माताको पाँचौँ शिक्षा

“अहङ्कारी मन भनेको आफूले चाहेअनुसार नहुँदा निराश हुने मन हो ।”

66,435 भ्यु

आफूलाई गरिएको व्यवहार, पाएको सेवा-सत्कारचाहिँ आफूले सोचेजस्तो नहुँदा मानिस निराश हुने गर्छ । यस्तो किसिमको निराशाचाहिँ अरूले आफूलाई बुझिदेऊन् अथवा सेवा गरून् भन्ने मनबाट आउँछ, जसलाई अहङ्कारी मन भनिन्छ ।

हामीहरू स्वर्गमा जघन्य पाप गरेर यो पृथ्वीमा धपाइएका पापीहरू हौं । त्यसैले हामीले कदापि अहङ्कारी मन लिनुहुँदैन, किनभने सेवा-सत्कार अथवा स्वीकार पाउने अधिकार पापीलाई हुँदैन । यस संसारको नियमलाई हेर्दा पनि, ठूलो अपराध गरेको अपराधीलाई झ्यालखानमा थुनिएर उसका सबै अधिकार र स्वतन्त्रता खोसिन्छ ।

तर आफू आत्मिक पापी हुँ भन्ने कुरा कहिलेकहीँ हामीहरू बिर्सने गर्छौं, र सेवा पाउन चाहने अहङ्कारी मन लिन पुग्छौं । अरूले आफूलाई नबुझिदिँदा अथवा सेवा नगर्दा हामीहरू निराश महसुस गर्दै गनगन र गुनासो गर्न पुग्छौं । यदि लगातार यसो भयो भने हामीले धन्यवादी मन गुमाउन पुग्छौं, र मुक्ति हामीबाट हटेर जान्छ ।

यसकारण यदि साँच्चै मुक्ति पाउन चाहन्छौं भने हामीले अहङ्कारी वा निराश मन हुँदा आफू पापी हुँ भन्ने यथार्थतालाई मनन गर्नुपर्छ, अनि पापीलाई मुक्तिको आशिष् दिनुभएका परमेश्वरलाई धन्यवाद चढाउन प्रयत्न गर्नुपर्छ ।

विनम्रतापूर्वक बलिदानको बाटो हिँड्नुभएका परमेश्वरलाई हामीले याद गर्नुपर्छ । सबैभन्दा उच्च आदर पाउनुपर्ने परमेश्वरले हाम्रो मुक्तिको निम्ति दण्डवत् र प्रशंसाको सट्टा गिल्ला र खिसी पाउनुभयो, र उहाँले आफूलाई होच्याउनुभएर बलिदानको जीवन जिउनुभयो ।

त्यसोभए कसरी हामीले चाहिँ सेवाको अपेक्षा गर्दै दाजुभाइ-दिदीबहिनीहरूको व्यवहारप्रति निराशा व्यक्त गर्न सक्छौं र ? सबैभन्दा निम्न स्थानबाट सेवाको उदाहरण देखाउनुहुने परमेश्वरलाई याद गर्दै, परमेश्वरको शिक्षाअनुसार हामीले होचिने विनम्र मन लिनुपर्छ । तब हामीबाट अहङ्कारी मन हट्नुको साथै परमेश्वरलाई धन्यवाद र प्रशंसा चढाउने मन आउनेछ ।

समीक्षात्मक प्रश्न
माताको पाँचौँ शिक्षा के हो ?
असन्तुष्ट मनलाई हटाउन सकिने तरिकाबारे कुराकानी गरौं ।