सेवाको कार्य एकदमै महान् र मूल्यवान् छ, तर सत्यता थाहा नपाइकन गरेको सेवामा परमेश्वरको आशिष् प्रतिज्ञा गरिएको हुँदैन । यद्यपि सत्यतामा रहेर गरेको सेवामा चाहिँ प्रशस्त मात्रामा परमेश्वरको आशिष् प्रतिज्ञा गरिएको हुन्छ । हामीले कस्तो मन लिएर सेवा गरेमा अझ धेरै आशिष् पाउन सकिन्छ भन्ने कुरा बुझ्न परआउनुाभएरमेश्वरका शिक्षाहरू हेरौं ।

१. सेवा गर्नको लागि सेवक बन्नुपर्छ ।
अरूलाई आदर गर्दै विशेष किसिमले व्यवहार गर्ने प्रक्रियालाई सेवा भनिन्छ । उच्च वर्गीयले निम्न वर्गीयलाई सेवा गर्न सक्दैन । तसर्थ अरूको सेवा गर्नको लागि अरूभन्दा पनि होचिन आवश्यक छ । मूल रूपमा परमेश्वर हुनुभए तापनि येशूज्यूले शरीरको वस्त्र धारण गर्नुभयो र दासको रूपमा आउनुभएर आज्ञाकारिता र सेावाको उदाहरण देखाइदिनुभयो(लूक २२: २६-२७) । हामीले येशूज्यूको शिक्षा याद गर्दै सेवकको मन लिएर सारा हृदयले परमेश्वर र हाम्रा दाजुभाइ-दिदीबहिनीको सेवा गर्नुपर्छ । सत्यतामा सेवा गर्दै जीवन बिताउँदा स्वर्गमा परमेश्वरको आशिष् र महिमा प्राप्त गर्न सकिन्छ ।
२. सानो कुरामा पनि ईमानदार हुने मन
थोरै कुरामा ईमानदार हुनेहरू धेरैमा पनि ईमानदार हुन्छन् भनेर परमेश्वरले शिक्षा दिनुभएको छ (लूका १६:१०)। सेवाको सन्दर्भमा पनि उस्तै हो । धेरै सामग्री र समय खर्च गर्दैमा सेवा सधैँ राम्रो हुन्छ भन्ने छैन । सानो काम भए पनि ईमानदार भएर गरियो भने परमेश्वरले प्रशस्त आशिष् दिनुहुनेछ ।
उदाहरणको लागि, आराधनाको दिनमा गर्न सकिने सेवाहरूको विषयमा सोचौं । दाजुभाइ-दिदीबहिनीहरूलाई सियोनमा लिएर जाने, खशी र दयालु भएर उहाँहरूको स्वागत गर्ने, मन्दिरलाई सफा र सुन्दर बनाउने, शरीर र आत्मामा चोट लागेकाहरूलाई सान्त्वना दिने, दाजुभाइ-दिदीबहिनीहरूको लागि प्रार्थना गरिदिने, परमेश्वरको वचन बाँड्ने जस्ता विभिन्न कार्य गरेर दाजुभाइ दिदीबहिनीको सेवा गर्न सकिन्छ । थोरै कुरामा ईमानदार हुनेहरू धेरैमा पनि ईमानदार हुन्छन् भन्ने परमेश्वरको वचनजस्तै सानो कुरामा पनि ईमानदार भई परमेश्वरलाई खुशी तुल्याउने सन्तान होऔं ।
३. हामी सबैले आफूसँग भएको प्रतिभाअनुसार कार्य गरेर परमेश्वरको सेवा गर्नुपर्छ ।
साङ्गीतिक प्रतिभा, लेखन क्षमता, शिक्षण क्षमता, स्वास्थ्य, भौतिक सम्पत्ति र पद जस्ता सबै शक्तिहरू परमेश्वरले दिनुभएका उपहारहरू हुन् । परमेश्वरले हामीलाई यी प्रतिभाहरू कार्यद्वारा उहाँको सेवा गर्ने उद्देश्यले दिनुभएको हो । त्यसैले हामीसँग भएका सबै थोकहरू परमेश्वरबाट आएको हो भन्ने कुरा हामीले कदापि बिर्सनुहुँदैन (१ कोर ४:७)।
४. हामीले नम्रता र बलिदानको मन लिएर सेवा गर्नुपर्छ ।
जुनसुकै कार्य गरे पनि नम्रता र बलिदानको मानसिकता लिएन भने सजिलै घमण्डी बन्न पुगिन्छ । घमण्डी हृदयद्वारा गरेको सेवाचाहिँ कदापि साँचो सेवा हुन सक्दैन । यसले उल्टै झगडा निम्त्याउँछ । केवल प्रेम, बलिदान र नम्रताद्वारा गरिएको सेवाले मात्र परमेश्वरलाई प्रसन्न तुल्याउँछ । यस्तो साँचो सेवाको कार्यले दाजुभाइ-दिदीबहिनीमा एकता कायम गरी ठूलो आशिष् र अनुग्रह प्राप्त गर्ने गराउँछ ।
दाजुभाइ-दिदीबहिनीलाई एक कचौरा चिसो पानी दिनेले पनि आफ्नो इनाम गुमाउनेछैन (मत्ती १०:४२) भनेर परमेश्वरले भन्नुभएको छ । यो नै मण्डली र दाजुभाइ-दिदीबहिनीको निम्ति गरिएको सानो कार्यले पनि ठूलो आशिष् र इनाम पाउनेछ भन्ने अर्थ हो । हामीले परमेश्वरको यस्तो प्रतिज्ञालाई सधैँ याद गरी खुशीको मनद्वारा सेवा गर्ने प्रयत्न गर्नुपर्छ । अनि हामीलाई मुक्ति दिनुहुने परमेश्वरप्रति सधैँ कृतज्ञ हुँदै ईमानदार भएर सेवा गर्नुपर्छ ।
- समीक्षात्मक प्रश्न
- सेवाको शाब्दिक अर्थ के हो ?
- सत्यतामा सेवा गरेर परमेश्वरबाट आशिष् पाएको अनुभवहरूको बारेमा कुरा गरौं ।