विश्वास र जीवन

यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।

जालको तयारी

जालचाहिँ माछा समात्ने एउटा साधन हो । डुङ्गा खियाउनुअघि माझीले माछा मार्ने जाल तयार गर्छ । एक पटक माछा मारिसकेपछि त्यो जाल जेलिने भएकोले त्यसलाई फेरि प्रयोग गर्नका लागि राम्ररी मिलाएर राख्नुपर्छ । त्यसलाई हातै नलगाई यत्तिकै छोडिदियो र पहिलेकै अवस्थामा समुद्रमा फ्याँकिदियो भने, त्यो राम्ररी खुल्दैन र सोचे जति माछा समात्न सकिँदैन । अल्झिएको कुरा फुकाउन गाह्रो हुन्छ र धेरै समय लाग्छ, तर डुङ्गाभरी माछा मारेर फर्किनुको आनन्द लिन चाहनुहुन्छ भने यो काम गर्न अल्छी गर्नुहुँदैन । सुसमाचारको समुद्रमा निस्कनुअघि, मानिसको मछुवा भएका हामीले पनि परमेश्वरको वचनको जाल तयारी गर्नुपर्छ । योचाहिँ जीवन बचाउने बहुमूल्य साधन भएकोले, यसलाई तयार पार्नको लागि हामीले थप प्रयास र समय लगाउनुपर्छ । त्यसो नगरी बिना कुनै तयारी अन्धाधुन्ध माछा मार्नका लागि तम्सियौं भने,…

खुला

खुला कन्सर्ट, खुला भाषण, खुला प्रतिस्पर्धा, खुला अनुभव जस्ता कार्यक्रमहरूमा ‘खुला’ भन्ने शब्द बढी प्रयोग हुने गर्दछ जसले जो कोहीलाई पनि प्रतिबन्धविना सहभागी हुने अवसर प्रदान गर्दछ भन्ने अर्थ बुझाउँछ । खुला भनिएको ठाउँमा प्रवेश गर्न सजिलो हुन्छ । जान मन भए पनि यदि ढोका बन्द छ भने भित्र पस्न सकिँदैन तर ढोका खुला हुँदा नहिचकिचाइकन सजिलै भित्र पस्न सकिन्छ ।  सुसमाचार प्रचारको सन्दर्भमा पनि उस्तै हो, सुसमाचार फैलाउनका लागि पनि ढोका खोलिएको हुनुपर्छ । मनको ढोका पूर्ण रूपमा बन्द गर्ने मानिसहरूका सामु, जेसुकै सुनाए पनि तिनीहरू त्यो कुरामा सहमत हुँदैनन् । सबै किसिमको वाक्शक्ति प्रयोग गरेर सबै प्रकारका तरिका र उपाय अपनाए तापनि ती मानिसहरूको हृदयभित्र कदापि पस्न सकिँदैन ।  चाबी लिनुभएका व्यक्तिचाहिँ परमेश्वर हुनुहुन्छ । केवल परमेश्वरले मात्र…

अरूको बारेमा कुरा गर्दा

कुनै एक चेलाले आफ्नो गुरुलाई भेटेर सोधेछन् । “गुरुज्यू तपाईंले भन्नुभयो कि, कुरा काट्ने बानीले तीन जनालाई चोट पुऱ्याउँछ ।” “हो, एउटाचाहिँ कुरा काट्ने व्यक्ति, अर्को कुरा सुन्ने व्यक्ति र अर्को चाहिँ कुरा काटिने व्यक्ति ।” “त्यसोभए अरूको कुरा नकाट्नका लागि मैले के गर्नुपर्छ ?” आफूले सिकेको कुरा कार्यान्वयन गर्न इच्छुक भएका चेलाको मन देखेर खुसी हुँदै गुरुले मुस्कुराउँदै जवाफ दिएछन् । “अरूको बारेमा कुरा गर्नुअघि तीन वटा कुरा सोच्नू, पहिलो ‘के मैले आफैले देखेको र सुनेको कुरा हो ?’, दोस्रो ‘के मैले भन्न खोजिरहेको कुरा सही हो ?’, तस्रो ‘के मैले यसो गर्न आवश्यक छ ?’ ” चेलाले आफ्नो गुरुले भनेको कुरा नबिर्सिकन सधैँ याद राख्नका लागि धेरै चोटि त्यो कुरालाई दोहोऱ्याइरह्यो । चेलालाई हेरिरहेका गुरुले हल्का मुस्कुराउँदै फेरि…

परमेश्वर सबै कुरा जान्नुहुन्छ

“यदि तपाईं अदृश्य माानिस बन्नुभयो भने के गर्न चाहनुहुन्छ ?” योचाहिँ अलौकिक शक्तिसम्बन्धी प्रश्नोत्तरहरूमा प्रायः सोधिने प्रश्न हो । मानिसहरूका जवाफहरू फरक-फरक हुन्छन् । तर केही जवाफहरू भने सधैँ उस्तै हुन्छन्, जस्तै निःशुल्क रूपमा विभिन्न ठाउँहरू घुम्ने, आफूलाई मनपर्ने सामानहरू किन्ने, मनपर्ने व्यक्तिको पिछा गर्ने वा मन नपर्ने व्यक्तिलाई हैरान पार्ने, इत्यादि । जो सुकै भए पनि, मानिसहरूमा एउटा मिल्दो पक्ष हुन्छ । त्योचाहिँ अरू कसैले नहेरेको समयमा उनीहरू केही फरक गर्ने प्रयास गर्छन् । उनीहरू त्यस्ता कामहरू गर्न चाहन्छन् जुन उनीहरूले आत्म-चेतना वा प्रतिबन्धका कारण गर्न सक्दैनन् । परमेश्वरको दृष्टिमा सृष्टिको कुनै कुरा लुकेको हुँदैन । उहाँका नजरको सामुन्ने सबै कुरा स्पष्ट र खुला छन्, उहाँलाई नै हामीले लेखा दिनुपर्छ ।हिब्रू ४:१३ परमेश्वरको अगाडि कोही पनि अदृश्य हुन सक्दैन ।…

बिहान सबेरै ब्युँझिने तरिका

राती ओछ्यानमा पल्टिन सजिलो हुन्छ, तर बिहान आफ्नो न्यानो ओछ्यानलाई छोडेर एकैचोटी उठ्न भने गाह्रो हुन्छ । प्रायः मानिसहरू हरेक बिहान ओछ्यानमै अलमलिइरहन्छन्, अथवा ‘अब एक मिनेट’ भन्दै ढिलो गर्छन् र अन्ततः समय नपुगेर हतार-हतार घरबाट निस्किन्छन् । विशेष गरी, अहिलेको जस्तो चिसो मौसममा झन् धेरै सुत्न मन लाग्छ, तर त्यस्तो प्रलोभनलाई त्यागेर रमाइलो तरिकाले ब्युँझिने एउटा वैज्ञानिक तरिका छ ।  हाम्रो मस्तिष्कमा ‘भेन्ट्रल टेग्मेन्टल एरिया’ (Ventral Tegmental Area VTA) भनिने एउटा क्षतिपूर्ति प्रणाली हुन्छ । यो भाग सक्रिय भयो भने सजिलै निद्राबाट ब्यूँझिन सकिन्छ । अर्को शब्दमा भन्नुपर्दा, यसलाई पर्याप्त इनाम चाहिन्छ । सामान्य अवस्थामा ढिलासम्म सुत्ने मानिसहरू पनि, घुम्न जाने दिनमा भने अलार्म बज्नुअघि नै जुरुक्क उठ्ने गर्छन् । त्यसो हुनुको कारणचाहिँ मनमा “आज त घुम्न जाने हो”…

कल्पनाभन्दा बाहिरको ठाउँ

मानिसको कल्पना असीमित छ । यदि तपाईंले कुनै पनि उत्कृष्ट कल्पनाबाट बनेको अद्भूत आविष्कार वा कलाको सुन्दर काम देख्नुभयो भने, चकित हुँदै “वाह” भन्नुहुन्छ । कसैले पनि गर्न सक्दैन भनेर असम्भव ठानेको कुरा जब कुनै व्यक्तिले हासिल गर्छ तब मानिसहरूले प्रशंसा गर्दै भन्छन्, “उनले कल्पनाभन्दा बाहिरको काम गरेका छन् ”  तर यसो लेखिएको छ, “आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका, यी नै कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ ।” १ कोर २:९ स्वर्गीय राज्यचाहिँ मानव कल्पनाभन्दा बाहिर छ । यसलाई कसैले पनि नदेखेका र नसुनेका हुनाले संसारको कुनै पनि शब्दद्वारा यसलाई व्यक्त गर्न सकिँदैन । यसलाई मानिसको सोचाइद्वारा कल्पना गर्न समेत असम्भव छ ।  तसर्थ यो अद्भुत र सुन्दर स्वर्गीय राज्यको अस्तित्व मानिसहरूलाई थाहा…

दैनिक जीवनमा अवसरहरू

भनिन्छ कि, “अवसरको अगाडि लामो कपाल हुने भएकोले सजिलै समात्न सकिन्छ तर यसलाई देख्न गाह्रो हुने भएकोले प्रायः गुमाउन पुगिन्छ । त्यसै गरी यसको पछाडि कपाल हुँदैन । त्यसैले एक चोटि आएर गएपछि फेरि यसलाई समात्न सकिँदैन । यसको काँध र खुट्टामा पखेटा हुने भएकोले यो तुरुन्तै गइहाल्छ ।” त्यसैले मानिसहरूले भन्ने गर्छन्, कि अवसरलाई ठीक समयमा पक्रनुपर्छ । यद्यपि ‘यो नै अवसर हो !’ भनेर सोच्ने समय हाम्रो जीवनमा कति पटक आउँछ होला ? यो नै सुनौलो अवसर हो भनेर पहिलो झल्कोमै पहिचान गऱ्यो भने कसैले पनि अवसरलाई गुमाउने मूर्खपूर्ण कार्य गर्नेछैन । अवसर हाम्रो दैनिक जीवनमा आउँछ, र समयजस्तै बगेर जान्छ । जापानी उद्योगपति इचिजो कोबायासीले भनेका छन्, “यदि तपाईंले जुत्ता मिलाउने कामको जिम्मा पाउनुभयो भने, संसारकै उत्कृष्ट जुत्ता मिलाउने…

दुई महत्त्वपूर्ण दिनहरू

मञ्चमा उभिएका वक्ताले हलमा भएका दर्शकहरूलाई सोधेछन् । “जीवनमा दुईवटा सबैभन्दा महत्त्वपूर्ण दिन हुन्छन् । ती दुई दिनहरू कहिले-कहिले हुन् ?” दर्शकहरूले “आफू जन्मेको दिन“, “विवाह गरेको दिन”, “सन्तान जन्मेको दिन” जस्ता विभिन्न जवाफहरू दिएछन् । वक्ताले मुस्कुराउँदै दर्शकहरूको जवाफ एक-एक गर्दै पढे, अनि भने, “जीवनको पहिलो महत्त्वपूर्ण दिन, यहाँहरू धेरै जनाले भन्नुभएजस्तै, आफू जन्मेको दिन हो । यहाँहरूले टाउको हल्लाउनुभएको देख्दा सबै जना सहमत हुनुहुन्छ जस्तो लाग्छ, त्यसोभए अर्को महत्त्वपूर्ण दिनचाहिँ कहिले होला ?” सही उत्तर थाहा भए जसरी दर्शकहरूले आत्मविश्वासका साथ “आफू मर्ने दिन” भनेर जवाफ दिए । त्यसपछि वक्ताले टाउको हल्लाउँदै भने । “मर्ने दिन महत्त्वपूर्ण छैन । मानिस कुनै न कुनै दिन मर्नु नै पर्छ, र मरेपछि सबै कुरा सकिने भएकोले यसले हाम्रो जीवनमा कुनै प्रभाव पार्न…

सकारात्मक बोलीको बीउ

खुशी परिवार आराधनापछि हामीले पारिवारिक प्रेम र सञ्चारभित्रको ‘खुशी डिजाइन गर्ने सकारात्मक बोली’ भन्ने शीर्षकको एउटा लेख पढ्यौं । बोलीको शक्तिबारे बोध गराउने त्यो लेख प्रेरणादायक थियो । सन् २०१६को रियो दे जेनेइरो ओलम्पिकमा “म गर्न सक्छु, म गर्न सक्छु” भन्दै एक जना कोरियाली तरवारबाजले आफ्नो विपक्षीलाई तरवारबाजीमा पराजित गरेका थिए । तिनी हार्न लागिसकेका थिए । जित्ने सम्भावना एकदमै कम थियो, तर अन्त्यमा तिनले बाजी पल्टाएर तरवारबाजमा जित हासिल गरेका थिए । त्यतिखेर मेरो ७ वर्षीय छोरालाई गणितको हिसाब गर्न एकदम गाह्रो भइरहेको थियो । यसकारण म र मेरा पतिले उसको शिक्षकसँग अक्सर कुराकानी गरिरहन्थ्यौं । छोराले त्यो समयमा सिकिरहेको गणित एकदमै महत्वपूर्ण छ भनेर शिक्षकले भन्नुभयो । शिक्षकको सल्लाहलाई गम्भीर रूपमा लिएर हामीले हरेक दिन उसलाई विद्यालयबाट आएपछि…

रोक्सान के. मिलर / न्यू विन्डसर, न्यूयोर्क, संयुक्त राज्य अमेरिका

परिवारको ‘गोप्य सहयोगी’ बनिदिने !

कसैले यहाँहरूको हेरचाह गरिदियो, यहाँहरूलाई खुशी तुल्यायो, र गाह्रो अवस्थामा खुशीसाथ सहयोग गर्न खोज्यो भने कस्तो लाग्छ त ? खुशी र हौसला मिल्नुको साथै मनोबल पनि बढ्छ नि ? यहाँहरूसँग त्यसो गरिदिने व्यक्तिहरू त पहिल्यैदेखि नै छन् । ती हुन् परिवार ! तर हामीहरू यो यथार्थतालाई प्रायः बिर्सने गर्छौं । परिवारबाट प्रेम पाइरहेको भए पनि धन्यवाद नदिईकन उल्टै उनीहरूप्रति गनगन र गुनासो गरेका अवस्थाहरू पनि हुन सक्छ । यो महिनाचाहिँ आफ्नो परिवारबाट कुनै कुराको अपेक्षा नगरी गोप्य रूपमा परिवारको निम्ति कुनै असल काम गरिदिएर ‘परिवारको गोप्य सहयोगी’ बनिदिँदा कसो होला ? प्रेम लिँदाको खुशीभन्दा प्रेम दिँदाको खुशी अझ ठूलो छ भन्ने कुरा जान्न सकिनेछ । सुझाव मिसनको अवधि निर्धारण गर्ने कागजको टुक्रामा परिवारका सबै सदस्यहरूको नाम लेखेर प्रत्येकले एउटा-एउटा छान्ने…

लोभ त्यागेर

यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । ... आफूले बनाउनुभएको हरेक कुरा परमेश्वरले हेर्नुभयो । वास्तवमा त्यो साह्रै राम्रो थियो । ... उत १:२७-३१ परमेश्वरको नजरमा मानिसहरू साह्रै राम्रा सृष्टि थिए । योद्वारा उनीहरूको वास्तविक नियत(सुरुदेखि नै उस्तै मन) शुद्ध, सही र सफा थियो भन्ने कुरा बुझ्न सकिन्छ । तर लोभले मन भरिन थालेपछि शुद्ध हृदय अशुद्ध हुँदैगयो । लोभ जति धेरै बढ्दैजान्छ, परमेश्वरलाई प्रसन्न तुल्याउने त्यो पवित्र हृदय त्यति नै बढी अशुद्ध हुँदैजान्छ । ​ एक-अर्कालाई प्रेम गर, सबै परिस्थितिमा धन्यवादी होओ, र सन्तुष्ट होओ ... । परमेश्वरको वचन नै हाम्रो मार्गदर्शक र दिशासूचक (कम्पास) हो, जसले हामीलाई हाम्रो शुद्ध हृदय पुनर्स्थापन गर्न…

आमाको अँगालोको तिर्सना

भारतको एउटा विद्यालयमा, कक्षाकोठा वरिपरि घुमिरहेको एक जना सानो बालकको दिमागमा अचानक एउटा राम्रो जुक्ति फुर्छ र ऊ दुवै हातमा चक लिएर बाहिर निस्कन्छ । समूह-समूहमा खेलिरहेका बच्चाहरूको माझबाट हिँड्दै, ऊ एउटा एकान्त ठाउँमा पुग्छ र चकले सिमेन्टको भुइँमा एउटा ठूलो चित्र कोर्न थाल्छ । उसलाई टाढाबाट हेरिरहेका शिक्षक नजिकै जान्छन् र त्यो चित्र देखेर अचम्म पर्छन् । त्यो सानो बच्चाले कोरेको उक्त चित्रचाहिँ दुवै हात फैलाइरहकी एउटी महिलाको हुन्छ । त्यो केटाले आफ्नो जुत्ता फुकालेर ती महिलाको अँगालोभित्र लमतन्न सुत्छ । “सबै सुख-सुविधा पाएका भाग्यमानी मानिसहरू भन्दा फरक, हामीमध्ये केही यस्ता पनि छौं जसका लागि आमाको माया नै संसारको सबैभन्दा मूल्यवान चीज र एक मात्र चाहना हो” यी शब्दहरूसँगै उक्त भिडियो समाप्त हुन्छ । योचाहिँ भारतमा बनेको ‘चक’ नामक…

हाँसो

एउटा कोरियाली उखान छ, “जहाँ हाँसो, त्यहाँ सुख-समृद्धि ।” कारण हाँस्दा कुनै हानी हुँदैन । यद्यपि, हाँसोका पनि विभिन्न प्रकारहरू हुन्छन् । जब हामी खुसी हुन्छौं, आँखा वरिपरिका मांसपेशीहरू खुम्चिन्छन् र चाउरी पर्छन् । जबरजस्ती नमुस्कुराई प्राकृतिक रूपमा मुस्कुराउने प्रक्रियालाई दुसेन मुस्कान भनिन्छ । वास्तवमा यो नामचाहिँ यसलाई पहिलो पटक पत्ता लगाउने स्नायुवैज्ञानिक (Neurologist)को नामबाट राखिएको थियो । दुसेन मुस्कानले मस्तिष्कको आनन्द महसुस गर्ने भागलाई सक्रिय बनाउँछ । अमेरिकाका एक विश्वविद्यालयका प्राध्यापकले मुस्कानका विभिन्न प्रकारहरूले जीवनको गुणस्तरमा कस्तो प्रभाव पार्छन् भन्ने विषयमा एउटा अनुसन्धान गरेका थिए । उनले विश्वविद्यालयको दीक्षान्त पुस्तकबाट १११ जना महिलाहरूको मुस्कानको सूक्ष्म विश्लेषण गरे, र ३० वर्षसम्म तिनीहरूको जीवनको अवस्थालाई पछ्याइरहे । अनुसन्धानको निष्कर्षअनुसार, बनावटी वा जबरजस्ती मुस्कुराएका स्नातकहरूको तुलनामा वास्तविक रूपमा मुस्कुराएका स्नातकहरूले आफ्नो दैनिक जीवनमा…

पेन्गुइनको उडान

एउटा पिन्गुइनको बच्चाले आकाशमा ‘स्कुआ’ (एक प्रकारको समुद्री चरा) उडिरहेको देख्यो, र ऊ गहिरो सोचमा डुब्यो । “म पनि त्यो चराजस्तै उड्न पाए त ! यसरी डुलुक्क-डुलुक्क हल्लिँदै हिँड्न पटक्कै मन छैन । अरूले हेर्दा यो कस्तो हास्यास्पद देखिन्छ । मसँग पखेटा भएकोले कडा मिहिनेतका साथ अभ्यास गरें भने त, कसो उड्न नसकिएला र ?” त्यो बच्चा पेन्गुइनले उड्नका लागि आफ्नो पूर्ण शक्ति लगायो । तर दुःखको कुरा, उसले आफ्ना पखेटाहरू जतिसुकै जोडले फड्फडाए पनि उड्न सकेन । लगातार असफलताबाट निराश भएको देखेर, आमा पेन्गुइनले उसलाई बरफको एउटा अग्लो पर्खालमा लिएर गइन् । बच्चा पेन्गुइनले तल हेऱ्यो, तर उसलाई रिंगटा लागेजस्तो भयो । “केही हुँदैन, चिन्ता नगरी सिधै हाम फाल । तिमी उड्न सक्छौ !” सानो पिन्गुइन निकै डराएको थियो, तर…

एक अद्भुत उडानको रहस्य

समुद्री चराहरूमध्ये सबैभन्दा ठूलो चरा भनेकै आल्बाट्रोस हो । तर जमिनमा भने यो चरा त्यति आकर्षक देखिँदैन । भारी शरीरले लामा पखेटाहरू लतार्दै भद्दा तरिकाले हिँड्ने यी चराहरूको स्वरूप निकै हास्यास्पद देखिन्छ । कतिपयले यसलाई ‘लाटो चरा’ समेत भन्ने गर्छन् । तर आकाशमा उड्दा भने यसको कहानी बिल्कुलै फरक छ । आफ्ना दुवै पखेटाहरू दायाँ-बायाँ फैलाउँदा यसको लम्बाई २ देखि ३ मिटरसम्म पुग्छ र यिनै पखेटाहरूको मद्दतले गर्दा यसले सबैभन्दा उच्च र लामो दूरीको उडान भर्न सक्छ । सुरुमा उडान भर्न मात्र अलिकति धौ-धौ पर्ने हो, तर एक चोटि हावामा माथि पुगेपछि, यसले बिना कुनै विश्राम कयौँ दिनसम्म सयौँ किलोमिटरको दूरी तय गर्न सक्छ । आफ्ना लामा पखेटाहरूलाई फैलाएर, पखेटा फिटिक्कै नफड्फडाइ आकाशमा तैरिएको त्यो दृश्य साँच्चै नै लोभलाग्दो देखिन्छ…

प्राइमिङ इफेक्ट

यदि कुनै महत्त्वपूर्ण खेल हारेको खेलाडी वा टोली विज्ञापनमा देखिन्छ भने उक्त उत्पादनको विज्ञापनमा खासै भरोसा लाग्दैन । यो कुनै आधारहीन कुरा होइन । बजारशास्त्र पद्धतिको रूपमा व्यापक रूपमा प्रयोग हुने ‘प्राइमिङ इफेक्ट’ (priming effect) ले यसको कारण बुझाउँछ । मनोविज्ञानमा, प्राइमिङ एउटा अन्तर्निहित स्मृति प्रभाव (implicit memory effect) हो, जसमा एउटा उत्तेजक (stimulus) को अनुभवले अर्को उत्तेजकप्रतिको प्रतिक्रियालाई प्रभाव पार्छ । मानिसहरू सकारात्मक भावनाद्वारा प्रभावित हुँदा वस्तुहरूप्रति सकारात्मक दृष्टिकोण राख्ने र नकारात्मक भावनाद्वारा प्रभावित हुँदा नकारात्मक दृष्टिकोण राख्ने प्रवृत्तिका हुन्छन् । त्यसैले, एउटा विश्व प्रसिद्ध पेय पदार्थ कम्पनीले गम्भीर बहसका कार्यक्रम वा सङ्कट र दुर्घटनाका समाचारलगत्तै आफ्ना विज्ञापनहरू प्रसारण नगर्ने कडा नियम बनाएको छ । कारण यसले उक्त उत्पादनको राम्रो छविलाई फितलो बनाउँछ । प्राइमिङ इफेक्टलाई मानव सम्बन्धमा पनि…

सत्य बताउने

संयुक्त राज्य अमेरिकाका प्रमुख अस्पतालहरूले ‘सत्य बताउने’ (Tell the truth) कार्यक्रम लागू गरिरहेका छन् । उक्त कार्यक्रम चिकित्सा क्षेत्रमा हुने गल्ती वा लापरबाहीहरूका लागि तयार पारिएको हो । कुनै पनि चिकित्सा त्रुटि हुँदा चिकित्सकको टोलीले बिरामीको परिवारलाई भेट्छ, अनुसन्धानमा इमानदार रहने वाचा गर्दै, परिवारको पीडामा मलम लगाउँछ र उनीहरूप्रति सहानुभूति प्रकट गर्दछ । यदि स्पष्ट अनुसन्धानमार्फत चिकित्सा टोली दोषी पाइएमा, उक्त टोलीले निष्कपट रूपमा माफी माग्छ र उचित क्षतिको प्रस्ताव गर्दछ । सहज रूपमा भन्नुपर्दा, योचाहिँ आफ्नो गल्ती स्वीकारेर त्यसको लागि क्षमायाचना गर्ने कार्य हो । भनिन्छ, कि चिकित्सा टोली दोषी प्रमाणित नभए पनि, उनीहरूले बिरामी र परिवारप्रति देखाएको अथक प्रयास र सहानुभूतिपूर्ण हेरचाहका कारण पीडित पक्षको मानसिक चोट र पीडा थोरै भए पनि कम हुन्छ । यो कार्यक्रम लागू गरेका…

घमण्ड नगरौं

पर्वतारोहण गर्न मन पराउने जो कोहीले पनि आफ्नो जीवनमा कम्तीमा एक पटक देख्ने सपना हो, पर्वतारोहण । तर पर्वतारोहण गर्नु सजिलो काम भने पक्कै होइन । पर्वतहरू निकै अग्लो हुने भएकोले पदयात्रा गर्न एकदमै कठिन हुन्छ, जसले पर्वतारोहीहरूलाई हतोत्साहित बनाउँछ र यसले निरन्तर दुर्घटनाहरू निम्त्याउँछ । यस्ता पर्वतहरूमा हुने १० प्रतिशत दुर्घटनाहरू लड्नाले हुन्छन्, र आश्चर्यको कुरा मानिसहरू हिमालको चुचुरोमा पुगेपछि झन् धेरै लड्ने गर्छन् । त्यसैले भन्ने गरिन्छ, कि हिमालले घमण्डलाई कहिल्यै स्वीकार गर्दैन । कठिन यात्रा पार गरेर हिमालको चुचुरोमा पुगेपछि मानिसहरूले राहत महसुस गर्छन् र आफ्नो तनावलाई भुल्छन् । उनीहरूले गौरवशाली महसुस गर्न सक्छन् । तर हिमालको चुचुरोमा पुगेर गरिने घमण्डले भयानक दुर्घटना निम्त्याउन सक्छ । त्यसैले चुचुरोमा पुगे पनि अब अगाडि के र कसरी गर्ने भन्ने…

उत्तेजना र प्रतिक्रियाबीच

उत्तेजना र प्रतिक्रियाबीच एउटा खाली ठाउँ हुन्छ । त्यही खाली ठाउँमा आफ्नो प्रतिक्रिया रोज्न सक्ने स्वतन्त्रता र शक्ति लुकेको हुन्छ । अनि त्यो प्रतिक्रियाले नै हाम्रो विकास र खुसीलाई निर्धारण गर्दछ । दोस्रो विश्वयुद्धको समयमा कुख्यात अश्विज (Auschwitz) यातना शिविरमा बन्दी बनाइएका र आफ्नो दृढ इच्छाशक्तिका कारण जीवित रहन सफल भएका मनोचिकित्सक भिक्टर ई. फ्रान्कल (Viktor E. Frankl)ले आफ्नो पुस्तकमा यस्तो कुरा लेखेका थिए । सजिलो गरी भन्नुपर्दा, मानौं : एउटा घमाइलो दिनमा परिवारसँग घुम्न जानका लागि तपाईंले खुसीसाथ गाडी चलाउँदैहुनुहुन्छ, तर अचानक पछाडिबाट आएको गाडीले तपाईंलाई ओभरटेक गर्दै बाटो छेक्छ । यस्तो अवस्थामा कि त रिसाएर झर्किन सकिन्छ, कि त त्यसलाई बेवास्ता गर्न सकिन्छ । रिसका कारण परिवारसँगको त्यो रमाइलो यात्रा बिगार्ने, कि आफ्नो मुडलाई राम्रो बनाएर परिवारसँग रमाइलो समय…

परीक्षाका फाइदाहरू

टमाटरलाई स्वादिलो बनाउने एउटा गज्ज्बको तरिका छ, त्यो नै चिचिला लाग्नेबित्तिकै सियोले हल्का घोचेर त्यसमा सानो प्वाल पार्ने प्रक्रिया हो । यसो गर्दा, टमाटरको बोटले आफ्नो घाउ निको पार्नका लागि जराबाट थप पोषक तत्वहरू तान्दछ । यो प्रक्रियाले गर्दा, बोटमा रोग र कीराहरूसँग लड्ने क्षमता विकास हुन्छ र यसले अझ बढी पौष्टिक फल फलाउन सक्छ । योजस्तै मानिसका लागि पनि उचित किसिमको कष्ट हुनु खराब होइन । हाम्रो जीवनलाई समग्रमा हेर्ने हो भने, यस्ता कष्ट र परीक्षाहरू लाभदायक छन् । दुःखका पहाडहरू पार गर्न सङ्घर्ष गर्दैजाँदा हामीभित्र दृढ इच्छाशक्ति पैदा हुन्छ र त्यो कष्टलाई जितेपछि एउटा छुट्टै उमङ्ग आउनुका साथै जीवनको वास्तविक अर्थ बुझ्न पुगिन्छ । हिजोआज खासै दुःख-कष्ट नभोगी हुर्किएका र जे खोज्यो त्यही तुरुन्तै पाइहाल्ने बानी परेका केटाकेटीहरूलाई केही…

परीक्षाका फाइदाहरू

4:55
0:00 4:55

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।