मण्डली कार्यक्रम

हामी विश्वभरिका मानव-जातिलाई बचाउने लक्ष्यका साथ विश्व सुसमाचारको निम्ति विभिन्न कार्यक्रमहरू आयोजना गर्छौं ।

विश्व सुसमाचार प्रचार सङ्कल्प ऱ्याली

“सारा सृष्टिलाई सुसमाचार प्रचार गर,” “सामरिया र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ,” “सबै देशका जातिहरूलाई चेला बनाओ” (मर्क १६:१५; प्रे १:८; मत्ती २८:१९) भनिएको वचनअनुसार, सबै सम्भव बनाउन सक्नुहुने परमेश्वरमा भरोसा गर्दै हामीले सबै मानव-जातिलाई प्रचार गर्ने सङ्कल्प लिएका छौं । संसारका सबै मानिसहरूलाई सुसमाचार सुनाउने आशाका साथ, नयाँ करार सत्यता पुनर्स्थापन भएको पूर्वको पल्लो छेउको देश दक्षिण कोरियामा मात्र नभएर संयुक्त राज्य अमेरिका, पेरु, मङ्गोलिया, भारत इत्यादि विश्वभरिका परमेश्वरको मण्डलीहरूमा तातो जोशद्वारा सङ्कल्प ऱ्याली गरियो ।

बाइबल प्रस्तुति प्रतियोगिता

बाइबल प्रस्तुति प्रतियोगिताचाहिँ विश्वभरिका मानव-जातिलाई सुसमाचार प्रचार गर्न परमेश्वरको वचन अध्ययन गरिरहेका सन्तहरूका लागि आत्मविश्वास, साहस र विश्वास भरेर आत्मा बचाउन प्रेरित गराउने सुनौलो अवसर हो । २,००० वर्षअघि विभिन्न भाषामा सुसमाचार प्रचार गरेका सुरुको मण्डलीको इतिहासलाई सम्झँदै हामीहरू विदेशी भाषा बाइबल प्रस्तुति प्रतियोगिताद्वारा सबै जातिहरूलाई सबै भाषामा सुसमाचार प्रचार गर्न आफैलाई तयारी गराउँछौं ।

नयाँ यरूशलेम सांस्कृतिक सामग्री पुरस्कार वितरण समारोह

विश्वभरि सुसमाचार तीव्र गतिमा फैलिएर हिमाली भेग र अमेजोनसम्मै मण्डली स्थापना भएको छ । यसकारण क्रमिक रूपले वृद्धि भइरहेको सन्तहरूको विश्वासलाई अझ बढाउनको लागि विभिन्न प्रचार र शैक्षिक सामग्रीको महत्त्व बढिरहेको छ । त्यसै गरी लेख, भिडियो तथा प्रस्तुति प्रतिस्पर्धा गरेर हामीहरू प्रतिभा खोज्न र विषयवस्तु निर्माण गर्न प्रयत्न गरिरहेका छौं ।

नयाँ भजन उत्सव

बाइबलमा परमेश्वरलाई पछ्याउने युवाहरूलाई ‘प्रभातका शीत’ भनेर अभिव्यक्त गरिएको छ । उनीहरूले प्रभातका शीतजस्तै शुद्ध र सफा विश्वास लिएका छन् भन्ने अर्थ हो । विश्व सुसमाचारका नायक युवाहरू र विद्यार्थीहरूका निम्ति आयोजित ‘नयाँ भजन उत्सव’चाहिँ एकता र मिलापमा रहेर परमेश्वरलाई प्रशंसा चढाउँदै सुसमाचारमा समर्पित हुने विश्वासलाई बलियो बनाउने उत्सव हो । परमेश्वरको शक्ति, स्वर्गको खुशी र मुक्तिको अनुग्रहप्रति धन्यवाद चढाउने सन्तहरूको मनलाई व्यक्त गर्ने नयाँ भजनद्वारा सन्तहरूको विश्वासको जोशलाई एकीकृत गरेर हामी उज्ज्वल भविष्य कोर्दछौं ।

मण्डली कार्यक्रम

0:00
0:00 0:00

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।