WATV.org is provided in English. Would you like to change to English?

परिवारलाई चियाले सत्कार गर्ने !

8,235 भ्यु

चियाचाहिँ पूर्व-पश्चिम दुवैतिर लोकप्रिय बनेको पेय पदार्थ हो । चियाको गाढा स्वादको मज्जा लिनु छ भने चियाको लागि पानी बसाल्नेदेखि लिएर त्यसलाई कपमा राख्नेसम्मका प्रत्येक चरणहरूमा विशेष ध्यान दिनुपर्ने हुन्छ । चिया बनाउन जति समय र परिश्रम लागेको हुन्छ, चियाको स्वाद लिँदै बिस्तारै सुरुप-सुरुप पिएमा उति नै त्यसको मज्जा लिन सकिन्छ ।

चियाचाहिँ मानिसहरूबीच बातचीतको एउटा माध्यम पनि हो, किनकि सँगै बसेर एक कप चिया पिउँदा त्यहाँ स्वतः बातचीत गर्ने माहोल सिर्जना हुन्छ, अनि बातचीत गर्दैजाँदा एक-अर्कालाई अझ राम्ररी जान्न पुगिन्छ ।

यो महिनामा आफ्ना मायालु परिवारसँगै एक कप मीठो चिया पिउने समय लिनुहोस् । परिवारजनलाई विशेष अतिथि ठानेर हृदयदेखि चियाले सत्कार गर्दै रमाइलो कुराकानी गरिहेर्नुहोस् । साँच्चै हृदयभित्र पनि मीठो सुगन्ध प्रवाह हुनेछ ।

सुझाव
परिवारजनको रुचिअनुसारको चिया, कफि तयार गर्ने
घरमा भएको सबैभन्दा आकर्षक कपमा चिया दिने
चियाको छेउमा बिस्कुट अथवा केही फलफूल राख्ने
चिया पिउँदाखेरि शिष्टाचार कायम राख्ने
परिवारलाई मन पर्ने फलफूल तयार गरेर सँगै खाने
चिया पिउँदै सकारात्मक कुराकानी गर्ने
कुराकानीमा ध्यान दिनको निम्ति स्मार्टफोन वा टिभीबाट टाढै रहने
बच्चाहरूका लागि क्याफेइनरहित पेय पदार्थ तयार गर्ने