विश्वास र जीवन

यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।

“त्यस्तै हुन्छ भन्ने मलाई थाहा थियो !”

कुनै घटना हुनुअगावै त्यस विषयमा पहिल्यै देख्ने क्षमतालाई दूरदर्शिता भनिन्छ । यसको ठीक विपरीत, ‘पश्चदृष्टि प्रभाव(hindsight effect)’ भन्ने एउटा मनोवैज्ञानिक अवस्था पनि छ । योचाहिँ घटेको कुनै घटनाको विषयमा पहिल्यै थाहा भएझैँ गरी देखाउने प्रवृत्ति हो । पहिलो चोटि गएको रेस्टुरेण्टको खाना आफ्नो स्वादअनुसार भएन भने, “मीठो हुन्न भन्ने मलाई पहिल्यै थाहा थियो” भन्ने गर्छौं, अनि कसैले गल्ती गऱ्यो भने, “त्यस्तो हुन्छ भन्ने मलाई पहिल्यै थाहा थियो” भन्ने गर्छौं । कुनै ठूलो दूर्घटना हुँदाखेरि, त्यो कसैले जानीबुझीकन गरेको षड्यन्त्र थियो भन्ने प्रेसको रिर्पोटजस्ता कुराहरूलाई पश्चदृष्टि प्रभाव भन्न सकिन्छ । अझ रोचक कुराचाहिँ, मानिसहरू आफूले त्यो हुन्छ भनेर पहिल्यै अनुमान नलगाएको वा त्यो हुनुभन्दाअघि विपरीत अनुमान लगाएको भए पनि उही कुरा भन्ने गर्छन् । तिनीहरूले प्रायः यस्तै मनोवृत्ति लिइरहे भने तिनीहरूले…

देखेर सुरु हुने प्रेम

इन्द्रेणी गोलाकार हुन्छ ? अविश्वसनीय लागे तापनि यो कुरा सत्य हो । पहाड वा जमिनले गर्दा अस्पष्ट देखिने भएकोले भूमिको सतहबाट हेर्दा इन्द्रेणीको आधा भाग मात्र देखिन्छ तर हवाइजहाजबाट हेर्दा गोलाकार देखिन्छ । भोजनमा रुचि नदिने वा डराउने एनोरेक्सिया भएका मानिसहरूले आफूलाई वास्तविकताभन्दा मोटो ठान्छन् । लन्डनको एक अस्पतालका डाक्टरले युवा एनोरेक्सिया रोगीहरूको मस्तिष्क स्क्यान गरेर दृष्टि नियन्त्रण गर्ने मस्तिष्कको भागमा रगत प्रवाह कमजोर भएको कुरा पत्ता लगाए । देखिने कुरालाई मात्र विश्वास गर्दा हतारमा निर्णय लिन पुगिन्छ । केवल केही भाग मात्र हेरेर त्यसलाई सम्पूर्ण कुरा हो भनी सोच्नु वा गलत दृष्टिकोणबाट हेरेर अवास्तविकतालाई वास्तविकता भनी विश्वास गर्नु वा वास्तविकतालाई अवास्तविकता भनेर सोच्नुचाहिँ गलत हो । “सुन्दर दृष्टिकोणले हेर्ने मनमा घृणा हुँदैन, र त्यसले पूर्ण प्रेम जगाउँछ ।” घृणा…

झारलाई हटाउने उत्तम तरिका

एक जना शिक्षकले सेमेस्टरको अन्तमा आफ्ना विद्यार्थीहरूलाई झारले भरिएको खेतमा लगेछन् । वास्तवमा ती शिक्षकले विद्यार्थीहरूलाई एउटा अन्तिम शिक्षा दिन चाहन्थे । खेततिर देखाउँदै शिक्षकले सोधेछन्, “यी झारहरूलाई कसरी हटाउन सकिन्छ होला ?” अन्तिम कक्षा भएकोले विद्यार्थीहरूले महत्त्वपूर्ण शिक्षाको आशा गरेका थिए तर प्रश्न एकदमै सामान्य भएकोले तिनीहरूले जथाभावी उत्तर दिए, “साबेल र कोदालोले जोत्दा हुन्छ ।” “त्यसलाई जलाउँदा ठीक हुन्छ ।” “त्यसलाई उखेल्यो भने हुन्छ ।” टाउको हल्लाउँदै शिक्षकले जवाफ दिएछन् । “मानिसको हृदयमा लोभ, स्वार्थीपन र घृणा जस्ता झारहरू उम्रिन सक्छन् । अन्तिम कक्षाको असाइनमेन्ट भनेको तिमीहरूले सुझाएको तरिका प्रयोग गरेर आफ्नो हृदयभित्र रहेका झारहरू हटाउन प्रयत्न गर्नु हो । अर्को वर्ष हामी फेरि यही ठाउँमा भेट्नेछौं ।” एक वर्ष पछि, मनमा उम्रिएको झारको समस्या लिएर विद्यार्थीहरू फेरी…

सानो कार्यद्वारा थुपार्न सकिने आत्मिक आशिष्‌

सानो कुरामा समेत विश्वासी हुनुचाहिँ आत्मिक आशिष् थुपार्न सकिने एक सर्वोत्तम तरिका हो । आत्मिक आशिष्‌ कसरी थुपार्न सकिन्छ भन्ने कुराको असल उदाहरण मत्ती अध्याय २५ मा देख्न सकिन्छ । “किनकि योचाहिँ कुनै मानिसजस्तो हो, जसले परदेश जाँदा आफ्ना नोकरहरूलाई बोलाई ... तिनले हरेकलाई तिनीहरूका आ–आफ्नो योग्यताअनुसार एउटालाई पाँच सुनका सिक्का, एउटालाई दुई र अर्कोलाई एक दिएर तिनी गइहाले । तब पाँच सुनको सिक्का पाउनेले तुरुन्तै गएर त्यो व्यापारमा लगाईकन अरू पाँच सिक्का कमायो । त्यसरी नै दुई सिक्का पाउनेले पनि अरू दुई कमायो । तर एक सिक्का पाउनेले चाहिँ गएर भुइँ खनेर आफ्ना मालिकको धन लुकाइराख्यो । धेरै दिनपछि ती नोकरहरूका मालिक आए, र तिनले तिनीहरूसँग हिसाब मागे । तब पाँच सुनका सिक्का पाउने नोकरले अरू पाँच सिक्का ल्याई…

हाम्रो कन्सर्ट

अहिले मात्र होइन विगतको समयमा पनि पाइप-अर्गनबाट आवाज निकाल्नका लागि एक जना व्यक्तिले पछाडिबाट पाइपमा लगातार हावा फुक्नुपर्थ्यो । एक दिन एक जना प्रसिद्ध अर्गन वादकले संगीत कार्यक्रमको आयोजना गरे । त्यो दिन, दर्शकहरूले ठूलो ताली बजाएर तिनले गरेको भव्य र मनोरम प्रस्तुतिको प्रशंसा गरे । प्रस्तुतिको बीचमा ब्रेक हुँदा अर्गन वादक पर्दा पछाडि गए । ठीक त्यही समयमा अर्गनको पछाडि रहेर हावा फुक्ने एक जना वृद्ध मानिसले मुस्कुराउँदै अर्गन वादकलाई यसो भनेछन्, “गुरुज्यू, आजको हाम्रो कन्सर्ट एकदमै सफल भयो ।” ती अर्गन वादकले रिसाउँदै भनेछन्, “ ‘हाम्रो ?’ तपाईंले अर्गन बजाउनुभएकै छैन, कसरी यो हाम्रो कन्सर्ट हुन सक्छ र ?” “गुरुज्यू, मैले पनि यो प्रस्तुतिको लागि धेरै परिश्रम गरेको छु नि होइन र ?” तर त्यो कुरा त्यति महत्त्वपूर्ण…

एकदमै ढीलो समय भन्ने हुँदैन

रुसी भाषा सिकाउने संस्थामा नयाँ भर्ना खुलेको समयतिर एक जना वृद्ध मानिस गएछन् । “छोराको भर्ना गर्न आउनुभएको ?” कर्मचारीले नम्रतापूर्वक सोधेछन् । “होइन, म आफ्नै भर्ना गर्न आएको हुँ ।” तब कर्मचारी छक्क परेको देखेर उक्त वृद्ध मानिस अलि हिचकिचाएछन्, र अवस्था वर्णन गरिदिएछन्: “मेरी बुहारी रुसी भएकीले कुरा गर्न एकदमै असहज हुन्छ । उनीसँग कम्तिमा सामान्य कुरा गर्न सकें भने राम्रो हुनेथियो ।” “ए, अनि बुबाको उमेरचाहिँ कति पुग्यो नि ?” “७७ वर्ष पुग्यो ।” “रूसीमा कुराकानी गर्न सक्षम हुन, एक वृद्ध व्यक्तिले कम्तिमा तीन वर्ष सिक्नुपर्छ। त्यतिबेला तपाईं अस्सी वर्ष पुग्नुहुनेछ ।” तब उक्त वृद्धले मुसुक्क हाँस्दै यस्तो जवाफ दिएछन्, “यदि मैले अहिले सिकिनँ भने, ८० वर्ष पुग्दा पनि म उस्तै हुनेछु । अनि सायद ७७ वर्षको…

भारी

भारी बोकिरहेका एक जना मानिसले परमेश्वरसँग गनगन गरे । “अरूलाई सानो र हलुका भारी दिनुभएर मलाई चाहिँ किन यस्तो ठूलो र गरुङ्गो भारी दिनुभएको ?” परमेश्वरले त्यसलाई एउटा ठाउँमा लिएर जानुभएछ । त्यहाँ सबै प्रकारका सामानहरू थुप्रिएका थिए । “यदि तिम्रो सामान भारी छ भने म त्यसलाई परिवर्तन गरिदिनेछु । यहाँ भएका सामानमध्ये कुनै एउटा छान ।” त्यो मानिस यति खुशी भयो कि उसले के गर्ने भनेर सोच्नै सकेन । अन्ततः उसले सानो र हलुका सामान खोज्न थाल्यो । तर उसले चाहेको जस्तो सामान पाउन त्यति सजिलो थिएन । केही समयपछि उसले आफूले चाहेजस्तो सामान भेट्टायो । “यो सामान ठीक छ ।” त्यो मानिस सन्तुष्ट देखिन्थ्यो । परमेश्वरले उसलाई हेर्नुभयो र भन्नुभयो, “यसलाई ध्यान दिएर हेर त । यो सामानचाहिँ…

बीउको एकरुपता

के गुलियो हलुवाबेतको बीउ रोप्यो भने उस्तै गुलियो हलुवाबेत नै फल्छ होला ? वास्तवमा गुलियो हलुवाबेतको बीउ रोप्यो भने जङ्गली हलुवाबेत फल्छ । स्याउको बीउ रोप्यो भने सानो स्याउ फल्छ; नासपातीको बीउ रोप्यो भने जङ्गली नासपाती फल्छ । हामीले खाने धेरैजसो फलहरू कलमी गरिएका र सपारिएका प्रजातिहरू हुन् । कलमी गर्दा जराको निम्ति चयन गरिने विरुवालाई स्टक अथवा रूटस्टक भनिन्छ । जङ्गली प्रजाति रहेको रूटस्टकमा बलियो जीवन शक्ति हुन्छ तर त्यसको फल सानो र बेस्वादको हुन्छ । त्यसकारण सपारिएका प्रजातिहरूलाई स्टक विरुवामा कलमी गरिन्छ । त्यसोभए सपारिएका प्रजातिहरूको बीउबाट किन जङ्गली प्रजाति उम्रेको होला ? हामीले खाने फलफूलको गुदीचाहिँ अण्डाशय अथवा फूलको अन्य भागहरूको विकास हो । सपारिएका प्रजातिहरूको विशेषताअनुसार अण्डाशय परिवर्तन हुँदा अण्डाशयभित्रको ओभ्युलले रूटस्टकको विशिषट गुण हस्तान्तरण प्रसारण…

दयालु जीवनको चमत्कार

मट्टितेलका राजा भनेर बोलाइने विश्वविख्यात व्यापारी जोन रकफेलरले एक दिन जोडको झट्का दिने खबर सुने । त्यो नै उनी एक वर्षभन्दा बढी बाँच्न नसक्ने खबर थियो । रेकफेलरले अस्पतालमा अब आफ्नो बाँकी जीवन कसरी सफलतापूर्वक जिउने होला भनेर सोचिरहँदा अस्पतालको कुनाबाट गाइँगुइँ गरेको आवाज सुने । त्यो गाइँगुइँ अस्पतालको अधिकारी र एक जना आमाबीच भएको बहस थियो । अधिकारीले उक्त महिलालाई शुल्क नतिरीकन कसैलाई भर्ना गर्न नमिल्ने कुरा जानकारी दिइरहेका थिए भने उक्त महिलाले चाहिँ केही बेरमै रकम तयार गर्ने कुरा बताउँदै उसको बच्चालाई भर्ना गरिदिन कर गरिन् । उनीहरूको छेउमा बिरामी बच्चा आँसु बरर झार्दै रोएर बसिरहेको थियो । रकफेलरले तुरुन्तै आफ्नो सचिवलाई बोलाएर त्यो बच्चाको भर्ना शुल्क तिर्न लगाए । केही समयपछि रकफेलरले त्यो बच्चा अस्पतालमा राम्ररी निको…

आमाको साहस

साहित्य विधाका नोबेल पुरस्कार विजेता पर्ल एस. बकले आफ्नो बाल्यकाल मिशनरी हुनुभएका बुबासँग चीनमा बिताइन् । कुनै एक वर्ष भयानक खडेरी लागेको बेला थियो । उनका बुबा लामो यात्रामा जाँदाखेरि “श्वेत जाती पर्ल एस. बककी आमाले देवताहरूलाई रीस उठाएकीले खडेरी लागेको हो” भन्ने हल्ला फैलियो । समय बित्दैजाँदा मानिसहरू रीसले चूर भए र एक दिन पर्लकी आमालाई हानि गर्न पर्लको घरमा जम्मा भए । हल्ला सुनेर डराएकी पर्लकी आमाले साहस बटुलिन् र केक, फलफूल र चिया लिएर आइन् । त्यसपछि उनले त्यस दिनको प्रतीक्षा गरिरहेझैं गरेर घरका सबै ढोकाहरू खोलिन् । उनले सानी पर्ललाई खेलौना दिएर खेल्न लगाइन् र आफूचाहिँ सिलाइको काम गर्न थालिन् । केही बेरपछि मानिसहरू ठूलो स्वरले चिच्याउँदै पाइप लिएर उनको घरभित्र पसे । घरका ढोकाहरू खुल्लै…

१०१औँ प्रहार

वैज्ञानिक, राजनितिज्ञ र कूटनीतिज्ञको रूपमा चिरपरिचित बेन्जामिन फ्रेङ्कलिनलाई कुनै एक पत्रकारले सोधेछन् । “तपाईंले असंख्य कठिनाइको बाबजुद पनि कसरी हार नमानीकन आफ्नो लक्ष्य पूरा गर्न सक्नुभयो ?” तब फ्रेङ्कलिनले जवाफ दिएछन् । के तपाईंले कहिल्यै कालिगढले काम गर्नुभएको देख्नुभएको छ ? उसले ढुङ्गामा चिरा नपरुञ्जेल सयौं पटक एउटै ठाउँमा हतौडाले हान्छ । तर १०१औं पटक हान्दा त्यो चट्टानमा चिरा देखिन थाल्छ । त्यो चट्टानमा चिरा पर्नुको कारणचाहिँ १०१औं पटक बेस्सरी हानेकोले गर्दा होइन तर पहिला नै १००ंऔं पटक हानिसकेकोले गर्दा हो । आफूले चाहेको परिणाम प्राप्त गर्नको निम्ति हामीलाई धैर्यता आवश्यक पर्दछ । सुसमाचार प्रचार गर्दा पनि उस्तै नै हो । कहिलेकहीँ केही कुराहरू आफूले चाहेअनुसार नहुँदा गाह्रो लाग्ने र निराश हुने समय पनि हुन्छ, तर त्यस्ता कठिनाइचाहिँ सुन्दर सुसमाचारको…

अभावको त्रुटि

‘अफर आजसम्म मात्रै,’ ‘पहिलो सय जना ग्राहकहरूले मात्र पाउने,’ वा ‘स्टकमा हुँदासम्म मात्र जारी रहने !’ जस्ता विज्ञापनका शर्तहरू ग्राहकहरूलाई आकर्षण गर्ने रणनीति हुन् । वास्तवमा कुनै सामानको अभाव हुन लाग्दाखेरि त्यो सामान खरीद गर्ने सीमित समय हुन्छ, अनि मानिसहरू प्राय: नपाइने कुराहरूलाई नै एकदमै विशेष ठान्ने गर्छन् । यदि यो अभाव भन्ने कुरालाई व्यापारको साधन बनायो भने त्रुटि देखा पर्न सक्छ । पसलमा लुगा छान्न अलि हिचकिचाइरहेको कुनै ग्राहकलाई पसलेले “भर्खरै एक जना ग्राहकले यो एकदमै राम्रो लागेर किन्न लाग्नुभएको थियो । हजूरलाई चाहिँ कस्तो लाग्यो ?” भनिदियो भने उक्त ग्राहकले त्यो लुगा किन्ने सम्भावना बढी हुन्छ । तर वास्तवमा त्यो लुगाको मूल्य र त्यसलाई हेरेर गएका पहिलो ग्राहकबीच कुनै सम्बन्ध हुँदैन । ‘स्पष्टसँग सोच्ने कला’ नामक पुस्तकका लेखक…

प्रतिस्पर्धामा भाग लिनुको कारण

वृद्ध साइकलबाजको आदर्श पात्रको रूपमा परिचित रोबर्ट मार्चन्ड, सन् १९११मा फ्रान्समा जन्मिएका थिए र उनले दुई वटा विश्वयुद्ध पार गरे । उनले आफ्नो जीविकोपार्जनका लागि अग्निनियन्त्रक, ट्रक चालक, दाउरे इत्यादि थुप्रै कामहरू गरेका थिए । ६८ वर्षको उमेरदेखि उनले साइकलबाज बन्ने सपना बुन्न थाले । मार्चन्डले आफ्नो लक्ष्य हासिल गर्न फलफूल र सागसब्जी खानुका साथै हरेक दिन १ घण्टा अभ्यास गर्थे । अनि उनले राती ९ बजे सुतेर बिहान सबेरै ६ बजे उठ्ने समय तालिकाअनुसार सुव्यवस्थित जीवन बिताउने निधोसमेत गरे । सन् २०१७मा उनले १०५ वर्षको उमेरमा साइकल प्रतिस्पर्धामा भाग लिए र आफ्नो उमेर समूहमा एउटा नयाँ विश्व कीर्तिमान राखे । एक जना पत्रकारले उनलाई प्रतिस्पर्धामा भाग लिएर कस्तो महसुस भयो भनी सोध्दा उनले यस्तो जवाफ दिए । “म यहाँ…

सुरु गर्ने उचित समय

संयुक्त राज्य अमेरिकाको लोकप्रिय चित्रकार ग्रेन्डमा मोजेजले ८० वर्षको उमेरमा आएर पहिलो पल्ट पेन्टब्रस समाती चित्र कोर्न सुरु गरेकी थिइन् । त्यस बेलादेखि १०१ वर्षको उमेरसम्म, अर्थात् यो संसारबाट बिदा हुनअघिसम्म तिनले १,६०० वटा कृतिहरू छोडेर गइन् । आफ्नो पूरै जीवन एकदमै विकट गाउँमा बिताएकीले तिनमा चित्रकलासम्बन्धी त्यस्तो विशेष ज्ञान थिएन । तैपनि संयुक्त राज्य अमेरिकाका ग्रामीण परिदृश्यहरू समाहित तिनका कृतिहरूलाई धेरैले मन पराए । तिनको गीति र हृदयस्पर्शी कृतिहरू हेरेर धेरै मानिसहरूको मनमा शान्ति छायो । तिनले यसो भनेकी थिइन्, “प्रायःले मलाई ढीलो भइसक्यो भनेका थिए । तर वास्तवमा कुनै कुराको खोजी गर्ने मानिसको लागि अहिलेको समय नै उसको जीवनको सबैभन्दा गतिशील समय हो । कुनै पनि कार्य सुरु गर्ने उचित समय हो ।”

राम्ररी गर्नु र यथासक्दो प्रयत्न गर्नु

संयुक्त राज्य अमेरिकाको इलिनोइ राज्यस्थित नेपरभिलमा शारीरिक शिक्षा(Physical Education)का प्रशिक्षक फिल ललरले विद्यार्थीहरूको सुस्वास्थ्यको निम्ति ‘शारीरिक शिक्षा कक्षा’को समयमा लामो समयसम्म दौडन लगाए । विद्यार्थीहरूमध्ये राम्ररी दौडने विद्यार्थीहरू पनि थिए भने राम्ररी दौडन नसक्ने विद्यार्थीहरू पनि थिए । ललरले राम्ररी दौडन नसक्ने विद्यार्थीहरूको दौडने क्षमता विकास गर्ने उद्देश्यले सुरुमा ११ वर्षीया छात्राको दौडने क्षमताको जाँच गरे । हार्ट रेट मनिटर(हृदयको गति नाप्ने उपकरण)सहित दौडिएकी उक्त छात्राको हृदयको गति १८७ थियो तर समाप्ति रेखामा पुग्दाचाहिँ २०७ थियो । त्यो देखेर ललर छक्क परे । सैद्धान्तिक हिसाबले, अधिकतम हृदयको गतिचाहिँ २२०मा सम्बन्धित व्यक्तिको उमेर घटाउँदा आउने मान हुन्छ । तसर्थ यसले उक्त छात्रा आफ्नो यथासक्दो गतिमा दौडिएकी थिइन् भन्ने बुझाउँछ । यसो हेर्दा तिनी दौडन नजान्नेजस्तो देखिन्थिन् तर वास्तवमा तिनी अरूभन्दा अझ…

तिमीले पनि गर्न सक्छौ

संयुक्त राज्य अमेरिकाको मेजर लिग बेसबलमा आफ्नो क्षमताको सीमालाई नै नाघ्न सफल एक चिर-परिचित पिचर जिम एबट । उनी जन्मँदै दाहिने हातको हत्केलाविना जन्मिएका थिए । हुर्कने क्रममा प्रायः सबै काम एउटा हातले गर्न सिकेका एबटका निम्ति गर्न गाह्रो काम भनेको एउटै मात्र थियो– जुत्ताको तुना बाँध्नु । कलिला एबटका लागि सबैभन्दा दिक्कलाग्दो दिन भनेको, घरमा दुई चोटिसम्म बाँधेको जुत्ताको तुना फुस्किएको दिन हुन्थ्यो । एबट प्राथमिक विद्यालयको तेस्रो तहमा अध्ययनरत छँदा यो समस्या पनि हल भयो । एक दिन उनका शिक्षक डोन क्लर्कसन उनीकहाँ आएर उत्साहित सोरमा उनलाई यसो भने । “अब तिमीले एकलैले पनि आफ्नो जुत्ताको तुना बाँध्न सक्नेछौ ।” एक हातले जुत्ताको तुना बाँध्ने तरिका रातभरि बसेर सिकेका एबटका शिक्षकले त्यो तरिका उनलाई जानकारी दिए । शिक्षकबाट…

सबै परिस्थितिमा धन्यवाद

उरुग्वेका एक जना प्रतिनिधि फुटबल खेलाडी डारिओ सिल्भाले सन् २००६को कार दुर्घटनामा परेर आफ्नो दाहिने खुट्टा गुमाए । त्यो खबर सुनेर धेरै जना शोकाकुल भए, तर डारिओको अप्रत्याशित कुराले सबै मानिसहरू आश्चर्यतकित भए । “धन्न फुटबल जीवनयात्राको प्रारम्भमै, यस्तो सङ्कटबाट गुज्रिनु नपरेकोले चमकदार क्षणहरू अनुभव गर्न पाएकोमा म धन्यवादी छु ।” सन् २००९को कुनै फुटबल च्यारिटी खेलमा नक्कली खुट्टा टेकेरै भए पनि तिनले गोल गरे । तब दर्शकहरू उभिएर जोडदार तालीद्वारा तिनलाई सराहना गर्दा तिनको मुहारमा खुशीको मुस्कान लहराएको थियो ।

बुबाको सपना

शैक्षिक योग्यता जाँच(SAT)पछि माध्यमिक विद्यालयका केही विद्यार्थीहरूलाई उनीहरूको सपनाबारे प्रश्नहरू सोधियो । उनीहरूबाट विभिन्न उत्तरहरू आए : गायकको रूपमा पहिलो गीत गाउने, विश्व भ्रमण गर्ने, मनले चाहेजति तारेको चिकेन खाने, विद्यालयको मैदानमा खेतीपाती गर्ने इत्यादि । त्यसपछि अर्को एउटा प्रश्न सोधियो । “अब जिउने समय १ वर्ष मात्र बाँकी छ भने यीमध्ये कुनचाहिँ छान्नुहुन्छ, आफ्नो सपना पूरा गर्ने वा ५ लाख डलर लिने ?” सबै विद्यार्थीहरूले आफ्नो सपना पूरा गर्ने कुरालाई नै छाने । उनीहरूले आफ्नो सपनालाई अरू कुनै चीजभन्दा बढी मूल्यवान् ठाने । अर्कातिर विद्यार्थीहरूका बुबाहरूलाई पनि उही प्रश्नहरू सोधियो । बुबाहरूको सपना नै परिवारसँग घुम्ने, परिवारसँग खुशीसाथ बस्नको लागि राम्रो घर बनाउने, छोराका साथीहरूलाई भेट्ने इत्यादि थिए । त्यसपछि एक वर्ष मात्र बाँच्न सक्ने अवस्था छ भने कुन…

सार्थक समय

कुनै समयमा राती माछा मार्न रुचाउने एक जना मानिस थिए । एक दिनको काम सकाएर घरमा आनन्दले सुत्न सकिने सुनौलो मौकामा पनि तिनी एउटा स्यान्डवीच र माछा मार्ने बल्छी लिएर धूलाम्मे बाटो हुँदै माछा मार्न जान्थे । कहिलेकहीँ रातभरि एउटा माछा पनि पक्रन सकिँदैनथ्यो, तर तिनलाई केही फरक पर्दैनथ्यो । यदाकदा तिनले प्रशस्त माछाहरू पक्रिए भने पनि घर फर्किएर आफ्ना छिमेकीहरूलाई बाँड्ने गर्थे । त्यो देखेर तिनकी पत्नीले अचम्म मान्दै तिनलाई सोधिन्, “प्रिय, तपाईंले लामो समय पर्खिएर ती माछाहरू पक्रनुभएको होइन ? त्यसरी सबै बाँड्ने भए माछा मार्न किन मरिहत्ते गरिरहनुपऱ्यो र ? बरु घरमै आराम गर्दा भइहाल्छ नि ।” त्यसपछि तिनले यसो भने, “म सानो छँदा मेरा बुबाले राती मलाई आफूसँगै माछा मार्न लिएर जानुहुन्थ्यो । अन्धकार रातमा ताराहरू…

गुन तिरेका धनी मानिस

चीनको जिआंगशीमा अवस्थित एउटा सानो गाउँमा परिवर्तनको लहर छायो । कच्ची बाटोहरूलाई कालोपत्रे बाटोमा परिणत गरिनुको साथै जीर्ण घरहरूलाई एकदमै शानदार भवनहरूको रूप दिइयो । ती भवनहरूमा बास्केटबल कोर्ट, टेबलटेनिस बोर्ड र त्यहाँका बासिन्दाहरू जोसुकैले पनि चाहेअनुसार प्रयोग गर्न सक्ने पुस्तकालय छ । यसको साथै त्यहाँ वृद्ध-वृद्धा लगायत कम आमदानी भएका मानिसहरूले सितैँमा खाना खान सक्ने भान्सा-घर समेत छ । त्यसोभए त्यहाँका बासिन्दाहरूले यस्तो सुविधाको लागि कति पैसा तिर्छन् होला ? अचम्मको कुरा, ती सबै सितैँमा दिइएका सुविधाहरू हुन् । त्यो ठाउँमा जन्मेर हुर्किएका जियोङ सुइवा नाउँ गरेका व्यक्ति गरीबीबाट मुक्त हुनको निम्ति आफ्ना तीन दाजुभाइहरूसँगै कडा मेहनतसाथ काम गरेर धनी भए । प्रशस्त धन-सम्पत्ति कमाएपछि तिनलाई सबैभन्दा सुरुमा याद आएको कुरा नै आफू जन्मेर हुर्केको ठाउँ थियो । यसकारण…

गुन तिरेका धनी मानिस

3:58
0:00 3:58

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।