संयुक्त राज्य अमेरिका
मार्च १७ तारिख, संयुक्त राज्य अमेरिकाको IL सिकागो मण्डलीमा ‘परिवार कृतज्ञता दिवस’ कार्यक्रमको आयोजना गरियो । व्यस्त कार्यतालिकाले गर्दा परिवारजन अथवा साथीहरूसित सामान्यतया व्यक्त गर्न नसकेको प्रेम, कृतज्ञता र क्षमायाचनालाई व्यक्त गर्नको निम्ति सन्तहरू आफैले यो कार्यक्रमको तयारी गरेका हुन् ।
कार्यक्रममा आमन्त्रित १०० जनाभन्दा बढी परिवारजन, कार्यक्रमस्थलको एक कुनामा प्रदर्शन गरिएका तस्वीरहरू अवलोकन गर्दै निरन्तर हाँसे । यस कार्यक्रममा बालकहरूले एकताबद्ध भएर प्रस्तुत गरेका मनोरम नृत्य र गीतले दर्शक वृन्दको मनमा उत्साह जगाइदियो ।
कार्यक्रमको मुख्य आकर्षणचाहिँ भिडियो पत्र थियो । “अहिलेसम्म मलाई हुर्काउन तपाईंले कति धेरै परिश्रम गर्नुभयो भन्ने मलाई राम्ररी थाहा छ,” “म सानो छँदा बुबाले काम मात्र गर्नुभएको चाहिँ परिवारको निम्ति रहेछ भन्ने थाहा थिएन । माफ गर्नुहोस्,” “आमा, तपाईं संसारको सबैभन्दा उत्कृष्ट आमा हुनुहुन्छ,” “दाइ, मेरो साथमा रहनुभई सधैँ मलाई मार्गदर्शन गरिदिनुभएकोमा धन्यवाद” … भिडियो पत्रमा देखा परेका छोरा-छोरी, पति-पत्नी, दाजुभाइ-दिदीबहिनीहरूको आँसु र सारा मन समाविष्ट अभिव्यक्ति देखेर दर्शकहरूले आँसु थाम्न सकेनन् । भिडियो पत्र समाप्त भएपछि परिवारहरू “धन्यवाद, माफ गर्नुहोस्” भन्न मञ्चमा गए, अनि उनीहरूले आफ्नो पारिवारिक बन्धनलाई अझ दह्रिलो बनाए । सिस्टर क्रिस्टिनाका बुबा रेइसनजीले सो दिनको कार्यक्रमलाई ‘एकदमै विशेष उपहार’ भने ।
कार्यक्रमका सञ्चालक पास्टर गिम ग्यङ ह्वानले “संयुक्त राज्य अमेरिकामा प्रायः १८ वर्ष पुगेपछि घरबाट निस्केर स्वतन्त्र रूपले पढाइ र रोजगारतिर लागिने हुँदा घरपरिवारसँगको भेटघाट फितलो हुने गर्छ । सन्तहरूले परमेश्वरबाट पाएको प्रेमलाई कार्यान्वयन गर्दै पारिवारिक सम्बन्ध अझ दह्रिलो बनाउने यस्ता कार्यक्रम तथा प्रशिक्षणहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्नेछौं” भने ।