परमेश्वरको मण्डली अन्तर्राष्ट्रिय वातावरण अवार्ड ‘ग्रीन एप्पल अवार्ड’(स्वर्ण र काँस्य)द्वारा एकैसाथ सम्मानित
विश्वव्यापी वातावरण सरसफाइ अभियानमा निरन्तर प्रयत्न गरेबापत यूरोपेली सर्वोत्कृष्ट वातावरण अवार्डद्वारा सम्मानित
संयुक्त अधिराज्य
परमेश्वरको मण्डलीले विश्वका ४ मुख्य वातावरण अवार्डहरूमध्येको एक, ग्रीन एप्पल अवार्ड प्राप्त गरेको छ । नोभेम्बर १२ तारिखमा बेलायतको लन्डन वेस्टमिन्स्टर दरबार, हाउस अफ कमन्समा आयोजित सन् २०१८ ग्रीन एप्पल अवार्ड समारोहमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको ASEZ(विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन)लाई ‘ग्रीन एप्पल वातावरण अवार्ड(Green apple Environment Award)’मध्ये स्वर्ण अवार्डले र परमेश्वरको मण्डली विश्व सुसमाचार समाजलाई काँस्य अवार्डले सम्मानित गरियो ।


अन्तर्राष्ट्रिय लाभ-निरपेक्ष वातावरण सङ्गठन रहेको बेलायतको ‘द ग्रीन अर्गनाइजेसन(The Green Organization)’द्वारा सञ्चालित ग्रीन एप्पल अवार्डचाहिँ यूरोपेली संघ(EU)को कार्यकारी समिति र बेलायत वातावरण संरक्षण संस्थाद्वारा आधिकारिक रूपमा मान्यता प्राप्त सर्वोत्कृष्ट वातावरण अवार्ड हो । हरेक वर्ष सरकारी निकाय तथा सार्वजनिक संघ-संस्थाहरूलाई लक्षित गरेर वातावरण संरक्षणमा उत्कृष्ट योगदान पुऱ्याएको सङ्गठनलाई यो अवार्ड दिइने गरिन्छ । यसरी विश्वभरिका समस्त उद्यमहरूबाट गरिने पर्यावरण अनुकूलन गतिविधिहरूमध्ये सर्वोत्कृष्ट वातावरणीय क्रियाकलाप र नवीनता ल्याउने सङ्गठनलाई प्रोजेक्ट, उत्पादन र सेवा-सुविधाहरू प्रदान गर्दै वातावरण संरक्षण कार्यलाई अगि बढाउने क्रम जारी छ ।
यो वर्ष कुल ११२ वटा सङ्गठनहरूले ग्रीन एप्पल अवार्ड प्राप्त गरेका छन् । यो अवार्ड कुनै मण्डलीले पाउनु, अझ एकै समयमा दुई वटा अवार्ड पाउनु भनेको एकदमै असाधारण विषय हो । द ग्रीन अर्गनाइजेसनका प्रतिनिधि रोजर वलेन्सले “यो वर्ष उम्मेद्वारहरू करीब ५०० जति थिए” भन्दै फेरि “म यही भन्न चाहन्छु कि परमेश्वरको मण्डलीले साँच्चै विशिष्ट कार्य गरेको छ” भने ।
परमेश्वरको मण्डलीले विश्वभरिका १७५ वटा देशहरूमा स्थापना भएका शाखा मण्डलीहरूलाई केन्द्र गरेर बाटो तथा पार्क, समुद्री तट, खोलाको किनार इत्यादि ठाउँहरूमा निरन्तर सरसफाइ गर्ने ‘विश्वव्यापी वातावरण सरसफाइ अभियान’लाई विस्तार गर्दै आधिकारिक अभियान मात्र पनि ५,२०० पटक गरेको छ । हालसालै परमेश्वरको मण्डलीका विश्वविद्यालय विद्यार्थीहरूद्वारा गठित स्वंसेवा सङ्गठन ASEZले स्थानीय विश्वविद्यालय, सरकार र स्थानीय सरकारको सहकारितामा वातावरण सरसफाइ अभियान, क्याम्पेन तथा शिक्षण कार्यक्रमहरू गरेर विद्यार्थी लगायत सर्वसाधारणमाझ जनचेतना जगाइरहेको छ ।