अरूको दुःखमा मिल्ने खुसी

8,956 भ्यु
लेख सुन्नुहोस् 3:43

विपक्षी टिमले कुनै खेलमा गल्ती गर्दा, रिस उठ्दो हाकिमले ऊभन्दा माथिल्लो ओहोदाको व्यक्तिबाट गाली खाँदा, समान अङ्क ल्याउने साथीले परीक्षामा गलत लेख्दा, लोकप्रिय राजनीतिज्ञको भ्रष्टाचार पर्दाफास हुँदा, प्रतिस्पर्धी कुनै विवादमा फस्दा, जस्ता विभिन्न नकारात्मक कुरा हुँदा अधिकांश मानिसहरू संवेदनशील हुनुको सट्टा खुसी हुने गर्छन् । योचाहिँ प्रत्येक मानिसले अनुभव गर्ने कुरा हो ।

अमेरिकी मनोविज्ञानका प्रोफेसर डा. रिचर्ड एच स्मिथले अरूको दुःख वा असफलतामा खुसी मनाउने भावनालाई ‘स्काडेनफ्रेड’(Schadenfreude) भनी परिभाषित गरेका छन् । उनी भन्छन्, अरूको दिन बिग्रिँदा मानिसले आफूलाई बढी भाग्यमानी र अगाडि ठान्ने कुराचाहिँ मानवीय प्रवृत्ति हो । त्यसैले यस्तो भावनाबाट टाढै रहनका लागि उनले हामीलाई सल्लाह दिएका छन् । यदि यस्तो किसिमको भावना मनमा लिइरहने हो भने स्वतः अरूको अहित र दुर्भाग्यको कामना गर्न पुगिन्छ र उनीहरूलाई गलत बाटोमा डोऱ्याउन आफै अग्रसर हुन पुगिन्छ ।

आत्मबल जति कमजोर हुन्छ, त्यति नै अरूसँग आफूलाई तुलना गर्दा आउने हीनताको भाव धेरै हुन्छ । त्यसैले हामीले अरूमा खुसी खोज्नुको सट्टा आफूभित्र नै खुसी खोज्नुपर्छ । अनि अरूमाथि आइपर्ने दुर्भाग्यको दोष उनीहरूलाई दिनुको सट्टा उनीहरूप्रति सहानुभूति देखाउनुपर्छ ।

अरूको दुःखमा मिल्ने खुसी

3:43
0:00 3:43

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।