कटनीमा भिन्नता

18,863 भ्यु
लेख सुन्नुहोस् 2:10

दुई जना किसानहरू पाकेको पहेंलो जौ काट्न खेतमा गए ।

एक जनाले बिहान सबेरैदेखि जौ काट्न थाल्यो, भने अर्कोले चाहिँ बेला-बेलामा विश्राम गर्दै जौ काट्न थाल्यो । खाजा खाइसकेपछि, तिनीहरूले बिहान काम गरेजस्तै गरी फेरि काम गर्न थाले ।

साँझको समयमा जौ काट्ने काम सिद्धियो । दिनभरि विना विश्राम परिश्रम गरेको किसानले आफ्नो निधारको पसिना पुछ्दै आफूले काटेको जौलाई हेरेर छक्क पऱ्यो । किनभने बेला-बेलामा विश्राम गरिरहने किसानको जौका बिटाहरू तुलनात्मक रूपमा झन् धेरै थिए ।

“होइन, यो कसरी हुन सक्छ ? मैले विना विश्राम जौ काटें, तर पनि मेरा जौका बिटाभन्दा तिम्रा जौका बिटा बढी छन् ।”

“मैले जौ काट्ने क्रममा समय-समयमा आफ्नो हँसिया धरिलो पारिरहेको थिएँ ।”

कटनीमा भिन्नता

2:10
0:00 2:10

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।