पूर्ण विश्वास र माताको प्रेमद्वारा
सुरीमन जिन्डाप्रापापर्न / बैङ्कक, थाइल्यान्ड
उहिलेदेखि परमेश्वरको सन्तान हुने इच्छा भएकोले म रोमन क्याथोलिक, प्रोटेस्टेन्ट लगायतका विभिन्न ख्रीष्टियान सम्प्रदायहरूमा गएँ । तर ती सत्य मण्डली हुन् जस्तो नलागेर म मण्डली जान हिचकिचाएँ ।
केही वर्षअघि म जागिरको लागि संयुक्त राज्य अमेरिकाको वासिङटन डि.सी.मा बसेकी थिएँ । एक दिन किनमेल गर्ने क्रममा एक जना साथीले मलाई फोन गरिन् ।
“के तिमी पनि, माता परमेश्वर वास गर्नुहुने मण्डलीमा मसँगै जाने हो ?”
म एकदम छक्क परें । साथीले माता परमेश्वर वास गर्नुहुने मण्डलीमा अनन्त जीवन पाउन सकिन्छ भनिन् । कस्तो मण्डली रहेछ भन्ने सोच्दै म उत्सुक भएँ ।
मण्डली गएर बाइबल अध्ययन गरेपछि त्यहाँ सत्यता छ भन्ने कुरामा म विश्वस्त भएँ । त्यसको भोलिपल्ट शबाथ-दिनमा म फेरि मण्डली गएँ, र मैले नयाँ जीवनको प्रतिज्ञा प्राप्त गरें ।
वचन अध्यनन गर्ने क्रममा मैले नयाँ नाउँमा प्रार्थना गर्नुपर्छ भन्ने यथार्थता थाहा पाएँ, अनि स्वर्गदूतको संसारमा पाप गरेको मजस्तो पापीलाई खोज्न स्वर्गीय पिता-माता स्वयम् आउनुभयो भन्ने कुरा पनि थाहा पाएँ । त्यस बेला म आश्चर्यचकित हुनुको साथै प्रेरणाले भरिएँ ।
त्यसको अर्को वर्ष मार्चमा मेरो रोजगार भिसाको म्याद सिद्धिएकोले म बैङ्कक फर्किएँ । अङ्ग्रेजी भाषा गाह्रो लागेकोले मैले थाइ भाषामा गहिरोसँग सत्यता बुझ्न सकें । त्यो शुभ समाचार म मेरो परिवारलाई सुनाउन चाहन्थें, अनि मैले मेरा दुई जना बहिनीहरूलाई सियोनमा डोऱ्याएँ । तर गृहनगरमा बस्नुहुने मेरा बुबाले सबै मण्डली एउटै हो भन्दै परमेश्वरको वचन सुन्न चाहनुभएन । मेरा बुबा-आमा र आफन्तहरूले पनि सत्यता ग्रहण गर्न सकून् भनेर मैले र बहिनीहरूले परमेश्वरसमक्ष गहिरो प्रार्थना गऱ्यौं ।
मेरो गृहनगरचाहिँ बैङ्ककदेखि गाडीबाट करीब १२ घण्टा लाग्ने टाढाको ठाउँमा अवस्थित एक दुर्गम गाउँ ‘फायाओ’ हो । त्यहाँ अझैसम्म नयाँ करार सत्यताको सुनाइएको थिएन । परमेश्वरलाई गहिरो तरिकाले विश्वास गर्ने मेरो गृहनगरका परिवार र आफन्तहरू सत्यता नजानेर मुक्ति पाउनबाट वञ्चित हुने पो हुन् कि भन्ने पीरले मेरो छाती पोल्न थाल्यो, अनि म चूपचाप बस्नै सकिनँ । त्यसैले निस्तार-चाड आउन एक महिनाजति बाँकी हुँदा मैले कामबाट ३ दिनको छुट्टी लिएँ, अनि म आफ्नो गृहनगर फायाओ जाने बस चढें ।
गाडी छुट्ने समयमा, म एकलैले कसरी वचन सुनाउने होला भनेर चिन्तित भएकीले आँखाभरि आँसु आयो । त्यो क्षण सियोनको एक जना सन्तले फोन गर्नुभयो ।
“सिस्टर, तपाईं एकलै हुनुहुन्न । पिता-माता साथमा हुनुहुन्छ । बल गरौं !”
उक्त सन्तको कुरा सुनेर म उत्प्रेरित भएँ । पिता-माता साथमा हुनुभएकोले मैले अवश्य असल परिणाम पाउनेछु भन्ने दृढ विश्वास लिएँ । त्यसपछि प्रार्थना गर्दै म मेरो गृहनगरतिर लागें ।
बुबा-आमा र भाइको परिवारलाई भेट्नासाथ मैले परमेश्वरको वचन सुनाएँ । अचम्मको कुरा, पहिला वचन सुन्न इन्कार गर्नुभएका बुबा लगायत मेरा सपरिवार नयाँ करारलाई स्वीकारेर एलोहिम परमेश्वरलाई ग्रहण गर्न इच्छुक भए । बुबाले “म निस्तार-चाड मान्न चाहन्छु, तर यस्तो दुर्गम गाउँमा को आउँछ र ?” भन्नुहुँदै चिन्ता व्यक्त गर्नुभयो । मैले बैङ्ककमा मिसनरीलाई फोन गरें ।
“मेरो परिवारका ५ जना सदस्यहरू अहिले बप्तिस्मा लिन चाहनुहुन्छ ।”
मिसनरी खुशी हुनुभएर शबाथ-दिनपछि आउने प्रतिज्ञा गर्नुभयो । मैले खुशीसाथ काकीको घरमा गएर उहाँको परिवारलाई पनि वचन सुनाएँ । तब काकी र काकीका छोरा-बुहारीले पनि सत्यता ग्रहण गर्ने इच्छा गर्नुभयो । मैले सियोनमा फेरि फोन गरें ।
“थप ५ जना बप्तिस्मा लिन चाहनुहुन्छ ।”
म अर्की काकीको परिवार र मेरा आफन्तहरूकहाँ पनि गएँ, र त्यो रात फेरि सियोनमा फोन गरें ।
“जम्मै गरेर करीब २० जनाले बप्तिस्मा लिनुहुन्छ होला ।”
मिसनरी फायाओमा आउनुहुँदा मेरो परिवार लगायत आफन्तजन गरेर कुल २३ जना मानिसहरू परमेश्वरको सन्तानको रूपमा नयाँ गरी जन्मिनुभयो । मैले बारम्बार परमेश्वरलाई धन्यवाद चढाएँ । एक महिनापछि निस्तार-चाड आयो, र निस्तार-चाडको आराधना डोऱ्याउन अर्को मिसनरी मेरो गृहनगरमा आउनुभयो, र त्यसरी हामी सबैले निस्तार-चाड अनुग्रहात्मक रूपले मान्न सक्यौं ।
त्यो घटनाद्वारा मैले पिता-माता साँच्चै नै हाम्रा शक्तिशाली परमेश्वर हुनुहुन्छ, र सुसमाचारमा सबैभन्दा आवश्यक पर्ने कुरा नै पूर्ण विश्वास हो भन्ने कुरा महसुस गरें । पछि मैले कोरिया भ्रमणमा जाने मौका पाएँ । कोरिया भ्रमणद्वारा मैले माताको प्रेम सिक्न पाएँ । माताले अयोग्य यो पापीलाई असीमित प्रेमले स्वागत गर्नुभयो । यो संसारको कुनै पनि प्रेमसँग तुलना गर्न नसकिने महान् प्रेम माताले म लगायत सबै भ्रमण टोलीमाथि बर्साउनुभयो ।
अब माताको प्रेम सुनाउनु नै मेरो मिसन हो भन्ने कुरा मैले महसुस गरेकी छु । अझैसम्म सत्यतामा नडोरिएका मेरा आफन्त, छिमेकी र भेटेजति सबै मानिसहरूलाई अति गहिरो माताको प्रेम बाँडेर धेरै आत्मालाई स्वर्गको मार्गमा डोऱ्याउने सन्तान बन्न चाहन्छु । पिता, माता धन्यवाद !