विश्वास र जीवन
यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।
पिङ्क लेन्स प्रभाव
प्रेममा पर्दा मस्तिष्कको केन्द्रबाट डोपामिन हर्मोन उत्पन्न हुने भएकोले एकदमै खुसी र आनन्दित महसुस हुन्छ । स्वाभाविक रूपमा, अनुहार जीवन्त र उज्यालो देखिन्छ, धेरै मुस्कुराउन पुगिन्छ र यो संसार झन् धेरै उज्यालो र सुन्दर लाग्न थाल्छ । सधैँ राम्रो मुड हुने भएकोले पहिला रिस उठ्ने कुरा पनि अबचाहिँ सामान्य लाग्छ । आफूले माया गरेको व्यक्तिको कमजोर पक्ष देखिँदैन, तर राम्रा पक्षहरू मात्र देखिन्छन् । मनोविज्ञानमा, यो प्रक्रियालाई पिङ्क लेन्स प्रभाव भनिन्छ । गुलाबी चस्मा लगाउँदा आफूले प्रेम गरेको मानिस जे गर्दा पनि राम्रो लाग्छ । त्यो चस्मालाई कहिल्यै खोल्नु नपर्ने भए कति राम्रो हुन्थ्यो होला ! पिङ्क लेन्स प्रभावको अधिकतम समयावधि भनेको ३ वर्ष हो । व्यक्तिअनुसार फरक हुन सक्छ, तर समय बित्दैजाँदा बिस्तारै अर्को व्यक्तिको कमजोरी देखिन थाल्छ र पहिला…
त्याग्नुपर्ने बोलीवचनका बानीहरू
सबै मानिसहरू, अरूले आफ्नो कुरा ध्यान दिएर सुनिदेऊन् भन्ने चाहन्छन् । उनीहरू मन खुसी हुने कुरा गर्न रुचाउँछन् । ध्वनि विशेषज्ञ जुलियन ट्रेजर(Julian Treasure) भन्छन् कि, यदि हामी अरूले हाम्रो कुरा सुनिदेऊन् भन्ने चाहन्छौं भने हामीले सात वटा खराब बानी हटाउनुपर्छ । पहिलो खराब बानी ‘कुरा काट्नु’ हो । अनुपस्थित व्यक्तिको बारेमा कुरा काट्दा अरूले पनि आफ्नो कुरा काट्न सक्छन् भन्ने कुरा सधैँ याद गर्नुपर्छ । दोस्रोचाहिँ ‘अरूको मूल्याङ्कन वा आलोचना गर्नु’ हो । यदि अरूहरूले आफ्नो मापदण्डको आधारमा तपाईंको मूल्याङ्कन गर्छन् भने तपाईंलाई कस्तो लाग्छ ? तेस्रो ‘नकारात्मक हुनु’ हो । नकारात्मक बोलीले अरूलाई सुन्नसमेत गाह्रो बनाउँछ । चौथो ‘गनगन गर्नु’ हो । गनगनले जीवनलाई कष्टकर बनाउँछ । पाँचौँचाहिँ ‘बहाना’ बनाउनु हो । सबै कुरा अरूलाई दोष दिने र…
रोली-पोली खेलौनाजस्तै
जतिसुकै ढलाउन खोजे पनि कहिल्यै नढल्ने तर तुरुन्तै जुरुक्क उठिहाल्ने खेलौना हो, रोली-पोली खेलौना । यो खेलौना लडला-लडला जस्तो भए पनि तुरुन्तै फेरि सिधा उभिन सक्नुको कारणचाहिँ यसको गुरुत्वाकर्षण केन्द्र तल्लो भागमा भएकोले गर्दा हो । यदि गुरुत्वाकर्षणको केन्द्र माथिल्लो भागमा हुने हो भने, रोली-पोली खेलौना नै भए पनि सीधा उभिन सक्दैन । शरीरको सन्तुलन तलतिर नमिलेर जति नै उठाउन खोजे पनि त्यो ढलिहाल्छ । हाम्रो मनको केन्द्र पनि माथि भयो भने विश्वासलाई स्थीर बनाउन सकिँदैन । मन जति माथि हुन्छ, त्यति नै चाँडो ढल्ने अवस्था हुन्छ । अहङ्कारी मन भनेको आफूले चाहेअनुसार नहुँदा निराश हुने मन हो । माताको शिक्षा यदि तपाईंले हरेक कुरामा निराश महसुस गरिरहनुभएको छ भने, योचाहिँ तपाईंको मन अहङ्कारी हुँदै गइरहेको छ भन्ने कुराको प्रमाण…
तनाव कम गर्ने सबैभन्दा सजिलो उपाय
जनावरहरूले आफ्नो शक्ति प्रदर्शन गर्दा सम्भव भएसम्म आफ्नो शरीर फुलाएर ठूलो बनाउने गर्छन् । योजस्तै मानिसहरूले चाहिँ डराउँदा वा निराश हुँदा शरीर झकाउँछन् तर आत्मविश्वासले भरिँदाचाहिँ शिर ठाडो पारेर काँध सीधा पार्छन् । यसकारण दौडको अन्तिम घेरामा आइपुगेका खेलाडीहरूले आफ्नो हात माथि उठाउँछन् । मनको भित्री भावहरू बाह्य हाउभाउ र व्यवहारद्वारा व्यक्त गरिन्छ तर त्योभन्दा पनि महत्त्वपूर्ण कुराचाहिँ भित्री भावहरू बाह्य मनोवृत्तिद्वारा प्रेरित हुन्छन् । एउटा अनुसन्धानका अनुसार जब मानिसहरूले वन्डर वुमनजस्तै शरीर सीधा पारेर कम्मरमा दुवै हात राख्छन् वा कुर्सीमा अढेस लाग्दै दुवै हात टाउको पछाडि बाँधेर ढुक्कसँग बस्छन्, तब उनीहरूमा आत्मविश्वास बढाउने हर्मोन २० प्रतिशतले बढ्छ र मानसिक तनाव गराउने हर्मोन २५ प्रतिशतले घट्छ । यो परिवर्तन मात्र दुई मिनेटभित्र देखिएको थियो । धेरै मानिसहरूको अगाडि अन्तर्वार्ता दिन…
टेलिग्राम
बेलायती जासुसी उपन्यासकार आर्थर कोनन डोयलचाहिँ ख्यालठट्टा गर्न मन पराउने व्यक्ति थिए । एक दिन, उनले आफ्ना साथीहरूलाई आफ्नो नाउँ नखुलाइ एउटा टेलिग्राम पठाए । त्यसपछि उनी पालैपालो आफ्ना साथीहरूको घरमा गए । तर सबैका घरहरू खाली थिए । उनले हतार-हतार पठाएको टेलिग्रामको सन्देशका कारण यस्तो भएको थियो । टेलिग्राममा लेखिएको थियो, “सबै कुरा पर्दाफास भैसक्यो, तुरुन्तै भागिहाल !”
जेरो-बेस्ड सोचाइ
इतिहासकार आर्नोल्ड जे. टोयनबी भन्छन्, “यदि तपाईं विगतकै सफलतामा अडिएर बस्नुभयो भने, पक्कै असफल हुनुहुनेछ ।” विश्वप्रसिद्ध भविष्यविद् एल्भिन टोफ्लरले चेतावनी दिँदै भनेका छन्, “भविष्यमा टिकिरहनका लागि हामीले आफ्नो पुराना सफलताहरूलाई सबैभन्दा ठूलो खतराको रूपमा लिनुपर्छ ।” उदाहरणको लागि, “मैले पहिला यसरी गर्दा सफल भएको थिएँ ।” “यो नै सबैभन्दा राम्रो उपाय हो ।” “मेरो अनुभव सबैभन्दा उत्कृष्ट छ ।” भन्ने जस्ता सोचाइहरू हामीले बेलैमा त्याग्नुपर्छ । अनुभव पक्कै पनि एउटा मूल्यवान् सम्पत्ति हो । तर आफ्नो ज्ञान र अनुभावमा मात्र अन्धधुन्ध भर पर्नु भनेको चाहिँ आफ्नो खुट्टामा आफैले बन्चरो हान्नुजस्तै हो । किनभने समय कहिल्यै रोकिँदैन, तर लगातार परिवर्तन भइरहन्छ । त्यसैले हामीलाई जेरो-बेस्ड सोचाइ(Zero-Base Thinking) आवश्यक छ । योचाहिँ रुडिबादी सोचाइबाट टाढा रहेर खाली वा शून्य अवस्थाबाट सोच्नु हो…
नाएग्रा सिन्ड्रोम
जीवनचाहिँ एउटा निरन्तर बगिरहने खोलाजस्तै हो । समतल भूमिमा नदी शान्त र सुस्त हुन्छ तर जब त्यो नदीको पानी झरनासँग मिसिन्छ तब त्यो ह्वात्तै बढ्छ र भीरबाट तल खस्छ । योजस्तै हाम्रो जीवन पनि शान्त र सहज रूपमा चलिरहेको बेला कहिलेकहीँ अप्रत्याशित रूपमा उतारचढावहरू आउन सक्छन् । जीवनमा आउने उतारचढावलाई विशाल झरनासँग तुलना गर्ने एउटा मानसिक अवस्था छ, जसलाई ‘नाएग्रा सिन्ड्रोम’ भनिन्छ । यसले स्पष्ट लक्ष्य र मूल्य-मान्यताविना संसारको बहावमा समय बिताइरहँदा अचानक सङ्कट र सङ्घर्षमा आत्तिने मानिसको अवस्थालाई जनाउँछ । जीवनचाहिँ सधैँ एकै ठाउँमा रहिरहने पोखरीजस्तो नहुने भएकोले जीवनमा आउने साना-ठूला उतारचढावहरूबाट उम्कन सकिँदैन । तर जब हामीले जीवनको अर्थ बुझेर एउटा उद्देश्य बनाउँछौं तब जस्तोसुकै परिस्थितिमा पनि नडगमगाइकन शक्ति प्राप्त गर्न सक्छौं । त्यसैले अप्ठ्यारा र घुमाउरा बाटाहरूलाई…
परिवार
इटालेली प्रायद्वीपको पश्चिमी क्षेत्रमा अवस्थित सार्डिनिया टापु, विश्वव्यापी रूपमा दीर्घायु मानिसहरू बस्ने प्रख्यात क्षेत्रको रूपमा परिचित छ । यहाँको १६ लाख जनसङ्ख्यामध्ये १०० वर्षभन्दा बढी उमेरका मानिसहरूको सङ्ख्या २५० भन्दा बढी छ । एउटा अनुसन्धान टोलीले सार्डिनियाका बासिन्दाहरू दीर्घायु हुनुको रहस्यबारे अध्ययन गऱ्यो । उनीहरूको अनुसन्धानअनुसार सार्डिनियालीहरूमा दीर्घायुको विशेष जीन रहेको कुरा पत्ता लाग्यो । त्यहाँका दीर्घायु मानिसहरूमा परिवारसँग मिलेर बस्ने एउटा साझा विशेषता थियो । एउटै घरमा दुई-तीन पुस्ताका मानिसहरू भेला भई बस्ने, एक-अर्कासँग धेरै कुराकानी गर्ने र रमाइलोसँग जीवन बिताउने यो पारिवारिक संस्कृति नै उनीहरूको जीवनको वास्तविक ऊर्जा हो । यो संसारमा जिउने आधार र शक्ति दिने स्रोतचाहिँ परिवार हो । हाम्रो अर्को एउटा परिवार पनि छ । त्यो नै स्वर्गीय पिता र माताबाट अनन्त जीवनको आत्मिक गुण प्राप्त गरेर,…
सबैभन्दा प्रिय सन्तान
कुनै एउटा परिवारमा पाँच जना छोरा-छोरीहरू थिए । उनीहरूमध्ये दोस्रो छोरी पढाइमा अब्बल भएकीले वरपरका मानिसहरूले उनको प्रशंसा गर्थे । तर उसलाई भने बुबा-आमाले अरू भाइ-बहिनीलाई बढी प्रेम गरेझैँ लाग्थ्यो । त्यसैले उनी मनमनै दःखी भइन् । तसर्थ एक दिन उनले आफ्नी आमालाई सोधिन् । “आमा, तपाईं हामीमध्ये कसलाई धेरै प्रेम गर्नुहुन्छ ?” आमाले मुस्कुराउँदै जवाफ दिनुभयो । “जब तिम्रो दाइ किशोरावस्थामा भौंतारिँरहेको थियो तब मैले उसलाई सबैभन्दा बढी प्रेम गरें । जब तिमीले साथीसँग झगडा गरेर गाह्रो महसुस गर्थ्यौ तब मैले तिमीलाई सबैभन्दा बढी प्रेम गरें । जब तिम्रो सानो भाइ साइकलबाट लडेर रुदै घर फर्किएको थियो तब मैले उसलाई सबैभन्दा बढी प्रेम गरें । जब तिम्रो कान्छो भाइले रोजेको खेलौना मैले किन्दिन सकिनँ तब मैले उसलाई सबैभन्दा बढी…
गर्व
स्वस्थ हुने मानिसहरूले प्रायः आफ्नो स्वस्थ्यको बेवास्ता गर्छन् । शरीरमा त्यस्तो कुनै दुःखाइ नभएकोले उनीहरू आँखा चिम्लेर आफ्नो स्वास्थ्यमा भरोसा गर्छन् तर कहिलेकहीँ अप्रत्याशित रूपमा रोग लाग्न सक्छ । वास्तविकतामा प्रायः सबैभन्दा स्वस्थ देखिने मानिसहरू नै अचानक बिरामी परिरहेका हुन्छन् । अर्कोतर्फ, दुर्बल शरीर भएका मानिसहरूले चाहिँ आफ्नो स्वास्थ्यको एकदमै ख्याल गर्छन् । उनीहरूलाई आफू दुर्बल भएको कुरा थाहा भएकोले उनीहरूले सम्भव भएसम्म स्वस्थ्यका लागि हानिकारक भएका खानेकुराहरू खाँदैनन्, तर स्वस्थ खाना खाँदै शारीरिक रूपमा स्वस्थ रहन परिश्रम गर्छन् । “... यसकारण ख्रीष्टको शक्ति ममा वास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढी खुशीसाथ गर्व गर्नेछु ।” २ कोर १२:९ प्रेरित पावलले आफ्नो दुर्बलतामा गर्व गरे, किनभने यसले उनलाई अभिमानी हुनबाट बचायो र सधैँ परमेश्वरमा भर पर्ने गरायो । यदि…
पछुतो कम गर्ने तरिका
“इन्टरनेटमार्फत सामान बेच्दा कस्तो होला ?” “विचार त राम्रो छ, तर तपाईंजस्तो केही कुराको अभाव नभएको मानिसले किन बेकारमा जोखिम मोल्नु पऱ्यो र ? बरु यो काम त राम्रो जागिर नपाएको मानिसले गर्दा बढी ठीक होला ।” एउटा प्रतिष्ठित विश्वविद्यालयबाट स्नातक गरेर नाम चलेको कम्पनीमा ठूलो पारिश्रमिक खाँदै सुखमय जीवन बिताइरहेका व्यक्तिले अचानक राजीनामा दिए । उनले इन्टरनेट व्यवसायको बलियो सम्भावनालाई बेलैमा बुझेर आफ्ना हाकिमलाई अनलाइन सपिङ मल खोल्ने प्रस्ताव राखेका थिए, तर प्रस्ताव अस्वीकार भएपछि उनले आफैँ व्यवसाय सुरु गर्ने निर्णय गरे । यी व्यक्ति नै विश्वको सबैभन्दा ठूलो अनलाइन सपिङ मल अमेजनका संस्थापक जेफ बेजोस हुन् । स्थिर जीवन कि नयाँ चुनौती भन्ने दुई विकल्पहरूका बीच अलमलिरहेको बेला, उनले आफ्नो मनको द्वन्दलाई रोक्नका लागि कम पछुतो हुने पक्षलाई…
अभ्यास नगरेमा
कोरियामा कुनै एक जना विश्वप्रसिद्ध गायिकाको प्रस्तुति देखेर दर्शकहरू निकै निराश र आक्रोशित भए । उनीहरूले ती गायिकाको उत्कृष्ट गायन क्षमता प्रत्यक्ष रूपमा हेर्न महँगो टिकेट किनेका थिए, तर उनको अस्थिर र कमजोर आवाजका कारण पछाडि बसेका दर्शकहरूले केही पनि सुन्न सकेनन् । त्योचाहिँ उनले मञ्चमा उभिनुअघि पर्याप्त अभ्यास नगरेकोले गर्दा थियो । कुनै कुरामा जतिसुकै पोख्त वा बानी परेको मानिस भए पनि, लामो समयपछि उक्त काम गर्दा असहज महसुस हुन सक्छ । कुनै वाद्य यन्त्र राम्रोसँग बजाउन आए पनि लामो समयसम्म अभ्यास गरेन भने औंलाहरूलाई राम्ररी चलाउनसमेत सकिँदैन । वर्षभरि कसरत गरेर मांसपेशीहरू बनाए पनि लगातार कसरत गरेन भने एकै महिनामा त्यो घट्न थाल्छ । सङ्गीत, व्यायाम वा पढाइ जे भए पनि लगातार अभ्यास गरिरह्यो भने त्यो विधामा सीप…
पैसाद्वारा किन्न सकिने खुसी
के पैसाले खुसी किन्न सकिन्छ ? खुसीचाहिँ बजार वा डिपार्टमेन्ट स्टोरमा बेचिने सामान होइन, त्यसैले यसलाई पैसाले किन्न सकिँदैन । यदि पैसाले खुसी किन्न सकिने भए धेरै पैसा हुने मानिसहरू सबैभन्दा बढी खुसी हुनेथिए । तर वास्तविकता त्यस्तो हुँदैन । यद्यपि पैसाले खुसी किन्न सकिने एउटा तरिका छ । हार्वड विश्वविद्यालयका प्राध्यापक माइकल नोर्टनले एउटा अनुसन्धान गरे, जसमा उनले दुई समूहमा मानिसहरूलाई विभाजन गरे, र उनीहरूलाई ५देखि २० डलर दिए । उनले एउटा समूहलाई आफ्ना लागि खर्चन भने र अर्को समूहलाई चाहिँ अरूका लागि खर्चिन भने । त्यसपछि उनले तिनीहरूको खुसीको मात्राबारे सर्वेक्षण गरे । आफ्नो लागि कफि वा अन्य सामान खरिद गर्नेहरूको खुसीको स्तरमा खासै कुनै परिवर्तन आएन तर अरूका लागि उपहार खरिद गरिदिनेहरू चाहिँ अझ बढी खुसी भए…
खुसी
संसारमा खुसीको बारेमा विभिन्न अनुसन्धानका नतिजाहरू छन् । अनुसन्धानको अवधि र व्यक्तिहरू फरक-फरक छन्, र सर्वेक्षण गर्ने तरिकाहरू पनि फरक छन्, तर अचम्मको कुरा सबै नतिजाहरू उस्तै छन् । अनुसन्धानका अनुसार भौतिक सुखसुविधाबाट प्राप्त हुने खुसी तबसम्म मात्र रहन्छ, जबसम्म पेट पाल्ने चिन्ता हुँदैन । बाँच्नका लागि आवश्यक आधारभूत कुराहरू एक चोटि सुनिश्चित भएपछि, सुरुमा महसुस भएको खुसी हराएर जान्छ र आम्दानी बढे पनि खुसीको स्तर एउटै ठाउँमा रोकिन्छ । राष्ट्रिय आम्दानी कम भएका मुलुकका नागरिकहरूको खुसीको सूचकाङ्क बढी हुनुको कारण पनि यही नै हो । खुसीको मापदण्ड व्यक्तिअनुसार फरक हुने भएकाले यसलाई ‘यही नै हो’ भनेर एकै शब्दमा परिभाषित गर्न गाह्रो छ । तर खुसी रहने मानिसहरूमा एउटा कुरा समान हुन्छ । उनीहरू आत्मविश्वासले भरिएका हुन्छन्, उनीहरूको जीवनको लक्ष्य…
उस्तै तापक्रम भए पनि
कुनै एक समयमा ताइवानमा शीतलहरका कारण अभूतपूर्व रूपमा जाडो भयो, जसले गर्दा धेरै मानिसहरूले हाइपोथर्मिया, हृदयघात र मस्तिष्क घातद्वारा आफ्नो ज्यान गुमाए । यति धेरै मानिसहरूले ज्यान गुमाउन पुगेको त्यो समयको चिसो कति थियो होला ? त्यो समयमा जाडोको सबैभन्दा चिसो दिनको तापक्रम भनेको ४℃ [३९℉] थियो । कोरियामा यतिको चिसोचाहिँ जाडोको प्रारम्भिक दिनहरूमा मात्र हुन्छ । ०℃भन्दा माथिको तापक्रममा मानिसहरूले ज्यान गुमाउँछन् भन्ने कुरा बुझ्न गाह्रो छ तर ताइवानको औसत तापक्रमलाई सोच्ने हो भने ४℃चाहिँ तिनीहरूको निम्ति एकदमै चिसो मौसम हो । ताइवानमा उपोष्णकटिबंधीय जलवायु भएकोले यहाँको वार्षिक औसत तापक्रम २०℃[68℉]भन्दा बढी हुन्छ । यो ठाउँमा हुने जाडोको तापमान १० देखि १५ डिग्री सेल्सियस हुन्छ र यहाँको तापमान १०℃[50℉]भन्दा तलचाहिँ बिरलै हुने गर्छ । त्यसैले कठ्याङ्ग्रिने चिसो महसुस नगरेका ताइवानीहरू चिसो…
परमेश्वरले दिनुभएको कुरा
दर्गम क्षेत्रमा यात्रा गर्ने अन्वेषकहरूका लागि दिनको सबैभन्दा कठिन समय भनेको बिहान उठ्ने समय हो । पालभित्र सुतिरहेको बेला बाहिर जोडले हावाहुरी चलेको आवाज सुन्दा उनीहरू डराउँछन् र ओछ्यानबाट उठ्ने इच्छा गर्दैनन् । तर एक चोटि जुरुक्क उठेर बाहिर निस्किएपछि उनीहरूले मौसम त सोचेजस्तो खराब रहेनछ भन्ने कुरा महसुस गर्छन् । परिस्थिति मात्र फरक हो, तर यस्तो मिल्दोजुल्दो अनुभव हामी सबैको जीवनमा हुन्छ । आफूले सङ्कल्प गरेको कुरा व्यवहारमा लागू गर्न समय लाग्छ तर त्यो कुरालाई व्यवहारमा लागू गरेपछि चिन्ता गर्नुपर्ने कुरा केही रहेनछ भन्ने कुरा महसुस हुन्छ । वास्तवमा डर नै मुख्य समस्या हो । जे काम सुरु गरे पनि मनलाई तयार पार्न आवश्यक छ, तर योजना गरेभन्दा बढी गल्ती गरिने हो कि भन्ने डरले हामी पछि पर्छौं । दुर्गम…
मेरो भाइको मुटु प्राप्त गर्ने बालकको लागि
सन् २०१६ मार्चमा संयुक्त राज्य अमेरिकामा एरिक नाउँ गरेका ११ वर्षीय बालक कार दुर्घटनामा मारियो । उसको परिवार गहिरो पीडा र क्रोधमा भए पनि उनीहरूले त्यो ड्राइभरलाई माफ गर्ने निर्णय गरे, र अरू कसैको जीवन बचाउनका लागि एरिकको अङ्ग दान गर्ने निर्णय गरे । एरिकका दाजुले आफ्नो भाइको मुटु प्राप्त गरेका बालकको लागि यस्तो सन्देश लेखे । “एरिकले आफ्नो जीवनकालमा हामीलाई ठूलो शक्ति र प्रेम दियो । उसको जीवन लामो छैन भन्ने कुरा थाहा पाएकोले उसले आफ्नो जीवन पूर्ण रूपमा जियो । तिमीले यसअघि पीडादायी जीवन बिताइरहेका थियौ तर मेरो भाइको मुटु पाएकोले अबचाहिँ सकारात्मक र सक्रिय जीवन बिताउन अनुरोध गर्दछु । कहिलेकहीँ प्रेम गर्न गाह्रो हुन सक्छ, र कहिलेकहीँ चाहिँ भरोसा गर्ने एउटै साथी नभएकोले एकलो महसुस हुन्छ ।…
बोली
“तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस् ।” एफि ४:२९ “नूनले स्वादिलो पारेजस्तो तिमीहरूको बोलीवचन सधैँ कृपालु होस्, ...” कल ४:६ बाइबलमा हाम्रो बोलीवचनसम्बन्धी धेरै पदहरू छन् । तीमध्ये अधिकांश बाइबलका पदहरूमा सुन्नेहरूलाई अनुग्रह मिल्ने बोली बोल्नुपर्छ भनेर शिक्षा दिइएको छ । बोलीचाहिँ आशिष् वा नैराश्यताको बीउ हुन सक्छ । बोली राम्रो हुँदा आशिषित जीवन जिउन सकिन्छ भने बोली गलत हुँदा जीवन बर्बाद पनि हुन सक्छ । समाचारमा आउने विभिन्न घटना र दुर्घटनाहरूको कारणबारे अनुसन्धान गर्दा, अधिकांश घटनाहरू बोलीको कारणले उत्पन्न भएको देखिन्छ । सुन्दा अनुग्रह नमिल्ने बोलीभन्दा स्वर्गको आशा दिलाउने, विश्वासलाई दृढ बनाउने सहानुभूति र प्रोत्साहनका बोलीहरू बोलौं । केवल एउटा बोलीले मरिरहेको आत्मालाई बचाउन सक्छ ।…
रोकिएको टेनिस खेल
सन् २०१६ सेप्टेम्बरमा स्पेनको मल्लोर्कामा टेनिस खेल भइरहेको बेला खेल अचानक रोकियो । टेनिसका चर्चित खेलाडि रफाएल नाडालले खेल सुरु गर्नै लाग्दा खेल मैदानमा आफ्नो बच्चा खोजीरहेकी एक जना महिलाको सोर सुनेर रोकिए । रुन्चे स्वरमा आफ्नो बच्चाको नाम पुकारिरहेकी ती महिलातर्फ जब नडालको ध्यान मोडियो, तब ७,००० भन्दा बढी दर्शकहरूले पनि स्थिति बुझे र “क्लारा” भन्दै त्यो बच्चाको नाउँ पुकार्न थाले । फलस्वरूप त्यो बच्चा तुरुन्तै भेटियो । अपरिचित मानिसहरूको बीचमा अलमल्ल परिरहेको त्यो बच्चा आमालाई देख्नेबित्तिकै दुई हात खोलेर रुन थाल्यो । आमा पनि भावुक हुँदै रोइन् । आमा र बच्चाको रोचक पुनर्मिलन देखेर दर्शकले ताली बजाएर खुसी मनाए । यो मनछुने दृश्य मिडियामार्फत संसारभरि फैलिएपछि नाडाल विश्वको उत्कृष्ट खेलाडी मात्र नभई एक दयालु मानिसको रूपमा समेत परिचित…
परमेश्वर सँगसँगै हिँड्दा
के तपाईं कुनै चर्चित पर्यटकीय क्षेत्र आफूले सोचे जति राम्रो नभएकोले वा त्यहाँको सुविधाहरू नराम्रो भएकोले निराश हुनुभएको छ ? तर यदि त्यो यात्रामा उस्तै सोचाइ भएका व्यक्तिहरू गए भने त्यो यात्रा साँच्चै यादगार हुन्छ । उस्तै सोचाइ भएको मानिससँग जुनसुकै ठाउँमा जेसुकै गर्दा पनि सन्तुष्टि महसुस हुन्छ । परमेश्वर सँगसँगै हिँड्दा पनि उस्तै हो । परमेश्वरको सोचाइ र हाम्रो सोचाइ उस्तै भयो भने सधैँ आनन्दित भएर निरन्तर प्रार्थना गर्न सकिन्छ र सबै परिस्थितिमा धन्यवाद चढाउन सकिन्छ (१ थेस ५:१६-१८) । जबसम्म हामीले हाम्रो मुक्ति र उज्ज्वल भविष्यबारे फिक्रि गर्नुहुने परमेश्वरजस्तै सोच्दछौं तबसम्म हामी कहिल्यै निराश हुनेछैनौं र विश्वासको मार्ग जतिसुकै कठिन भए पनि हिम्मत हार्नेछैनौं । “के दुई जना आपसमा सहमत नभएसम्म सँगसँगै हिँड्छन् र ?” आमो ३:३ परमेश्वरसँग…