विश्वास र जीवन

यसले ख्रीष्टको सुगन्ध बन्ने आशा लिएका सन्तहरूलाई सही विश्वासको जीवन जिउन मद्दत पुऱ्याउँछ ।

अनौठो हिसाब

कुनै एउटा झुत्रे गल्लीमा माछा आकारका साना केकहरू बेच्ने एक जना वृद्ध थिए । केकको मूल्य एउटाको ३०० वन थियो भने तीन वटाको चाहिँ १,००० वन थियो । उहाँले गर्नुभएको हिसाबचाहिँ अलि अनौठो थियो । यदि एउटाको मूल्य ३०० वन हो भने ३ वटाको त ९०० वन हुनुपर्ने हो, तर मूल्य सूचीमा “३ वटाको १,००० वन” भनेर लेखिएको थियो । त्यसकारण ग्राहकहरूले छक्क पर्दै तिनलाई सोधे, “साहुजी, धेरै किन्ने मानिसहरूलाई त अझ सस्तोमा बेच्नुपर्ने होइन र ?” तब तिनले यसो भनेर जवाफ दिए, “एउटा किन्ने व्यक्तिचाहिँ तीन वटा किन्ने व्यक्तिभन्दा गरीब हुन्छ, त्यसैले त्यो सस्तो हुनुपर्छ ।” तिनले थप कुरा बताए । त्यो आफ्नो साथीसित बाँडेर खाने विद्यार्थीहरू पनि छन्, अनि रद्दी कागजहरू सङ्कलन गरी कमाएको पैसाले एउटा किनेर खाने…

​मैले लिएको कुरा​

मेरो साथीको नयाँ मोबाइल फोन, डिपार्टमेन्ट स्टोरमा प्रदर्शन गरिएका जुत्ताहरू, पत्रिकामा देखाइएको घर, विज्ञापनमा देखाइएको कार ... मानिसहरू आफूसँग नभएको थोक, ओहदा वा प्रसिद्धिको लालसा गर्दै ‘त्यो पाए त’ भनेर सोच्ने गर्छन् । त्यो प्राप्त गरेको कल्पना गर्ने गर्छन् । अनि त्यो पाउँदाको आफ्नो स्वरूपको समेत कल्पना गर्ने गर्छन् । तर वास्तविकतामा फर्किएर त्यसलाई आफूसँग नपाउँदाखेरि उनीहरू आफूलाई धिक्कार्ने गर्छन् । त्यस्तो सोचाइ लगातार आयो भने खुशी बिस्तारै लोप हुँदैजानेछ । आफ्नो जीवनमा सन्तुष्टि र खुशी पाउन चाहनुहुन्छ भने, ‘त्यो मसँग भइदिए त’ भन्ने सोचाइ लिनुभन्दा ‘अहिले मसँग भएको कुरा नभएको भए’ भन्ने सोचाइ लिइहेर्नुहोस् । परिवार, स्वास्थ्य, सहकर्मी, अमूल्य कुराहरू ... हामीहरू यो पृथ्वीमा खाली हात जन्मिएका थियौं, तर अहिले हामीसँग धेरै कुराहरू छ । संसारमा अरू कुनै कुराले…

​मांसपेशीको चरम सीमा​

खेलाडीहरूको बलियो मांसपेशी एकै दिनमा बन्नेचाहिँ होइन । शारीरिक शक्ति बढाउन र दक्षतामा सुधार ल्याउनको लागि उनीहरूले आफूलाई निरन्तर तालीम दिने गर्छन् । उनीहरूले मांसपेशीको चरम सीमालाई जितेपछि मात्र परिश्रमको प्रतिफल प्राप्त गर्न सक्छन् । मांसपेशीको चरम सीमा भनेको त्यस्तो बिन्दु हो, जहाँ पुगेपछि अझ बढी शक्ति लगाउन सकिँदैन । मांसपेशीको चरम सीमामा पुगेपछि एकसाथ बाँधिएको मांसपेशी तन्तुहरू खुकुला हुने वा दुखेर च्यातिने अवस्था हुन्छ । तर च्यातिएका मांसपेशीहरू चाँडे नै पहिलाकै अवस्थामा फर्किन्छ । ठीक भएको मांसपेशीलाई फेरि प्रयोग गऱ्यौं भने त्यो बिग्रिन्छ, अनि फेरि ठीक भइहाल्छ । उदाहरणको लागि, मुश्किलले १० पटक पुस अप गर्न सक्ने मानिसले अर्को दिनमा १२ पटकसम्म गर्न सक्छ, त्यसपछिको अर्को दिनमा १५ पटक गर्न सक्छ, अनि केही दिनपछि १७ पटकसम्म गर्न सक्छ ।…

एकदमै चिन्तित फिस्टे चरा

एउटा फिस्टे चरा हाँगामा बसेर रोइरहेको थियो । त्यही बाटो भएर आइरहेका माउ भँगेरा र उसका बचेराहरूले फिस्टे चरालाई हेर्दै सोधेछन्, “ए फिस्टे भाइ, के भयो तिमीलाई ?” “मलाई शिकारीले कुन बेला गोली हान्ने हो, डरले जिउनै सकिरा’छैनँ भन्या ।” त्यसो भनेको सुनेर एउटा बचेराले चिन्तित हुँदै माउलाई सोधेछ, “आमा, हामीलाई नि गोली हान्यो भने के गर्ने ? आमालाई चिन्ता लाग्दैन ?” “चिन्ताले खतराबाट कहिल्यै बचाउन सक्दैन ।” “चिन्ता उत्पन्न भयो भने कसरी समाधान गर्ने थाहा छ ?” “आफ्नो पखेटा फराकिलो गरी यसरी फिँजाउनुपर्छ । उड्ने चराहरूसँग चिन्ता गर्ने फुर्सद पनि हुँदैन ।” माथि आकाशतिर उडिरहेकी माउ भँगेरालाई पछ्याउँदै बचेराहरूले जोडले पखेटा फटफटाए । ‘ढिच्याउँ !’ बन्दूकको आवाजसँगै एउटा चरा जमिनमा खस्यो । त्यो त एकछिन अघि रूखको हाँगामा बसिरहेको…

​रोजाइको दोबाटोमा​

जीवन रोजाइको श्रृङ्खला नै हो । फुक्का चाउचाउ खाऊँ कि पकाएर खाऊँ भन्ने सानो चिन्ताको विषयदेखि लिएर एउटा लुगा छान्दा पनि मानिसहरूले धेरै पटक सोच्ने गर्छन् । अझ ‘Any Drink’ भनेर लेखिएको बटन भएको भेन्डिङ मेसिन पनि छ । विद्यालय, जागिर, पति-पत्नी इत्यादि जीवनसँग सम्बन्धित विषय हो भने रोजाइको विषय अझ गम्भीर बन्न पुग्छ । हामीले भविष्यका दिनहरू देख्न सक्ने भएको भए कति राम्रो हुन्थ्यो होला ! भविष्यमा हामीहरू खुशी देखिन्छौं भने हामीले असल रोजाइ रोज्यौं भन्ने कुरा हो । तर हामीसँग त्यस्तो कुनै शक्ति छैन । त्यसोभए कसो गरेमा आनाकानी गर्ने मनलाई दृढ गराउन सकिन्छ होला ? एउटालाई रोज्नु भनेको बाँकीलाई चाहिँ त्याग्नु हो । त्याग्नुपर्ने कुरालाई दोमन नगरी त्यागेर त्यसलाई पक्रिराखेन भने मन एकदमै हलुको हुनेछ । अनि…

​दक्षताभन्दा मूल्यवान् कुरा​

सन् १९७६, सेप्टेम्बर १६ तारिख, सोभित युनियनको एउटा सहरमा गुडिरहेको बस एक्कासि अनियन्त्रित भएर नदीमा खस्न पुग्यो । त्यो दृश्य देखेर एक जना पुरुष तुरुन्तै नदीमा हामफाले । कालो धूवाँले गर्दा अगाडि केही देख्न सकिँदैनथ्यो, अनि पानी पनि चिसो थियो, तर तिनले आफ्नो सारा शक्ति लगाएर यात्रुहरूलाई नदीबाहिर निकाले । तिनी थिए, प्रसिद्ध पौडीबाज शावर्ष कारापेट्यान, जो ११ पटक विश्व कृतिमान तोड्न, १३ पटक यूरोप च्याम्पियन र १७ पटक विश्व च्याम्पियन जित्न सफल भएका थिए । ३० पटकभन्दा बढी डाइभ गरेर ३० जनालाई उद्धार गरेपछि तिनी ढले । त्यस दिनदेखि तिनलाई निमोनिया र सेप्टिसेमिया भयो । अनि ४६ दिनपछि होशमा आउँदा शरीर पूरै बिग्रिएर तिनी फेरि पौड प्रतिस्पर्धामा उत्रिन नसक्ने भए । जिन्दगीको सबैभन्दा उत्कृष्ट समय व्यतीत गरिरहेका तिनको निम्ति…

​खुशी हुने अभ्यास​

बिहान अलिबेर सुत्न पाए हुन्थ्यो, मौसम सफा र घमाइलो भए हुन्थ्यो, बिहान काममा जाँदाखेरि ट्राफिक जाम नभए हुन्थ्यो, मेरो प्रोजेक्ट पारित भए हुन्थ्यो, मेरी पत्नीले कचकच नगरे हुन्थ्यो, विद्यालयमा छोराको राम्रो अङ्क आए हुन्थ्यो ... मानिसमा निरन्तर कुनै न कुनै कुराको चाहना हुन्छ । तर के संसार हामीले चाहेअनुसार चल्छ र ? अलार्मको आवाज नसुनेकोले ढीलासम्म सुतेर हस्याङफस्याङ गर्दै बाहिर निस्केको तर पानी परिरहेको छ, अनि काममा जाँदा गाडी जाममा परेर अफिसमा ढीला पुगियो, त्यसमाथि आजै मालिक चाँडै आइपुगेर यो प्रोजेक्ट के हो भन्दै कराए, अनि काम सकेर घर गएपछि मज्जाले आराम गर्न मन भए पनि पत्नीले कचकच गरिन्, र छोराले कक्षामा सबैभन्दा कम अङ्क ल्यायो ... यसरी आफूले चाहेअनुसार नहुँदा गनगन उत्पन्न हुन्छ । तर त्यसो भन्दैमा सधैँ गनगन…

​उडान भ्रम​

विमान उडानका दुई वटा नियमहरू छन् । ती हुन्, प्रत्यक्षदर्शन उडान नियम(Visual Flight Rules, VFR) र यान्त्रिक उडान नियम(Instrument Flight Rules, IFR) । विमान चालकले ककपिटबाट बाहिर हेर्दै विमान चलाउने प्रक्रियालाई प्रत्यक्षदर्शन उडान नियम भनिन्छ भने, पूर्ण रूपमा उपकरणमा भर पर्दै नियन्त्रण केन्द्रबाट आएको निर्देशनअनुसार विमान चलाउने प्रक्रियालाई यान्त्रिक उडान नियम भनिन्छ । प्रत्यक्षदर्शन उडान नियममा विमानले धेरै चक्कर काट्दा अथवा विमान उल्टो परेर उड्दाखेरि एकदमै कौशल चालक समेत उडान भ्रममा पर्ने सम्भावना हुन्छ । समुद्र आकाशजस्तै देखिन्छ, अनि राति पृथ्वीमा बलिरहेको बत्तीको ज्योति आकाशका ताराहरूको ज्योतिजस्तै देखिन्छ । विमान तलतिर झरिरहेको भए पनि चालकलाई माथितिर गइरहेको जस्तो लागेर विमान जमिनमा दुर्घटनाग्रस्त पनि हुने गर्छ । चालकले दिशाको समझ गुमाउन पुगेको जोखिमपूर्ण अवस्थामा आफ्नो अनुभव वा निर्णयमा भन्दा बरु यान्त्रिक…

नज प्रभाव (Nudge Effect)

भऱ्याङ र एस्केलेटर(escalator, लिफ्ट) सँगसँगै छ भने प्रायः मानिसहरू सुविधाजनक एस्केलेटर प्रयोग गर्न रुचाउँछन् । तर स्वीडेनको राजधानी सहर स्टकहोमको रेल स्टेसनमा एस्केलेटरभन्दा भऱ्याङ नै अझ लोकप्रिय छ । त्यसको कारण के होला ? पहिला यो ठाउँमा पनि अरू रेल स्टेसनहरूमा जस्तै मानिसहरूले एस्केलेटर नै प्रयोग गर्ने भएकाले एकदमै भीड लाग्थ्यो । मानिसहरूको स्वास्थ्य सुधार्न र एस्केलेटरमा लाग्ने भीडभाड कम गराउनको निम्ति स्वीडिस सरकारले मानिसहरूलाई भऱ्याङ प्रयोग गर्न सल्लाह दिएको थियो, तर यो व्यर्थ भयो । धेरै अनुसन्धानपछि सरकारले ‘पियानो भऱ्याङ’ बनाउने निर्णय लियो । भऱ्याङमा पाइला टेक्दैपिच्छे गीतको धुन बज्ने भएकोले बच्चादेखि लिएर बूढापाकासम्म, अनि शारीरिक रूपमा अशक्त भएका मानिसहरूले समेत भऱ्याङ प्रयोग गर्न थाले । मानिसहरूलाई कुनै दबाबविना तुरुन्तै सकारात्मक रोजाइ लिनतर्फ प्रेरित गराउने यो प्रक्रियालाई ‘नज प्रभाव’…

खराब टिप्पणी नभएको लेख

कसै-कसैले टिप्पणी हुँदै नहुनुभन्दा बरु खराब टिप्पणी भए पनि हुनु नै राम्रो हो भन्ने गर्छन्, तर तिनीहरूले आफ्नो बारेमा लेखिएका निन्दात्मक टिप्पणीहरू देखे भने तिनीहरूको सोचाइ नै परिवर्तन हुने गर्छ । धेरै समूहहरू खराब टिप्पणीहरू मेटाउन लागिपरिरहेको भए पनि यो एउटा चुनौतीपूर्ण काम बनेको छ । तर कुनै एक साइटमा नकारात्मक टिप्पणी एउटा पनि नभएर प्रख्यात बनेको छोटो लेख छ । त्यसको विषयवस्तु यसप्रकार छ : “यदि तपाईं ४०देखि ४९ वर्षको हुनुहुन्छ, र तपाईंको छोरी छ भने, अलि अप्ठ्यारो लागे पनि मलाई एक चोटि मात्र ‘मेरी छोरी’ भनेर बोलाइदिनुहुन्छ कि ? मलाई ‘मेरी छोरी’ भनेर बोलाउनुहुने मेरी आमा हुनुहुन्न । यसकारण म त्यो एक पटक सुन्न चाहन्छु ।” यो छोटो लेखमा हजारौँ टिप्पणीहरू पोष्ट गरिए । “मेरी छोरी, माया गर्छु,”…

बुबाको डाइट

विद्यालयका दिनहरूपछि कहिल्यै व्यायाम नगरी आफ्नो डाइट नियन्त्रण गर्न असफल भएका ३५ वर्षीय अमेरिकी नागरिक एडुआर्डो कमार्गोले यस पटक आफैलाई नयाँ डाइटको चुनौती दिए । उनले दैनिक खाने भोजनमा कटौती गर्दै खानपानमा विशेष ध्यान दिने, ताजा फलफूल र सागसब्जी खाने अनि पानी धेरै मात्रामा पिउँदै हरेक हप्ता ३२ कि.मि. दौडिने योजना बनाए । तौल घटाउने एउटै उद्देश्य लिएर दौडने क्रममा उनलाई उल्टी आउलाझैँ भएको थियो । त्यसो हुँदा पनि उनी निरन्तर दौडिरहे, जसको परिणामस्वरूप उनी २ महिनामै ९५ के.जी. तौलबाट २० के.जी. घटाउन सफल भएका थिए । उनले तौल घटाउनमा किन यसरी मरिहत्ते गरेका होलान् ? त्योचाहिँ शरीरलाई सुन्दर बनोट दिनको निम्ति नभएर आफ्नी कान्छी छोरी ज्याजलिनलाई बचाउनको निम्ति थियो । ज्याजलिनलाई जन्मिएदेखि बिलीरी अस्ट्रेसिया भन्ने कलेजोसम्बन्धी खतरनाक रोग लागेको…

खडेरी पर्दा

दुई जना कामदारहरू रूख काट्नलाई पहाडमा उक्लिएछन् । रूख काटिसकेपछि तिनीहरूले त्यस रूखमा वार्षिक घेरा देखेछन् । त्यो देखेपछि जवान कामदारले भनेछ, “यहाँ हेर्नुस् त । यी ५ वटा घेराहरू एक-अर्कामा एकदमै नजिक छन् । यहाँ ५ वर्षसम्म खडेरी परेको थियो जस्तो छ ।” खडेरी पर्दा रूखहरू एकदमै बिस्तारै बढ्ने भएकोले त्यसमा लाग्ने वार्षिक घेराहरू एक-अर्कामा नजिक हुने कुरा ती जवान कामदारलाई राम्ररी थाहा थियो । उसको कुरा चूपचाप सुनिरहेका बुज्रुक कामदारले यसो भनेछन्, “तिम्रो कुरा ठीक हो । तर यहाँ, अझ महत्वपूर्ण एउटा कुरा छ । खडेरी परेको समयमा रूखहरूले आफूलाई आवश्यक पर्ने पौष्टिक तत्व र पानी प्राप्त गर्नको लागि जमिनको भित्री गहिराइसम्म जरा गाड्छ । त्यसो हुँदा जराहरू अझ बलियो हुन्छ र खडेरी सकिएपछि रूखहरू छिटो-छिटो बढ्न सक्छन्…

​एक चोटि सुरु गऱ्यो भने​

के तपाईंलाई ‘लेखकको अवरोध (Writer’s Block)’ भन्ने भनाइ थाहा छ ? लेखकले कुनै लेख लेख्न लाग्दा कतै त्यो लेख त्यति प्रभावशाली नबन्ने हो कि भन्ने डरले गर्दा कलम उठाउन नसक्ने अवस्थामा यो भनाइ प्रयोग हुन्छ । त्यो अवरोधलाई हटाउने सर्वोत्तम तरिका भनेको नै एक वाक्य लेख्न थालिहाल्नु हो । आफूले गर्न चाहेको काम अथवा गर्नुपर्ने कामलाई यदि पन्छाइन्छ भने अब त्यो काम सोच्न पनि गाह्रो छ भन्न पुगिन्छ । अझ खुलेर भन्नुपर्दा, वास्तवमा त्यो काम सोच्न पनि गाह्रो भएकोले सुरु गर्न नसकिने होइनकि अहिलेसम्म सुरु नगरेकोले त्यो काम गर्ने उत्प्रेरणा नजागेको मात्र हो । मनोचिकित्सक एमिल क्रेपेलिनको ‘कामप्रति उत्साह सिद्धान्त’अनुसार, जब हामी कुनै काम गर्न थाल्छौं तब हाम्रो मस्तिष्कको केही भाग उत्साहित हुन्छ र त्यसले शरीरलाई त्यो काम गरिरहने बनाउँछ…

​सफलताको सम्भावना​

२०औँ शताब्दीका उत्कृष्ट चित्रकार पिकासोले करीब २०,००० वटा चित्रहरू कोरेका थिए, अनि विश्व-प्रसिद्ध भौतिकशास्त्री आइन्सटाइनले करीब २४० वटा थेसिसहरू लेखेका थिए । जर्मनीका सङ्गीतकार तथा रचनाकार बाचले प्रत्येक हप्ता सङ्गीत रचना गरेका थिए, मोजार्टले ६०० वटाभन्दा बढी गीतहरूको रचना गरेका थिए, अनि आविष्कारक एडिसनले एउटा आविष्कारको निम्ति १,०३९ पटक कोसिस गरेका थिए । अनि फिगर स्केटिङकी रानी कहलिएकी गिम यन आ, एउटा जम्प गर्ने सीप सिक्नको निम्ति ३,००० पटकभन्दा बढी लडेकी थिइन् । रचनासम्बन्धी कुनै एक कौशल सल्लाहकारको सर्वेक्षणअनुसार दोस्रो श्रेणीका कविहरूभन्दा पहिलो श्रेणीका कविहरूले गुणस्तरहीन कविताहरू धेरै लेखेका थिए । पहिलो श्रेणीका कविहरूले अझ धेरै कविताहरू लेखेका हुनाले गुणस्तरहीन कविताहरू पनि धेरै लेखे भन्ने अर्थ हो । क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक सिमन्टनले ‘जिनियसको उत्पत्ति’ भन्ने पुस्तकमा यसरी भनेका छन् :…

प्रेम भनेको के हो ?

“तपाईंले आफ्नो साथीलाई उसको सर्ट एकदमै राम्रो छ भन्नुभएको थियो, उसले प्रायः त्यो सर्ट मात्र लगाएर हिँड्छ ।” “पियानो प्रस्तुति हुँदा, मलाई मञ्चमा एकदमै डर लागिरहेको थियो । मैले दर्शकहरूको बीचबाट एकलै हात हल्लाउँदै मुस्कुराइरहनुभएका मेरा बुबालाई देखें, तब मेरो मनबाट सबै डर हराएर गयो ।” “पसीनाले गर्दा बुबाको शरीरबाट नराम्रो गन्ध आए पनि आमाले बुबालाई हेर्नुहुँदै, “तपाईं रोबर्ट रेडफर्डभन्दा पनि ह्यान्डसम हुनुहुन्छ” भनेर भन्नु नै प्रेम हो।” “आफूले दिनभरि एकलै छोडेको भए पनि घरमा पालेको कुकुरले आएर तपाईंको अनुहार चाट्छ भने त्यो नै प्रेम हो ।” “बाथ रोग लागेकोले मेरी हजुरआमा निहुरेर खुट्टाका औँलाहरूमा नङपालिस लगाउन सक्नुहुन्न । तब मेरा हजुरबुबाले सधैँ हजुरआमाको खुट्टामा नङपालिस लगाइदिनुहुन्छ, जो आफू पनि बाथको रोगी हुनुहुन्छ ।” “कसैलाई मन पराएको छ भने परेला…

अहिले हामीलाई आवश्यक परेको कुरा, ‘सहनशीलता’ र ‘क्षमा’

प्राचीन कोरियामा सन्बी कहलाइने विद्वान्‌हरू सितिमिती रिसाउँदैनथे, अनि अरूलाई उदारतापूर्वक क्षमा गरिदिनु र अरूप्रति सहनशील हुनुलाई सद्गुण मान्दै आफूहरू पनि त्यसै गर्थे । बाटोमा ठूलो सोरले कराउने अथवा रीसको झोकमा झगडा गर्ने कुरालाई निम्न वर्गका मानिसहरूले मात्र गर्ने असभ्य व्यवहारको रूपमा लिइन्थ्यो । तर अहिले भने संसार यति परिवर्तन भएको छ, कि ठूलो सोरमा कराउने मानिसलाई उल्टै मालिक ठान्ने गरिन्छ । संसारमा हामी अरूहरूसँगै जिउने गर्छौं । दिनहुँ थुप्रै मानिसहरूसँग भेटवार्ता हुने भएकोले एक-अर्कालाई चोट पुऱ्याउन पुग्नु भनेको आम कुरा हो । हाँसउठ्दो कुराचाहिँ, हामीहरू आफूले अरूलाई गरेको दुर्व्यवहार सजिलै बिर्सन्छौं, तर अरूले आफूसँग गरेको दुर्व्यवहारलाई भने लामो समयसम्म सम्झिरहन्छौं । अझ कहिलेकहीँ त, कुनै न कुनै दिन ‘बदला’ लिने सोचाइसमेत लिन पुग्छौं । वास्तवमा रीसले आखिरमा हामी आफैलाई नै…

परिवारको ‘सानो इच्छा’ पूरा गरिदिने

परीकथाहरूमा प्रायः प्रमुख पात्रको इच्छा पूरा गरिदिने अलौकिक विशेषता लिएको कुनै पात्र हुन्छ । उक्त पात्रको सहयोगद्वारा प्रमुख पात्रले नयाँ जीवन जिउन वा सङ्कटबाट पार हुन र खुशी पाउन सक्छन् । यद्यपि योचाहिँ परीकथामा मात्र सम्भव हुने कुरा होइन । हामीले पनि थोरै मात्र कोसिस गऱ्यौं भने आफ्ना अमूल्य परिवारको इच्छा सजिलैसँग पूरा गरिदिन सक्छौं । त्यसो हुँदा, यहाँहरूको परिवारले परीकथामा अलौकिक शक्ति भएको पात्रको ईर्ष्या गर्नेछैनन् । यहाँहरूले विचारशील भएर साँचो हृदयले एक-अर्काको इच्छा पूरा गरिदिनुभयो भने परिवारका सबै सदस्यहरू स्वतः खुशी हुनेछन् । यो महिनामा, स्वेच्छाले आफ्ना मायालु परिवारको ‘सानो इच्छा’ पूरा गरिदिनुहोला । परीकथाजस्तै सुन्दर कहानी यहाँहरूको सामु प्रकट हुन पनि सक्छ । सुझाव परिवारको इच्छा बुलेटिन बोर्ड तयार गर्ने उदाहरण : “(       )ले मेरो…

​परिवारको प्रबल पक्ष बढाउने !

कुनै बीउ वा बिरुवा रोपेपछि त्यसलाई राम्ररी घाम र हावा आउने ठाउँमा राखेर हेरचाह गऱ्यो भने त्यो अझ बलियो गरी हुर्किन्छ । प्रेमको बीउ पनि उस्तै हो । परिवारमा प्रेम अभिव्यक्त गरिएन भने प्रेमको बीउ राम्ररी उम्रिएर बढ्न सक्दैन । प्रेमको बीउलाई उम्रिएर, फूल फुलेर फल फल्ने गराउनको निम्ति त्यसको हेरचाह गर्नुपर्छ । तरिकाहरूमध्येको एउटा नै परिवारका प्रबल पक्षहरूमा नजर लगाउनु हो । प्रबल पक्षहरू पत्ता लगाउनको निम्ति परिवारमा रुचि राख्ने क्रममा आपसी समझदारी प्रगाढ बनेर प्रेम बढ्दैजान्छ । प्रबल पक्षहरू पत्ता लाग्यो भने त्यसलाई आफूभित्र मात्र सीमित नराखीकन बोलीद्वारा अभिव्यक्त गरिहेर्नुहोस् । त्यसरी अभिव्यक्त गऱ्यो भने उनीहरूमा आत्मविश्वास पलाएर उनीहरूको प्रबल पक्ष अझ चम्कनेछ । यो महिनामा परिवारभित्र एक-अर्काका प्रबल पक्षहरूलाई अभिव्यक्त गर्दै प्रेमको फूल फुलाउनुहोस् ! सुझाव परिवारको…

परिवारसँग ग्राहकलाई जस्तै नम्र व्यवहार गर्ने !

खाना खानको लागि रेस्टुरेन्ट जाँदा वा पसलमा केही किन्न जाँदाखेरि त्यहाँका कर्मचारीहरूले यहाँहरूसँग नम्र व्यवहार गऱ्यो भने साँच्चै राम्रो लाग्छ नि । कुनै सामान खासै मन नपरेको भए पनि कहिलेकहीँ विक्रेताको व्यवहारले गर्दा त्यो सामान किनूँ-किनूँ लाग्ने अवस्था पनि हुन्छ । नम्र हुनु यतिसम्म प्रभावकारी हुन्छ भने यो महिना आफ्नो परिवारलाई आफ्नो ग्राहक ठानेर उनीहरूसँग नम्र व्यवहार गर्दा कसो होला ? वास्तवमा परिवारसँग सधैँ नम्र व्यवहार गर्न सजिलो त हुँदैन । कहिलेकहीँ निराश हुँदा, बिरामी हुँदा अथवा अरू कुराको बढी वास्ता गर्दाखेरि रुखो बोली र व्यवहार गर्ने अवस्थाहरू धेरै हुन्छ । यसैकारण एक-अर्कालाई चोट पुऱ्याएको वा आपसमा असमझदारी सृजना भएको कुराप्रति पछुतो पनि लाग्न सक्छ । कुनै अपरिचित व्यक्तिसँग त मन्द मुस्काउँदै व्यवहार गरिन्छ भने आफ्नो परिवारसँग त्यसरी व्यवहार गर्न…

सँगै खेलौं, ‘खुशीको खेल’

सन् १९१३मा प्रकाशित अमेरिकी उपन्यास ‘पोलियाना’की प्रमुख पात्र पोलियानाचाहिँ जुनसुकै समयमा, जहाँ पनि र जस्तोसुकै कुरामा पनि खुशी खोज्ने अत्यन्तै सकारात्मक पात्र हुन् । उदाहरणका लागि, झ्यालको पर्दा नभएको बुइँगलमा बस्नुपर्दा उनी “झ्यालबाहिरको दृश्यलाई छेक्ने केही पनि नभएकोले साँच्चै राम्रो छ” भन्दै ज्यादै हर्षित भइन् । खाना खाने समयमा अबेर भएर पाउरोटी र दूध मात्र खानुपर्दा उनले “मलाई पाउरोटी र दूध मन पर्छ” भनिन् । ‘खुशीको खेल’ भनिने उनको सकारात्मक सोच्ने तरिका सहरभरि फैलियो, जसले निन्याउरो मुहार बनाएको मानिसलाई समेत उज्यालो गरी मुस्कुराउने गरायो । विशेष गरी कुनै राम्रो कुरा हुँदा मात्र हामीहरू खुशी र हर्षित हुनेचाहिँ होइन । खुशी हुने र नहुने कुराचाहिँ दिइएको अवस्थालाई हामीले कसरी लिन्छौं भन्ने कुरामा निर्भर हुन्छ । यो महिना, आफ्नो परिवारसँगै पोलियानाको ‘खुशीको…

सँगै खेलौं, ‘खुशीको खेल’

4:23
0:00 4:23

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।