परिपक्व वयस्कको गुण

11,825 भ्यु

पूर्ण रूपमा हुर्केको व्यक्तिलाई वयस्क भनिन्छ । वयस्क भएपछि परिपक्व हुन आवश्यक छ । वयस्क हुनु भनेको के होला ? कुनै एक लेखकले भनेका छन् कि, वयस्कको ‘कर्तत्व’ पूरा गर्नेहरू मात्र साँचो वयस्क हुन् । तिनले करीब १० वर्षसम्म लेखक, डाक्टर र नृत्य-रचनाकारजस्ता लगभग २०० जना ख्यातिप्राप्त व्यक्तिहरूलाई भेटेर अर्थपूर्ण बातचीत गर्दै वयस्कको कर्तव्य राम्ररी निभाउने मानिसलाई यसप्रकारले परिभाषित गरेका थिएः

“गनगन नगर्ने, धाक नलाउने र सधैँ राम्रो मूडमा बस्ने मानिस ।”

हामीहरू सत्यताभित्र बिस्तारै हुर्किरहेका छौं । हामीहरू कुनै गनगन-गुनासो नगरीकन, हरेक परिस्थितिमा धन्यवादी हुँदै, नम्र हुँदै, धाक नलगाईकन जस्तोसुकै अवस्थामा पनि सुन्दर मन र हँसिलो मुहार कायम राख्दै आत्मिक वयस्क भइरहेका छौं ।

हामीले विश्वासको घर बनाउने क्रममा जग खन्ने कार्य मात्र गरेर बस्नुहुँदैन । निर्माण-कार्यमा ढिलाइ हुन नदिन हामीले तोकिएको समयावधिभित्र लगनशीलतापूर्वक पिल्लर उठाउँदै ईंट्टा हाल्नुपर्छ । त्यसो गरेमा बल्ल आफूले बनाउन चाहेको घर तोकिएको समयमा पूरा हुन सक्छ । अब हामीले अझ बढी बालकको जस्तो विश्वास लिनुहुँदैन । दह्रिलोसँग बसालेको विश्वासको जगमाथि क्रमैसँग विश्वासलाई हुर्काएर वयस्कको कर्तव्य निभाउने परिपक्व वयस्क बनौं ।