भाषा चयन गर्नुहोस् ।

Close

म खुशी छु, किनभने म मुस्कुराउँछु

16,395 भ्यु
본문 읽기 3:08
현재 언어는 음성 재생을 지원하지 않습니다.

सधैँ उज्ज्वल र हँसिलो अनुहार बनाउनु राम्रो हो, तर कहिलेकहीँ त्यसो गर्न सकिँदैन । यद्यपि यस्तो समयमा पनि मुस्कुराउन सक्ने एउटा रहस्य छ, त्यो नै केवल मुस्कुराउनु हो ।

वास्तवमा, ‘फेसियल फिडब्याक हाइपोथेसिस’(Facial Feedback Hypothesis) भन्ने एउटा अवधारणा छ, जसले हाम्रो अनुहारको हाउभाउले हाम्रा भावनाहरूलाई प्रभाव पार्छ भन्ने कुरा बताउँछ । जर्मन सामाजिक मनोवैज्ञानिक फ्रिट्ज स्ट्र्याक(Fritz Strack)ले एउटा अनुसन्धानमा सहभागीहरूलाई दुई समूहमा विभाजन गरे, उनले एउटा समूहलाई दाँतले बलपेन च्यापेर कमिक पुस्तक पढ्न लगाए भने, अर्को समूहलाई ओठले बलपेन च्यापेर पढ्न लगाए । प्रयोगपछि दाँतले बलपेन च्यापेका सहभागीहरूले कमिक पुस्तक बढी रमाइलो मानेर पढेको कुरा बताए, किनभने दाँतले बलपेन च्याप्दाको आकारचाहिँ मुस्कुराउँदा ओठको कुना माथि उठेको आकारसँग मिल्दोजुल्दो हुन्छ । योचाहिँ इच्छा नभए पनि अथवा खुशी नभएको अवस्था भए पनि मुस्कुरायो भने खुशी हुन सकिन्छ भन्ने कुरा हो ।

परिस्थिति जस्तोसुकै भए पनि मुस्कुराइरहन सकियो भने, त्यो नै खुशी हुने रहस्य हो ।