जति भए पनि

10,729 भ्यु
लेख सुन्नुहोस् 2:41

एक धनाढ्य आइरिस अमेरिकी नागरिकका रूपमा परिचित चार्ल्स एफ. फिनीले आफ्नो सम्पूर्ण सम्पत्ति समाजलाई फिर्ता गर्ने वाचा पूरा गर्दै आफ्नो पूर्व शैक्षिक संस्था, कर्नेल विश्वविद्यालयलाई ७० लाख अमेरिकी डलर बराबरको रकम दान गरे । विगत ३५ वर्षदेखि उनले लगभग ८ अरब बराबरको रकम योगदान गरे ।

‘पैसाको मात्रै ख्याल राख्ने कठोर मन भएको मानिस’ भन्दै मिडियामा उनको कडा आलोचना भए पनि उनले लामो समयदेखि एक परोपकारी फाउन्डेसन स्थापना गरेर निरन्तर राम्रो काम गरिरहे, तर उनले यो कुरा कहिल्यै जाहेर गरेनन् । यदि उनको व्यवसाय विवादमा नफसेको वा त्यसको लेखाजोखा बाहिर नआएको भए उनको विशाल दान गतिविधिहरू गोप्य नै रहनेथियो ।

अहिले उनी आफ्नी श्रीमतीसँग भाडाको अपार्टमेन्टमा बसेर कम खर्चिलो जीवनशैली बिताइरहेका छन् । ठूलो रकम दान गर्ने विषयमा उनले यसो भनेका छन् ः

“जतिसुकै पैसा भए पनि एकै समयमा दुई वटा पाइन्ट लगाउन सकिँदैन ।”

जति भए पनि

2:41
0:00 2:41

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।