ।” तब छक्क पर्दै टक्क अडिएर लुटेराले पछाडि फर्केर हेऱ्यो । तब ती समाजसेवीले त्यसलाई यसो भने, “रातभर यसरी काम गर्दा तिमीलाई चिसो लाग्न सक्छ । त्यसैले यो मेरो कोट लिएर जाऊ । म अब साँझको खाना खान जान…

लुटेराको मन परिवर्तन गरिदिएको उदारता

4:25
0:00 4:25

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।