अनुनादक(प्रतिध्वनि बक्स)

5,154 भ्यु

सुन्दर धून सृजना गर्ने वाद्य यन्त्रहरू ! त्यसका पाटपुर्जा, आकार र प्रयोग गर्ने तरिका फरक भए तापनि ती सबैमा एउटा कुराको समानता छ : ती सबै यन्त्रहरूको भित्री भागचाहिँ खाली हुन्छ । त्यही खाली भागलाई अनुनादक भनिन्छ, जसले वाद्य यन्त्रहरूलाई ठूलो र स्पष्ट धून निकाल्न मद्दत गर्छ । यदि अनुनादकमा केही अवरुद्ध भयो अथवा त्यो अन्य चीजहरूले भरियो भने वाद्य यन्त्रबाट कुनै धून निस्कँदैन, र त्यो बेकामको चीज बन्न पुग्छ ।

मानिसभित्र पनि अनुनादक हुन्छ । सुन्दर आवाज निकाल्ने मानिसको अनुनादकचाहिँ के होला ? त्यो नै ‘मन’ हो । अडिग धारणा, हठीपना र जिद्दीपनाले भरिएको मनले कदापि सुन्दर आवाज निकाल्न सक्दैन । मन खाली भएको बेलामा भित्री र बाहिरी आवाजले तालमेल मिलाएर गहिरो अनुनाद(प्रतिध्वनि) निकाल्न सक्छ ।

प्रचण्ड हुरीलाई थेगेर हुर्किएको रूख एक उत्कृष्ट भायोलिनको अनुनादक बन्दछ । अनि चट्याङको हिर्काइ सहेको पाउलोनिया रूख एक उत्तम गायागुमी(कोरियाली परम्परागत वाद्य यन्त्र)को अनुनादक बन्दछ । जीवनमा विभिन्न परीक्षाहरूबीच गुज्रिनुपर्ने क्षणहरू अवश्य हुन्छन्, तर ती परीक्षाहरूलाई असल सामग्रीको रूपमा प्रयोग गरियो भने मनको अनुनादक अझ मूल्यवान् बन्नेछ ।