विश्वास र जीवन

यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।

बिदाको असाधारण गृहकार्य

“खाली खुट्टा जमिनमा हिँड्ने, सूर्यास्तलाई शान्त रूपले हेर्ने, वनको रूखलाई अँगालेर कुराकानी गर्ने, वन्य फूलकै उचाइमा निहुरेर त्यससँग कुराकानी गर्ने, आफ्नो बाथरुम र शौचालय सफा गर्ने, वर्षालाई महसुस गर्न त्यसमा भिज्ने र आफ्नो वरिपरिका सुक्खा चीजहरूको अवलोकन गर्ने, आफैले खाना पकाएर परिवारका लागि भान्सा तयारी गर्ने, बुबा-आमाको कार्यक्षेत्रको भ्रमण गर्ने, परिवारसँगै बल्सम फूलहरूले नङ रङ्ग्याउने, बाहिर क्याम्प गर्दा पाल टाँगेर सुत्ने, आफ्नो साथी अथवा शिक्षकलाई पत्र लेख्ने ... ।” यीचाहिँ कोरियाको गाङवन प्रान्तको माध्यमिक विद्यालयका छात्रहरूलाई कुनै शिक्षकले वसन्त बिदामा दिएका गृहकार्यहरू हुन् । गृहकार्यको कुरा उठ्दा हामीहरू दैनिकी लेख्ने, किताबी रिपोर्ट लेख्ने, कलाकृति सिर्जना गर्ने इत्यादि कुराहरूलाई याद गर्न पुग्छौं । त्यसैले माथि उल्लेखित गृहकार्यहरू एकदम आविष्कारक र रोचक छन् । शिक्षकले भावनाको कमी भएका छात्रहरूलाई भावनात्मक बनाउन आवश्यक…

पिनोकियो प्रभाव

पिनोकियोले झूट बोल्दैपिच्छे किन उसको नाक लामो हुँदैगएको होला ? उसको नाकमा झूट पत्ता लगाउने उपकरण भएकोले होला त ? यो एउटा आधारहीन कथा होइन । संयुक्त राज्य अमेरिकाको सिकागोस्थित बास्ना र स्वाद उपचार अनुसन्धान संस्थाका अनुसन्धानकर्ता डा. एलेन हर्सले वास्तवमा झूट बोल्नेहरूको नाकमा ‘क्याटेकोलोमिन’ नामक रसायन उत्पन्न हुने हुँदा त्यसले नाकको स्नायु तन्तुलाई अस्थायी रूपमा फुलाइदिन्छ भन्ने तथ्य पत्ता लगाएका थिए । नाकको टुप्पोमा रहेको स्नायु तन्तु फुलिने भएकोले नाक चिलाउने गर्छ । त्यसो हुँदा थाहै नपाई हातले नाक कन्याउन वा माड्न पुगिन्छ । यसलाई ‘पिनोकियो प्रभाव’ भनिन्छ । वास्तवमा कुनै व्यक्तिले झूट बोल्दाखेरि उसको नाकले मात्र प्रतिक्रिया दिने चाहिँ होइन । भण्डाफोर हुने हो कि भन्ने डर र चिन्ताका कारण उसको स्नायु प्रणालीमै परिवर्तन देखा पर्छ, अनि रक्तचाप…

आकाशबाट झर्ने स्यान्डवीच

स्यान्डवीच खानको निम्ति ग्राहकहरूले माथि आकाशतिर हेर्नुपर्ने एउटा स्यान्डवीच पसल छ । विशेष कुरा यति मात्र होइन । त्यहाँ त टेबलहरू, कुर्सीहरू र काउण्टर पनि छैन । अझ त्यो पसलचाहिँ पहिलो वा दोस्रो तलामा नभएर सातौँ तलामा छ । यहाँहरूलाई यो अलि हाँसउठ्दो लाग्छ होला, तर पसलको विषयमा सुनेर आउने ग्राहकहरूको त्यहाँ घुइँचो लाग्ने गर्छ । यो नै अस्ट्रेलियाको मेलबर्नमा अवस्थित जाफल सुट(Jafflechutes) नामको स्यान्डवीच पसल हो । जाफल सुट भन्ने शब्दचाहिँ जाफल(सेकाइएको स्यान्डवीच) र प्यारासुटको संयोजन हो । यसका ग्राहकहरूले अनलाइनमार्फत अग्रिम अडर गरेर स्यान्डवीचको लागि पैसा भुक्तानी गर्छन्, अनि निर्धारित समय र X चिन्ह भएको ठाउँमा गएर पर्खिन्छन् । तब सानो प्यारासुटमार्फत अडरअनुसार उनीहरूकहाँ स्यान्डवीचहरू पुऱ्याइन्छ । त्यसैले यो ठाउँमा भेला भएका ग्राहकहरूलाई माथि आकाशतिर हेरिरहेको देखिन्छ ।…

ढुङ्गामा ठेस खाएका मानिस

एक जना मानिस जङ्गलको साँघुरो बाटोमा हिँडिरहेका थिए । सूर्यको किरण घना जङ्गलका रूखहरूलाई छेडेर चम्किरहेको थियो, अनि ताजा हावाले तिनलाई प्रफुल्लित र आनन्दित तुल्याइरहेको थियो । प्रकृतिको सुगन्ध महसुस गर्दै आँखा बन्द गरेर तिनी बिस्तारै हिँडिरहेका थिए । तब एक्कासि तिनी जमिनको एउटा चुच्चे ढुङ्गामा ठेस खाएर पछारिए । रिसले चूर भएर तिनले त्यो ढुङ्गालाई उखेलेर मिल्काइदिने निर्णय गरे । तिनले त्यो चुच्चे ढुङ्गालाई उखेल्न सजिलो होला भन्ठानेका थिए, तर जति गहिरो खन्यो त्यो ढुङ्गा त्यति नै ठूलो रहेको तिनलाई थाहा हुँदैगयो । पसीनाले तिनको लूगा पूरै भिजेको थियो, अनि घाम पनि अस्ताउनै लागेको थियो । तब मात्र ढुङ्गा उखेल्न खोज्नु कति ठूलो मूर्खता थियो भनेर तिनले महसुस गरें । तिनले खनेको माटोलाई यथास्थानमै भरिदिए, अनि जमिनमाथि निस्केको ढुङ्गाको…

दीर्घायु रहने रहस्य

एउटा कोरियाली टि.भी. कार्यक्रमका संवाददाताले १०७ वर्षीय वृद्धलाई “हजुरबा, तपाईंको दीर्घायु जीवनको रहस्य के हो ?” भनेर सोधे । तब ती वृद्धले “हजुरबा रे ? मलाई साथी भन्नुभए हुन्छ नि” भने । संवाददाताले “ओहो मेरो साथी, तपाईंको दीर्घायु जीवनको रहस्य के हो ?” भनेर फेरि सोधे । ती वृद्धले “रहस्य त खासै छैन, म नमरेकोले लामो समय बाँचेको हुँ” भनेर जवाफ के दिएका थिए, त्यहाँ हाँसो प्रस्फुटन भयो । संवाददाताले उनलाई फेरि सोधे, “मेरो साथी, लामो जीवन जिउने क्रममा तपाईंलाई मन नपर्ने मानिसहरू पनि धेरै थिए होलान् नि । उनीहरूलाई कसरी झेल्नुभयो ?” ती वृद्धले यसरी जवाफ दिए, “हजुर मलाई मन नपर्ने केही मानिसहरू त थिए । तर मैले उनीहरूलाई आफूखुशी गर्न छोडिदिएँ । उनीहरू सबै ८० वा ९० लागेपछि…

“बर्कनहेडलाई सम्झ !”

सन् १९१२मा ‘तैरिरहेको दरबार’ भनेर चिनिने शानदार टाइटानिक जहाज समुद्रमा डुब्न लाग्दा कप्तानले सबैभन्दा पहिला महिला र बच्चाहरूलाई उद्धार डुङ्गामा जान आदेश दिएका थिए, जुन पर्याप्त संख्यामा थिएन । अहिलेको ‘महिला र बच्चाहरूलाई प्राथमिकता’ भन्ने आम कानूनको उत्पत्ति बर्कनहेड नामको बेलायती नौसेना फौजबाट भएको मानिन्छ । सन् १८५२मा ४७२ जना सेनाहरू, आ-आफ्ना परिवारका १६२ जना सदस्यहरूसहित जहाज चढेर अफ्रिकी तट हुँदै यात्रा गरिरहेका थिए । दुर्भाग्यवश जहाज गुड होप केप भन्ने ठाउँनेरको चट्टानमा ठोक्किन पुग्यो । त्यहाँ प्रत्येकमा ६० जनाको क्षमता भएको ३ वटा मात्र उद्धार डुङ्गाहरू थियो । जहाज डुब्न लागेकोले कमान्डर सिड्नी सेटनले सबै सेनाहरूलाई जहाजको छतमा भेला हुन आदेश दिएर यसो भने : “हामी यहीँ बसेमा हाम्रा परिवारहरू बाँच्न सक्छन्, तर बाँच्नको लागि उद्धार डुङ्गामा चढ्न तँछाडमछाड…

अभिनेता-पर्यवेक्षक प्रवृत्ति

आफू काममा ढिलो पुगियो भने गाडी जाममा परेको अथवा बस नआएको जस्ता विभिन्न कारणहरू खुलाउने गरिन्छ । तर यदि आफ्ना कोही सहकर्मी ढिला आयो भने उसलाई अल्छी व्यक्तिको रूपमा हेरिन्छ । अनि आफ्नो परीक्षा बिग्रियो भने गाह्रो भएकोले हो भनेर सोच्ने गरिन्छ, तर अरूले परीक्षा बिगाऱ्यो भने उसले राम्ररी नपढेकोले हो भनेर सोच्न पुगिन्छ । योचाहिँ जोसुकै होस्, सबैले कम्तीमा एक चोटि भए पनि गर्न पुग्ने मनोवैज्ञानिक त्रुटि हो । यसरी आफूले गरेको कुनै कार्यलाई बाहिरी कारणहरू उल्लेख गर्दै त्यसमा दोष थुपार्ने र अरूले गरेको कार्यको विषयमा चाहिँ त्यो व्यक्तिको आन्तरिक कारणहरूद्वारा तर्क गर्ने प्रवृत्तिलाई ‘अभिनेता-पर्यवेक्षक प्रवृत्ति’ भनिन्छ । विशेष गरी मानिसहरू आफू एक अभिनेता वा पर्यवेक्षक भएको आधारमा अरू मानिसहरूसँग फरक व्यवहार गर्ने गर्छन् । यस्तो त्रुटिमा नपर्नको निम्ति…

न्याप्किनमा लेखिएको प्रेम

एक अमेरिकी परिवारका प्रमुख रहेका गर्थ क्यालाग्हान आफ्नी छोरीको टिफिन बक्स तयार गरिदिने मायालु बुबा हुन् । उनले हरेक दिन टिफिन बक्सको न्याप्किनमा असल भनाइ वा लेखजस्ता कुराहरू लेखेर छोरीप्रतिको आफ्नो प्रेम व्यक्त गर्छन् । तर एक दिन उनमा क्यान्सर देखियो । केही शल्यक्रिया र पुनरावृत्तिद्वारा क्यान्सरसँग लड्ने क्रममा छोरी एम्माको स्नातक समारोह पनि देख्न नपाईकन मरिने हो कि भन्ने चिन्ताले उनलाई पिरोल्यो । यसकारण उनले छोरीलाई स्नातक तह उत्तीर्ण गर्ने समयसम्मको लागि पर्याप्त हुने गरी ८२६ वटा न्याप्किन नोटहरू अग्रिम रूपमा लेखे । “प्रिय एम्मा, कहिलेकहीँ मलाई चमत्कार आवश्यक पर्दा म तिम्रो आँखामा हेर्ने गर्छु । तब मैले पहिल्यै एउटा चमत्कार पूरा गरिसकेको महसुस हुन्छ ।” “प्रकाशको एक झुल्कोले मात्र पनि अन्धकार मेटाइदिन्छ ।” “खेलमा नउत्रीकन जित हासिल गर्न…

समयलाई पछाडि सारेको यात्रा

सन् १९७९मा संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको कुनै समाचार पत्रले ७०-८० वर्षका ८ जना बुज्रुगहरूलाई एक हप्ता निःशुल्क यात्रामा पठाउने कुराको विज्ञापन छाप्यो । बुज्रुगहरू छनोट गरिए र उनीहरूलाई दुर्गम गाउँको भ्रमण गराइयो । त्यहाँ उनीहरूले २ वटा शर्तहरू पालन गर्नुपर्ने थियो । एउटाचाहिँ २० वर्षअघिको समयमा भएझैँ गरेर बोलीचाली र व्यवहार गर्नुपर्ने अनि अर्कोचाहिँ घरायसी कामकाज सबै आफैले गर्नुपर्ने थियो । सन् १९५९मा बनेका सामग्रीहरूद्वारा सिङ्गारिएको भवनमा सहभागी बुज्रुगहरूले चलचित्र हेरे र त्यो समयका पत्रिकाहरू पढे अनि हालसालको समाचारझैँ गरेर ऐतिहासिक घटनाहरूबारे कुराकानी गरे । बुढेसकाल र शारीरिक अशक्तताको बाबजुद उनीहरूले एक-अर्कालाई कठिन काममा मद्दत गर्दै घर सरसफाइ गरे, कपडा धोए र भाँडाकुँडा माझे । एक हप्तापछि, उक्त कार्यक्रमका आयोजकले त्यो यात्राचाहिँ ‘समयलाई पछाडि सार्ने’ एउटा परीक्षण थियो भन्ने…

सङ्कल्प

एक फ्रान्सेली निशानाबाज भेरोनिक जिरार्देतले आफू २ वर्षीया छँदा क्यान्सर रोगका कारण एउटा आँखाको दृष्टि गुमाउन पुगेकी थिइन् । उनले १६ वर्षको उमेरमा आफ्नो बुबासँग निशानाबाज सिकेर ४ पटकसम्म विश्वकै सर्वोत्कृष्ट खेलाडीको उपाधि हासिल गरेकी थिइन् । उनले अरूको भन्दा फरक परिस्थितिको बाबजुद त्यस्तो उत्कृष्ट उपलब्धि हासिल गर्नुको राज खुलाइन् । उनले “निशानाबाजचाहिँ दृष्टि राम्रो वा नराम्रो हुनुभन्दा पनि एकाग्रताको लडाइँ हो । बुबाले सधैँ मलाई, जुनसुकै काम होस्, गर्न सकिन्छ भन्ने आत्मविश्वास रोपिदिनुहुन्थ्यो” भनिन् । साथै आगामी खेलहरूमा पनि, आफ्नो बितिसक्नुभएका बुबाले हेरिरहनुभएको छ भन्ने सोच्दै अझ उत्कृष्ट गर्ने सङ्कल्प व्यक्त गरिन् ।

मानव-जातिलाई बचाएको आविष्कार

न्यू योर्क टाइम्सले भावी पुस्तालाई प्रभावित तुल्याएको ‘चिकित्सा प्रविधिको ऐतिहासिक कोसेढुङ्गा’सम्बन्धी अभिलेख छापेको थियो । १३औँ शताब्दीको मध्यदेखि आधुनिक समयसम्म करीब १,००० वर्षमा शरीर-क्रियाविज्ञान तथा चिकित्सा क्षेत्रमा सीधै चिकित्सा प्रविधि बनेर मानव-जातिलाई बचाउन ठूलो प्रभाव पारेका आविष्कारहरूलाई यसमा कालक्रमबद्ध रूपमा राखिएको थियो । कोसेढुङ्गोमध्ये प्रसिद्ध अमेरिकी राजनीतिज्ञ तथा रसायनविज्ञ बेन्जामिन फ्राङ्कलिनको आविष्कार पनि एक हो । फ्राङ्कलिनले मूत्रशायमा पत्थरी भएको आफ्नो भाइको निम्ति धातुका टुक्राहरू जोडेर लचिलो नली बनाए, र यसलाई मूत्रमार्गमा प्रतिस्थापन गरे । त्यो नै पहिलो मूत्रमार्गको क्याथेटर(मूत्राशयमा हालिने नली) थियो । अहिले त्यो क्याथेटर मानव शरीरको सबै नलीहरूमा प्रतिस्थापन गर्न सक्ने स्तरमा विकसित भएको छ । भाइको पीडालाई कम गराउन चाहने फ्राङ्कलिनको मनले अन्ततः धेरै बिरामीहरूलाई सहयोग पुऱ्यायो । डाक्टरलाई चिनाउने प्रतिनिधि उपकरण भनेको नै स्टेथस्कोप हो…

समय र क्षेत्रलाई पार गर्ने रहस्यमय संसारलाई चिन्ने तरिका

व्यवस्थापन परामर्शदाता र प्रशिक्षक पिटर ड्रकर दर्शनशास्त्र, राजनीतिक शास्त्र र व्यवसाय प्रशासनको प्राध्यापकको रूपमा कार्यरत थिए । उनले आधुनिक व्यवसाय निगम पनि स्थापना गरे । उनी सानो छँदा, उनको बुबा-आमाले घरमा विभिन्न किसिमका भेलाहरू गरेर अर्थशास्त्री शम्पेटर र हायेक, लेखक थोमस मान, मनोवैज्ञानिक फ्रोइड जस्ता विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूलाई आमन्त्रण गर्थे । उनीहरूसँगको भेट र कुराकानीले पिटरको ज्ञान र सोचाइलाई बढाउने उत्प्रेरक भूमिका निर्वाह गऱ्यो । अनुभव नै जीवनको एक महत्त्वपूर्ण जायजेथा हो । तर कसैलाई नभेटी वा कतै टाढाको यात्रा नगरीकनै समय र सीमालाई पार गरेका उत्कृष्ट शिक्षकहरूबाट सिक्ने र बहुमूल्य अनुभवहरू बटुल्ने एउटा तरिका छ । त्यो नै पढ्नु हो । विभिन्न क्षेत्रका पुस्तकहरू पढ्ने क्रममा, लेखकको ज्ञान र अनुभवमा डुबेर पुस्तकको विषयवस्तुमा सहमति जनाई ती कुराप्रति ज्ञान…

खुशी मानिसहरू

मार्केटिङ प्राध्यापक तथा अमेरिकी मनोवैज्ञानिक, क्यासी मोगिलनरले १८ देखि ८७ वर्षको उमेर समूहका मानिसहरूलाई लक्षित गर्दै खुशीसम्बन्धी अनुसन्धान गरिन् । अनुसन्धानको परिणामअनुसार, चलचित्र हेर्ने र पैदल हिँड्नेजस्ता दैनिक क्रियाकलापहरूमा खुशी महसुस गर्नेचाहिँ युवाभन्दा पाको उमेरका व्यक्तिहरू थिए । कारण एकदमै सरल छ । युवाहरू सामान्यतयाः विदेश भ्रमण अथवा विवाहबारीजस्ता विशेष अनुभवहरूबाट खुशी महसुस गर्छन् भने त्यसको ठीक विपरीत पाको उमेरका व्यक्तिहरूचाहिँ सडकमा फूलको बास्ना मात्र लिन पाउने सामान्य कुरामा पनि खुशी हुने गर्छन् । त्यसैले मानिसहरूले अति नै चाह गर्ने खुशीचाहिँ केवल नयाँ कुराद्वारा मात्र पाउन नसकिने कुरा साँच्चै उल्लेखनीय छ । केही आधुनिक मानिसहरू अमूर्त लक्ष्य बनाएर त्यसलाई सजिलै हासिल गर्न नसक्दा निराश हुने वा सानो दुर्गतिमा पनि निरुत्साहित हुने गर्छन् । अनि आफ्नो लक्ष्य पूरा गरेर पनि खुशी…

उत्कृष्ट खेलाडीको विशेषता

समय रोकिएझैँ गरी भारोत्तोलन(वेटलिफ्टिङ्ग) हल अचानक सुनसान हुन्छ । खेलाडीले जोडसँग कराउँदै आफ्नो सारा बल लगाएर बारबेल उठाउँछन् । सफलताको सङ्केत दिने बत्ती बल्छ, र बजर बज्छ । दर्शकहरूबाट ठूलो समर्थनको आवाज आउँछ, र खेलाडीको मुहारमा खुशी छाउँछ । विशाल बारबेलहरू उठाउने भारोत्तोलन खेलाडीहरूको रहस्य के होला ? एक अमेरिकी लेखक, जेम्स क्लियरले भारोत्तोलन प्रशिक्षकलाई उत्कृष्ट खेलाडीहरूको विशेषताहरूको बारेमा सोधे । हरेक दिन एउटै चाललाई दोहोऱ्याउँदै प्रशिक्षणको आलस्यलाई सहनु नै एउटा विशेषता हो भनी प्रशिक्षकले बताए । कहिलेकहीँ खेलाडीहरूले प्रेरणा गुमाएर हिम्मत हार्ने मनसाय लिन पुग्छन्, तर उनीहरू नकारात्मक भावनामा फस्नुको सट्टा आफैलाई उत्प्रेरित गरेर अगि बढाउने तरिका खोज्छन् । सहनशीलताको समय पार गरेका खेलाडीहरूले मात्र मञ्चमा उभिएर लामो समयको प्रशिक्षणमार्फत बढाएको आफ्नो सारा शक्ति र सीपले आफ्नो वजनभन्दा तीन…

परिपक्व वयस्कको गुण

पूर्ण रूपमा हुर्केको व्यक्तिलाई वयस्क भनिन्छ । वयस्क भएपछि परिपक्व हुन आवश्यक छ । वयस्क हुनु भनेको के होला ? कुनै एक लेखकले भनेका छन् कि, वयस्कको ‘कर्तत्व’ पूरा गर्नेहरू मात्र साँचो वयस्क हुन् । तिनले करीब १० वर्षसम्म लेखक, डाक्टर र नृत्य-रचनाकारजस्ता लगभग २०० जना ख्यातिप्राप्त व्यक्तिहरूलाई भेटेर अर्थपूर्ण बातचीत गर्दै वयस्कको कर्तव्य राम्ररी निभाउने मानिसलाई यसप्रकारले परिभाषित गरेका थिएः “गनगन नगर्ने, धाक नलाउने र सधैँ राम्रो मूडमा बस्ने मानिस ।” हामीहरू सत्यताभित्र बिस्तारै हुर्किरहेका छौं । हामीहरू कुनै गनगन-गुनासो नगरीकन, हरेक परिस्थितिमा धन्यवादी हुँदै, नम्र हुँदै, धाक नलगाईकन जस्तोसुकै अवस्थामा पनि सुन्दर मन र हँसिलो मुहार कायम राख्दै आत्मिक वयस्क भइरहेका छौं । हामीले विश्वासको घर बनाउने क्रममा जग खन्ने कार्य मात्र गरेर बस्नुहुँदैन । निर्माण-कार्यमा ढिलाइ हुन…

परिवर्तन

जाडो हिउँदमा, तापक्रम शून्यभन्दा तल झर्दा, कलकल बगिरहेको खोलाको पानी र तालचाहिँ मानिसहरू चिप्लेटी खेल्न सक्ने ठोस बरफमा परिणत हुन्छ । यसको ठीक विपरीत पानीलाई ततायो भने त्यो वाष्पीकरण हुन्छ । तरल पानी हावामा उड्न सक्दैन तर बाफमा परिवर्तन भएपछि चाहिँ यो कार्य सम्भव छ । परिवर्तन हुनअघिसम्म असम्भव लागेको कुरा, परिवर्तन भएपछि चाहिँ सजिलै गर्न सकिन्छ । यो सिद्धान्त परमेश्वरका सन्तानहरूमा पनि लागू हुन्छ । माताले दिनुभएको वचनजस्तै, स्वर्गीय मानिसको रूपमा नयाँ गरी जन्मियो भने, विगतमा कार्यान्वयन गर्न नसकेको सबै परिस्थितिमा धन्यवाद दिन अब भने सजिलो लाग्नेछ, सधैँ आनन्दित रहनु र प्रार्थना गर्नु हाम्रो दैनिक जीवनयापन बन्नेछ । दाजुभाइ-दिदीबहिनीलाई आफ्नै शरीरलाई झैँ प्रेम गर्ने कार्य र एक आत्मा बचाउने कार्यसमेत निश्चय नै गर्न सकिनेछ । तर यो कार्य हामीले…

स्ट्रेसको सामना गर्ने तरिका

स्ट्रेसले विभिन्न रोगहरू निम्त्याउँछ र चरम सीमामा पुगेपछि यसले मृत्युमा समेत पुऱ्याउन सक्छ । तर बाँचुञ्जेल स्ट्रेस नलिनु भनेको असम्भव कुरा हो । तर स्ट्रेसप्रति हामीले कस्तो मनस्थिति लिन्छौं भन्ने कुरा अझ महत्वपूर्ण हुन्छ । यदि हामीले स्ट्रेसलाई नकारात्मक रूपमा लियौं भने त्यो हाम्रो ‘शत्रु’ बन्नेछ, तर यदि हामीले त्यसलाई सकारात्मक रूपमा लियौं भने त्यसले हामीलाई कुनै हानि पुऱ्याउन सक्दैन । हार्वर्ड विश्वविद्यालयमा यससम्बन्धी परीक्षण गरिएको थियो । कुनै स्ट्रेस हुँदाखेरि आउने शारीरिक प्रतिक्रियालाई चिन्ता वा स्ट्रेसलाई जित्न नसकिने सङ्केतको रूपमा लिन आवश्यक छैन । मुटु जोडले धड्किँदाखेरि त्यसले तपाईंलाई स्ट्रेसको सामना गर्न तयार गराउँछ, अनि लामो-लामो सास फेर्दाखेरि मस्तिष्कमा धेरै अक्सिजन प्रवाह हुन्छ । परीक्षणमा सहभागी भएकाहरूले स्ट्रेसलाई सकारात्मक रूपमा हेरेपछि उनीहरू चिन्ताजनक अवस्थामा पनि कम चिन्तित बनेको र…

ट्राफिक लाइट नभएको चौराह

ट्राफिक लाइट, चिन्ह, अनि धेरै गाडीहरू आवात-जावत गर्ने बाटो र पैदल हिँड्ने बाटोलाई छुट्ट्याउने ब्लकहरू हटायो भने के हुन्छ होला ? तर नेदरल्याण्डस्थित ड्राच्टेनको सानो सहरको केन्द्र, ‘लावेप्लेइन’मा एउटा त्यस्तै साझा चौराह छ । सुरुमा त, गाडी र मानिसहरू एकै ठाउँमा परेर जुन बेला पनि दुर्घटना हुन सक्छ भनेर मानिसहरू डराएका थिए, तर परिणामचाहिँ मानिसहरूको सोचाइभन्दा बिल्कुलै फरक थियो । ट्राफिक सिगनल नियन्त्रण प्रणाली हटाइएकोले चालकहरूले पैदल यात्रीहरूप्रति ध्यान दिनको साथै पैदल यात्रीहरूले चाहिँ एक-अर्कालाई मैत्रीपूर्ण सङ्केत दिँदै गाडीहरूप्रति अझ ध्यान दिए । चालकहरूले अझ जिम्मेवारीको भाव लिए, अनि कुनै पनि सङ्केतलाई बेवास्ता गर्ने वा सङ्केत परिवर्तन नहुँदासम्म गति बढाउने गरेनन् । त्यसको परिणामस्वरूप दुर्घटना दर घट्यो, र ट्रफिक प्रणाली पनि सहज रूपमा सञ्चालन हुन सक्यो । आश्चर्यजनक रूपमा असल…

​सबै जना विजेता​

प्राथमिक विद्यालयको खेलकुद दिवसको तस्वीर कोरियाको सामाजिक सञ्जालमा भाइरल भएको थियो । तस्वीरमा ५ जना केटाहरू एक-अर्काको हात समाएर मैदानमा एकसाथ दौडिरहेको दृश्य कैद भएको छ । त्यसमा सबै जना हाँसिरहेका छन्, तर ती केटाहरूमध्येको सबैभन्दा पुड्को केटोले चाहिँ आँसु पुछिरहेको छ । किन होला ? कुनै रोगको कारणले त्यो केटोको उचाइ बढ्न सकेनछ । यसकारण दौड प्रतियोगिता हुँदैपिच्छे ऊ सधैँ अन्तिम स्थानमा पर्दोरहेछ । उसको निम्ति के गर्न सकिन्छ होला भन्नेतर्फ सोच्दै, अन्य विद्यार्थीहरूले शिक्षकको अनुमतिमा कुनै आश्चर्यको काम गरेछन् । दौड प्रतियोगिताको सुरुवाती सङ्केतमा उनीहरूले अलि दौडेजस्तै त गरेछन्, तर पछि सबै जनाले रोकिएर अन्तिममा दौडेर आइरहेको त्यो साथीलाई पर्खिएछन् । त्यसपछि उनीहरू सबैले एक-अर्काको हात समाएर एकसाथ समाप्ति रेखा पार गरेछन् । साथीहरूको त्यो विचारशीलता देखेर त्यो…

​आत्म-अपाङ्गता​

जाँचको ठीक एक दिनअघि दिमागले नभ्याउने गरी पूरै रट्न कोसिस गरिन्छ, पढ्न मन लाग्दैन । यो अवस्थामा सबैभन्दा सजिलो तरिका भनेको सुत्न जानु हो । राम्रो नतिजा नआउँदाखेरि बुबा-आमा अथवा साथीहरूलाई आफू असक्षम भएकोले होइनकि, जाँचको अघिल्लो दिनमा आफू चाँडै निदाउन पुगेकोले त्यसो भएको हो भनेर बहाना त बनाउन सकिन्छ । योचाहिँ जाँच दिने विद्यार्थीहरूले मात्र गर्ने गरेको कुरा होइन । केही मानिसहरू, अर्को व्यक्तिलाई आफ्नो दक्षता देखाउँदा राम्रो परिणाम नआउला कि भनेर पहिलै “धेरै अभ्यास नै गर्न पाइनँ,” “मलाई अलि सञ्चो थिएन,” “परिस्थिति अलि खराब थियो,” भन्दै आफ्नो असफलताको निम्ति बहाना बनाउने गर्छन् । यस्तो किसिमको संज्ञानात्मक कौशलतालाई ‘आत्म-अपङ्गता’ भनिन्छ । मानिस जो भए पनि अरूबाट स्वीकार पाउन, आत्म-सम्मानलाई बचाउन र असफलताबाट टाढा रहन चाहने प्रवृत्तिका हुन्छन् । त्योचाहिँ…

​आत्म-अपाङ्गता​

3:55
0:00 3:55

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।