अभ्यास नगरेमा

18,723 भ्यु
लेख सुन्नुहोस् 4:07

कोरियामा कुनै एक जना विश्वप्रसिद्ध गायिकाको प्रस्तुति देखेर दर्शकहरू निकै निराश र आक्रोशित भए । उनीहरूले ती गायिकाको उत्कृष्ट गायन क्षमता प्रत्यक्ष रूपमा हेर्न महँगो टकिट किनेका थिए तर उनको अस्थिर र कमजोर आवाजका कारण पछाडि बसेका दर्शकहरूले केही पनि सुन्न सकेनन् । त्योचाहिँ उनले मञ्चमा उभिनुअघि पर्याप्त अभ्यास नगरेकोले गर्दा थियो ।

कुनै कुरामा जतिसुकै पोख्त वा बानी परेको मानिस भए पनि, लामो समयपछि उक्त काम नगर्दा असहज महसुस हुन सक्छ । कुनै वाद्य यन्त्र राम्रोसँग बजाउन आए पनि लामो समयसम्म अभ्यास गरेन भने औंलाहरूलाई राम्ररी चलाउनसमेत सकिँदैन । वर्षभरि कसरत गरेर मांसपेशीहरू बनाए पनि लगातार कसरत गरेन भने एकै महिनामा त्यो घट्न थाल्छ ।

सङ्गीत, व्यायाम वा पढाइ जे भए पनि लगातार अभ्यास गरिरह्यो भने त्यो विधामा सीप विकास हुन्छ । योजस्तै हाम्रो विश्वासको जीवन पनि ठ्याक्कै उस्तै हो । विगतको समयमा जति राम्रो भए पनि वर्तमानमा प्रार्थना गरेको छैन, वचन अध्ययन गरेको छैन वा परमेश्वरको शिक्षालाई व्यवहारमा लागू गरेको छैन भने परमेश्वरबाट टाढा हुन पुगिन्छ । अनि एउटा बिन्दुमा आएर पहिला कहिल्यै नगरेको जस्तो अप्ठ्यारो लाग्न सक्छ र फेरि त्यही कुरा सुरु गर्न झन् गाह्रो हुन सक्छ ।

ईश्वरीय स्वभाव धारण गर्नको निम्ति हरेक दिन अभ्यास गरौं । यो नै अन्त्यसम्म परमेश्वरको सन्तानको रूपमा स्थिर भएर स्वर्गीय राज्य प्रवेश गर्न सकिने तरिका हो ।

अभ्यास नगरेमा

4:07
0:00 4:07

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।