व्यवस्थापकीय क्षमता

हाम्रो वरिपरि थुप्रै वस्तु र जानकारीहरू छन् । तर के हामीलाई ती सबै कुराको आवश्यक छ र ? यो कुरालाई गहिरिएर मनन गर्ने हो भने हामीलाई ती कुराहरू सबै आवश्यक छैन भन्ने कुरा सजिलै महसुस गर्न सकिन्छ । प्रख्यात व्यवस्थापन परामर्शदाता लिज डेभनपोर्टका अनुसार, जागिरेहरूले वर्षमा झण्डै १५० घण्टा केवल आवश्यक सूचना वा सामानहरू खोज्नमा बिताउँछन् । वास्तवमा हामीले घरमा पनि सामान खोज्ने बहानामा धेरै समय बर्बाद गरिरहेका हुन्छौं ।
विज्ञहरूका अनुसार, सामान खोज्ने समय मात्र बचत गर्न सकियो भने, त्यो समयलाई फाइदाजनक काममा प्रयोग गर्न सकिन्छ । तसर्थ विज्ञहरूले समय व्यवस्थापन गर्ने तरिका सुझाएका छन् । संक्षेपमा भन्नुपर्दा, गर्नुपर्ने कामहरूलाई प्राथमिकता दिने, धेरै प्रयोग हुने सामान वा फाइलहरूलाई सधैँ सजिलै भेटिने ठाउँहरूमा राख्ने, र काम नलाग्ने चीजहरूलाई थुपारेर राख्नुको सट्टा तुरुन्तै फालिहल्ने । सरल भाषामा भन्नुपर्दा, हामीले कुन सामान राख्ने र कुन सामान फाल्ने भन्ने विषयमा सही निर्णय लिन सक्नुपर्छ । यो सुन्दा जटिल जस्तो लागे पनि कुन सामान राख्ने र कुन फाल्ने भन्ने कुरा प्रायः मानिसलाई पहिला नै थाहा हुन्छ । उनीहरूलाई केवल त्यो काम सुरु मात्र गर्न गाह्रो भइरहेको हुन्छ ।
के तपाईंलाई पनि आफ्नो आत्मिक जीवनमा यस्तै महसुस हुन्छ ? यदि हुन्छ भने, आफ्नो प्राथमिकताको सूचीलाई एक पटक जाँचेर हेर्नुहोस् । कतै यहाँहरूले फाल्नुपर्ने कुराहरूलाई जतन गरेर राख्ने र राख्नुपर्ने कुराहरूलाई फाल्ने गल्ती गरिरहनुभएको त छैन ?
- व्यवस्थापकीय क्षमता
- गर्नुपर्ने कामहरूको प्राथमिकता छुट्याउने अनि धेरै प्रयोग हुने सामान वा फाइलहरू जुनसुकै बेला निकाल्न मिल्ने गरी सजिलै भेटिने ठाउँमा राख्ने ।
- गर्नुपर्ने कार्यहरूलाई प्राथमिकताको आधारमा वर्गीकरण गरेर प्रायः प्रयोग हुने वस्तु वा फाइलहरू जुनसुकै समयमा सहजै निकाल्न सकिने गरी नजिकै राख्ने ।