साधारण हिरोहरू

11,662 भ्यु
लेख सुन्नुहोस् 3:15

केही महिनाअघि कुनै चौबाटोमा घटेको घटना हो । अबेर रातमा, शपिङ मल अगाडिको ओरालो सडकमा पार्क गरिएको एउटा मालवाहक ट्रक एक्कासि गुड्न थाल्यो । चालकले पार्किङ ब्रेक राम्ररी लगाएका रहेनछन् । बिस्तारै तलतिर गुड्न थालेको त्यो ट्रकको गति बढ्दैगएर एक जना ४० वर्षीया अधबैंसे महिलालाई ठक्कर हानेर पसलमा पुगेपछि बल्ल त्यो ट्रक रोकियो । छोरासँगै किम्बाब(कोरियाली परिकार) किन्न आएकी ती महिला भाग्नै नपाईकन एक्कासि ट्रकमुनि परिन् ।

त्यो दुर्घटनाका प्रत्यक्षदर्शीहरू गाडी भएनेर हतारका साथ दौडेर गए । अनि तिनीहरूले भएभरको बल लगाएर ट्रकलाई उठाई ती महिलाको उद्धार गरे । त्यसरी उद्धार गर्न जम्मा ५५ सेकेण्ड लाग्यो । उद्धार गर्नमा सहभागी भएका ती २० जना नागरिकहरू, घाइते महिलालाई एम्बुलेन्समा पठाएपछि, बदलामा केहीको पनि अपेक्षा नगरी आ-आफ्नो बाटो लागे ।

ट्रक उचालेका ती मानिसहरू न सुपरम्यान नता अद्भुत शक्ति भएका मानिसहरू नै थिए । तर तीचाहिँ आम नागरिकहरू थिए । मृत्युको चपेटामा परिरहेको मानिसलाई टुलुटुलु हेरेर नबस्ने उनीहरूको असल मनले गर्दा अन्ततः सारा जगत्‌भन्दा अमूल्य जीवन बाँच्न सक्यो ।

साधारण हिरोहरू

3:15
0:00 3:15

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।